समाज

पशु हत्याको विरोधमा मौन ब्रत

२०७२ कार्तिक २४ मंगलबार, जितेन्द्र भण्डारी, पाँचथर । चाडपर्वको बहानमा वर्षेनी हजारौ पशुपंक्षीहरु मरिने गरेकोले उनीहरुको आत्माले शान्ति पाओस् भन्दै पाँचथरको एकतिनमा रहेको पूर्वाञ्चलकै पुरानो साङछ्यो गुम्बा आगेजोङमा बौद्धधर्मावलम्बीहरु ञ्युङने अर्थात मानै ब्रत बसेका छन् । दसैँ ,तिहार जस्ता चाडबाड र वर्षभरीमा हजारौँ निर्दोष पशुपंक्षीहरु मारिएको भन्दै बौद्धधर्मावलम्वीहरु तिनै पशुपंक्षिहरुको आत्माले शान्ति पाउन् भन्दै ञ्युङ्ने अर्थात मौन व्रत बसेका हुन् । हिंसकह ... बाँकी अंश»

गर्भ बोकेर विद्यालय जान्छन् बालिका

२०७२ कार्तिक २४ मंगलबार, हेमन्त केसी, जाजरकोट । यहाँका विद्यालय उमेरका बालबालिका पढ्ने समयमा विवाह गर्दा पढाइ अगाडि बढाउन नपाएको गुनासो उनीहरुले गरेका छन् ।  बालविवाह हुँदा छ प्रतिशतभन्दा बढी बालबालिकाले पढाइ छाड्न बाध्य भएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लाको भुर–७ भुरचौरकी गीता परियार १४ वर्ष पनि पुगेकी छैनन् तर उनी गर्भवती छिन् । ९ कक्षामा पढ्ने गीता केही महिनामै आमा बन्दै छिन् । ८ कक्षामा पढ्दापढ्दै १३ वर्षकै उमेरमा बिहे गरेकी गीताले विद ... बाँकी अंश»

नरके चतुर्दशी र कुकुर तिहार मनाइँदै

२०७२ कार्तिक २४ मंगलबार, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन मंगलबार बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान गरी नरके नुहाइन्छ ।  स्नान गरिसकेपछि तर्पण गरेर यमदीप दक्षिण फर्काएर बालिन्छ । यसरी बालेको दीपलाई बगाएमा मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ ।  आजै घरघरमा सुरक्षा गर्ने कुकुरको पूज ... बाँकी अंश»

प्रधानमन्त्री तराई गएमा नाकाबन्दी हट्छः थापा

२०७२ कार्तिक २३ सोमबार, धनकुटा । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने जिकिर गरेका छन् ।  नेपाल प्रेस युनियनले सोमबार बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे ।  नेता थापाले आन्दोलनरत मधेसीलाई पनि संसद्मा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध ग ... बाँकी अंश»

नाकाबन्दी हटाउन सबै नेपाली एकताबद्ध हुनुपर्छःगृहमन्त्री

२०७२ कार्तिक २३ सोमबार, ललितपुर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान देशको सङ्क्रमणकालको अवस्थालाई दृष्टिगत गर्दै सबै राजनीतिक दल मिलेर त्यसको समाधान गर्नुपर्ने बताएका छन् ।  तिहार तथा छठ पर्वका अवसरमा ललितपुर जिल्ला सहकारी सङ्घ लिमिटेडद्वारा सोमबार यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापानमा उनले भारतद्वारा डेढ महिनादेखि अघोषित रुपमा गरिएको नाकाबन्दी हटाउन सबै नेपाली एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिए । छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर कायम राख् ... बाँकी अंश»

