समाज

रत्नपार्कदेखि पुरानो बेसक्याम्पसम्म बाटै छेकेर पार्किङ

२०७२ पौष १९ आइतबार, खोटाङ । उपयुक्त ठाउँमा बसपार्क नहुँदा खोटाङमा सञ्चालित यातायातका सवारी साधनबीच सडकमै पार्किङ गरेर राख्ने गरिएको छ । जिल्लामा निर्माण गरिएका दुवै बसपार्क उपयुक्त ठाउँमा नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन दिक्तेलस्थित रत्नपार्कको बीच सडकमै पार्किङ गरेर राख्ने गरिएको हो ।    दिक्तेल नगरपालिका–४ सोल्मा र ३ को आचार्य गाउँमा निर्माण गरिएका बसपार्क उपयुक्त ठाउँमा नभएकाले सकडमै पार्किङ गर्ने गरिएको यातायात व्यवसायी सङ्घ, खोटाङका ... बाँकी अंश»

गुटका कारण काँग्रेस कार्यकर्ताको मनोवल गिर्‍योः केसी

२०७२ पौष १८ शनिबार, शिव देवकोटा, नुवाकोट। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाली काँग्रेस भित्र पार्टी भन्दा पनि गुटहरु वलियो देखिने अवस्थाले कार्यकर्ताको मनोवल गिराएको वताउँदै गुटहरुको द्वन्दकै कारण पार्टी कमजोर वन्दै गएको वताएका छन्। पार्टीको १३ औं महाधिबेशनले गुटहरुको अन्त्य गरि पार्टी वलियो वनाउने संवन्धमा महत्वपूर्ण निर्णय गर्ने बिश्वास व्यक्त गर्दे केसीले पार्टी भित्र समग्र एकताको आवश्यकता रहेकोमा समेत जोड दिए।   शनिवार नुवा ... बाँकी अंश»

जेष्ठ नागरिकको जीवन रक्षा गर्न माग

२०७२ पौष १८ शनिबार, काठमाडौँ। राष्ट्रिय जेष्ठ नागरिक महासङ्घले हालैका दिनमा बढ्दो चिसोका कारणले विभिन्न जिल्लामा ज्येष्ठ नागरिकको मृत्यु हुँदै आएको समाचारले मर्माहत बनाएको जनाएको छ । महासङ्घका अध्यक्ष डा. गौरीशङ्करलाल दास र महासचिव छत्रबहादुर प्रधानले संयुक्तरुपमा आज एक विज्ञप्ति जारी गरी सम्पूर्ण सरोकारवाला निकायलाई यसतर्फ गम्भीर हुँदै यथाशक्य उनीहरूको जीवन सहज बनाउन उचित व्यवस्थापनका लागि माग गरेका छन् ।   महासङ्घले भूकम्पपीडित परिवारलाई वर्तमान चिसो ... बाँकी अंश»

भूकम्पपीडित परिवारलाई न्यानो कपडा किन्न तीन अर्ब वितरण

२०७२ पौष १८ शनिबार, काठमाडौ । सरकारले भूकम्प प्रभावित २१ जिल्लाका तीन लाख दुई हजार २६६ परिवारलाई न्यानो कपडा किन्नका लागि रु तीन अर्बभन्दा बढी रकम वितरण गरेको छ । गृह मन्त्रालयले  विज्ञप्ति जारी गरी जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरिदका लागि पुस १७ गतेसम्म प्रतिपरिवार १० हजारका दरले तीन अर्ब दुई करोड २६ लाख ६० हजार वितरण गरिसकेको जनाएको हो ।    यसअघि सरकारले भूकम्पपीडितलाई जाडोमा न्यानो लुगाका लागि प्रतिपरिवार १० हजार दिने निर्णय गरेको थियो । मन् ... बाँकी अंश»

