समाज

झडपमा घाइते तीर्थयात्रीको बिजोग

२०७२ पौष २ बिहिबार, जनकपुरधाम । सीताराम विवाह महोत्सवमा बुधबार प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा घाइते भएका अधिकांश तीर्थयात्री बिचल्लीमा परेका छन् ।  घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका र विभिन्न धर्मशालामा बसेका तीर्थयात्रीसँग न त कुनै सामान छ न त पैसा । झडप हुँदा भाग्ने क्रममा घाइते भएपछि उहाँहरुको यस्तो अवस्था भएको हो ।  तराई मधेस लोकतान्त्रिक पार्र्टीका केन्द्रीय सदस्य सदाशिव झाका अनुसार झडपमा घाइते १०३ मध्ये नेपालका ६९ र भारतका ३४ जना र ... बाँकी अंश»

‘नेपाल पठाइदिनुभन्दा साहुजीले यतै मारेर फालिदिन्छौँ भन्थे’

२०७२ पौष २ बिहिबार, सुशील दर्नाल, काठमाडौँ । तीन वर्ष छ महिना लेबनानमा घरेलु कामदारको रूपमा काम गरेकी मकवानपुरकी शान्तिमाया तामाङले ११ महिनाको मात्र पारिश्रमिक पाईन् । काम गरेको पूरा पारिश्रमिक पाउनुको सट्टा उनले मानसिक र शारीरिक यातना खेप्नुप¥यो ।  “घरको आर्थिक अवस्था कमजोर थियो, दुई÷चार पैसा होला भनेर लेबनान पुग्दा धेरै दुःख पाइयो, साहुले दिनमा एक छाक मात्र खाना खान दिन्थ्यो, दिनदिनै कुटपिट गरेर दुव्र्यव्यहार गर्ने गथ्र्योे, पानीसमेत खान नदिने” उनले गुन ... बाँकी अंश»

मिस फायर हुँदा मोटरसाइकलमा आगलागी

२०७२ पौष २ बिहिबार, काँकडभिट्टा । झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा बिहीबार दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ ।  बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान खोज्दा पम्पकै छेउमा अचानक आगो लागेको थियो । मोटरसाइकल मेचीनगर–१ धुलाबारी निवासी सञ्जीव विकको रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले जल्दै गरेको मोटरसाइकललाई हुत्याएर ... बाँकी अंश»

ट्राफिकद्वारा २ लाख बढी राजस्व असुली

२०७२ पौष २ बिहिबार, कविता उपाध्याय, रोल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले सवारी साधनहरुबाट २ लाख ४१ हजार ७ सय रुपैयाँ राजश्व असुली गरेको जनाएको छ । यस आर्थिक वर्षको साउनदेखि हालसम्म दण्ड जरिवाना वापत १ हजार १ सय २४ वटा सवारी साधनहरुबाट सो रकम अशुली गरिएको हो ।  जस अन्तर्गत ९ सय ६२ वटा सवारी साधनका चालकले सवारी चलाउदा चालक अनुमति पत्र, सवारी दर्ता किताब लगायतका आवश्यक कागजातहरु साथमा नराखेको हुँदा ती सवारी साधनबाट १ लाख ४१ हजार २ सय रुपैयाँ, क्षमता भन्दा बढ ... बाँकी अंश»

आन्दोलनरत पक्षसँग वार्ताबाट सहमति खोज्ने काँग्रेसको निर्णय

२०७२ पौष २ बिहिबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत अन्य राजनीतिक दलसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ ।  पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले संसद्मा पेस भएको संविधान संशोधन विधेयकका आधारमा दलीय परामर्शलाई अघि बढाई सहमति खोज्ने निर्णय गरेको हो ।  बैठकले संविधान संशोधन विधेयकलाई प्रक्रियाग ... बाँकी अंश»

