समाज

प्रमुख आयुक्तमा यादवको नाम सिफारिस

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवलाई अघि सारिएको छ । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको हो ।    सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने निर्णय गरेको जानकारी दिइन् । सप्तरी प्रशवनी गाविस बलौनी घर भएका यादव हाल आयोगको कार्यबाहक प्रमुख आयुक्त छन् ।  ... बाँकी अंश»

जिल्ला शिक्षा अधिकारी रंगेहात पक्राउ

२०७२ मङ्सिर २२ मंगलबार, सिमरा । बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीलाई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाले मंगलबार सिमराको एक होटेलमा बसेर घुस लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरेको हो ।    गढीमाई नगरपालिका १६ टाँगिया वस्तीस्थित शान्ति प्राथमिक विद्यालयका शिक्षक भवानी सुवेदीको २०७० सालको अन्तिम चौमासिकको तलब निकासा गर्न सिमराको झापाली होटलमा १० हजार घुस लिँदै गर्दा उनी पक्राउ परेका आयोगको क्षेत्रीय कार ... बाँकी अंश»

पुनःनिर्माण प्राधिकरण गठनको विधेयक पारित गर्न निर्देशन

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौँ । सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले सरकार एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुनःनिर्माण प्राधिकरण गठन तथा भूकम्प प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक पारित गर्नेतर्फ तदारुकता साथ कार्य अगाडि बढाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले भूकम्प प्रभावितलाई दिने भनिएको रु पाँच हजार र रु १५ हजार दिन छुट भएकालाई अविलम्ब प्रदान गर्ने र प्रस्तावित अनुदान रु १० हजार अविलम्ब प्रदान ... बाँकी अंश»

न्यायधीस पनि जनतासँग संवादमा

२०७२ मङ्सिर २२ मंगलबार, गोकर्ण भण्डारी, दोलखा। दोलखा जिल्ला अदालतले स्थानीय जनतासँग अन्तरक्रिया गरेको छ। जिल्ला अदालतका न्यायाधीस गोपालप्रसाद बास्तोलाले अन्तरक्रिया गर्नुभएको हो। सोमबार चरिकोटमा भएको न्यायिक संवाद कार्यक्रममा अदालतसम्म नागरिकको सहज पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा न्यायाधीस, कानुन ब्यवसायी, नागरिक र सरोकारवालाबीच अन्तरक्रिया भएको हो ।    कार्यक्रममा न्यायाधीस बास्तोलाले गरिब, विपन्न, अपाङ्ग, असहायलगायत पिछडिएको समुदाय र व्यक्तिहरुका ला ... बाँकी अंश»

१ सय ७८ चेली तातोपानी नाकाबाट फिर्ता

२०७२ मङ्सिर २२ मंगलबार, चौतारा । माइती नेपालले तातोपानी हँुदै चीनको खासास्थित डान्सबारमा काम गर्न हिँडेका ७८ बालबालिकासहित १७८ चेलीलाई नाकाबाटै फर्काएको छ ।  मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिइएको चीनको तिब्बतस्थित खासामा हुने सम्भावित बेचबिखनबाट जोगाउन उनीहरुलाई फर्काइएको हो । तथ्याङ्कअनुसार तीमध्ये सिन्धुपाल्चोकका ६५ र अन्यन्त्रका १३५ जना छन् ।  खासामा हुने मानव बेचबिखन रोकथामका लागि माइती नेपाल सन् २०१२ देखि सक्रिय छ । तथ्याङ्कअनुसार तातोपानीमा कार् ... बाँकी अंश»

