समाज

सुशील कोइराला र महन्थ ठाकुरबीच भेट, वर्तमान गत्यावरोध हटाउने समझ्दारी

२०७२ मङ्सिर १२ शनिबार, काठमाडौं । अमेरिकाबाट उपचार गर फर्केका कांग्रेस सभापति सुशील कोइरालाले नेपाल आएको भोलिपल्ट शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग भेट गरेका छन् ।    कोइराला बस्दै आएको महाराजगन्जस्थित शशांक कोइराला निवासमा ठाकुर र कोइरालाबीच  छलफल भएको हो । एक घण्टे भेटका क्रममा पुराना सहपाठी ठाकुरसंग कोइरालाले वर्तमान राजनीतिक गत्यावरोध हटाउन छलफल गरे ।    विगत केही दिन यता सरकारी वार्ता टोली, तीन दल र मधेसी मोर्चाबी ... बाँकी अंश»

मोर्चाको आमसभा विथोलियो, अन्त्यमा कोण सभा, उपेन्द्र र राजेन्द्र भागे

२०७२ मङ्सिर ११ शुक्रबार, इटहरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले आजित बनेका सुनसरीका स्थानीयले इटहरीको आमसभा विथोलेका छन् । उनीहरुले मोर्चाका कुनै नेतालाई इटहरी प्रवेश गर्न नदिने चेतावनी समेत दिएका छन् ।    आक्रोशित स्थानीयले कार्यक्रम स्थलबाट झिकेको सद्भावना पार्टीको झन्डा जलाइदिएका छन् । मधेसी मोर्चाको कार्यक्रम बिथोल्न इटहरीका स्थानीयलाई उत्तरी मोङका बासिन्दालेसमेत साथ दिए ।  शुक्रबार इटहरीमा मोर्चा गर्ने भनेको आमसभाकै विषयलाई लिएर निकै ब ... बाँकी अंश»

कार र बस ठोकिँदा १२ घाइते, ६ को अवस्था गम्भीर

२०७२ मङ्सिर ११ शुक्रबार, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्कीबासस्थित विनयी खोला पुलमा शुक्रबार दिउँसो कार र बस आपसमा ठोकिँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।    पश्चिमबाट पूर्वतर्फ गइरहेको विवाहको लु १ ख ८९६६ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको  बा ९ च ७१७५ नम्बरको कार एकआपसमा ठोकिँदा  बुटवल–१९ का २२ वर्षीय सागर ज्ञवाली, सोही ठाउँका ४५ वर्षीय टीकाराम पौडेल, बुटव ... बाँकी अंश»

नाकाबन्दीले मुलुक तहसनहस–उपसभापति पौडेल

२०७२ मङ्सिर ११ शुक्रबार, दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले १० वर्षे द्वन्द्व, गत वैशाखको विनाशकारी भूकम्प र अहिले भारतले गरेको नाकाबन्दीले मुलुकलाई तहसनहस बनाएको भन्दै यसको छिटो अन्त्य हुनुपर्ने बताउनुभएको छ । तनहुँको साभुङ भगवतीपुर–६ ध्यानुङस्थित कामधेनु माविको नवनिर्मित चारकोठे भवनको आज उद्घाटन गर्दै उहाँले मुलुकको विद्यमान सङ्कट समाधानका लागि विपक्षमा रहेर पनि काँग्रेसले उलेख्खनीय भूमिका खेल्ने बताउनुभयो ।    कृषि, पर्यटन र जलस्रोतको ... बाँकी अंश»

भारतले छिमेकीको घाँटी निमोठ्यो : नेता नेपाल

२०७२ मङ्सिर ११ शुक्रबार, गाईघाट (उदयपुर) । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताउनुभएको छ । पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न आज उदयपुर आइपुग्नुभएका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो – “अहिले नेपालीले राम्रो संविध ... बाँकी अंश»

सूचना प्रविधिमार्फत समृद्धिका लागि सरकार क्रियाशीलः मन्त्री राई

२०७२ मङ्सिर ११ शुक्रबार, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सूचना प्रविधिको प्रयोग बढाएर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । विज्ञान तथा वातावरण मन्त्रालय र नेपाल राष्ट्र बैंकको सहयोगमा सूचना प्रविधि सुरक्षण आकस्मिक प्रत्युत्तर समूह नेपाल (आइटिएसआरटी)ले आज यहाँ आयोजना गरेको ‘वित्तीय समावेशीता र भुक्तानी प्रणाली सुरक्षण’ विषयक तीनदिने सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले उक्त कुरा बत ... बाँकी अंश»