पश्चिमी सीमा नाकाबाट छ युवतीको उद्धार

२०७२ पौष २ बिहिबार, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डा चौकीबाट छजना युवतीको उद्धार गरिएको छ ।  माइती नेपाल र प्रहरीको संयुक्त प्रयासमा गड्डा चौकी र भारतीय निकटवर्ती बजार वनवसाबाट बुधबार १७ वर्षीया युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । यसैगरी गड्डा चौकी नाका भएर भारतको नयाँदिल्ली हुँदै रोजगारीका लागि किर्गिस्तान र ओमान जान हिँडेकी सिन्धुपालाञ्चोकका तीन, नुवाकोटका एक, खोटाङका एक युवतीको उद्धार गरिएको जानकारी उनले दिए ।  ... बाँकी अंश»

महिलालाई दुर्व्यवहार गर्ने पूर्वमन्त्री पराजुलीलाई अख्तियारले पनि छोडेन

२०७२ पौष २ बिहिबार, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पदको दुरुपयोग गरी गैरकानुनी रुपमा गरेको खर्च असुल गरेको छ ।    पूर्वमन्त्री पराजुलीले आफ्ना छोरा गिर्वाणविक्रम पराजुलीलाई गैरकानुनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएका सम्बन्धमा आयोगमा उजुरी परेपछि आयोगले सो सम्बन्धमा अनुसन्धान गरी रकम असुल गरेको आयोगले विज्ञप्ति निकाली जनाएको छ ।    अनुसन्धानका क्रममा तत्कालीन मन्त्री पराजुलीले आफै मन ... बाँकी अंश»

तातोपानीको विकल्पमा अर्काे नाका हुनै सक्दैन

२०७२ पौष १ बुधबार, काठमाडौं । संसदीय समितिले भारतबाहेक तेस्रो मुलुकसँग पहिलो सडक सञ्जाल जोडिएको ऐतिहासिक तातोपानी नाकाको विकल्प अर्काे नाका हुन नसक्ने निष्कर्ष निकाल्दै प्रतिवेदन कुझाएको छ । यवस्थापिका–संसद् विकास समितिले तातोपानी नाका र अरनिको राजमार्गको स्थलगत अध्ययनपछि तयार प्रतिवेदन वुधबार सभामुख ओनसरी घर्तीलाई बुझाएको हो । प्रतिवेदन बुझाँउदै समिति सभापति रवीन्द्र अधिकारीले वर्षेनी सात अर्व राजस्व सङ्कलन हुने गरेको एक खर्ब ६० अर्बको व्यापार हुँदै आए ... बाँकी अंश»

परामर्शको बाटो रोज्यो कांग्रेसले, सदस्यता वितरणको विवाद लम्बियो

२०७२ पौष १ बुधबार, काठमाडौं । व्यवस्थापिका–संसदको शीर्ष दल काँग्रेसले संसदमा पेश भएको संविधान संशोधनसम्बन्धी विधेयकका आधारमा मुलुकको वर्तमान समस्याको समाधान खोजिनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा वुधबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले तत्कालिन समस्या समाधानका लागि अन्य दलसँग परामर्श गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।  छ । काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले पार्टीको संस्थागत निर्णयअनुरुप सदनमा दुबै विधेय ... बाँकी अंश»

पुननिर्माण विधेयकको समर्थन गर्दै मोर्चाद्वारा संसद बैठक बहिस्कार

२०७२ पौष १ बुधबार, काठमाडौं । मधेसी मोर्चाले बुधबार बसेको व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेको छ । आफूहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक पेश गरेको भन्दै मोर्चाले बैठक बहिस्कार गरेको हो । संसदको बुधबारको बैठक सुरु हुनासाथ सद्भावना पार्टीका लक्ष्मण लाल कर्णले समय लिँदै मोर्चाले गरेको नाराबाजीका बीच गत मंगलबार विधेयक पेश भएको भन्दै विरोध जनाएका थिए । ‘सरकारले जे भन्छ, त्यही गर्ने हो भने रुलिङ गर्नुस्, ‘ठूलो पार्टीको मात्र संसद हो, सानो पार्टीको कुनै ... बाँकी अंश»