पत्रकारमाथि प्रहरीको दुव्र्यवहार

२०७२ मङ्सिर २२ मंगलबार, सप्तरी । चार जना पत्रकारलाई कुटपिट गरेको दुई हप्ता नबित्दै प्रहरीद्धारा सप्तरीको भारदहमा पुन ः दुई पत्रकार माथी दुरव्यवहार भएको छ ।   सप्तरीको भादहमा मधेश आन्दोलन सम्बन्धी समाचार संकलन गर्न गएका पत्रकार  सुभक कुमार महतो र साक्षी पोष्ट दैनिक सिरहाका सम्पादक संतोष कुमार यादवलाई सस्त्रप्रहरीको टोलीले दुरव्यवहार गरेको छ ।  सस्त्रप्रहरी निरिक्षक अमर सिंह नेपालीको कमाण्डमा डिउटीमा रहेका प्रहरीको तस्वि खिच्ने क्रममा पत्रकार द्धय महतो  र याद ... बाँकी अंश»

नाकाबन्दीले नागरिकको मुख बन्दी, एमाले र एमाओवादी फुर्सद मनाउँदै

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । नाकाबन्दीका कारण नागरिक असह्य सास्तीमा रहेपनि प्रमुख दलका नेताहरुले भने नाकाबन्दी खोल्ने विषयमा मौनता साँध्न थालेका छन् । केहीदिन अघि सम्म ठोस कमद चाल्न नसकेपछि देखावटी रुपमा केही गरे झै गरेका प्रमुख दलका नेताहरु अहिले नाकाबन्दी खुलाउने बारेमा निस्क्रीय नै भएका छन् ।    मधेशी मोर्चाका शीर्ष नेताहरु दिल्ली दौडाहामा रहेका बेला प्रमुख तिन दलका नेताहरु निस्क्रीय रहनुले समस्याको चुरो दिल्लीमै रहेछ भन्ने पुष्टी हुँदै गएको छ । भारतसा ... बाँकी अंश»

नेपाली काँग्रेसको अभियान; “कस्तो बन्यो संविधान:एकताको अभियान”

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसले मुलुकका विभिन्न जिल्लामा "कस्तो बन्यो संविधान, एकताको अभियान" प्रारम्भ गरेको छ। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल बाग्लुङ जानुभइ त्यहाँ आयोजित समारोहमार्फत अभियानको विधिवत सुभारम्भ गर्नु भएको हो।    “कस्तो बन्यो संविधान, एकताको अभियान” मंगलवार म्याग्दीमा र बुधवार पर्बत जिल्लामा सम्पन्न हुनेछ। मंसिर २४ गते उक्त अभियान कास्कीको पोखरामा आयोजना हुनेछ।    यस अभियानको मुख्य लक्ष्य नेपाली कां ... बाँकी अंश»

नरेन्द्र मोदीलाई पत्र

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । मानवअधिकारकर्मीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरेका छन् । मानवअधिकार तथा शान्ति समाज नेपालले नेपालस्थित भारतीय दूतावास मार्फत नेपालमाथि भारतले लगाएको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने आग्रहसहित नागरिकको हस्ताक्षर सहितको अनुरोध पत्र पठाएका हुन् ।     विश्व मानवअधिकार दिवसका अवसरमा मङ्सिर १८ गतेदेखि सङ्कलन भएको हस्ताक्षर समाजले सोमबार दूतावासमा बुझाएको हो । समाजले काठमाडौँका नयाँ सडक, रत्नपार्क, वसन्तपुर ... बाँकी अंश»

भारतले भन्दैमा नाकाबन्दी खोल्दैनौः महतो

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौ । नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले सीमांकन टुङ्गो नलाग्दासम्म नाकाबन्दी नखोल्ने स्पष्ट पार्दै झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने अडान ब्यक्त गरे । महतोले तीन दलले भने जस्तो संसदीय वा राजनीतिक समिति गठन गरेर सीमांकनको विवाद टुङग्याउ ... बाँकी अंश»

‘तिम्रो नाकाबन्दी आन्दोलन ११४ दिन भयो, हाम्रो शान्तिपूर्ण आन्दोलनको त तीन वर्ष भईसक्यो’

