समाज

प्रहरीको भवनका लागि प्रचण्डले पहल गर्ने

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयको स्थायी भवन निर्माणका लागि सरकारको नाममा रहेको जुट अनुसन्धान केन्द्रस्थित जग्गा उपलव्ध गराउनमा आफुले पहल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।  उद्योग वाणिज्य संघ इटहरीको संयोजकत्वमा सर्वदलीय सदस्यता रहनेगरी इप्रका जग्गा प्राप्ति समिति नै गठन गरी सरकार र राजनीतिक दलका प्रमुख नेताहरुलाई भेटी जग्गाका लागि पहल गरिदिन आग्र ... बाँकी अंश»

लोडसेडिङ बढ्यो (तालिका सहित)

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ लोडसेडिङको तालिका जारी गरेको छ । भोली(शुक्रबारदेखि) लागु हुने तालिकानुसार अब दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । विद्युत प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनको कठिनाई र नदीमा पानीको वहाव घट्दै गएकाले लोडसेडिङ बढाएको प्राधिकरणको तर्क छ ।    मधेस आन्दोलनले भारतीय नाकाहरु बन्द भएपछि काठमाडौं उपत्यका सहित देशभर खाना पकाउने एलपी ग्यास र इन्धन अभाव भएको छ । इन्धन अभावले वि ... बाँकी अंश»

१ महिनाभित्र राष्ट्रिय सभागृहबाट महानगरपालिकाको कार्यालय हटाउन अख्तियारको निर्देशन

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सभागृहमा रहेको काठमाडौँ महानगरपालिकाको कार्यालय उपयुक्त विकल्प खोजी एक महिनाभित्र अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिएको छ ।    आयोगको बुधबार बसेको बैठकले सभागृहको उचित संरक्षण र सम्बद्धन हुन नसकेको भनी पर्न आएका गुनासाका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ (१) (ख) बमोजिम सो सुझाव दिने निर्णय गरेकोे बताइएको छ ।     महानगरपालिकाले अन्यत्र कार्यालय भवन ख ... बाँकी अंश»

बसौलालार्ई बाबा आनन्द सञ्चार पुरस्कार

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार–२०७२ पत्रकार रविराज बसौलालाई प्रदान गरिने भएको छ । गत आईतवार बसेको प्रतिभा छनोट समितिको बैठकले विगत १७ बर्षदेखि निरन्तर पत्रकारीता पेशामा संलग्न रहदै आएका बसौलालाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पोखरा हटलाइन साप्ताहिक रुपमा प्रकाशित भइरहेको समय २०५५ सालदेखि पत्रकारितामा प्रवेश गरेर निरन्तर क्रियाशील रबिराज बसौला पोखरामा रहेको छुनुमुनु पब्लिकेशनको प् ... बाँकी अंश»

छोराद्वारा बुबालाई कलेजो दान

२०७२ मङ्सिर १६ बुधबार, डोल्पा (त्रिपुराकोट) । विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् ।  डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् ।  पेसाले जिल्ला विकास समितिको इन्जिनियर रहेका हमालको धेरै मदिरापानको कारण आधा कलेजो बिग्रेकाले बुबालाई बचाउन आधा कलेजो दान गरेको चाँद हमालले बता ... बाँकी अंश»

मोर्चाका शीर्ष नेता नआएपछि निर्णायक वार्ता स्थगित

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौं । मधेशी मोर्चाका शीर्ष नेताहरु तराईमा भएपछि बुधबार हुने भनिएको निर्णायक वार्ता स्थगित भएको छ । प्रमुख तीन दल हुने भनिएको वार्तामा मोर्चाका शीर्ष नेताहरु सहभागी नहुने भएपछि वार्ता स्थगित भएको हो ।  प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग हुने वार्तामा दोस्रो तहका नेताहरुलाई पठाउने निर्णय गरे पनि प्रमुख तीन दलका नेताहरुले दोस्रो तहको नेतासँग वार्ता गर्न निर्णायक नहुने बताए ... बाँकी अंश»

दोलखाका डेढ दर्जन कार्यालय प्रमुखविहीन

२०७२ मङ्सिर १६ बुधबार, दोलखा। भूकम्प र इन्धन अभावका कारण चरम समस्या भोगिरहेका दोलखाका भूकम्पपीडित विभिन्न डेढ दर्जन सरकारी कार्यालयका प्रमुख नहुँदा झन् पीडामा परेका छन् ।  इन्धन अभावका कारण यातायातको असुविधा र बल्ल बल्ल सदरमुकाम आइपुगेका भूकम्प पीडित कार्यालय प्रमुख नहुँदा झनै समस्यामा परेका हुन् । एक कर्मचारीका अनुसार यसरी ठूलो सङ्ख्यामा कार्यालय प्रमुख जिल्लामा नभएको यो पहिलो पटक हो ।  विगत तीन दिनदेखि डेढ दर्जन कार्यालयका कार्यालय प्रमुख नहुँदा पुरिएका काग ... बाँकी अंश»