मधेस आन्दोलनको वार्ताका माध्यमबाट हल खोजिने – गृहमन्त्री बस्नेत

२०७२ मङ्सिर ११ शुक्रबार, काठमाडौँ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले तराई मधेस आन्दोलनमा सरकारले आवश्यकताभन्दा बढी संयम एवम् धैर्यता अपनाइरहेको बताउनुभएको छ । “आन्दोलनकारीकै गतिविधि र क्रियाकलापमा सरकार उपस्थित हुने गरेको भए धेरै दुःखद स्थिति आउने थियो तर सरकार यस्तो अवस्था आउन दिने पक्षमा छैन ।”    व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा गृहमन्त्री बस्नेतले तराई मधेसको समस्यालाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरका ... बाँकी अंश»

जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

२०७२ मङ्सिर ११ शुक्रबार, रामपुर  । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा झडेवाका ६४ वर्षीया रम्भादेवी गाहा, गोठादी– ३ बस्ने ७२ वर्षीय टुकबहादुर लुम्ले र रहवास– ६ का खड्गबहादुर सुहान रहेका छन् भने दुई बच्चासहित २२ जना घाइते यात्रुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल, तानसेन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक प्रविन आचार्यल ... बाँकी अंश»

पाल्पामा जिप दुर्घटना, दुईको घटनास्थलमा मृत्यु

२०७२ मङ्सिर ११ शुक्रबार, रामपुर (पाल्पा) । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगीरमा दुर्घटना भएको हो । दुईजनाको घटनास्थलमै मृत्यु भएको र जिपमा सवार अन्य यात्रुको उद्धार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो ।    ... बाँकी अंश»

नाकाबन्दी फिर्ता लिए माग सम्बोधन हुन्छ : नेम्वाङ

२०७२ मङ्सिर ११ शुक्रबार, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले नाकाबन्दी फिर्ता लिएर आए मधेसकेन्द्रित दलको माग सम्वोधन हुने बताउनुभएको छ । नेकपा (एमाले) इलामद्वारा आज बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता नेम्वाङले मधेसकेन्द्रित दललाई सङ्केत गर्दै पहिले नाकाबन्दी फिर्ता लिएर देशलाई सहजतातर्फ उन्मुख हुन दिनुस्, तपार्इंहरूको माग सम्बोधन हुन्छ भन्नुभयो ।    “पहिले संविधान स्वीकार गरेर प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्न चाहिँ आउने तर अहिले हाम ... बाँकी अंश»

प्रहरी स्कर्टिङ्गमै दुर्घटना, दुुईको मृत्यु, ९ घाइते

२०७२ मङ्सिर ११ शुक्रबार, सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा प्रहरी स्कर्टिङ्गमा रहेको एउटा बस नियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना ५ प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिककै पल्टिँदा दुर्घटना भएको हो । बस मोर्चाका कार्यकर्ताले ढुङ्गा हानेपछि अनियन्त्रित भई पल्टेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ९ यात्रु घाइते भएका छन् ।    मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ ... बाँकी अंश»

भारतीय सुरक्षाकर्मीलाई कारबाहीको माग, सुनसरीमा एसएसबीबाट प्रहार गोलीको खोका भेटियो

२०७२ मङ्सिर १० बिहिबार, काठमाडौं । सरकारले सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रको नेपाली भूमिमा छिरेर भारतीय सुरक्षा बल एसएसबीले नेपाली नागरिकलाई गोली चलाएको घटनाका विषयमा आपत्ति जनाउँदै घटनाको छानविन गर्न भारत सरकारलाई आग्रह गरेको छ । सरकारले दोषी सुरक्षाकर्मीलार्ई कारबाहीको गर्न समेत भनेको छ ।    परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै बुधबार सुनसरीको हरिपुर–७ मा नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट सय मिटर नेपालतर्फ भारतीय सीमा सुरक्षाबलको ... बाँकी अंश»

राष्ट्रिय अस्तित्व रहेसम्म हिन्दुधर्म जीवन्त रहन्छ : नेता महत

२०७२ मङ्सिर ९ बुधबार, हेटौडा । काँग्रेस नेता रामशरण महतले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अस्तित्व रहेसम्म हिन्दुधर्म जीवन्त रहने र कसैले खोस्न नसक्ने बताएका छन् । नेपाल तीर्थ प्रकाशक सङ«घ हेटौडाले आोजना गरेको नौदिने श्रीएघा महायज्ञको समापन समारोहमा नेता महतले हालै जारी भएको संविधानमा हिन्दु धर्मलाई उच्च प्राथमिकता दिन नसकिएको भए पनि बहुसङ्ख्यक नेपालीको आस्थालाई संविधान र ऐनले निषेध गर्न नसक्ने धारणा राखे ।    समाजमा धार्मिक स्वतन्त्रता प्रदान गरी मानव ... बाँकी अंश»

