समाज

असन गल्लीको घरमा भएको आगलागीमा एकको मृत्यु

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ। स्थानीय असन त्यौडस्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । असनचोक नजिक रहेको विनोद तुलाधरको चारतले कच्ची घरमा आगलागीमा परी डेरामा बस्ने १८ वर्षीय सुजन नगरकोटीको मृत्यु भएको छ भने उनकी दिदी सोनु नगरकोटी घाइते भएकी छिन् । घाइते नगरकोटीको वीर अस्पतालमा उपचार भइरहेको जनसेवा प्रहरी विशाल बजारका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले राससलाई जानकारी दिनुभयो ।    उहाँका अनुसार नगरकोटीको परिवार लामो सम ... बाँकी अंश»

२१ बुलेट ग्याँस आयो, केही नाका सहज, रक्सौलमा रोकिएका ग्याँस बुलेट छोड्न थ्रेट

२०७२ मङ्सिर २४ बिहिबार, विराटनगर । भारतसँग सीमा जोडिएका व्यापारिक नाकाहरु विहीबार केही सहज बने पनि मूख्य नाकाहरु वीरगन्ज र भैरहवामा अवरोध जारी रहयो । विहीबार साँझसम्म विराटनगर–जोगबनी नाका भएर २८ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल, १४ बुलेट ग्यास र १ ट्रक औषधि नेपाल आएको भन्सार कार्यालयले जनाएकाे छ । यस्तै, ७० बढी मालबाहक गाडी नेपाल भित्रिए ।    नेपालगन्ज–रुपैडिहा नाकाबाट साँझसम्म ३४ ट्यांकर डिजेल, ५ ट्यांकर पेट्रोल, ४ ट्यांकर हवाई इन्धन, ७ बुलेट ग्याससहित ... बाँकी अंश»

आदिवासी हकहितका प्रावधानहरुलाई बेवास्ता गर्ने प्रचलन रहेको प्रति गुनासो

२०७२ मङ्सिर २४ बिहिबार, जितेन्द्र भण्डारी । पाँचथर ।अन्तराष्ट्रिय श्रम संगठन आइ एल ओ १६९ सम्बन्धी तीन दिने अभिमुखिकरण गोष्ठि बुधबार बाट पाँचथरको फिदिममा सुरु भएको छ । गोष्टीमा आदिवासी जनजातीहरुको हक अधिकार बारे चर्चा गरिएको छ । स्थानिय स्तरमा निर्माण गरिने विकासका योजनाका बारेमा ती स्थानमा बासोवास गर्दै आएका आदिवासीसंग स्विकृती लिनु पर्ने गोष्ठीका सहजकर्ता अधिवक्ता किरण सुनवारले बताउनुभयो ।   स्थानिय स्तरमा निर्माण भएका र निर्माणधिन मध्ये हाइड्रो पावर जस्ता आय ... बाँकी अंश»

बहुचर्चित फाल्गुनन्द सडकको विस्तृत सर्भेक्षण प्रतिवेदन (डिपिआर) तयार

२०७२ मङ्सिर २४ बिहिबार, इलाम। बहुचर्चित फाल्गुनन्द सडकको २५ वर्षपछि विस्तृत सर्भेक्षण प्रतिवेदन (डिपिआर) तयार भएको छ । सतचालीस किलोमिटर दूरीको सडकखण्डमध्ये झापा दमकदेखि इलामको बाँझोस्थित चिसोपानीसम्मको ३५ किलोमिटर सडकको डिपिआर तयार भएको छ । पूर्वाञ्चल सडक डिभिजन कार्यालय, झापाका डिभिजन प्रमुख रामहरि पोखरेलका अनुसार उपभोक्ता तहबाट ट्र्याक खन्न सुरु भएर विस्तार हुँदै आएको फाल्गुनन्द सडकको विकासका लागि सबै क्षेत्रको सहयोग र चासो नरहँदा डिपिआर निर्माण कार्य ढिलो भएको ... बाँकी अंश»

भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग

२०७२ मङ्सिर २४ बिहिबार, भक्तपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भक्तपुरका भूकम्पप्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । एनआरएनएका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो (करिब रु तीन लाख) र भक्तपुर नगरपालिका–११ तौमढीस्थित वरदायिणी निमाविलाई एक हजार पाँच सय युरो (करिब रु दुई लाख) आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।    रकम हस्तान्तरण गर्दै एन ... बाँकी अंश»

एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ । एकीकृत नेकपा(माओवादी)को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहनुपर्ने भएकाले आजको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।” बैठकमा अ ... बाँकी अंश»

राजनीतिक निकास निकाल्न सरकार प्रयत्नरत : प्रधानमन्त्री ओली

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत राजनीतिक दलसँग वार्ता तथा संवादको माध्यमबाट सहमति कायम गरी संवैधानिक तथा राजनीतिक निकास निकाल्न सरकार प्रयत्नरत रहेको र यस प्रयत्नलाई बढावा दिने गरी सबै पक्षबाट सहयोग प्राप्त हुने सरकारले अपेक्षा व्यक्त गर्नुभएको छ । आज विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै नेपाली जनतालाई महसुस हुने गरी नयाँ संविधानद्वारा सुनिश्चित अधिकार उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको उ ... बाँकी अंश»

