समाज

भारतीय दूतावास धर्नामा बसेका अधिकारकर्मी पक्राउ

२०७२ पौष १७ शुक्रबार, काठमाडौ। मानवअधिकार तथा शान्ति समाजले भारतीय नाकाबन्दीका विरुद्ध लैनचौरस्थित भारतीय दूतावास नजिकै शु्क्रबार गरेको धर्नामा प्रहरीले ३५ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ ।    धर्नाका क्रममा प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल तथा अधिकारकर्मी होमकान्त चौलागाईं, कृष्ण कँडेललसहित ३५ जनालाई पक्राउ गरेको हो ।    ‘पिपुल आर डाइङ, नेपाल गर्भमेन्ट इज इन्ज्वाइङ, बल ... बाँकी अंश»

प्रहरीको ३० वर्षे सेवा अवधिसम्बन्धी नियमावलीको पक्षमा फैसला

२०७२ पौष १७ शुक्रबार, काठमाडौ। सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राईलगायत २८ प्रहरीले ३० वर्षीय सेवा अवधिसम्बन्धी प्रहरी नियमावलीको प्रावधानविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेको छ ।    सर्वोच्च अदालत, संवैधानिक इजलासमा रहनुभएका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गिरीशचन्द्र लाल, सुशीला कार्की, वैधनाथ उपाध्याय र गोपाल पराजुलीको इजलासले पहिले काम गरेकामे अवधि जोड्ने गरी बनाइएको प्रहरी नियमा ... बाँकी अंश»

नेपाल प्रहरीमा बायोग्यास प्लान्ट राख्न सम्झौता

२०७२ पौष १७ शुक्रबार, काठमाडौं । नेपाल प्रहरीमा नविकरणीय उर्जा प्रवद्र्धनका लागि ब्यायोग्यास प्लान्ट राख्ने सम्बन्धमा नेपाल प्रहरी र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरीकोतर्फबाट प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याल र केन्द्रको तर्फबाट कार्यकारी निर्देशक रामप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।   राजधानीको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको नवीकरणीय उर्जा प्रवद्र्धन मेलामा बिज्ञान ... बाँकी अंश»

मुलुकले छिटो निकास पाउनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन

२०७२ पौष १७ शुक्रबार, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्तमान सङ्कटबाट मुलुकले छिटो निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो –“मुलुकले सङ्क्रमणकालीन अवस्थाबाट निकास पाई नयाँ अवस्थामा जाँदा अप्ठ्यारो स्थितिबाट गुज्रनुपर्छ, यो विश्वव्यापी नियम हो, त्यसैले म छिट्टै मुलुकले निकास पाएर लोकतन्त्रको संस्थागत विकास, शान्ति एवम् स्थिरतासह ... बाँकी अंश»

‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेरै छोड्छु’

२०७२ पौष १७ शुक्रबार, राजेन्द्र कार्की, जाजरकोट। न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण के.सी.ले मर्यादित पत्रकारिताका लागी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गरेरै छाड्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जाजरकोटको संयोजन र न्युनतम पारिश्रमिक समितिको आयोजना खलंगामा भएको कार्यक्रममा उनले सरकारी संचार माध्याम र ठुला संचार गृहबाटै पुर्ण रुपमा ऐन कार्यान्वयन गरिने दावी गरे । ऐन कार्यान्वयन गर्न आलटाल गर्ने संचार गृहलाई सरकारले उपलब्ध गराउने सेवा सुविधा समेत ... बाँकी अंश»

पक्राउ परेका अधिकारकर्मी २ घण्टापछि मुस्कुराउँदै भए रिहा

२०७२ पौष १७ शुक्रबार, काठमाडौं। भारतीय नाकावन्दी र नेपाल सरकारको संवेदनहीनता विरुद्ध मानव अधिकार तथा शान्ति समाजले शुक्रावार काठमाडौंमा आयोजना गरेको धर्नाबाट प्रहरीले ३५जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई २ घण्टापछि रिहा गरिएको छ।    दिउँसो १ बजे काठमाडौंस्थित भारतीय दुतावास लाजिम्पाट नजिक धर्ना शुरु हुने वित्तिकै प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी सहित सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सद ... बाँकी अंश»

टोपी लगाएर विद्यार्थीले निकाले र्र्‍याली

२०७२ पौष १७ शुक्रबार, नारायण खड्का, दाङ। सामाजिक सञ्जालमा एउटा नयाँ दिसवको मनाउन गरिएको आह्वानपछि देशैभरी र संसारका विभिन्न ठाउँमा नेपालीहरुले टोपी लगाएर यस अभियानप्रति  ऐक्यवद्धता जनाएका छन्। सामाजिक सञ्जालमा आह्वान गरिए अनुसार संसारभर अभियान हुने हुनाले यसलाई अन्तराष्ट्रिय अभियानको रुपमा लिइएको हो। अभियानकर्ताहरुले यसलाई अन्तराष्ट्रिय टोपी दिवसको नाम दिएका छन्। कतिपयले यसमा राष्ट्रिय पोशाक समेत थपेका छन्।    यसै अवसर पारि शुत्रवार विहान घोराहीमा र्‍य ... बाँकी अंश»