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौ । विगत तीन वर्षदेखि निरन्तर आन्दोलन गरिरहेको अग्रज समाज जेष्ठ नागरिक संघर्ष समितिले मधेसी मोर्चाका नेताहरुलाई आफूहरुको शान्तिपूर्ण आन्दोलन १ हजार दिन भन्दा बढी समयदेखि जारी रहेको स्मरण गराएका छन ।  संघर्ष समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मधेसी मोर्चाको नाकाबन्दीसहितको आन्दोलन ११४ दिन हुँदा समस्या समाधानको लागि सबै चिन्तत हुने तर आफूहरुको आन्दोलनको किन बेवास्ता गरेको भनि प्रश्न गरे । उनीहरुले एक मधेस प् ... बाँकी अंश»

‘ठूला दलले साझा धारणा लैनचौर पु¥याए’

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौ । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले प्रमुख दलहरुले तयार पारेको तीन बुँदे साझा धारणा आफूहरु भन्दा पहिला भारतीय दुतावास लैनचौरमा पुर्याईएको दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमामा उनले भने,‘ ठूला दल स्वाभिमानको कुरा गर्छन तर हामीलाई भन्दा पहिला साझा धारणा लैनचौर पुर्याउँछन । के यही हो ठूला दलको स्वाभिमान ?’ सहअध्यक्ष कर्णले मधेसी मोर्चाका नेताहरु भारतीय प्रधानमन्त्री वा विदेशमन् ... बाँकी अंश»

जन्ती बोकेको भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक

२०७२ मङ्सिर २१ सोमबार, गौशाला । प्रहरीले महोत्तरीको प्रमुख सीमानाका भिट्ठामोडमा जन्तीका दुईवटा गाडीलाई सोमबार नेपाल आउन दिएनन् । भिट्ठामोडमा खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको सीतामढीबाट नेपालको धनुषा जिल्लाको देपुरा रुपैठामा जन्ती जान लागेको दुईवटा भारतीय गाडीलाई नेपाल प्रवेश गर्न नदिएका हुन् ।  अनिश्चितकालीन मधेस बन्द र सीमानाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ती दुबै गाडीमा शुभविवाहको तुल देखेपछि नेपाल आउन दिएपनि प ... बाँकी अंश»

मधेस समस्या समाधान गर्न सौराहा भेला

२०७२ मङ्सिर २१ सोमबार, रत्ननगर (चितवन) । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसको समस्या समाधान गर्न सौराहामा हुन गइरहेको विशेष भेला फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।  सोमबार चितवनको रत्ननगरस्थित सौराहामा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै वरिष्ठ नेता नेपालले तराई केन्द्रित भेलाको मूल उद्देश्य पनि मधेसका समस्याको समीक्षा गरेर साझा धारणा तय गर्नु भएकाले आफू आशावादी भएको बताए ।  मधेस केन्द्रित दलले उठाएको विषयमा एमालेस ... बाँकी अंश»

डोल्पालीलाई सुनको भन्दा नुनको चिन्ता

२०७२ मङ्सिर २१ सोमबार, रामचन्द्र न्यौपाने, त्रिपुराकोट (डोल्पा) । त्यसै त भूगोलले ठगेको डोल्पालाई राज्यले पनि वर्षौंदेखि उपेक्षित गरिरहेको छ । डोल्पा सरकारको विकासे रणनीतिबाट पनि पछाडि परेको छ ।  आजको यस एक्काइसौँ शताब्दीमा विकासका लहर चलिरहेको अवस्थामा नेपालकालका सबैजसो जिल्लामा मोटरबाटो पुग्दा डोल्पा सडक सञ्जालको सुविधाबाट पनि अछूतो रहेको छ । मानिसको सर्वाङ्गीण विकासका लागि सबैभन्दा ठूलो कुरा पौष्टिक आहारयुक्त स्वस्थ खानेकुराको आवाश्यक पर्दछ तर डोल्पालीलाई भन ... बाँकी अंश»