गर्भपतनले प्रेमिकाको मृत्युपछि प्रेमीविरुद्ध मुद्धा

२०७२ कार्तिक २३ सोमबार, खोटाङ । असुरक्षित गर्भपतनले प्रेमिकाको मृत्यु भएपछि प्रहरीले प्रेमी र गर्भ पतनको औषधि विक्रेताविरुद्ध मुद्दा दर्ता गरेर कारबाही थालेको छ । असुरक्षित गर्भपतनले बुइपा–४ की १५ वर्षीया सुनिता राईको मृत्यु भएपछि उनका प्रेमी मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राई र हलेसीमा औषधि पसल सञ्चालन गर्दै आएका गइन्द्रकुमार राईविरुद्ध प्रहरीले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा दर्ता गरेर कारबाही थालेको हो ।  औषधि सेवन गरी गत साउनमा असुरक्षित तरिकाले गर् ... बाँकी अंश»

दृष्टिविहिनलाई दृष्टिविहिन महिलाको ३३ लाख सहयोग

२०७२ कार्तिक २३ सोमबार, सुरुङ्गा (झापा)। झन्डै २७ वर्ष अगाडि विशेष छात्रवृत्तिको माध्यमबाट अमेरिका पुग्नुभएकी बुना दाहाल जन्मजात दृष्टिविहीन छिन् । मोरङको दुलाहीमा जन्मिएकी उनलाई दृष्टिविहीन भएकामा कुनै चिन्ता छैन । बरु आँखाको नेत्र ज्योति भएर पनि संसारलाई अँध्यारो देख्नेहरुका लागि आफूले नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिएर १० हजार जनालाई आत्मनिर्भर बनाउँदै रोजगारीको अवसर सिर्जना गरिदिएको उनले बताईन् ।  झापा नेत्र ज्योति सङ्घले आयोजना गरेको नेत्रहीन ... बाँकी अंश»

मृतकका परिवारलाई ५१ हजार

२०७२ कार्तिक २३ सोमबार, गौशाला । प्रवासी मिथिला समाज कल्याण दोहा कतारले मधेस आन्दोलनका क्रममा महोत्तरीमा मारिएकामध्ये सबैभन्दा गरिब व्यक्ति जलेश्वर नगरपालिका– १४ बस्ने अमितकुमार कापरका परिवारलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ ।  महोत्तरीको सदरमुकाम जलेश्वरमा भदौ २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका कापरका पीडित परिवारलाई आइतबार प्रवासी मिथिला समाज कल्याण दोहा कतारका सदस्य धनुषा जिल्लाको सबैला नगरपालिका– ४ सतोषर बस्ने रवीन्द्र उदासीले नगद रु ५१ हजार आर्थ ... बाँकी अंश»

यमपञ्चक शुरु, आज कागतिहार

२०७२ कार्तिक २३ सोमबार, काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार सोमबारबाट विधिवत रुपमा सुरु भएको छ । यमपञ्चको पहिलो दिन सोमबार बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ। शुभ र अशुभ दुवै प्रकारको सन्देश दिने कागलाई पुजा गरी काग तिहार मनाईन्छ । यसैदिन वैद्यराजहरूले धन्वन्तरीको पूजा आराधना गर्ने परम्परा छ। दोस्रो दिन भैरवको वाहनका रूपमा परिचित कुकुरको पूजा गरिन्छ। त्यस्तै औंशीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दीपावलीका साथ लक्ष्मीको ... बाँकी अंश»

ट्याक्टरबाट पानी बोक्ने झन्झटबाट यासोकबासी मुक्त

२०७२ कार्तिक २३ सोमबार, जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको यासोक ८ ओरदिनमा खानेपानीको ब्यवस्था गरिदिएपछि स्थानियबासी हर्षित भएका छन् । गरिबी निवारण कोष नेपालको ७ लाख ५३ हजार ३९ रुपैयाको लगानी तथा स्थानियको ३ लाख १६ हजार ३ सय २६ रुपैया गरी कुल १० लाख ६९ हजार २ सय ६५ रुपैयाको लगानीमा त्यस भेगका स्थानियको लागि ४ वटा धारा निर्माण गरिएको छ । धाराको उद्घाटन गर्दे वैकल्पिक उर्जा विकाश केन्द्र नेपाल पाँचथरका अधयक्ष हरिप्रकाश सुवेदीले निर ... बाँकी अंश»

