समाज

हत्यारलाई बचाउन प्रहरी र डाक्टर नै लागेको आरोप

२०७२ असोज २६ मंगलबार, काठमाडौ । गत असोज १७ गते ललितपुरको ठूला दुर्लुङ्ग गाविस ८ मा बारीमा पासो लगाएको अवस्थामा मृत भेटिएकी सरिता तिमिल्सिनाको हत्यालाई आत्महत्या बनाउने षडयन्त्र भईरहेको दावी मृतकका माईती पक्षले गरेका छन । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित पक्षले पत्रकार सम्मेलन गरेर ५ दशमलब ४ ईन्च हाईटकी तिमल्सिना ५ दशमलब २ ईन्च अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको, शरिरभरी यातनाका चिन्हहरु भएको र मृतको घाटिमा दुई वटा डाम रहेको अवस्थाले मृतकले आत्महत्या ग ... बाँकी अंश»

प्रधानमन्त्री ओली–अमेरिकी राजदूत भेटवार्ता

२०७२ असोज २६ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको थियो ।    राजदूत टेपलेट्जले अमेरिकी सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर् ... बाँकी अंश»

बस दुर्घटनामा दुईको मृत्यु, पच्चीस घाइते

२०७२ असोज २६ मंगलबार, कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो घुम्तीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना५ख २६१० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बर्दिया नेवलापुरका २३ वर्षीय मुकुन्द थापा र कञ्चनपुर पुनर्वास–३ का ३० वर्षीय शेरबहादुर कँुवरको मृत्यु भएको हो ।    दुर्घटनामा परी घाइते भएका २५ जनाम ... बाँकी अंश»

आज देशभरका शक्तिपीठ तथा घरघरमा घटस्थापना

२०७२ असोज २६ मंगलबार, काठमाडौँ । विजयादशमीको पहिलो दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा घटस्थापना गरी मनाइँदैछ । आश्विन शुक्ल पक्षको प्रतिपदादेखि सुरु भई दशमीका दिन टीका तथा जमरा लगाउने प्रचलनअनुरूप आजैका दिनमा दियो, गणेश र कलश पूजाका साथ घटस्थापना गरी जमरा राख्ने गरिन्छ ।    आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म नौवटा रात पर्ने भएकाले यसलाई ‘नवरात्र’ भनिने र कोजाग्रत पूर्णिमासम्मलाई दुर्गा पक्षका रुपमा लिइन्छ । आजकै दिनदेखि विजयादशमीका दिनसम्म शक्ति ... बाँकी अंश»

बेइजिङ गईन सुजाता

२०७२ असोज २६ मंगलबार, काठमाण्डौ । पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला चिनको राजधानी बेइजिङ्मा हुने एशियाली राजनीतिक दलहरुको अन्तराष्ट्रिय सम्मेलन आइक्यापमा सहभागी हुन मंगलर बेइजिङ् गएकी छन् ।  आइक्याप महिला सेलकी अध्यक्षसमेत रहेकी कांग्रेस बिदेश बिभाग प्रमुख कोइरालाले बेइजिङ्मा हुने सिल्करोड क्षेत्रको बिकास, बिस्तार र सम्पर्क संजालको निमार्णका लागी निति तथा कार्यक्रम तयगर्दै एसिया, यूरोप र अमेरीकालाइ सिल्क रोड मार्फत जोड्ने योजनाका बिषयमा छलफ ... बाँकी अंश»

बडा दशैं सुरु, घटस्थापनाको शुभ साइत बिहान ११ः२५ मा

२०७२ असोज २६ मंगलबार, काठमाडौं । यस वर्षको बडा दशैं मंगलबार (आज) बाट सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भन्ने गरिन्छ । यही दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन दशैं घर अर्थात घर–घरमा जमरा राखिन्छ । घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । घटस्थापना र नवरात्री आरम्भको शुभ साइत बिहान ११ बजेर २५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ... बाँकी अंश»

मंगलबार घटस्थापना, दशैं घर र घर–घरमा जमरा राखिँदै

२०७२ असोज २५ सोमबार, काठमाडौ । विजयादशमीको पहिलो दिन मंगलबार घर–घरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए । कलशको स्थापना गरी यस दिन नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चो ... बाँकी अंश»

चिनियाँ प्रधानमन्त्री ‘ली’को ओलीलाई हार्दिकताको बधाई

२०७२ असोज २५ सोमबार, काठमाडौं । जनगणतन्त्र चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले चीन सरकार र जनताको तर्फबाट नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई  हार्दिकताको बधाई दिएका छन् । ‘ली’ ले हृदयदेखिनै बधाई भन्दै कार्यकालको सफताको शुभकामना दिएका छन् । एमाले अध्यक्ष ओली नेपालको प्रधानमन्त्री निर्वाचित भएकामा एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्री ‘ली’ले चीन र नेपाल निकटका मिलनसार मित्र र कठिन परिस्थितिमा पनि सुमधुर पारस्परिक सम्बन्ध काय ... बाँकी अंश»

