//

समाज

भारतीय नाबाकन्दीविरुद्ध एक लाख नागरिकको हस्ताक्षर राष्ट्रसंघमा

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । भारतीय नाकाबन्दीविरुद्ध नागरिकस्तरबाट स्वतस्फूर्तरुपमा संकलित एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघलाई बुझाइएको छ । संकलित हस्ताक्षर बुधबार राष्ट्रसंघको नेपालस्थित कार्यालयमा बुझाइएको हो ।    ललितपुरमा रहेको राष्ट्रसंघको नेपाल सचिवालयमै पुगेर नागरिक अगुवाहरुले भारतीय नाकाबन्दीविरुद्ध संकलित हस्ताक्षर बुझाए । गएको  कार्तिक २१ गते काठमाडौंका विभिन्न ६ ठाउँबाट एक दिनमै हस्ताक्षर संकलन भएको नागरिक अगुवाहरुले बताएका छन् ।  ... बाँकी अंश»

औपचारिकता कि वास्तविक ?

२०७२ मङ्सिर २ बुधबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सडक सुरक्षा, पर्यावरण संरक्षण र दिगो विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल सरकार, क्षेत्रीय विकासका लागि राष्ट्र संघीय केन्द्र, एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (इस्क्याप) र जापानको वातावरण मन्त्रालयले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको चारदिने ‘वातावरणीयरुपमा एसियामा दिगो यातायात मञ्च’ को नवौँ अन्तरसरकारी क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै प्र ... बाँकी अंश»

‘दाउराको विकल्प भए सरकारालाई दिए हुन्छ’

२०७२ मङ्सिर २ बुधबार, काठमाडौ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिलेको संकट टार्न तत्कालको लागि सरकारसँग दाउराको विकल्प नभएको भन्दै केहीसँग उपाय भए दिन आब्हान गरेका छन ।  नेपाल चेतना केन्द्र अर्घाखाँचीले आयोजना गरेको ग्रामिण विकास पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने,‘ अहिलेलाई दाउराको विकल्प छैन । कोहीसँग विकल्प भए सरकार कार्यान्वयन गर्न तयार छ । मलाई लाग्छ विकल्प पनि कसैसँग छैन ।’ उपप्रधानमन्त्री रायमाझीले विगतमा पटक पटक लाग् ... बाँकी अंश»

पूर्वका तीन जिल्ला टुक्राउने तयारीको विरोध

२०७२ मङ्सिर २ बुधबार, काठमाडौ । सुनसरी, मोरङ्ग र झापा संयूक्त नागरिक सरोकार समाजले पूर्वका तीन जिल्ला टुक्राएर मधेस मधेस आन्दोलनलाई संबोधन गर्ने गरी भईरहेका छलफल प्रति आपत्ति प्रकट गरेका छन ।  बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तीन जिल्ला राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र ऐतिहासिक रुपमा अन्र्तसम्बन्धीत रहेकोले यसलाई टुक्राउन नमिल्ने भन्दै  दुई नम्बर प्रदेशमा गाभ्ने षडयन्त्र कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।  पत्रकार सम्म ... बाँकी अंश»

सूर्यलाई अर्घ दिँँदै छठी माईको विदाइ

२०७२ मङ्सिर २ बुधबार, वीरगन्ज । श्रद्धा, भक्ति र समग्र तराईको साझा पर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ ।  उदाउँदो सूर्यलाई अर्घ दिन बुधबार बिहान वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयमा व्रतालुहरुको ठूलो घुइँचो लागेको थियो ।  यसअघि मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन परिवारका सम्पूर्ण सदस्यले विभिन्न भक्ति एवम् लोकगीत गाउ“दै छठ मातालाई चढाउने फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुक ... बाँकी अंश»