तराई, पहाड, हिमालका नेपालीहरु बीच एकता हुन जरुरी छ : महासचिव पोखरेल

२०७२ मङ्सिर २४ बिहिबार, डडेल्धुरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी भएको बताएका छन् । बझाङ र बैतडी जिल्लाका कमिटी भेलाका लागि जाने क्रममा डडेल्धुरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा महासचिव पोखे्रलले मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी भएको बताउनुभयो ।    हामीले संविधान जारी गरेका हौँ तर कसैको केही बिगार गरेका होइनौँ भन्दै पोख्रेलले हामी ... बाँकी अंश»

दैनिक एक हजारभन्दा बढी बालबालिका तस्करीमा प्रयोग

२०७२ मङ्सिर २४ बिहिबार, गौशाला । महोत्तरीका विभिन्न सीमानाकामा अहिले तस्करीका लागि दैनिक एक हजारभन्दा बढी बालबालिका प्रयोग हुने गरेका छन् । जिल्लाको प्रमुख भन्सार नाका भिट्टामोड तथा सहायक सीमानाका मटिहानी, सम्सी, कट्टीकटैया, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर, खैरबनी, बथनाहालगायतका ठाउँमा दैनिक हजारभन्दा बढी बालबालिका सरसामान नेपाल–भारत ओसारपसारमा लागेको स्थानीय बासिन्दाले बताएका छन् ।    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अहिले भारतबाट सरसामान ल्याउन कडाइका ... बाँकी अंश»

मधेशी माथी छानविन गर्न अख्तियारलाई दबाब

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूख्य सत्ता साझेदार दुई दल एमाले र एकिकृतमाओवादीका दोस्रो तहका नेताहरुलाई छानविन गर्न थालेपछि अन्य दलका नेताहरुलाई पनि छानविन गर्न दबाब पर्न थालेको छ ।  केही काँग्रेस नेताहरु यसअघि नै कारबाहीमा परिसकेकाले अव अख्तियारले लामो समय सत्तामा बसेका मधेशी मोर्चाका नेताबारे समेत छानविन गर्नु पर्ने दबाब पर्न थालेको हो ।    सरकारमै रहेका बेला प्रिपेड घुस लिने र घुस विनाका कुनै पनि काम नहुने गरेको भन्द ... बाँकी अंश»

एउटै युवती छुट्टा–छुट्टै दुई जङ्गलमा सामूहिक बलात्कारको सिकार

२०७२ मङ्सिर २३ बुधबार, जाजरकोट । जाजरकोटको तरङ्गा गाविस–५ घर भएकी १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवक पक्राउ परेका छन् ।  आइतबार सुर्खेत बसपार्कबाट जिपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई तीन युवकले घर लगिदिने बहानामा जबर्जस्ती मोटरसाइकलमा राखेको र काँक्रेविहारको जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको रहस्य खुलेपछि उनीहरूलाई प्र्र्र्रहरीले पक्राउ गरेको हो ।    काँक्रेविहारको जङ्गलमा बलात्कार गरेपछि पीडित युवतील ... बाँकी अंश»

शाखा अधिकृत बन्ने की ? ‘५ सय ५१ पदका लागि दरखास्त खुला’ (सूचनाको लिङ्कसहित)

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक (खुला एवं समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ५ सय ५१ पदको लागि दरखास्त खुला गरेको हो । (सूचना हेर्न क्लिक गर्नुस्)   व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आह्वान गरेकामा खुला तर्फ ३ सय १० पद र महिलाका ७९ पदमा दरखास्त खुला गरेको छ । समावेशीतर्फ आद ... बाँकी अंश»

असल शासन पुरस्कार डा भगवान कोइरालालाई

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौँ। असल शासन फाउन्डेसनले यस वर्षको असल शासन पुरस्कार मुटुरोग विशेषज्ञ तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पूर्व कार्यकारी निर्देशक डा भगवान कोइरालालाई प्रदान गरेको छ । पुरस्कार संयुक्त राष्ट्रसङ्घले भ्रष्टाचारविरुद्ध महासन्धि पारित गरेको दिन अर्थात् ९ डिसेम्बरका दिन पारेर आज प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो । पुरस्कारको राशि सम्मानपत्र तथा रनिङ शिल्डसहित रु ११ हजार १११ रहेको छ ।    मुलुकम ... बाँकी अंश»