हिन्दूराष्ट्र कायम गर्न भारतले पटक–पटक ठुङेको थियो : देउवा

२०७२ पौष १६ बिहिबार, मोरङ । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले हिन्दूराष्ट्र कायम गर्न आफूलाई भारतले पटक–पटक दबाब दिएको खुलाएका छन् । पेलेर धर्मनिरपेक्षता कायम भएपछि भारत असन्तुष्ट भएको समेत नेता देउवाले बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए ।    नेता देउवाले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यक ... बाँकी अंश»

सन् २०१५ मा प्रेस स्वतन्त्रता उल्लङ्घनका १३६ घटना

२०७२ पौष १६ बिहिबार, काठमाडौँ । सन् २०१५ अप्रिल २५ मा गएका भूकम्प र परकम्पका कारण एक हजार ८१३ पत्रकार र २६६ सञ्चारगृह प्रभावित भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । ‘गोरखापत्र’मा आबद्ध पत्रकार सुमन भोम्जनको काठमाडौँमा र ‘रेडियो प्लानेट’का कार्यक्रम प्रस्तोता सिर्जना लामाको सिन्धुपाल्चोकमा मृत्यु भयो भने घाइते भएका नेपालगन्जबाट प्रकाशित दैनिक ‘नेपालगन्ज’को व्यवस्थापनमा आबद्ध अच्युतराज सुवेदीको उपचारका क्रममा मृत्यु भएको थियो ।    भूकम्पबाट १४ प ... बाँकी अंश»

भूकम्पपीडितलाई सहयोग गर्दै सुखवती फाउन्डेसन नेपाल

२०७२ पौष १६ बिहिबार, काठमाडौँ । भूकम्पले घरबार गुमाएर अस्थायी टिनको टहरा र शिविरमा बस्दै आएका पीडितलाई सुखवती फाउन्डेसन नेपालले न्यानो कार्यक्रमअन्तर्गत सिरक वितरण कार्यक्रम थालेको छ । दक्षिण कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा रसुवा, दोलखा, सिन्धुपल्चोक र नुवाकोटका ग्रामीण क्षेत्रका भूकम्पपीडित परिवारलाई सो फाउन्डेसनले अहिलेसम्म पाँच हजार पाँचसय सिरक वितरण गरिसकेको फाउन्डेसनका उपाध्यक्ष चिजमान गुरुङले बताउनुभयो । “टिनको टहरा र गाउँ नै उठीवास भए ... बाँकी अंश»

यातायात व्यवस्था विभागका निर्देशक पोखरेल दुई लाख घुससहित पक्राउ

२०७२ पौष १६ बिहिबार, काठमाडौं । भ्रष्टाचारको छानविनमा सक्रिय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका निर्देशक नविन कुमार पोखरेललाई घुस लिँदा लिँदै पक्राउ गरेको छ । पोख्रेल दुई लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका हुन् । विभागको नयाँबानेश्वरस्थित कार्यालयबाट पोखरेल घुससहित पक्राउ परेका हुन् ।   भक्तपुर लोकन्थली, १६ बस्ने पोखरेल विभागको प्राविधिक क्षेत्रको जिम्मेवारी सम्हालिरहेका छन् ।  विभागको ढोकैमा दुई वर्ष देखि आन् ... बाँकी अंश»

भूकम्प पीडितलाई हवाई मार्गबाट न्यानो लत्ताकपडा उपलब्ध आयोगको आग्रह

२०७२ पौष १६ बिहिबार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प पीडितहरुलाई हवाई मार्गबाट न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा तत्काल उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगको टोलीले हालै सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका भूकम्प पीडितको अवस्थाको बारेमा अनुगमन गरेपछि उक्त आग्रह गरेको हो । चिसोका कारणबाट सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक र रामेछापमा उलेख्य संख्यामा भ ... बाँकी अंश»

बिहेको कुरा नमिलेपछि हत्या

२०७२ पौष १६ बिहिबार, गाईघाट(उदयपुर) । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।  कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बता ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको हातमा झाडु

२०७२ पौष १६ बिहिबार, काठमाडौं । आफ्नो अभिव्यक्ति र पछिल्लो गतिविधिका कारण चर्चा र विवादमा आएका प्रधानमन्त्री बिहीबार बिहान भने झापामा हातमा झाडु समातेको अवस्थामा भेटिए । दोलखामा फिल्म सिटी बन्दैन भनेर विवादमा तानिएर दोलखामा उनको पुत्ला जलाएको दुई दिन बित्न नपाउँदै सरसफाई गर्न उनी झापाको दमक पुगेका हुन् ।  प्रधानमन्त्री ओलीले दमकमा पूर्व–पश्चिम राजमार्ग सरफाइ राष्ट्रिय अभियानको उद्घाटन झाडुले सडक बडारेरै गरे ।  कार्यक्रममा उनले  सुन्दर तथा समृद्ध मुलुक ब ... बाँकी अंश»