लाङ्टाङमा छ मानव कङ्काल फेला

२०७२ मङ्सिर २ बुधबार, धुन्चे । लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिएको क्षेत्रमा छ वटा मानव कङ्काल फेला परेको छ । रसुवा प्रजिअ शिवराम गेलालका अनुसार फेला परेको छ वटा मानव कङ्काल डिएनए परीक्षणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।  गत वैशाख १२ गतेको भूकम्पसँगै आएको पहिरोले पुरिंदा १७५ स्थानीयवासी र सयौँ पर्यटक तथा पथप्रदर्शक माटामा दबिएको बताइन्छ । पहिरो क्षेत्रमा अझै त्रियासी जना बेपत्ता रहेका र उनीहरुको खोजी जारी रहेको प ... बाँकी अंश»

राष्ट्रियता कमजोर बनाउने आवाज उठ्नु अस्वीकार्य

२०७२ मङ्सिर २ बुधबार, काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानको मूल मन्त्रमाथि नै प्रहार गरी राष्ट्रियतालाई कमजोर बनाई विखण्डन निम्त्याउनेजस्ता आवाज उठ्नु जनताका निम्ति अस्वीकार्य हुने बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार यहाँ उनको स्वागत तथा बधाईका लागि आयोजना गरेको कार्यक्रममा मन्त्री राईले सकारात्मक मनसायले कतिपय क्षेत्र, वर्ग, जाति र समुदायका अधिकारलाई समेट्न नसकेको सवालबारे उठाइएका आवाजलाई भने गम्भीरतापूर्वक सुनेर संवैध ... बाँकी अंश»

नयाँ प्रहरी ऐनको आवश्यकता छ – महानिरीक्षक अर्याल

२०७२ मङ्सिर २ बुधबार, काठमाडौँ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी सङ्गठनलाई समयसापेक्षरुपमा परिभाषित गर्न नयाँनयाँ ऐन र नियमावलीको खाँचो औल्याएका छन् । दशौं महानगरीय प्रहरी दिवसको उपलक्ष्यमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कानुनद्वारा निर्दिष्ट उद्देश्य, दायित्व र कर्तव्य पुरा गर्न प्रहरी क्रियाशील रहेको बताए । महानिरीक्षक अर्यालले भने, “शान्तिसुरक्षाको आवश्यकतामा कुनै कुरासँग सम्झौता हुन सक्दैन, शान्तिसुरक्षाको अभावमा स ... बाँकी अंश»

भूकम्पमा ज्यान गुमाउनेहरूको मोक्षका लागि महायज्ञ

२०७२ मङ्सिर २ बुधबार, काठमाडौँ । वैशाखमा गएको भूकम्पमा ज्यान गुमाउनेहरूको मोक्षका लागि मङ्गलबारदेखि पशुपतिक्षेत्रस्थित भुवनेश्वरी मन्दिर प्राङ्गणमा वैदिक विधिपूर्वक श्रीमद्भागवत महायज्ञ सुरु भएको छ ।  भूकम्पमा ज्यान गुमाएका सबैको मोक्ष प्राप्ति होस् भन्ने सङ्कल्पका साथ अनुष्ठान सुरु गरिएको श्रीमद्भागवत कथा आयोजन समितिले जनाएको छ ।  मृत्यु भएका १० परिवारको वैदिक विधिपूर्वक मोक्ष प्राप्तिको सङ्कल्पका साथ गत वैशाख १२ गते गएको भूकम्पमा परी मृत्यु भएकाहरूका ... बाँकी अंश»

मोर्चाका कार्यकर्ताले जलाईदिए भारतीय मोटरसाइकल

२०७२ मङ्सिर २ बुधबार, महोत्तरी। पेट्रोलियम पदार्थ तस्करी गरेको भन्दै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा तीनवटा भारतीय नम्बरका मोटरसाइकलमा आगजनी गरेका छन् ।  गए राति गैँडाभेटपुरमा मोर्चाका कार्यकर्ताले ती मोटरसाइकल नियन्त्रणमा लिएर आगजनी गरेका हुन्  । गाउँबाट टाढा एकान्त ठाउँमा तीन मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।  ... बाँकी अंश»

