समाज

तराई–मधेसमा जाडो बढयो

२०७२ मङ्सिर २६ शनिबार, सप्तरी । दुई दिनयता एक्कासि बढेको बाक्लो हुस्सु र चिसोका कारण सप्तरीसहित तराई–मधेसमा जाडो बढेर जनजीवन प्रभावित भएको छ ।  बिहानबेलुका बाक्लो हुस्सु लाग्ने र दिउँसो कम घाम लागेका कारण सप्तरी जिल्लाको सहरी तथा ग्रामीण भेगका मानिसले जाडोको निकै महसुस गरेका छन् ।  जाडोको निकै प्रभाव पर्नुको साथै सहरबजारमा हिँड्नेहरुले बाक्लो लुगा लगाएर हिँडनुपर्ने बाध्यता रहेको राजविराजका सुरेन्द्र यादवले बताए ।  जाडोले केही स्थानमा सर्वसाधारणले जाडोबाट ... बाँकी अंश»

अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर हुदैन–मन्त्री खरेल

२०७२ मङ्सिर २६ शनिबार, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले जनता, राष्ट्रियता र मुलुकको अखण्डतालाई अप्ठ्यारो पर्ने गरी प्रदेशको सीमा हेरफेर नहुने बताएका छन् ।  तीनकुने सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घको १२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “नाकाबन्दी गरेर नेपाली जनताको घाँटी थिचेर प्रदेशको सीमालाई हेरफेर गर्न खोजिए त्यसलाई कुनै पनि हालतमा मान्न सकिदैन ।”  हिमाल, पहाड र तराई मिलेर बनेको देशलाई त्यसैअनुरुप प्र ... बाँकी अंश»

बेनी–जोमसोम सडकमा चिनियाँ चासो

२०७२ मङ्सिर २६ शनिबार, मुस्ताङ । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिका लागि चिनियाँ पक्षले चासो दिएका छन् ।  नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई जिम्मा दिएको ७२ किलोमिटर उक्त सडकखण्डको मर्मतसम्भार र कालोपत्रे गर्न चिनियाँ पक्षले चासो देखाएका हुन् ।  तिब्बतसँग सीमा जोडिएको कोरला नाकासम्म कालीगण्डकी करिडोरअन्तर्गत सडक मार्गको पहुँच पुगेपछि चिनियाँ पक्षले नेपाल सरकारसमक्ष यस्तो चासो देखाएको बताइएको छ । सरकारले चिनियाँ पक्षलाई सडकको विस्तृत अध् ... बाँकी अंश»

सुतेकै अवस्थामा युवक जले

२०७२ मङ्सिर २६ शनिबार, झापा । झापाको दुहागढी–४ चारआलीस्थित नेपाल आयल निगमको शाखा कार्यालय परिसरमा गएराति एक युवाको आगोले जलेर मृत्यु भएको छ । निगमको कार्यालय परिसरमा रहेको पुरानो काठे घरको एउटा कोठामा शुक्रबार राति ८ः३० बजे धनकुटा घर भई काठमाडौँको कपनमा डेरा गरी बस्ने २८ वर्षीय जयबहादुर बडुवाललाई सुतेकै ठाउँमा शरीर जलेर बेहोस भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।    तत्कालै उपचारका लागि मेची अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले बडुवाललाई मृत घोषणा गरेक ... बाँकी अंश»

मापसेको जरिवाना बढ्यो

२०७२ मङ्सिर २६ शनिबार, इलाम । के तपाईं मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारीसाधन त चलाउँदै हुनुहुन्न ? अब ख्याल गर्नुहोस् । पहिलेजस्तो मापसे गरेर जरिवानामा मात्र छाडिने होइन्, तपाईंलाई सार्वजनिक मुद्दा पनि लाग्दैछ ।    मापसे गरेर सार्वजनिक भाडाका सवारीसाधन चलाउने सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरी केही सार्वजनिक मुद्दा चलाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले मङ्सिर पहिलो सातादेखि इलाममा यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया सुरु गरेपश्च ... बाँकी अंश»

पुनःनिर्माण विधेयक र संशोधन प्रस्तावबारे नेपाली काँग्रेस बैठक

२०७२ मङ्सिर २५ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयक र नेपालको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ । तराई मधेसको जारी आन्दोलन तथा अन्य समुदायको मागलाई सम्बोधन गर्न नेकाँ नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधनसम्बन्धी प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको र भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयकमा सहमति जुट्न नसक्दा संसद्मा पेस हुन नसकेको परिप्रेक्षमा सो बैठक बसेको हो ।  ... बाँकी अंश»

मोर्चाले बटमलाईन छोडेन, सत्ताधारीलाई सकस !

