समाज

छाडा राँगाको आक्रमणबाट दस घाइते

२०७२ मङ्सिर ७ सोमबार, बर्दिवास । महोत्तरीको भङ्गाहा–३ र ४ मा पर्ने रामनगर बस्तीमा छाडा राँगाले आक्रमणगर्दा १० जना घाइते भएका छन् ।  बाहिरी गाउँबाट भैँसी पछ्याउँदै आएकोे राँगाले स्थानीय बासिन्दालाई हानेर घाइते बनाउने गरेको पीडितले जानकारी दिएका छन् । उक्त राँगो कुन गाउँबाट आएको हो भन्ने खुल्न सकेको छैन ।  छाडा राँगाको आक्रमणबाट अहिलेसम्म दुई किशोरसहित आठजना महिला घाइते भएका छन् । घाइते भएका सबैको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  आइतबार साँझ राँ ... बाँकी अंश»

आठ दिने पदयात्रासहित भुकम्प पीडितलाई सहयोग

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौ । दुई सय ५० यूवाहरुले सामूहिक पदयात्रासहित सिन्धुपाल्चोक जिल्लाका भुकम्प पीडितहरुलाई सहयोग गरेका छन ।  लिभ टु लभ ईन्टरनेशन र डुक्पा नेपालको संयूक्त आयोजनामा १५० बौद्ध भिक्षुसहितको पदयात्रामा भुटान, भियतनाम, जर्मन, भारत र नेपालसहित आधादर्जन मुलुकका नागरिक र सहयोगीहरुको सहभागिता रहेको सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।  सिन्धुपाल्चोकको विकट गाँउसम्म पुगेका पदयात्रीहरुले १ हजार बढी मृतकको आत् ... बाँकी अंश»

प्रधानमन्त्रीलाई सुझाव दिँदै एमालेका मधेसी सांसद

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । प्रस्तावित दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) का सांसदहरुले मधेसका समस्या समाधान गर्न बुँदागत रुपमा प्रधानमन्त्रीलाई सुझाव दिने तयारी गरिरहेका छन् ।  मधेसको आन्दोलनले जनजीवनलाई दुष्प्रभाव पार्दै गएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गर्न दुई नम्बर मधेस प्रदेशबाट निर्वाचित तथा समानुपातिक एमाले सांसदहरुबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई लिखित सुझाव दिने तयारी भएको नेकपा (एमाले)का पोलिटब्यूरो सदस ... बाँकी अंश»

राजविराज भू–संरक्षण कार्यालयमा आगजनी

२०७२ मङ्सिर ७ सोमबार, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ताले राजविराजमा रहेको भू–संरक्षण कार्यालयमा आज आगजनी गरिदिएका छन् ।  दस÷बीस जनाको समूहमा गएका मोर्चाका कार्यकर्ताले भू–संरक्षण कार्यालयमा आगजनी गरिदिएका कार्यालयले जनाएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, झ्याल, ढोका र फर्निचर जलेर नष्ट भएको बताइएको छ ।  मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा रोकिइ राखेका गाडिलाई प्रहरीले सुरक्षा घेरा दिई गन्तव् ... बाँकी अंश»

सीमाङ्कन विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउः देउवा

२०७२ मङ्सिर ७ सोमबार, नेपालगन्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।  नेपाल प्रेस युनियन, बाँकेद्वारा सोमबार यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले मधेस केन्द्रित दलको सीमानाका बन्द गर्ने आन्दोलन जनविरोधी भएको बताए । “संविधानमा नमिलेका कुरा व्यवस्थापिका–संसद्बाट टुङ्गो लगाउन सकिनेमा जोड दिँदै नेता देउवाले हिंसात्मक आन्दोलनले वार्तामा बस्ने वाता ... बाँकी अंश»

टिम्बरले भन्योः ‘दाउरा लिन नागरिकता चाहिँदैन’

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । द टिम्बर कर्पोरेसनले हालसम्म तीनहजार ७५ परिवारलाई करिव तीनलाख पाँचहजार केजी दाउरा सर्वसाधारण जनतालाई वितरण गरेको छ ।  भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पोरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ ।  वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा कर्पोरेशनको भक्तपुर ठि ... बाँकी अंश»