अधिकारको लडाईं भन्दै आन्दोलन गर्ने दिन सकियो: प्रधानमन्त्री ओली

२०७२ पौष १८ शनिबार, काठमाडौ‌। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई राहत प्रदान गरेर सरकार युद्धस्तरमा विकास निर्माणको काममा केन्द्रित हुने बताउनुभएको छ ।  नेकपा(एमाले)को राष्ट्रिय सम्पर्क भेलाको उद्घाटन गर्दै उहाँले गलत कुरा गरेर मुलुकलाई अस्तव्यस्त बनाउने, जनजीवन प्रभावित बनाउने काम कोही कसैबाट पनि नहोस् भन्नेमा आफू प्रतिबद्ध रहेको बताए ।    कानुन बनाउन नदिने, जनतालाई राहत दिन नदिएर हलो अड्काई गोरु चुट्ने काम भइरहेको उल्लेख गर्दै प्रधानमन ... बाँकी अंश»

पृथ्वीनारायण शाह दरिलो शासक थिए

२०७२ पौष १८ शनिबार, काठमाडौँ । बाइसे र चौबिसे राज्यमा टुक्रिएको नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुनेमा विभिन्न विधाका व्यक्तित्वले जोड दिनुभएको छ । दुईसय चौरानब्बेऔँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिले आज यहाँ आयोजना गरेको ‘श्री ५ पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो ।    कार्यक्रममा इतिहास विषय प् ... बाँकी अंश»

' मुलुक अन्तराष्ट्रिय चलखेलको अखडा बन्दै '

२०७२ पौष १८ शनिबार, श्रीकृष्ण सिग्देल, स्याङ्जा। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सांसद धनराज गुरुङले विदेशी कुटनीतिक नियोगका व्यक्तिहरुलाई जतिबेला पायो त्यती बेला भेट्ने कामले राष्ट्रियता कमजोर हुन थालेको बताएका छन्। नेपाल मगर संघ गल्याङ इकाई समितिको आयोजनामा गल्याङ बजार सरसफाई कार्यक्रमको उदघाटन गर्दै नेता गुरुङ्ले विदेशी राजदुत तथा कुटनीतिक नियोगका व्यक्तिहरुलाई मनलागेका बेला भेट्ने क्रमले मुलुकको राष्ट्रियता माथी गम्भिर चोट पुगेको बत ... बाँकी अंश»

सरकारको विकल्प खोज्ने बेला भएको छैन : नेत्री कोइराला

२०७२ पौष १८ शनिबार, वीरेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिले नै सरकारको विकल्प खोज्ने बेला नभएको बताउनुभएको छ । प्रेस युनियन सुर्खेतले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री कोइरालाले वर्तमान सरकारले राम्रो काम नगरे आफैँ ढल्ने भन्दै तत्काल विकल्प खोज्न आवश्यक नरहेको उल्लेख गर्नुभयो । जनताको हितका लागि र सबै राजनीतिक दलहरूसँग समन्वय गरी सरकारले काम गर्नुपर्ने सुझावसमेत नेत्री कोइरालाले दिनुभयो ।    सरकार ढाल्ने र बनाउ ... बाँकी अंश»

विपद्को समयका लागि वैदेशिक सहायतासम्बन्धी कार्यविधि बन्दै

२०७२ पौष १८ शनिबार, किरण भट्टराई,काठमाडौँ । गत वैशाख १२ को भूकम्पपछिको असहज परिस्थितिमा वैदेशिक सहयोगसम्बन्धी स्पष्ट नीति नहुँदा परेको कठिनाइलाई मध्यनजर गर्दै सरकारले त्यस्तो नीति बनाउने भएको छ । सरकारले ल्याएको ‘तत्काल सुधार कार्ययोजना’ अन्तर्गत दुई महिनाभित्रै ठूलो विपद्को समयमा वैदेशिक सहायता परिचालनसम्बन्धी कार्यविधि बनाइन सक्ने तयारी गरिएको छ ।    गत वैशाखको भूकम्पपछि वैदेशिक सहयोग कुन क्षेत्रमा लिने, कुन क्षेत्रमा नलिने, सहयोगमा कर लगाउने वा नलग ... बाँकी अंश»

इन्जिनियरलाई साथमा लिएर अघि बढाउँछु : प्रधानमन्त्री ओली

२०७२ पौष १८ शनिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएकाले देशलाई अब एकताबद्ध भएर अघि बढाइने दृढता व्यक्त गर्नुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसन ललितपुरमा आयोजित भूकम्पपछि ग्रामीण आवास निर्माणका लागि तयार गरिएको प्रतियोगितात्मक ‘नमुना घरको नक्सा प्रदर्शनी’ का विजयीलाई पुरस्कार प्रदान गर्दै उहाँले भन्नुभयो– “हामी यस देशलाई यस्तै अवस्थामा अब लामो समय रहन दिन सक्दैनौँ, एकताबद्ध भएर अघि बढाउछौँ ... बाँकी अंश»