२०७२ मङ्सिर २५ शुक्रबार, काठमाडौं । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्याकेजमै सहमति हुनुपर्ने अडान लिएपछि फेरिपनि सरकार र मोर्चाबीच भएको वार्ता एजेन्डामा प्रवेश गर्न सकेन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ प्रमुख दलका नेतासहित मोर्चासँगको छलफलमा दुबै पक्षले विषयवस्तु राखे पनि आ–आफनै अडानका कारण वार्ता उपलब्धिहिन भयो ।     प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहितका सरकारी वार्ताटोली र सत्तारुढ ए ... बाँकी अंश»

२८ न्यायाधीश अलपत्र

२०७२ मङ्सिर २५ शुक्रबार, काठमाडौं । अढाइ वर्ष अघि मात्र नियुक्त भएका २८ अस्थायी न्यायाधीश पदमुक्त भएका छन् । पुनरावेदन तहका न्यायाधीशहरको पछिल्लो पदावधी शनिबार सकिँदै छ । न्याय परिषदले म्याद थप्न वा स्थायी गर्न नमानेपछि उनीहरु स्वतः पदमुक्त हुने भएका हुन् ।       एकस साता अघि मात्रै ती न्यायाधीशहरुले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, बार पदाधिकारी तथा महान्यायाधीवक्तालाई भेटेर निरन्तरता दिन अपील गरेका थिए । म्याद थप्ने संवैधानिक प्रावधान नभएकै कारण परिषद बैठकमा म ... बाँकी अंश»

मधेसी नेताले भारत गुहार्नु गलत

२०७२ मङ्सिर २५ शुक्रबार, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मधेस आन्दोलनको समस्या लिएर मधेसकेन्द्रित नेताले भारत गुहार्नु गलत भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसको समस्या समाधान भारतसँग नभई नेपालमै खोज्नुपर्नेमा जोड दिनुभयो । नेता राणाले भारतीय विदेशमन्त्रीले नेपालका मामलामा कूटनीतिक मर्यादाभन्दा बाहिर गएर बोल्ने गरेको आरोप पनि लगाउनुभयो ।   ... बाँकी अंश»

भारतीय वन विभागद्वारा दशगजा मिचेर बाँध बनाउँदै

२०७२ मङ्सिर २५ शुक्रबार,     पुनर्वास (कञ्चनपुर), । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजालाई मिचेर भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ ।    परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ ।    दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने हो सीमा क्षेत्रमा भारतीय पक्षले बनाइरहेका बाँधजस्तो द ... बाँकी अंश»

असन गल्लीको घरमा भएको आगलागीमा एकको मृत्यु

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ। स्थानीय असन त्यौडस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । असनचोक नजिक रहेको विनोद तुलाधरको चारतले कच्ची घरमा आगलागीमा परी डेरामा बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको छ भने उनकी दिदी सोनु नगरकोटी घाइते भएकी छिन् । घाइते नगरकोटीको वीर अस्पतालमा उपचार भइरहेको जनसेवा प्रहरी विशाल बजारका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिनुभयो ।    उहाँका अनुसार नगरकोटीको परिवार लामो सम ... बाँकी अंश»

२१ बुलेट ग्याँस आयो, केही नाका सहज, रक्सौलमा रोकिएका ग्याँस बुलेट छोड्न थ्रेट

२०७२ मङ्सिर २४ बिहिबार, विराटनगर । भारतसँग सीमा जोडिएका व्यापारिक नाकाहरु विहीबार केही सहज बने पनि मूख्य नाकाहरु वीरगन्ज र भैरहवामा अवरोध जारी रहयो । विहीबार साँझसम्म विराटनगर–जोगबनी नाका भएर २८ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल, १४ बुलेट ग्यास र १ ट्रक औषधि नेपाल आएको भन्सार कार्यालयले जनाएकाे छ । यस्तै, ७० बढी मालबाहक गाडी नेपाल भित्रिए ।    नेपालगन्ज–रुपैडिहा नाकाबाट साँझसम्म ३४ ट्यांकर डिजेल, ५ ट्यांकर पेट्रोल, ४ ट्यांकर हवाई इन्धन, ७ बुलेट ग्याससहित ... बाँकी अंश»

आदिवासी हकहितका प्रावधानहरुलाई बेवास्ता गर्ने प्रचलन रहेको प्रति गुनासो

२०७२ मङ्सिर २४ बिहिबार, जितेन्द्र भण्डारी । पाँचथर ।अन्तराष्ट्रिय श्रम संगठन आइ एल ओ १६९ सम्बन्धी तीन दिने अभिमुखिकरण गोष्ठि बुधबार बाट पाँचथरको फिदिममा सुरु भएको छ । गोष्टीमा आदिवासी जनजातीहरुको हक अधिकार बारे चर्चा गरिएको छ । स्थानिय स्तरमा निर्माण गरिने विकासका योजनाका बारेमा ती स्थानमा बासोवास गर्दै आएका आदिवासीसंग स्विकृती लिनु पर्ने गोष्ठीका सहजकर्ता अधिवक्ता किरण सुनवारले बताउनुभयो ।   स्थानिय स्तरमा निर्माण भएका र निर्माणधिन मध्ये हाइड्रो पावर जस्ता आय ... बाँकी अंश»