सङ्कटको सामना मिलेर गरौँः उपप्रधानमन्त्री केसी

२०७२ मङ्सिर ७ सोमबार, म्याग्दी । उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतको अघोषित नाकाबन्दीपछि उत्पन्न भएको सङ्कटको समाधानका लागि सबै राजनीतिक दल र नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।  राष्ट्रिय जनमोर्चा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका केसीले नाकाबन्दीले अत्यावश्यक औषधि, इन्धनलगायतको अभाव सिर्जना गरेको उल्लेख गरे ।  “यो नाकाबन्दी नयाँ होइन, भारतले पटक पटक नेपालमा नाकाबन्द ... बाँकी अंश»

एनआरएनमा शेष घलेको कार्यशैलीको चर्को विरोध, विधान विपरित चलेको आरोप

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । गैर आवासीय नेपाली संघमा नेतृत्व कार्यशैलीलाई लिएर विवाद चर्किएको छ । कार्यसमितिकै पदाधिकारीहरुले अध्यक्ष शेष घलेले विधान उल्लंघन गरेको आरोप लगाएका छन् ।  संघको पछिल्लो बैठकमा अध्यक्ष घलेले गरेको निर्णयप्रति आपत्ती जनाउँदै अधिकांश पदाधिकारीले अध्यक्ष स्वेच्छाचारी भएको भन्दै आपत्ति जनाएका छन् ।    उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, सचिव अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्ष हिक्मत थापा, महिला संयोजक सपीला राजभण्डारीलगायत अ ... बाँकी अंश»

प्रहरी स्कर्टिङ्गमा सवारी गन्तव्यतर्फ, राजमार्गमा कर्फ्यूको समय बढ्यो

२०७२ मङ्सिर ७ सोमबार, लहान । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा शनिबार राति भएको झडपकापछि पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा रोकिएका सवारी साधनलाई आइतबार राति प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ ।    सप्तरीको रुपनी र भारदहमा भएको झडपका क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएपछि पूर्वबाट आएका सवारी साधन सुनसरीको इटहरी, भण्टाबारीमा तथा काठमाडौँबाट आएका सवारी साधन महोत्तरीको बर्दिवास, लालगढलगायतका स्थानमा शनिबार साँझबाट रोकिएका थ ... बाँकी अंश»

सिरहामा फेरि निषेधित क्षेत्र घोषणा

२०७२ मङ्सिर ६ आइतबार, लहान । सिरहाको स्थानीय प्रशासनले जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा अहिले साँझ ७ बजेदेखि लागू हुने गरी पुनः निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासनले गत कात्तिक ३ गतेदेखि जिल्लाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँबायाँ क्षेत्रमा लगाएको निषेधित क्षेत्र हटाएको थियो ।    सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अर्को आदेश नभएसम्मका लागि आज साँझ ७ द ... बाँकी अंश»

ग्याग्दीमा ४.१ को भूकम्प

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौं । ग्याग्दीमा आइतबार (आज) दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर ४१ मिनेटमा देवीस्थान नजिकै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   भूकम्पले खासै असर नगरेपनि स्थानीय त्रसित भएका थिए । यसअघि, शुक्रबार मात्रै बाग्लुङमा ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै, वैशाख १२ को गोरखा भूकम्प पछि पछिल्लो समय विहिबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दुई वटा पराकम्पन आएका थिए ।    ... बाँकी अंश»

उपत्यकाको शान्ति सुरक्षा चुस्त पार्न समझदारी

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौं । उपत्यकाको शहर व्यवस्थापन र शान्ति सुरक्षालाई चुस्त राख्न काठमाडौं महानगरपालिका र महानगरीय प्रहरीबीच ३३ बँुदे समझदारी भएको छ ।  राजधानीमा एक कार्यक्रमबीच महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त विज्ञान शर्माले ३३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।    सम्झौताको पहिलो बुँदामा सवारी दुर्घटना तथा सडक व्यवस्थापनलाई मध्यनजर गरी आगामी तीन वर्ष्भित्रमा काठमाडौँ महान ... बाँकी अंश»