सद्भावपूर्ण रुपले मनाईयो छठ

२०७२ मङ्सिर २ बुधबार, खगेन्द्र कार्की, इटहरी । पूर्वाञ्चलको मुटु हरित नगरी इटहरीको बुढीगंगा मुक्तिघाटमा एक भव्य र सभ्य कार्यक्रमका बीच सामाजिक सद्भावमय छठ मनाउन उपस्थित श्रद्धालु हजारौं भक्तजनहरुलाई अभिप्रेरित र उत्साहित गरिएको छ । अनेकतामा एकता कायम गर्दै मिथिलाञ्चलबाट मैथिलीहरुले मनाउने छठ अब नेपाली पर्वका रुपमा रुपान्तरित भईसकेको उदाहरण बुढीगंगामा छठ पर्व सेवा समितिद्वारा आयोजित कार्यक्रममा उपस्थित २० हजार भन्दा माथिको मिश्रित भक्तजनहरुको भिडले प्रष्ट द ... बाँकी अंश»

‘दशगजामा आन्दोलनको अर्थ छैन, सिंहदरबार आउनुहोस्’

२०७२ मङ्सिर १ मंगलबार, भक्तपुर । पूर्वसभामुख सुवास नेम्वाङले आन्दोलनरत मधेसकेन्द्रित दलका नेतालाई देशको समस्या समाधान गर्न सिंहदरबारभित्र आउन आग्रह गरेका छन् । नेकपा(एमाले)चाँगुनारायण नगर कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेता नेम्वाङले आन्दोलनरत दललाई आफ्नो आन्तरिक समस्या समाधानका दशगजामा बसेर आन्दोलन गर्नाको अर्थ नभएकाले सरकार र दलहरुसँग वार्ता गरी समाधान खोज्न आग्रह गरेका हुन् । नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्रले ह ... बाँकी अंश»

तामाखानी उत्खनन नहुँदा लोप हुने अबस्थामा

२०७२ मङ्सिर १ मंगलबार, गणेश खनाल, रुकुम । लामो समयसम्म जिल्लामा रहेका चारवटा तामाखानीहरुको उत्खनन नहुँदा लोप हुने अबस्थामा छन । परम्परागत उत्खनन रोकेको उन्नाई बर्षसम्म पनि सरकारले जिल्लाको उत्तरी क्षेत्रमा रहेका चारवटा तामाखानीहरुको उत्खनन कार्य सुरु गरेको छैन । जिल्लाको मोराबाङ – ९ स्थित झुम्लाबाङ,काँडा – ६ स्थित सेराबाङ, रुकुमकोट –७ को काल्चेखानी तथा कोल –१ विरगुममा रहेका तामाखानीहरु उत्खनन नहुँदा लोप हुन लागेको स्थानियहरुको भनाई छ । परम्परागत रुपमा गरिदै आए ... बाँकी अंश»

प्रहरी नायब निरीक्षकमाथि कारबाही माग

२०७२ मङ्सिर १ मंगलबार, सप्तरी । इलाका प्रहरी कार्यालय भारदहका प्रमुख एवम् प्रहरी नायब निरीक्षक सुरेन्द्र खैरवार यादवले स्थानीय बासिन्दा तथा सर्वसाधारण र पत्रकारमाथि अभद्र व्यवहार तथा प्रहरी आचारण विपरीत काम गर्ने गरेको गुनासो पाइएको छ ।  विभिन्न कामले सो कार्यालयमा जाने सेवाग्राही तथा पीडितमाथि जथाभाबी बोल्ने र कार्य सम्पादन समयमा नगर्ने गरेको तथा आफूहरुलाई मधेसवादी आन्दोलनकारी भन्दै धम्काउने गरेको स्थानीयवासी रामकुमार शाहले बताएका छन् ।  प्रमुख यादवले स ... बाँकी अंश»

आधुनिक प्रविधिबाट चुरे क्षेत्रमा वन्यजन्तुको संरक्षण

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौँ । जैविक विविधताको चरम विनाशको सिकार व्यहोरिरहेको चुरे क्षेत्रमा रहेका वन्यजन्तुको अवस्था तथा विविधताबारे अध्ययन गर्न आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ ।  चुरे क्षेत्रमा रहेका वन्यजन्तुको अवस्थाको अध्ययन गर्न राष्ट्रपति–चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । वन तथा भूसंरक्षणमन्त्री तथा कोषका अध्यक्ष अग्निप्रसाद सापकोटा र समितिका अध्यक्ष रामेश्वर खन ... बाँकी अंश»