जनवादी युवा मोर्चाले कालाबजारी र तस्कर पक्रिने घोषणा

२०७२ पौष १८ शनिबार, काठमाडौ । सयूक्त जनवादी यूवा मोर्चाले भारतको अघोषित नाकाबन्दी र त्यसले उत्पन्न गरेको कालावजारी विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  मोर्चाले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुष १९ गतेदेखि माघ ५ गतेसम्मको आज्दोलनको कार्यक्रम घोषणा गरेको हो ।  घोषित आन्दोलनको कार्यक्रममा पुष १९ गते तीन दिन कालोबजारी भईरहेको ठाँउ र त्यसमा संलग्न ब्यक्तिहरुको विषयमा सूचना संकलन गर्ने, पुष १९ गते नै मधेसी मोर्चाका शिर्ष नेताहरुलाई ... बाँकी अंश»

पर्वतमा बन्ने भयो अर्को कीर्तिमानी झोलुङ्गे पुल

२०७२ पौष १८ शनिबार, विशन क्षेत्री, पर्वत । लामो झोलुङ्गे पुलको जिल्लाबाट चर्चित पर्वतमा फेरि अर्को कीर्तिमानी झोलुङ्गे पुल निर्माण हुने भएको छ । कालीगण्डकी नदीमाथिको पर्वत र बाग्लुङ्ग जोड्ने नेपालकै लामो ३४७ मिटरको कुश्मा–कैया झोलुङ्गे पुलको रेकर्ड तोड्दै मोदी खोला माथि ३५९ लामो मुडिकुवा–बडागाउँ झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको उचाई भने १५५.७० मिटर हुने छ । मुक्तिनाथ एण्ड ओम गीता जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पुलको लागत एक करोड ७६ लाख ... बाँकी अंश»

कांग्रेसको महाधिवेशनले नेताको मूल्याङ्कन गर्छ : महामन्त्री सिटौला

२०७२ पौष १८ शनिबार, भीमदत्तनगर। नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १३ औँ महाधिवेशनमा नेताहरुको मुल्याङ्कन हुने बताउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै महामन्त्री सिटौलाले नजिकिदै गरेको कांग्रेसको महाधिवेशनमा नेताहरुको मुल्याङ्कन गरेर कुर्सीमा पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । महाधिवेशन निर्वाचनमा स्वविवेक प्रयोग गर् ... बाँकी अंश»

मधेसी मोर्चासँग भोलि निर्णायक वार्ता हुने– अध्यक्ष दाहाल

२०७२ पौष १८ शनिबार, विराटनगर । एकीकृत नेकपा (माओवादीं)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग भोलि समझदारी हुने प्रवल सम्भावना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शुक्रबार मोर्चासँग औपचारिक, अनौपचारिक वार्ता भएको र बेलुकी महन्थ ठाकुरसँग पनि यस विषयमा छलफल भएको जानकारी गराए ।  नेपाली काँग्रेस, नेकपा(एमाले) र मधेसी मोर्चाबीच भोलि हुने वार्ताको विषय र प्राप्त निष्कर्षमा आफ्नो पार्टीको सहमति रहेको उल्लेख गर्द ... बाँकी अंश»

माझीहरुको पेशा नै संकटमा परेपछि गुजारा टार्न धौधौ

२०७२ पौष १८ शनिबार, जितेन्द्र भण्डारी, पाँचथर । तमोर नदीको किनारमा बसोवास गर्दै आएका माझीहरु यो बर्ष समस्यामा परेका छन् । पाँचथर र तेह्रथुमको सीमा भएर बग्ने तमोर नदि किनार आसपास लामो समय देखि बासोवास गर्दै आएका माझि जातीहरुले नदिका माछा मारेर गुजारा चलाउने गरेका छन् । माछा मारेर जिविकोपार्जन गर्ने उनिहरुको पुख्यौली पेसाका रुपले चिनिएको सो  प्रचलनमा यो बर्ष भने विभिन्न कारणले धरासायी बनेपछि माझीहरु समस्यामा परेका हुन् ।सडकको पहुँच पुगेकाले गैह्र माझीहरुले पनि सो ... बाँकी अंश»