शिक्षकलाई तह लगाउन फोन इन कार्यक्रम

२०७२ कार्तिक २३ सोमबार, फलेवास (पर्वत) । तपाई पर्वत जिल्लाभित्रको कुनै सामुदायिक विद्यालयको शिक्षक हुनुहुन्छ, तर विद्यालयमा हुनुहुन्न भने तपाईंको विद्यालयमा जति बेला पनि मोबाइलको घन्टी बज्न सक्छ र तपाईं अनुपस्थित हुनुका कारण सोधिन सक्छ ।  जिल्ला शिक्षा कार्यालय पर्वतले विद्यालयमा शिक्षकले पढाउने गरेका छन् कि छैनन् भनेर अनुगमन गर्नका लागि टेलिफोनबाटै छड्के जानकारी लिन ‘फोन इन कार्यक्रम’ सुरु गरेको छ ।  सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा जाँदैनन् र ... बाँकी अंश»

प्रहरीसँगको झडपपछि पूर्वमन्त्रीसहित दर्जन पक्राउ

२०७२ कार्तिक २३ सोमबार, सप्तरी । पूर्वपश्चिम राजमार्ग सडकखण्डमा गएराति राजमार्ग अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झडपमा परी दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने करिब दुई दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् ।  सप्तरीको भारदहस्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोर्चाका कार्यकर्ताले सडक अवरोध गर्न धर्नामा बसेका बेला प्रहरीले बन्द खुलाउन लाठी चार्ज गर्दा दुई दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएको आन ... बाँकी अंश»

भुकम्प पीडितद्धारा १७ बुँदे माग प्रस्तुत

२०७२ कार्तिक २२ आइतबार, काठमाडौ । भुकम्प पीडित राष्ट्रिय मञ्चले भुकम्प पीडितहरुको समस्याबाट राज्यको ध्यान बाहिर जान थालेको गुनासो सहित १७ बुँदे माग अघि सारेको छ । मञ्चले आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका संयोजक हस्त पण्डितले ती मागहरु सार्वजनिक गरेका हुन ।  मञ्चले तत्काल पुनःनिर्माण प्राधिकरण गठन गर्नु पर्ने, आर्थिक अवस्था हेरी २ बाट पाँच लाख सहयोग गर्नु पर्ने, २ प्रतिसतमा दिईने ऋण २५ लाख कायम गरी २० वर्षे कायम गर्नु पर्ने, पीडितक ... बाँकी अंश»

पटका पड्काउन र बेच्न प्रतिबन्ध

२०७२ कार्तिक २२ आइतबार, कञ्चनपुर । कञ्चनपुरमा ज्वलनशील पदार्थ पटका पड्काउन र बिक्री वितरण गर्ने कार्यमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । पटका पड्काउने कार्यबाट चोटपटक लाग्ने र आगलागीलगायतका दुर्घटना निम्तिने भएकाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पटका पड्काउने र बिक्री वितरणको कार्यमा प्रतिबन्ध लगाएको हो ।  “भारतीय खुला सीमा नाकाबाट पटका भित्र्याउने कार्य भइरहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि उच्च निगरानी बढाएका छौँ” – जिल्ला प्रहरी कार्यालयका प्रह ... बाँकी अंश»

प्राविधिक समस्या देखिएपछि जहाज आकस्मिक अवतरण

२०७२ कार्तिक २१ शनिबार, काठमाडौँ । काठमाडौँबाट हङकङका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । शनिवार बिहान ११ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्कङका लागि उडेको एसएसडब्ल्यु ४०९ एयरबसमा एक प्रकारको गन्ध आएपछि फर्काइएको हो । “विमानमा एक प्रकारको गन्ध आएपछि चालक दलले जहाजलाई विमानस्थल फर्कायो, हाल प्राविधिक परीक्षण भइरहेको छ”–निगमका प्रवक्ता रामहरि शर्माले भने “विमान उडेको करिब ५५ मिनेटम ... बाँकी अंश»