बहुचर्चित फाल्गुनन्द सडकको विस्तृत सर्भेक्षण प्रतिवेदन (डिपिआर) तयार

२०७२ मङ्सिर २४ बिहिबार, इलाम। बहुचर्चित फाल्गुनन्द सडकको २५ वर्षपछि विस्तृत सर्भेक्षण प्रतिवेदन (डिपिआर) तयार भएको छ । सतचालीस किलोमिटर दूरीको सडकखण्डमध्ये झापा दमकदेखि इलामको बाँझोस्थित चिसोपानीसम्मको ३५ किलोमिटर सडकको डिपिआर तयार भएको छ । पूर्वाञ्चल सडक डिभिजन कार्यालय, झापाका डिभिजन प्रमुख रामहरि पोखरेलका अनुसार उपभोक्ता तहबाट ट्र्याक खन्न सुरु भएर विस्तार हुँदै आएको फाल्गुनन्द सडकको विकासका लागि सबै क्षेत्रको सहयोग र चासो नरहँदा डिपिआर निर्माण कार्य ढिलो भएको ... बाँकी अंश»

भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग

२०७२ मङ्सिर २४ बिहिबार, भक्तपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भक्तपुरका भूकम्पप्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । एनआरएनएका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो (करिब रु तीन लाख) र भक्तपुर नगरपालिका–११ तौमढीस्थित वरदायिणी निमाविलाई एक हजार पाँच सय युरो (करिब रु दुई लाख) आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।    रकम हस्तान्तरण गर्दै एन ... बाँकी अंश»

एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ । एकीकृत नेकपा(माओवादी)को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहनुपर्ने भएकाले आजको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।” बैठकमा अ ... बाँकी अंश»

राजनीतिक निकास निकाल्न सरकार प्रयत्नरत : प्रधानमन्त्री ओली

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत राजनीतिक दलसँग वार्ता तथा संवादको माध्यमबाट सहमति कायम गरी संवैधानिक तथा राजनीतिक निकास निकाल्न सरकार प्रयत्नरत रहेको र यस प्रयत्नलाई बढावा दिने गरी सबै पक्षबाट सहयोग प्राप्त हुने सरकारले अपेक्षा व्यक्त गर्नुभएको छ । आज विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेपाली जनतालाई महसुस हुने गरी नयाँ संविधानद्वारा सुनिश्चित अधिकार उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको उ ... बाँकी अंश»

तराई, पहाड, हिमालका नेपालीहरु बीच एकता हुन जरुरी छ : महासचिव पोखरेल

२०७२ मङ्सिर २४ बिहिबार, डडेल्धुरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी भएको बताएका छन् । बझाङ र बैतडी जिल्लाका कमिटी भेलाका लागि जाने क्रममा डडेल्धुरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा महासचिव पोखे्रलले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी भएको बताउनुभयो ।    हामीले संविधान जारी गरेका हौँ तर कसैको केही बिगार गरेका होइनौँ भन्दै पोख्रेलले हामी ... बाँकी अंश»

दैनिक एक हजारभन्दा बढी बालबालिका तस्करीमा प्रयोग

२०७२ मङ्सिर २४ बिहिबार, गौशाला । महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् । जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका सरसामान नेपाल–भारत ओसारपसारमा लागेको स्थानीय बासिन्दाले बताएका छन् ।    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिले भारतबाट सरसामान ल्याउन कडाइका ... बाँकी अंश»

मधेशी माथी छानविन गर्न अख्तियारलाई दबाब

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूख्य सत्ता साझेदार दुई दल एमाले र एकिकृतमाओवादीका दोस्रो तहका नेताहरुलाई छानविन गर्न थालेपछि अन्य दलका नेताहरुलाई पनि छानविन गर्न दबाब पर्न थालेको छ ।  केही काँग्रेस नेताहरु यसअघि नै कारबाहीमा परिसकेकाले अव अख्तियारले लामो समय सत्तामा बसेका मधेशी मोर्चाका नेताबारे समेत छानविन गर्नु पर्ने दबाब पर्न थालेको हो ।    सरकारमै रहेका बेला प्रिपेड घुस लिने र घुस विनाका कुनै पनि काम नहुने गरेको भन्द ... बाँकी अंश»

नयाँ