सर्फले दियो सुशिलालाई भर

२०७२ मङ्सिर २३ बुधबार, श्याम खतिवडा, दोलखा । दुई वर्ष पुग्नै लाग्यो शहरे गाविस वडा नं. ७ की शुसिला श्रेष्ठको एक्लो जीवन सुरु भएको । श्रीमानले अर्को विवाह गरेपछि अहिलेसम्म घरमा फर्किएका छैनन् । श्रीमानले छोडेको १ वर्ष नपुग्दै भुँईचालोले बसेको बास भत्काईदियो । भर भत्किएको १ वर्षमै घर भत्कियो । आर्थिक स्थिती डामाडोल भयो । कमाउने काम गर्नुपरेपछि ८ कक्षामा पढ्दापढ्दै गरेको एक्लो छोरो कृष्णले पढाई अगाडी बढाउन सकेन । ‘बाउले मति बिगारेपछी छोरोले घरखर्च जुटाउन पढाई छोडिदियो’ ... बाँकी अंश»

तराईका एफएमले आन्दोलन उचाले : नेता नेपाल

२०७२ मङ्सिर २३ बुधबार, चितवन । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराईमा रहेका एफएम रेडियोले सद्भाव खल्बलिने गरी समाचार सम्प्रेषण गरेकै कारण तराई आन्दोलन अनावश्यक उचालिएको बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले तराईमा सञ्चालित एफएम रेडियोहरुले आन्दोलनलाई उत्तेजित पार्नेगरी समाचार सम्प्रेषण गर्ने, गीत बजाउने र शान्ति सद्भाव भड्कने गरी गतिविधि सञ्चालन ग ... बाँकी अंश»

कैलालीमा जङ्गली हात्तीको उपद्रो बढ्दै

२०७२ मङ्सिर २३ बुधबार, धनगढी। कैलाली जिल्लाको दक्षिण सीमावर्ती रतनपुरलगायतका गाविस क्षेत्रमा जङ्गली हात्तीको झुण्डले खेतमा लगाइएको बालीमा क्षति पुर्‍याएको छ । रातिको समयमा आउने हात्तीले केही हप्ताअघि मात्रै छरेको गहुँ, सिँचाइका लागि खेतमा राखिएको पम्पिङ्सेट, तरकारी बालीमा क्षति पुर्‍याउन थालेपछि हैरानी खेप्नुपरेको स्थानीयवासीले बताएका छन् ।    सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको झुण्ड नजिकै रहेको कैलालीको बसन्ता वन क्षेत्रमा दिउँस ... बाँकी अंश»

संविधान संशोधन नै मुलुकको निकास– खड्का

२०७२ मङ्सिर २३ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । नेपाली काग्रेसका नेता तथा पूर्वगृहमन्त्री पूर्ण बहादुर खड्काले यथाशक्य संविधान संशोधन गर्नु नै अहिलेको निकाश भएको वताएका छन् । पाँचथरको फिदिममा बुधबार पत्रकार सित कुराकानी गर्दे उनले संविधान संशोधन मार्फत मधेशवादी दलको माग पूरा हुने र माग पूरा भएसँगै भारतको नाकावन्दी समेत हट्ने दावी गरे । उनले मधेशवादी दल भारत गएर ठीक नगरेको वताउँदै मुलकको आन्तरिक समस्या देशमै हल गर्न सकिने उल्लेख गरे ।  काँग्रेस नेतृत्वकै सर ... बाँकी अंश»

हाइभोल्टेजले दुईको मृत्यु, १५ घाइते

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । मकवानपुरको हाँडिखोला गाविसमा नयाँ जडान गरिएको विद्युत ट्रान्समिटरमा हाइभोल्टेज हुँदा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । उक्त घटनामा हाडिखोला  ३ र ४ मा एकएक जना गरी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हाँडीखोला ४ की शर्मिलाडिम्डुङ र ७० वर्षीया ठूलीमाया मुक्तान रहेका छन्। १५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि हेटौडा अस्पतालमा लगिएको छ। स्थानीयबासिन्दाले विद्युत प्राधिकरणका कर्मचारीको लापरबा ... बाँकी अंश»

‘वर्तमान सरकार दुईदिनको घामछायाँ’ रामचन्द्र पौडेल

२०७२ मङ्सिर २३ बुधबार, निर्मल खत्री, म्याग्दी ।  नेपाली कांग्रेस जिल्ला समिति म्याग्दीले संबिधान कस्तो बन्यो एकताको अभियान लिएर गाउँ अभियनको मंगलबार कार्यकर्ता भेला गरि कांग्रेस’अभियानको शुभारम्भ गरेको छ । नेपालको संविधान २०७२ निर्माणमा नेपाली कांग्रेसको योगदानका साथै वर्तमान जटिल परिस्थितिमा उक्त संविधान कार्यान्वयनमा पार्टीको भूमिकाका सन्दर्भमा जिल्ला व्यापिरुपमा उक्त अभियान संचालन गर्न लागिएको जनाइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका ... बाँकी अंश»

प्रमुख आयुक्तमा यादवको नाम सिफारिस

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवलाई अघि सारिएको छ । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले सिफारिस गर्ने निर्णय गरेको हो ।    सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने निर्णय गरेको जानकारी दिइन् । सप्तरी प्रशवनी गाविस बलौनी घर भएका यादव हाल आयोगको कार्यबाहक प्रमुख आयुक्त छन् ।  ... बाँकी अंश»

नयाँ