हिउँचितुवाको आक्रमणबाट दश भेडाच्याङ्ग्रा मरे

२०७२ कार्तिक २१ शनिबार, मुस्ताङ । जोमसोम–४ ठिनी गाउँमा शुक्रबार राति हिउँ चितुवाको आक्रमणबाट एकै गोठका १० भेडाच्याङग्रा मरेका छन् । गाउँका बीचमा रहेको गोठमा राति करिब २ः०० बजे आएको हिउँचितुवाले दुई च्याङ्ग्रा पनि लगेको स्थानीयवासीले जानकारी दिएका छन् ।  ठिनीका अगुवा भेडाबाख्रा पालक किसान आइतबहादुर थकालीले पालेका भेडाबाख्रा मारेपछि स्थानीयवासी त्रसित बनेका छन् । उनीहरुले नजिकै जङ्गलबाट आएको हिउँ चितुवाले मानिसमाथि समेत आक्रमण गर्ने सम्भावना बढेको जनाई तत्काल ... बाँकी अंश»

प्रधानमन्त्रीलाई नागरिक समाजको स्मरणपत्र

२०७२ कार्तिक २१ शनिबार, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नागरिक समाजका अगुवाले तराई मधेसमा देखिएको समस्याको समाधान वार्ता र संवादबाटै गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक स्मरणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर शनिवार उनीहरुले तराई मधेसको आन्दोलन र भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दी फरक–फरक विषय भएकाले त्यसलाई फरक कोणबाट हेर्नसमेत आग्रह गरेको छ ।  नेपाली जनतालाई राष्ट्रवादी र अराष्ट्रवादीको कित्तामा विभ ... बाँकी अंश»

काँग्रेसले विगत सच्याएर सरकारमा सामेल बन्नुपर्छ–नेपाल

२०७२ कार्तिक २१ शनिबार, दाङ । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा प्रमुख दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न नहुने धारणा राखेका छन् । संविधान कार्यान्वयनका लागि एकता अपरिहार्य भएको भन्दै उनले काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । ‘संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य विषय हो,’ प्रेस चौतारी नेपालले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो महत्वपूर्ण ... बाँकी अंश»

धनुषामा एक स्कुल बसमा आगजनी

२०७२ कार्तिक २१ शनिबार, महेन्द्रनगर (धनुषा)। धनुषामा गएराति एक स्कुल बसमा आगजनी गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ज१ख ७६३ नम्बरको बसमा आगजनी गरिएको छ ।  वीरेन्द्रबजारस्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा पार्किङ गरी राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरी फरार भएको बताइएको छ ।  बसमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिन सफल भए पनि ... बाँकी अंश»

अपाङ्ग छोरा शिक्षक, दलित आमा विद्यार्थी

२०७२ कार्तिक २० शुक्रबार, मोहन बिष्ट, बेलौरी (कञ्चनपुर)। ललित नेपाली कञ्चनपुरको बेल्डाँडी नगरपालिका–२ सिंहपाल टोलमा बस्छन् । २४ वर्षीय ललित नेपाली अपाङ्ग हुन् । उनका चारै हातखुट्टा अपाङ्ग छन् ।  ललितका दुबै हात जन्मजातै अपाङ्ग थिए । त्यसपछि २०६४ सालतिर उनको घर हात्तीले भत्काउँदा फेरि दुबै खुट्टा च्यापिएर ललितका चारै हातखुट्टा अपाङ्ग बने । यसरी चारै हातखुट्टा अपाङ्ग भए पनि उनको मन, कला, ज्ञान र सीप भने साङ्गभन्दा कम छैन । ललितले कक्षा ८ सम्म गाउँकै रौलेश्वर उच्च माध्यमिक व ... बाँकी अंश»

नयाँ