मस्टवान्टेड हाराहाङको खोजी तिव्र

२०७२ मङ्सिर १ मंगलबार, जितेन्द्र भण्डारी, पाँचथर । पूर्वी नेपालमा लिम्वुवान मूलवासी स्वतन्त्र लिम्वुवान पार्टीको नाममा अपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरीको मस्टवान्टेडको सूचीमा रहेका हाराहाङ उर्फ देउमान लिम्वूको खोजी कार्य प्रहरीले बढाएको छ । ताप्लेजुङको दुर्गम क्षेत्रका अलैँची हुने गा.वि.स.हरुमा लुकिछिपी बसेर अपराधिक गतिविधि गर्दै आएको भनिएका लिम्वूलाई छिमेकी जिल्ला पाँचथरमा पनि प्रहरीले खोजी कार्य बढाएको हो । ताप्लेजुङ–पाँचथर आवातजावत गर्ने सवार ... बाँकी अंश»

मारिएको तीन महिनापछि घैंटेको अन्त्येष्ठी

२०७२ मङ्सिर १ मंगलबार, काठमाडौं । गत भदौ ३ गते राजधानीको सामाखुसीमा प्रहरीको गोली लागि मृत्यु भएका स्थानीय कुमार श्रेष्ठ (कुमार घैंटे) को करिब ३ महिनापछि कार्तिक ३० गते सोमबार अन्येष्टि गरिएको छ । श्रेष्ठ मारिएको घटनाको विषयमा सत्यतथ्य छानबिन गरी त्यसको विवरण सार्वजनिक नगरुञ्जेल परिवार तथा आफन्तले शव नबुझ्ने भन्दै अडान लिएपनि प्रहरी दबाबमा उनको शवको अन्येष्टि गर्न लगाएको आफन्तहरुले दुखेको गरेका छन्। सोमबार घैटेलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। लामोसमयदे ... बाँकी अंश»

पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी

२०७२ मङ्सिर १ मंगलबार, परासी । इन्धनको अभावको कारण देखाउँदै नवलपरासीमा स्वयम् पेट्रोल पम्पहरुले नै व्यापक मात्रामा पेट्रोलियम पदार्थको कालोबजारी गर्दै आएका छन् ।  भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको पेट्रोल वा डिजेललाई पम्प सञ्चालकहरुले स्वयम् पम्पमा राखी पम्पबाटै चर्को मूल्यमा पेट्रोल र डिजेलको बिक्री वितरण गरी कालोबजारी गर्दै आएका हुन् ।  विशेष गरी नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थको कालोबजारी गरेका छन् । पम्पबाट स ... बाँकी अंश»

श्रद्धापूर्वक छठ मनाइँदै

२०७२ मङ्सिर १ मंगलबार, जनकपुर । मिथिलाञ्चलको महापर्व ‘छठ’ आज श्रद्धापूर्वक मनाइँदैछ । श्रद्धालुहरु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।    मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ । ज्योतिषशास्त्रअनुसार, छठ पर्वक ... बाँकी अंश»

रुपन्देहीको बेलहिया नाकाबाट ग्याँस आयो

२०७२ कार्तिक ३० सोमबार, रुपन्देही । रुपन्देहीको बेलहिया नाका (सुनौली)बाट सोमबार चार गाडी इन्धन भित्रिएको छ । आइतबार सो नाकाबाट ५३ गाडी इन्धन आएको थियो ।     सोमबार साँझ ६ बजेसम्ममा सो नाकाबाट तीन बुलेट ग्यास र एउटा डिजेलको गाडी मात्रै नेपाल भित्रियो । २ सय ५ मालबाहक ट्रक , २९ पर्यटक सवार बस , ३१ पिकअप र ७८ अन्य सवारी नेपाल भित्रिएका भैरहवा भन्सार कार्यालयले जनाएको छ ।     इन्धनका गाडी साँझ ५ बजेपछि मात्रै नेपाल छिरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । आइतबार ... बाँकी अंश»

नयाँ