रुपन्देहीको बेलहिया नाका खुल्यो

२०७२ असोज २५ सोमबार, रुपन्देही । गत सोमबारदेखि पूर्णरुपमा ठप्प रहेको नेपाल–भारत सीमा नाका बेलहिया सोमबार देखि खुलेको छ । बेलहिया नाकाबाट साँझ ६ः३० बजेसम्ममा झन्डै एक सय ट्रक नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । दिउँसो २ बजेदेखि सहजरुपमा खुलेको बेलहिया नाकाबाट साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास बुलेट, चारवटा अक्सिजनसहित अन्य खाद्यान्न बोकेका ट्रक तथा टुरिस्ट बस गरी सय बढी सा ... बाँकी अंश»

झापाको काँकडभिट्टाबाट २४ टयाङकर पेट्रोलियम पदार्थ भित्रियो

२०७२ असोज २५ सोमबार, झापा । पूर्वी नाका काँकडभिट्टाबाट सोमबार साँझसम्ममा २४ वटा पेट्रोलियम पदार्थका गाडी नेपाल भित्रिएका छन् । २२ ट्याङ्कर डिजेल, एक ट्याङ्कर मट्टितेल र एक ट्याङ्कर हवाई इन्धन नेपाल आएको मेची भन्सार कार्यालयका अधिकृत दीपेन्द्र झाले बताए । सिलगुढीस्थित अइल निगम पुगेका ३० वटा ट्याङ्करमध्ये २४ ट्याङ्कर सोमबार आइपुगेको र बाँकी मंगलबार बिहानसम्ममा आइपुग्ने मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिए । आइतबार यता केही नाकाबा ... बाँकी अंश»

बालुवाटार छाड्दै कोइराला

२०७२ असोज २५ सोमबार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् । विसं २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बसोबास गर्दै आएका कोइराला आइतबार नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि बालुवाटार छाड्न लाागेका हुन् । सभापति कोइराला बालुवाटारबाट काँग्रेस नेता डा शशाङ्क कोइरालाको निवास महाराजगन्ज स ... बाँकी अंश»

ओलीलाई बाबुरामको बधाई

२०७२ असोज २५ सोमबार, काठमाडौ । नवनिर्वा्चित प्रधानमन्त्री केपी ओलीलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले टेलिफोन गरी बधाई दिएका छन् । नयाँ संविधान जारी भएपछि एमाओवादी र संसद् परित्याग गरेका भट्टराईले एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएकामा आइतबार राति निवासमै फोन गरी बधाईसहित कार्यकाल सफलताको कामना दिएको  ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए । ओलीलाई बधाई दिन सरकारी निवास बालकोटमा घुइँचो लागेकै बेला बाबुरामले टेलिफोन गरेका थिए । सामान्य नाग ... बाँकी अंश»

सुनसरीको दशगजामा भारतीय बस्ती, हजारौं विघा नेपाली जमिन अतिक्रमण

२०७२ असोज २५ सोमबार, सुनसरी । नाकाबन्दीले महिना दिन ढाड सेकेको भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भुमि र दशगजा क्षेत्रमा अतिक्रमण गरी बस्ती बसाएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी र सरकार भारतले नेपाली भुमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाउँदा समेत मुख दर्शक बनिरहेको छ । सुनसरीका एक दर्जन बढी गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरि बस्ती बसाउँदा सरकारले बस्ती हटाउन चासो नदिएको स्थानियको भनाई छ । भारतको विहार राज्य अन्र्तगत पर्ने हर ... बाँकी अंश»

टीकापुर घटनामा संलग्न भएका २० आरोपी पुर्पक्षका लागि कारागार चलान

२०७२ असोज २४ आइतबार, कर्ण कुँवर, टीकापुर। गत भदौ ७ गतेको टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरी ‘रोशन’सहित २० जनालाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि आज आइतबार कारागार चलान गर्नुका साथै  दुई जनालाई अभिभावक र वालसुधार गृहको जिम्मा लगाउने आदेश दिएको छ ।      प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र २ वर्षीष नावालक टेकेन्द्र साउँद सहित ९ जनाकोे हत्या अभियोगमा पक्राउ परेका विरूद ... बाँकी अंश»