पाँच महिनापछि चल्यो मोबाइल

२०७२ मङ्सिर २१ सोमबार, खोटाङ । यस जिल्लाको दक्षिणी क्षेत्रमा अवरुद्ध भइआएको मोबाइल सेवा पाँच महिनापछि सञ्चालनमा आएको छ । काहुले–८ मा पर्ने होङ्मापोखरीस्थित टावर मर्मत गरिएपछि स्काई र नमस्ते मोबाइल सेवा सञ्चालन भएको हो ।  पावर युनिटमा समस्या देखिएको र टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरबाट सामान ल्याएर फेरेपछि आइतबार बेलुकादेखि मोबाइल सेवा सञ्चालन भएको टेलिकम खोटाङका प्रमुख भरोसी साहले जानकारी दिए।  साहका अनुसार टावरका लागि आवश्यक सामग्री टाढाबाट ल्याउ ... बाँकी अंश»

एक हप्ता विराएर पराकम्पन

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । सोमबार विहान एक हप्तापछि दोलखा केन्द्रविन्दु भएर चार रेक्टर स्केलको एउटा पराकम्पन आएको छ । बिहान ७ बजेर २७ मिनेटमा दोलखाको स्यालुस्थित चरिकोट लामाबगर सडक खण्ड नजिकै केन्द्रविन्दु भएर चार रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गएको सोमबार काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको थियो ।     ... बाँकी अंश»

दशगजाबाट मोर्चाका नेता पक्राउ

२०७२ मङ्सिर २० आइतबार, रुपन्देही । आपूर्ति व्यवस्था चौपट हुने गरी नेपाल–भारत सीमा नाका बेलहियास्थित दशगजा क्षेत्रमा आन्दोलन गर्न गएका मधेसी मोर्चाका नेता पक्राउ परेका छन् ।  आइतबा दिउँसो नेपाल–भारत सीमा नाका बेलहियामा धर्ना बसी नाका अवरुद्ध गर्दै आपूर्ति व्यवस्था ठप्प पार्न खाजेपछि मधेसी मोर्चामा आबद्ध ६ नेता पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।    पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादव, स ... बाँकी अंश»

संविधानको विषयमा मधेसमा भ्रम फैलाइएको छ

२०७२ मङ्सिर २० आइतबार, विराटनगर । संविधानमा सबैलाई समान अधिकार दिएको भएपनि मधेसी समुदायमा भने यस विषयमा भ्रम फैलाइएको छ । युवा सङ्घ नेपालको आयोजनामा विराटनगरमा आज आयोजित ‘नयाँ संविधान, नाकाबन्दी र मधेसमा जारी आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलनबाट मधेसी जनता नै बढी पीडित रहेको, संविधानमा नेपाली जनताको हकअधिकार समेटिएको र संविधानमा उल्लिखित अधिकारको विषयमा जनतामा जानकारी गराउनुपर्ने सम्बन्धमा वक्ताहरुले जोड दिएका थिए । सो अवसरमा पूर्वमन्त्री मह ... बाँकी अंश»

लाइन बस्नेले नै गर्छन् कालोबजारी

२०७२ मङ्सिर २० आइतबार, भीष्मराज ओझा । काठमाडौँ। पेट्रोलियम पदार्थको अभावको मौका उठाई पेट्रोल पम्पको लाइनमा बसेका सवारी चालकले नै पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको तथ्य फेला परेको छ । वितरण प्रणालीलाई व्यवस्थापन गर्न सरकारले लाइनमा राखेर पेट्रोलियम पदार्थ वितरण गर्दै आएको भए पनि कतिपयले पटकपटक लाइनमा बसेर तेल हाल्ने र त्यसैलाई बेचेर पैसा कमाउने गरेको अनुगमनका क्रममा फेला परेको हो ।    वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनका क्रममा कतिपय ... बाँकी अंश»

नयाँ