डिस होम आक्रमण सूसुचित अधिकार खोसिएजस्तैः प्रेस युनियन

२०७२ पौष १ बुधबार, काठमाडौं । विप्लव माओवादीका कार्यकर्ताले डिस होमको ललितपुरको भैसेपाटीमा रहेको केन्द्रीय कार्यालयको टावरमा बुधवार विहान गरेको आक्रमणप्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।  युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘राजनीतिक समस्या राजनीतिक ढंगले नै समाधान हुनुपर्नेमा त्यसतर्फ नलागि व्यवसायी र त्यसमा काम गर्ने कर्मचारीलाई सरकार र राजनीतिक दल विशेषले तारो बनाउने कार्यको नेपाल प्र ... बाँकी अंश»

‘मधेसलाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहन्छ’

२०७२ पौष १ बुधबार, वीरगन्ज । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने भएकाले एकमुष्टरुपमा सहमति खोज्न सरकारसँग आग्रह गरेका छन् ।  सो पार्टीद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधका बाबजुद पनि सरकारले हिजोको संसद् बैठकमा उक्त विधेयक पेस गरेकोमा आपत्ति जनाए ।  अध्यक्ष ठाक ... बाँकी अंश»

अन्य दलसँग पनि परामर्श गर्ने काँग्रेसको निर्णय

२०७२ पौष १ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसदको ठूलो दल नेपाली काँग्रेसले संसदमा मङगलबार पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकका आधारमा मुलुकको वर्तमान समस्याको समाधान खोजिनुपर्ने बताएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयक सदनमा पेश हुनुलाई सकारात्मक लिँदै समस्या समाधानका लागि अन्य दलसँग पनि परामर्श गरेर अघि बढ्ने निर्णय ग ... बाँकी अंश»

प्रेस युनियनको वैठक कपिलवस्तुमा हुने

२०७२ पौष १ बुधबार, कपिलवस्तु । नेपाल प्रेस युनियन केन्द्रिय समितिको बैठक कपिलवस्तुको सदरमुकाम तौलिहवामा पौष १६ गते हुने भएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर यस वैठक कपिलवस्तुमा आयोजना गरिएको वताइएको छ । वैठकको आतिथ्यता नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले गर्ने र त्यसको तयारी सूरु भएको शाखा सभापति गोपाल भण्डारीले बताएका छन । आतिथ्यता र तयारीको लागि शाखाको बैठक बसी आर्थिक समिति, सचिवालय, स्वागत समिति बनाएर काम सूरु गरिएको शाखा सचिव मणि प्रसाद गैह्रेले वत ... बाँकी अंश»

चन्द माओवादीद्धारा डिस होमको टावरमा आक्रमण

२०७२ पौष १ बुधबार, काठमाडौ । विप्लव माओवादीका कार्यकर्ताहरुले डिस होमको टावरमा आक्रमण गरेका छन् । ललितपुरको भैसेपाटीमा रहेको डिस होमको केन्द्रीय कार्यालयमा रहेको टावरमा उनीहरुले आक्रमण गरेका हुन् । आक्रमणबाट टावरमा ठुलो क्षति पुगेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणकारीहरुले टावरमा बम प्रहार गरेका छन् ।  नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले भारतीय च्यानलहरु प्रसारण नगर्न पटक पटक आग्रह गर्दै आईरहेको थियो । भारतीय च्यानलहरु प्रसारण गराएकाले आक्रमण गर ... बाँकी अंश»