समयको ख्याल नगर्दा प्रदीप गिरी लगायत तीन जना सांसद मतदानबाट वञ्चित

२०७२ असोज २४ आइतबार, काठमाडौँ । प्रधानमन्त्रीको निर्वाचनका लागि आज भएको मतदानको समयमा व्यवस्थापिका–संसद् बैठकमा अनुपस्थित तीन जना सांसद मतदान गर्नबाट वञ्चित हुनुभएको छ । सभामुख सुवास नेम्वाङले निर्वाचन प्रयोजनका लागि पाँच मिनेटको जनाउ घन्टी दिएर मतदान स्थलमा उपस्थित हुन समय दिएपनि त्यसलाई गुजार्दै नेपाली काँग्रेसका सांसदहरु प्रदीप गिरी, बद्री पाण्डे र जीवन परियार मतदान गर्नबाट वञ्चित हुनुभएको हो ।    संसद्मा रहेका कुल ५९८ जना सांसदमध्ये मतदान प्रक्रियाम ... बाँकी अंश»

पुनस्थापनाको माग गर्दै सदरमुकाममा बाढी पिडित

२०७२ असोज २४ आइतबार,   प्रेम रौले । बाजुरा । गत असोजमा आएको उत्तरी भेगको साप्पाटाका स्थानियबासीहरु पुनस्थापनाको माग गर्दै साप्पाटा गाविसकी महिलाहरु सदरमुकाम आएकी छन् । गत असोज १० गते राती गएको एकाएक पहिरोका कारण साप्पाटा ३,४ र ५ रडीका स्थानियबासी त्रिपालमुनी बास बस्न बाध्य भएका छन् ।  जिल्लाको पूर्वीउत्तरी भेगमा रहेको साप्पाटा गाविसमा गाउँ नै पहिरोले बगाएपछि दश परिवारलाइ राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले जानकारी दिएका छन् । पहिरोको ... बाँकी अंश»

सबै समस्या समाधान गर्न सरकारमा काँग्रेसको नेतृत्व आवश्यक : देउवा

२०७२ असोज २४ आइतबार, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी भएसँगै सङ्घीय राज्यको सीमा निर्धारणलगायतका समस्या समाधान गर्न सरकारमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्रीका उम्मेदवार कोइरालाको प्रस्तावक रहनुभएका देउवाले व्यवस्थापिका संसद्को आजको बैठकमा काँग्रेसको उम्मेदवारी प्रजातन्त्रको सुन्दर अभ्यास भएकाले मुलुक बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्न सहयोग पुयाउने बताउनुभयो ।    संविधानको सफल क ... बाँकी अंश»

पशुपतिनगर नाकामा इन्धनको कालो बजारी

२०७२ असोज २४ आइतबार, इलाम । भारतले गरेको नाकाबन्दीबाट देशभर पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ । भारतको दार्जि्लिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् । उनीहरूले पशुपतिनगरमा पेट्रोल एक सय ५० देखि एक सय ६० रुपैंया सम्म र डिजेल एक सय १५ देखि एक सय २० सम्म बिक्री गरिरहेका छन् । सरकारले पर्याप्त इन्धन उपलब ... बाँकी अंश»

विषाक्त खाना खाँदा २४ बढी सिकिस्त

२०७२ असोज २४ आइतबार, सप्तरी । सप्तरीको राजविराज– ४ स्थित रहेको मदरसामा बनाइएको खानेकुरामा विषादी पर्दा २४ बढी बालबालिका सिकिस्त भएका छन् । शनिवार राति होस्टलमा बसेका बालबलिकाका लागि तयार खानामा माथिबाट छेपारो परेपछि पूरै खाना विषादी भएको र खाना खाने बेलामा यो कुरा थाहा नपाउँदा सो खानाले होस्टेलमा बसेका २४ बढी बच्चा सिकिस्त बिरामी परेको बताइएको छ । उनीहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी ... बाँकी अंश»

कोइरालाको पक्षमा मतदान गर्न नेपाली काँग्रेसको अपिल

२०७२ असोज २३ शनिबार, काठमाडौँ। नेपाली काँग्रेसले देशको वर्तमान विशिष्ट अवस्थामा राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि प्रधानमन्त्री पदमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालाको पक्षमा मतदान गरी महत्वपूर्ण योगदान पुर्‍याउन सम्पूर्ण सांसदलाई अपिल गरेको छ ।   पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूद्वारा जारी विज्ञप्तिमा महिला, आदिवासी, जनजाति, पिछडिएको वर्गलगायत सम्पूर्ण समुदायबाट उठेका प्रमुख मागलाई संविधान संशोधनको प्रक्रिया प्रधानमन्त्री एवम् पार् ... बाँकी अंश»

नयाँ