कटुवाल कराउँदै गुजारा चलाउँछिन् रुपकली

२०७२ पौष १८ शनिबार, रमेशकुमार वली, सल्यान । जिल्लामा मोबाइल नपुगेको र मोबाइल नभएको मान्छे विरलै होला । सूचनाको प्रभावकारी माध्यम बनेको छ मोबाइल । तर पश्चिमी क्षेत्र मूलखोला– ५ की रुपकली विकलाई भने परम्परादेखि चल्दै आएको कटुवाले पेसा जीवन गुजार्ने सहारा बनेको छ ।  गाउँमा रुपकली कराएको सुन्ने सबैले गाउँमा केही भएछ भनेर अड्कल काट्छन् । कटुवाले पेसाबाट गुजारा चलाउँदै आएका रुपकलीका श्रीमान् अमृत विक आफ्नै आँगनमा लडेर मृत्यु भएपछि श्रीमानले गरेको पेसा रुपकलीले सम् ... बाँकी अंश»

चौरजहारीबासी भन्छन्ः संविधानपछि विकास चाहियो

२०७२ पौष १८ शनिबार, दिलिप खड्का, रुकुम । रुकुमको पश्चिमी चौरजहारी नगरपालिकाबासीहरुले संविधानको पूर्ण कार्यन्वयनका साथै अब स्थानीय विकास भएको हेर्न चाहेकोले सबै पार्टीहरु एकजुट भएर स्थानीय विकास गर्न पार्टीहरुलाई सुझाव दिएका छन् । नेकपा एमाले चौरजहारी नगर कमिटीले गरेको वृहत भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो सुझाव दिएका हुन । उक्त कार्यक्रममा बोल्ने अधिकांश महिला, युवा तथा जेष्ठ नागरिकहरुले देशले संविधान पाईसकेकोले अब संविधानलाई पूर्ण कार्यन्वयनका साथै पा ... बाँकी अंश»

बिरामी अवस्थामा विश्वमै दुर्लभ गिद्ध भेटियो

२०७२ पौष १८ शनिबार, जाजरकोट । विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो ।  वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ ।  मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अध ... बाँकी अंश»

हुलाकी सडक नबन्दा महोत्तरीवासी मार्कामा

२०७२ पौष १८ शनिबार, गौशाला। महोत्तरी जिल्लाको ५२ किलोमिटर हुलाकी सडक नबन्दा जिल्लावासी मार्कामा परेका छन् । जिल्लाको सदरमुकाम जलेश्वरदेखि मनरा, सम्सी हुँदै सर्लाही जिल्लाको सिमानासँग जोडिएको हर्दी नदीसम्म २६ किलोमिटर र सम्सीबाट गौशाला, रामनगर हुँदै माईस्थान गाविसअन्तर्गत पूर्व पश्चिम राजमार्गलाई छुने २६ किलोमिटर गरी ५२ किलोमिटर हुलाकी सडक वर्षौंदेखि निर्माण हुन नसक्दा महोत्तरीवासी हरेक दृष्टिकोणले प्रभावित भएका छन् ।    यस सडकलाई निर्माण गर्न सन् २०११ क ... बाँकी अंश»

पत्रकारलाई आस्थाका आधारमा विभेद गर्न नहुनेः बद्री सिग्देल

२०७२ पौष १८ शनिबार, यादव आचार्य, बर्दिया। श्रमजिवी पत्रकारहरुलाई आस्थाका आधारमा विभेद नगर्न नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आग्रह गरेका छन्। नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिग्देलले पत्रकारहरुलाई आस्थाकै कारण कार्यक्षेत्रबाट निष्काशन गरिनु दुर्भाग्य भएको वताउँदै सरकारले आफै श्रम कानूनको उल्लंघन गरेको वताए। सरकारले पत्रकारको दीर्घकालिन रुपमा व्यवसायिक र भौतीक सुरक्षाका लागि तत्काल थालनी गर्नु ... बाँकी अंश»

नयाँ