भारतीय अधिकारीले जमुनाह नाका खोल्न मानेन्

२०७२ मङ्सिर १५ मंगलबार, नेपालगन्ज, बाँके । सीमावर्ती भारत पसेर तेपालतर्फ ढुंगामुढा गरेर तनाव सिर्जना भइरहने नेपालगन्जस्थित रुपैडिया–जमुनाह नाका दुई दिनदेखि ठप्प छ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राति तनाव भएपछि भारतले नाकामा झन् कडाई गरेको छ । भारतीय अधिकारीहरु तत्काल नाका खोल्न तत्पर छैनन् । नेपाली अधिकारीहरुले गरेको आग्रह उनीहरुले अस्वीकार गरेका छन् । दशगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबी ... बाँकी अंश»

नेपालमा विदेशी कामदारको अवस्थाको विषयमा परियोजना सञ्चालन

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौँ । नेपालमा विदेशी कामदारको सङ्ख्या र उनीहरुको आर्थिक योगदानको विषयमा अनुसन्धानमूलक परियोजना सञ्चालन भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), युरोपियन सङ्घलगायतको सहयोगमा सन् २०१८ को जनवरी महिनाभित्रसम्मका लागि सो परियोजना सुरु भएको हो ।    आज यहाँ आयोजित कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले यो परियोजनाबाट तथ्याङ्क र सूचना मात्र प्राप्त नभई नेपालको विकासको लागिसमेत सहयोगीसिद्ध हुने विश्वास व्यक्त ... बाँकी अंश»

समस्या समाधानमा काँग्रेसले अग्रसरता लिने

२०७२ मङ्सिर १५ मंगलबार, सुशिला संग्रौला, बिर्तामोड । नेपाली काूग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरहरी आचार्यले मधेशको मात्र नभएर देशकै ठूलो पार्टी भएको हुँदा काँग्रेसले देशको बिद्यमान समस्या समाधानमा अग्रसरता लिने बताएका छन् । नेपाली काँग्रेस झापाद्धारा मंगलबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित जिल्लास्तरिय कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पार्टीका प्रभावशाली नेता आचार्यले तराइ मधेशका जनताले काँग्रेसलाई सबैभन्दा बढी मत दि ... बाँकी अंश»

काठमाडौ काग्रेसले बुधबार दवाव र्याली गर्ने

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौ । मुलुकमा बढेको कालाबजारी नियन्त्रण र मधेस आन्दोलन समाधानकोलागि दवाव दिन नेपाली काग्रेस काठमाडौले भोली राजधानीमा बृहद दवाव र्याली गर्ने भएको छ ।  अधिकार, न्याय र शान्तिको लागि दबाब नाम दिईरहेको र्यालीमार्फत मधेस समस्या तत्काल संबाद मार्फत हल गर्न र सरकारबाट संरक्षित कालोबजारीलाई तत्काल नियन्त्रण गर्न दवाव दिने उद्देश्य रहेको काठमाडौ काग्रेस सभापति एवम सभासद भीमसेन दास प्रधानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन ... बाँकी अंश»

स्टेक होल्डरसँग समन्वय गरेर बार्ता गरेमात्रै समाधान

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौ । संघीय समावेशी मधेसी गठबन्धनले मधेस आन्दोलनका सबै स्टेकहोल्डहरुसँग समन्वय गरेर बार्ता गरेमात्रै मधेसको समस्या समाधान हुने स्पष्ट पारेको छ ।  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गठबन्धनको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले राज्य र आन्दोलनमा देखिएका अतिबादीले मुलुकमा झनै अन्यौलता सृजना गरेकोले त्यसको अन्त्य गरेर मिलन विन्दु पहिल्याउन आफूहरु काठमाडौ आएको भन्दै मधेसमा आन्दोलनरत सबै स् ... बाँकी अंश»

सभापति कोइरालासँग मधेसी गठबन्धनको छलफल

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग सङ्घीय समावेशी मधेसी गठबन्धनका नेताहरुले आफ्ना मागका बारेमा छलफल गरेका छन् । कोइराला निवास महाराजगञ्जमा आज भएको छलफलमा गठबन्धनका नेताहरुले तराई–मधेस र थरुहट क्षेत्रमा भइरहेको आन्दोलनको उचित सम्बोधनका लागि गठबन्धनले अघि सारेको संविधान संशोधनको नौ सुत्रीय मागका बारेमा ध्यानाकर्षण गराएका छन् ।    गठबन्धनले सभापति कोइरालालाई आफ्ना मागको ... बाँकी अंश»

गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्डको व्यवस्था

२०७२ मङ्सिर १५ मंगलबार, कौरव खत्री,गुल्मी। १५ मंसिर सोमबारदेखि गुल्मीबाट छुट्ने सवारीका साधनहरुलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न भन्दै जिल्ला ट्राफिक कार्यालय गुल्मीको सक्रियतामा जिल्लाबाट छुटने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको हो । जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानमा छुट्ने सवारीका साधनहरुलाई टाइम कार्डको व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनुभयो। ... बाँकी अंश»