'मधेसीको मागलाई गम्भिरतापूर्वक लिइएको छ'

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीले मधेसीका मागलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, आदिवासी महिला कानुनी सचेतना समूह, आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ र राष्ट्रिय महिला आदिवासी जनजाति महिला मञ्चले संयुक्त रुपमा बुधबार यहाँ आयोजना गरेको छलफलमा सभामुख घर्तीले संविधान संशोधन गरेर मधेसका मागलाई सम्बोधन गरिने बताईन् ।  उनले भनिन्, “धेरै नेपालीको रगत पसिनाले संविधान निर्माण भएको छ अब यसलाई कार्यान ... बाँकी अंश»

सीमा नाकामा उत्पन्न अवरोधप्रति बेलायतको गम्भीर चासो

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौँ । बेलायतले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई हालै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोन गरेर आफ्नो मुलुकको चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकारले पुनर्निर्माणको प्रक्रियालाई आवश्यक नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिनुभएको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ ।    उपप्र ... बाँकी अंश»

ग्यास र पेट्रोलियम पदार्थको सङ्कट रहे पनि नुन र खाद्यान्नको पर्याप्त मौज्दात रहेको छ : मन्त्री पुन

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौँ । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको सङ्कट रहेको भए पनि नुन र खाद्यान्नको भने पर्याप्त मौज्दात रहेको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मौज्दातको अवस्थालाई दृष्टिगत गरी औषधि, पानी, फोहोरमैला बोक्ने सवारी साधन तथा प्रहरी, विद्यालय र स्वास्थ्यसँगसम्बन्धी अत्यावश्यक यातायातका साधनलाई इन्धनम ... बाँकी अंश»

विद्युत् खपत कम गर्न प्राधिकरणको आग्रह

२०७२ मङ्सिर ९ बुधबार, भक्तपुर । इन्धन अभावका कारण विद्युत् खपत अत्यधिक बढेपछि लोड धान्न नसक्दा ठाउँठाउँका ट्रान्सफर्मर जल्न थालेका छन् । विशेषगरी साँझको समयमा उपभोक्ताले बढी विद्युत् खपत गर्दा ट्रान्सफर्मर र कालो तार जल्न थालेको भन्दै प्राधिकरणले आज विद्युत् खपत कम गर्न उपभोक्तालाई आग्रह गरेको हो ।    नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखा अन्तर्गतको क्षेत्रमा चारवटा र ठिमी शाखा अन्तर्गतको क्षेत्रमा दुईवटा ट्रान्सफर्मर जलेका छन् । विद्युत् प्राधिकरण भक्तपु ... बाँकी अंश»

पेट्रोल लुकाउने पम्पमा सिल

२०७२ मङ्सिर ९ बुधबार, चितवन, भरतपुरको हाकिमचोकमा रहेको अष्टभुजा आयल डिष्ट्रिब्यूटर्सले कालोबजारी गर्ने नियतले सर्वसाधारणलाई बाड्नुपर्ने पेट्रोल लुकाएको भन्दै वाणिज्य विभागले बुधबार सिल गरेको छ ।  वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वको टोलीले पेट्रोल पम्पमा सिल गरेर पम्प भाडामा सञ्चालन गर्ने खिलकान्त बर्तौलालाई थप अनुसन्धानका लागि भन्दै प्रहरीको जिम्मा लगाएको छ ।  निर्देशक बेल्बासेले पेट्रोल पम्पमा नौ हजार लिटर पे ... बाँकी अंश»

नाकाबन्दीले काभ्रेमा पनि औषधि अभाव

२०७२ मङ्सिर ९ बुधबार, बनेपा । भारतको अघोषित नाकाबन्दीका कारण काभ्रेपलाञ्चोक जिल्लामा पनि औषधिको अभाव हुन थालेको छ । जिल्लाको दुर्गम गाविस महाभारत शृङ्खलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य संस्थामा औषधिको अभावले सेवाग्राही मर्कामा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  “विभिन्न एन्टिबायोटीक, सिटामोल, डाइजीन, जीवनजललगायत औषधि अभाव भइसकेको छ”–जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अधिकृत नारायण केसीले भने ।  उनले झण्डै दुई सातादेखि जि ... बाँकी अंश»

छिन–छिनमै पराकम्पन

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । मध्यराति १२ बजेर ४२ मिनेटमा सिन्धुपाल्चोकको बरम्ची नजिकै केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।    मंगलबार मात्रै चार रेक्टर स्केल माथिका २ पराकम्पन आएका छन् । साँझ पाँच बजे नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन आएकामा फेरि ६ बजेर ९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पर ... बाँकी अंश»

नयाँ