मधेसी मोर्चाका कार्यकर्ताले पक्की पुल भत्काए, सवारी साधन राजमार्गमा अलपत्र

२०७२ मङ्सिर ६ आइतबार, सप्तरी । मधेसी मोर्चाका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझियास्थित सुन्दरी खोलाको पक्की पुल भत्काइदिएका छन् । आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरी आज सो पुल भत्काई क्षतिग्रस्त पुर्‍यादिएको प्रहरीले जनाएको छ । पुलको दुवैतिरका रेलिङ क्षतिग्रस्त भएको छ । मोर्चाका कार्यकर्ताले राजमार्गमा गएरातिदेखि लगातार प्रदर्शन गर्दै पक्की पुल भत्काइदिएपछि सो पुलबाट यातायात चल्न कठिनाइ हुने स्थानीयवासीको भनाइ रहेको छ ।   यसै ... बाँकी अंश»

झडप र अश्रुग्याँसले राजविराज तनावग्रस्त

२०७२ मङ्सिर ६ आइतबार, सप्तरी । गए राति बन्द राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भई जनाको मृत्यु भएको आक्रोशमा अहिले राजविराज र पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।  सप्तरी प्रशासनले आइतबार बिहानैदेखि सदरमुकाम राजविराजसहित राजमार्ग क्षेत्रमा निषेधाज्ञा लगाएपनि झडप भइरहेको प्रहरीले जनाएको छ ।  राजविराजको मुख्य सडक खण्डअन्तर्गत दर्शन चौक र गजेन्द्र चौकमा हजारौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको बता ... बाँकी अंश»

निषेधाज्ञा उल्लङ्घन गर्दे प्रदर्शन जारी

२०७२ मङ्सिर ६ आइतबार, सप्तरी । स्थानीय प्रशासनले सदरमुकाम राजविराजसहित राजमार्ग क्षेत्रमा लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राजमार्गका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।  गए राति आन्दोलनकारी र प्रहरीबीच भएको झडपका क्रममा सप्तरीको भारदह र रुपनीमा दुई जनाको मृत्यु भएपछि उनीहरुले बिहानदेखि नै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रहरी प्रशासनको विरोध गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।  झडपमा प्र ... बाँकी अंश»

बस दुर्घटनामा १५ घाइते

२०७२ मङ्सिर ६ आइतबार, दैलेख । सुर्खेतबाट जुम्ला जाँदै गरको ना३ख ४५३१ नंको बस कर्णाली राजमार्गअन्तर्गत खड्कबाडा–२ मा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले बताउनुभयो । बस ‘बे्रक फेल’ भएर दुर्घटनामा परेको बताइएको छ ।  ... बाँकी अंश»

कोदालो प्रहार गरी आमा र बहिनीको हत्या

२०७२ मङ्सिर ६ आइतबार, रौतहट । धरमपुर गाविस–४ का एक युवकले आज आफ्नै आमा र बहिनीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार २६ वर्षीय नन्दकिशोरले ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालो प्रहार गरी हत्या गरेका हुन् । मानसिक रोगी नन्दकिशोरले घर अगाडिको सडकमा बसिरहेको अवस्थामा कोदालो प्रहार गरेको बताइएको छ । हत्यालगत्तै फरार नन्दकिशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

म्याग्दीमा भूकम्पको महसुस

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौँ । आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ । आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।  ... बाँकी अंश»

स्थानीय निकाय निर्वाचनका लागि तयारी हुँदै

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्अन्तर्गत, विकास समितिले सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्रालयलाई हालसम्म समितिले दिएका निर्देशन कार्यान्वयनको यथार्थ प्रगति विवरण पाँच दिनभित्र लिखित रुपमा उपलब्ध गराउन निर्देश गरेको छ ।    समितिको आजको बैठकमा स्थानीय विकास मन्त्रालयको चालु वार्षिक कार्यक्रमको प्रगति एवम् कार्यान्वयन स्थितिका बारेमा भएको छलफलपछि समितिले सो निर्देशन दिएको हो । बैठकमा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही, म ... बाँकी अंश»

सम्पूर्ण राजनीतिक शक्ति एक हुनुपर्छ : खनाल

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अघोषित नाकाबन्दीलगायत मुलुकले झेल्नुपरेका सबै समस्याको निकासका लागि सम्पूर्ण राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । तराई– मधेसमा जारी आन्दोलन र भारतद्वारा लादिएको अघोषित नाकाबन्दीको अन्त्यलाई लिएर व्यवस्थापिका–संसद् परिसरमा सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री खनालले ‘नाकाबन्दी सर्वोपरि समस्या’ भएकाले त्यसको समाधानका लागि देशका सम्पूर्ण राजनीतिक शक्ति मिल ... बाँकी अंश»

नयाँ