सीमा व्यवस्थापन गर्न नेपाल–भारतबीच सहमति

२०७२ मङ्सिर १५ मंगलबार, झापा । झापा, मोरङ र सुनसरीमा पर्ने नेपाल र भारत सीमाको स्थलगत अध्यन गरी व्यवस्थापन गर्न दुवै देशका स्थानीय अधिकारीले संयुक्त टोली निर्माण गरेका छन् ।    विराटनगरमा सोमबार बसेको दुवै देशका स्थानीय उच्चअधिकारीको बैठकले दुवै देशबाट १५–१५ जनाको संयुक्त टोली निर्माण गरी संयुक्त रुपमा परिचालन भएर झापा, मोरङ र सुनसरी र भारत बिहार राज्यको किसनगन्ज, अररिया र सुपौल जिल्लाको सीमाको स्थलगत अध्ययन गरी व्यवस्थापनको काम गरिने मोरङका प्रजिअ गणेशराज कार् ... बाँकी अंश»

फौजदारी कानुनमा संशोधन हुने

२०७२ मङ्सिर १४ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्ले मौजुदा फौजदारी कानुनमा संशोधन गर्ने भएको छ । व्यवस्थापिका–संसद् विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो । मुलुकी ऐन १९१० लाई समयसापेक्ष परिमार्जन गर्दै आएको मुलुकी ऐन २०२० लाई संशोधन गर्न आजको बैठकले संशोधनका लागि सर्वसाधारणसँग रायसुझाव माग्ने निर्णय गरेको हो ।    विधायन समितिका सभापति गङ्गा चौधरीको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले मौजुदा फौजदारी कानुनमा उल्लेख गरिएको अं ... बाँकी अंश»

मधेश आन्दोलनको समर्थनमा नेपाली कांग्रेस नगर समितिद्वारा मोटर साईकल र्‍याली

२०७२ मङ्सिर १४ सोमबार, वीरगंज ।मधेश आन्दोलनको समर्थनमा नेपाली कांग्रेस नगर समिति वीरगंजले आज वीरगंजमा मोटर साईकल ¥यालीको आयोजना गरेको छ । माईस्थान चौकबाट कांग्रेसको झण्डा सहित निस्किएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । माईस्थानबाट आदर्शनगर, विर्ता चौक, अलखिया मठ, गिता मन्दिर चौक हुँदै नगर परिक्रमा पछि माईस्थानमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नगर सभापति महम्मद सहाबुद्दिनले १ सय १० दिन देखि जारी आन्दोलनमा ५४ जना मधेशी जनताले सहादत्त प्राप ... बाँकी अंश»

निर्वाचनसम्बन्धी लैङ्गिक तथा समावेशी नीति कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको खाँचो

२०७२ मङ्सिर १४ सोमबार, काठमाडौँ । निर्वाचन आयोगका आयुक्त ईला शर्माले निर्वाचनसम्बन्धी लैङ्गिक तथा समावेशी नीति कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउनुभयो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा निर्वाचन आयोगले आज आयोजना गरेको ‘निर्वाचन तथा राजनीतिमा महिला सहभागिता एवम् निर्वाचन प्रक्रियामा हुने लैङ्गिक हिंसा’ विषयक अन्तरक्रियामा उहाँले निर्वाचन प्रक्रिया महिलामैत्री बनाउन ल्याएको उक्त नीति कार्यान्वयनमा राजन ... बाँकी अंश»

डेढ लिटर मट्टितेलले दिएको खुसी

२०७२ मङ्सिर १४ सोमबार, (रमेश लम्साल-हरि लामिछाने) । काठमाडौँ । रातको एक बजेको छ । दुई हजारभन्दा बढी नागरिक चुपचाप लाइनमा बसेका छन् । आइतबार बिहान ७ बजेदेखि मध्यरातसम्म लाइनमा बस्दाबस्दै थकित र गलित भइसकेका थिए उनीहरु । लाग्थ्यो, ठूलै चिज प्राप्त हुने आशमा चुपचाप उनीहरु हलचल नगरी बसेका थिए । दिनभरिको धुलो र रातको चिसोका कारण ओठ थरथर कामिरहेका थिए । महिला तथा बालबच्चा लाइनमा नै निदाइरहेका थिए । मट्टितेल पाइने हो कि होइन थाहा थिएन । यो दृश्य हो आइतबार राति बालाजुको हो ।    ... बाँकी अंश»

विराटनगरमा सीमा सुरक्षा बैठक सुरु

२०७२ मङ्सिर १४ सोमबार, पथरी (मोरङ) । नेपाल–भारत सीमा सुरक्षा बैठक आज विराटनगरमा सुरु भएको छ । सोमबार दुबै देशका सुरक्षा अधिकारीसमेतको सहभागितामा बैठक सुरु भएको हो । दशगजामा भइआएको अतिक्रमण हटाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । बैठकमा नेपालका तर्फबाट मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका सीमा सुरक्षा कार्यालयका प्रमुखहरु सहभागी छन् । त्यस्तै भारतका तर्फबाट अररिया, किसानगन्ज र सुपौलका जिल्ला प्रमुख र सुरक्षा अधिकारीहरुको ... बाँकी अंश»

नयाँ