सिडिओको किर्ते हस्ताक्षर गरेर पैसा निकाल्न खोजेपछि

२०७२ पौष १६ बिहिबार, दिलिप खड्का रुकुम । प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेर नेपाल बैँकबाट पैसा निकाल्न खोज्ने दुईजनालाई रुकुम प्रहरीले पक्राउ गरि  सरकारी छाप तथा दस्तखत किर्ते अन्र्तगको मुद्धा चलाएको छ । रुकुमका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको नक्कली हस्ताक्षर र जिल्ला प्रशासन कार्यालय रुकुमको छाप मार्फत किर्ते गरी नेपाल बैंकबाट द्धन्द्धपिडिलाई दिईएको राहत रुपैयाँ निकाल्न खोज्ने दुई जनालाई रुकुम प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेम ... बाँकी अंश»

एसएसबीद्वारा आधा दर्जन भरिएका ग्याँस नियन्त्रणमा

२०७२ पौष १६ बिहिबार, गौशाला। महोत्तरीको पूर्वी सीमा नाका मटिहानीमा सीमापारिबाट ल्याइँदै गरेका आधा दर्जन ग्यास भरिएका सिलिन्डर बिहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।  जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् । हिजोसम्म बिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर आज एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौँ व्यक ... बाँकी अंश»

अब राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छः नेपाल

२०७२ पौष १६ बिहिबार, काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने आवश्यकता औल्याएका छन । मुलुकको समस्या समाधानकोलागि दवाव दिने अभियान अन्र्तगत रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने,‘ अब काग्रेस, एमाले, एमाओवादी र अरु दलसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ । सबैलाई मिलाएर लिएर जानु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई मिलाउन सिपालु हुनुहुन्छ । मिलाउनु होला ।’ ... बाँकी अंश»

नेपाली पोशाक दिवस भोली

२०७२ पौष १६ बिहिबार, काठमाडौँ । नेपाली कला, संस्कृति, भाषा र वेशभूषा लोप हुन लागेको भन्दै श्रद्धावान् नेपाल नामक संस्थाले नेपाली पोसाक दिवस–२०७२ पुस १७ गते आयोजना गर्ने भएको छ ।    संस्थाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी विगत तीन वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षका दिन नेपाली पोसाक दिवस मनाउँदै आएको जानकारी दिएको छ ।    संस्थाका अध्यक्ष स्वामी राजानन्दले विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली वेशभूषा र संस्कृतिको ज ... बाँकी अंश»

विद्यालयको लडाईले विद्यार्थी चेपुवामा

२०७२ पौष १६ बिहिबार, खोटाङ । एसएलसी परीक्षा सञ्चालनका क्रममा दुई विद्यालयका केन्द्राध्यक्षबीच एकले अर्कोको विद्यार्थीलाई कडाइ गर्ने प्रतिशोधपुर्ण व्यवहारका कारण  खोटाङको दुई विद्यालयका विद्यार्थीहरु मर्कामा परेका छन् ।    दिक्तेलस्थित सरस्वती उच्च माविका छात्रछात्राले एसएलसी सेन्टर परिवर्तनको माग गरेका छन् ।     होम सेन्टर हटेपछि लफ्याङस्थित श्रीमावि बाँसबोटेबाट एसएलसी दिँदै आएका छात्रछात्राले प्रजिअ रुद्रप्रसाद खड्कासमक्ष परीक्षा केन्द्र परि ... बाँकी अंश»

सरकारले भूकम्पपीडितलाई पच्चीस हजार थान कम्बल वितरण गर्दै

२०७२ पौष १५ बुधबार, काठमाडौ। सरकारले भूकम्पपीडित नागरिकलाई चिसोबाट जोगाउन कम्बल र आर्थिक सहयोग वितरण कार्यलाई तीव्रता दिएको छ । भूकम्प प्रभावित जिल्लामा पीडित र कम आयआर्जन भएका नागरिकलाई तत्काल चिसोबाट जोगाउन सरकारले आज करिब २५ हजार थान कम्बल ती जिल्लामा पठाएको छ ।    यसबाहेक सरकारले भूकम्पपीडित प्रत्येक परिवारलाई दिने घोषणा गरेको रु १० हजार वितरण गर्ने कार्यलाई अभियानका रुपमा अगाडि बढाएको गृहमन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले बताउनुभयो । मन्त्रालयले ब ... बाँकी अंश»

नयाँ