अद्यावधिक निर्वाचनबाट जितेर संविधान संशोधन गर्न शाहीको सुझाव

२०७२ पौष १ बुधबार, यादव आचार्य, बर्दिया । संविधानमा चित्त नवुझेका विषयहरु अद्यावधिक निर्वाचन मार्फत जितेर बहुमतबाट संविधान संशोधन गर्न संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले सुझाव दिएकी छिन् । मन्त्री परिषदको निर्णयले तय गरिएको जनताको संविधान जनताकै माझमा भन्ने राष्ट्रब्यापी प्रचार अभियान अन्र्तगत बर्दियाको गुलरियामा आयोजित सभामा राज्यमन्त्री शाहीले संविधान प्रति असन्तुष्ट पक्षहरुलाई लक्षित गर्दै सोकुरा वताएकी हुन् । संविधा ... बाँकी अंश»

विवाह गर्ने उमेरमा सम्वन्ध बिच्छेद

२०७२ मङ्सिर २९ मंगलबार, कविता उपाध्याय, रोल्पा । १३ वर्षको कलिलो उमेरमा बैबाहिक सम्वन्धमा बाँधिएकी भावना सुनार हाल २३ वर्षकी छिन् । यसो हेर्दा भर्खरै विवाह गर्ने उमेरमा प्रवेश गरे जस्ती देखिएता पनि १५ वर्षको उमेरमा उनी आमा बनिसकेकी हुन् । हाल उनका साथमा ८ वर्षको छोरा छ । “श्रीमान्ले दैनिक जसो जाँड रक्सी खाएर कुटपिट गर्ने, तथानाम गाली बेइजती गर्ने र खान लगाउन नदिने गरेपछि  बाँच्न गाह्रो भयो अनि न्याय पाउनका लागि अदालतको ढोका ढक्ढक्याउन आएकी हुँ ” उनले भनिन् । “ म सानी थ ... बाँकी अंश»

राष्ट्रलाई सङ्कटमा परेको बेला सेना हेरेर बस्दैन – उपप्रधानमन्त्री रावल

२०७२ मङ्सिर २९ मंगलबार, काठमाडौँ । सरकारले नयाँ संविधानको भावनाअनुसार राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद् ऐनको मस्यौदा तयार पार्ने कामलाई तीव्रता दिएको छ ।  प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सुरक्षा परिषद्ले सो ऐन अगाडि बढाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएपछि रक्षा मन्त्रालयले काम थालेको हो । मुलुकको सुरक्षासम्बन्धी विषयलाई नीतिगत रुपमा नै स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएकाले सो काम अगाडि बढाइएको उपप्रधान एवम् रक्षा मन्त्री भीमबहादुर रावलले व ... बाँकी अंश»

स्याङ्जामा देखियो नाकाबन्दीको असर

२०७२ मङ्सिर २९ मंगलबार, श्रीकृष्ण सिग्देल, स्याङ्जा । मधेशवादी दलको आन्दोल र भारतले लगाएको अघोषित नाकाबन्दीको असर स्याङ्जामा पनि देखिन थालेको छ । स्याङ्जाबाट १ सय २५ किलोमिटर भारत सगँ जोडिएको सुनौली नाका बेला बेलामा ठप्प भएपनि हाल सम्म खासै अभाव सिर्जना भएको देखिएको थिएन । आन्दोलनको चरण लम्विदै जादा स्याङ्जामा कृतिम अभावदेखि औषधी र खाद्यन्नमा देखिन थालेको छ । जसका कारण स्याङ्जाको जनजिवन पनि कष्टकर हुन थालेको छ । कष्टकर सगै कालो बजारको पनि विगविगी बढ्न थालेको छ ।  दैन ... बाँकी अंश»

भावर प्रदेश नदिए चुरे भावरको आन्दोलन

२०७२ मङ्सिर २९ मंगलबार, काठमाडौ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफूहरुसँग २०६४ सालमा गरेको सम्झौता अनुसारको भावर प्रदेश कायम नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बद्री प्रसाद न्यौपानेले आफूहरुको मागलाई बेवास्ता गरेर भावर प्रदेश दिन कन्जुस्याई गरे शसक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘मधेसी मोर्चा जस्तै हामीसँग पनि सरकारले ३, ५ र ९ बुँदे सम्झौता गरेर भावर प्रदेश दिने सहमति गर ... बाँकी अंश»

नयाँ