स्थानीय

२ दिनदेखि साल नझरेकी अन्जनाको हेलिकप्टर मार्फत उद्धार

२०७५ फाल्गुण ८ बुधबार, बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नं १ अन्द्राडीकी २२ वर्षिया अन्जना बोहराको साल अड्किएपछि बुधवार हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। साल नझरेर रगत बगेपछि गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाको पहलमा हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो । ... बाँकी अंश»

वडिमालिका नगरपालिकामा ४ सहरी स्वास्थ्य केन्द्र स्थापना

२०७५ फाल्गुण ८ बुधबार, बाजुरा । बाजुराको बडिमालीका नगरपालीकामा ४ वटा सहरी स्वास्थ केन्द्र स्थापना भएको छ । स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नका लागि प्रत्येक वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति अनुरुप स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । सोही कार्यक्रम अनुसार नगरपालिकाको वडा नं १ पिनालेख, वडा नं ३ रजाली, वडा नं ५ मना र वडा नं ६ क्रोधमा अहिले सहरी स्वास्थ्य केन्द्र स्थापना भएका छन् । ... बाँकी अंश»

चुरे दोहनको असर : काकाकुल बन्दैछन् चुरेवासी

२०७५ फाल्गुण ८ बुधबार, पशुपतिनर। इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ। चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन्। ... बाँकी अंश»

विरामीलाई फलफूल बाँडेर मनायो नेविसंघ सिरहाले प्रजातन्त्र दिवस

२०७५ फाल्गुण ७ मंगलबार, सिरहा। ६९औ प्रजातन्त्र दिवसको अबसरमा नेपाल विद्यार्थी संघ सिरहाले अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ। ... बाँकी अंश»

गुठिचौर गाउँपालिकाले बढायो टेन्डर विनै ठेक्का प्रक्रिया

२०७५ फाल्गुण ७ मंगलबार, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ विपरित रेडियो गुठिचौर एफ.एम. निर्माण कार्यको टेन्डर विनै ठेक्का गरि प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको सार्वजनिक बोलपत्र खरिद गर्ने वेवसाइडमा बोलपत्रको कुनैपनि डकुमेन्ट नराखि विओक्यू मात्रै राखेर ठेक्का खुलाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको छ । ... बाँकी अंश»

पूर्व वडा महारानी कोमलको जन्मोत्सवमा साडी तथा फलफुल बितरण

२०७५ फाल्गुण ७ मंगलबार, बीरगंज । ६९ औं प्रजातन्त्र दिवस एवम् पूर्व वडा महारानी कोमल शाह सरकारको ६९ औ जन्मोत्सव आज एक कार्यक्रमका बीच मनाईएको छ । बीरगंजको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रममा २५ जना बिपन्न परिवारका महिलाहरुलाई साडी तथा फलफुल बितरण गरिएको हो । ... बाँकी अंश»

१८ हेक्टर वन अतिक्रमण

२०७५ फाल्गुण ७ मंगलबार, गोरखा । गोरखाका सात गाउँपालिकामा १८ हेक्टर वन अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय गोरखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक जिल्लाभित्र १८ हेक्टर वन तथा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको हो । अहिलेसम्म सबै गाउँपालिकामा के कति वनजङ्गल अतिक्रमण भएको रहेछ भन्ने जानकारी लिइसकेको र अब दुई नगरपालिकाकाभित्रको जानकारी लिन बाँकी रहेको वन कार्यालयले जनाएको छ । ... बाँकी अंश»

धनकुटा कांग्रेसका संस्थापक पूर्व क्याम्पस प्रमुख उपेन्द्र पोखरेलको निधन

२०७५ फाल्गुण ७ मंगलबार, धनकुटा। धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख नेपाल विद्यार्थी संघका संस्थापक तथा नेपाली कांग्रेस धनकुटका संस्थापक प्रजातान्त्रिक योद्धा उपेन्द्र पोखरेलको गए राती ९ बजे असमायिक निधन भएको छ। मुटु तथा पायल्स लगायत विभिन्न रोगबाट ग्रसित भै उपचार गराईरहेका ७५ बर्षिय प्रजातान्त्रिक योद्धा धनकुटका वरिष्ठ समाजसेवी उपेन्द्र पोखरेलको गएराती सवा नौ बजे असमायिक निधन भएको उनकी छोरी मनुजा पोखरेलले बताइन्। ... बाँकी अंश»

गुणस्तर बढेपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्यो

२०७५ फाल्गुण ७ मंगलबार, डोटी । पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ । ... बाँकी अंश»

थन्किए पहाड प्वाल पार्ने डोजर, अब जोगिन्छ पहाड

२०७५ फाल्गुण ७ मंगलबार, काठमाडौं । सरकारले एक करोडभन्दा मुनिका सडक निर्माणमा डोजर प्रयोग गर्न नपाउने कानून ल्याएपछि जिल्लाका स्थानीय तहले किनेका डोजर थन्किने भएका छन् । ... बाँकी अंश»

दिनभरी मदिरामा लठ्ठ हुने हर्कलाई श्रीमतीले यसरी सुधारिन्, भन्छन् 'अब त ज्यान जाला पिउन्न'

२०७५ फाल्गुण ७ मंगलबार, अछाम । मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् । ... बाँकी अंश»

सडक शिलान्यासको ३३ वर्षपछि कालोपत्र

२०७५ फाल्गुण ६ सोमबार, सहजपुर । बोगटान सडक शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुने भएको छ । पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टको लामो समयदेखिको पहलमा शिलान्यास भएको ३३ वर्षपछि मङ्गलबार बोगटान सडक कालोपत्र हुने भएको हो । ... बाँकी अंश»

घुम्टे युवा परिवारको होली पुर्णिमा मेला चैतमा

२०७५ फाल्गुण ६ सोमबार, बाग्लुङ्ग । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक आज सम्पन्न भएको छ ।बैठकले यस संस्थाको ३४ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली पूर्णिमा मेला २०७५ आगामी चैत ३ गतेदेखि ६ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

पार्टी भ्रष्ट भएको भन्दै नेकपा छोड्नेहरु बढे, पाल्पा रिब्दीकोटमा १ सय २० जना कांग्रेसमा प्रवेश

२०७५ फाल्गुण ६ सोमबार, पाल्पा । सत्तारुढ दल नेकपा भ्रष्ट भएको भन्दै सो दलमा क्रियाशिल कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

ट्रिपरको ठक्करबाट ९ बर्षीया बालिकाको मृत्यु, स्थानीयद्वारा शव सडकमा राखेर प्रदर्शन

२०७५ फाल्गुण ५ आइतबार, पाल्पा । पाल्पामा ट्रिपरको ठक्करबाट ९ बर्षीया बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका घाइते भएकी छन् । जिल्लाको निस्दी ७ ज्यामिरेको लामेटारमा ठक्कर दिदा सेरागाउँका ९ बर्षकी ममिता सारुको ज्यान गएको हो । ... बाँकी अंश»

जेठी हुँदाहुदैं कान्छी हुन आउने र ल्याउने दुवै प्रहरी खोरमा

२०७५ फाल्गुण ५ आइतबार, पाँचथर । घरमा जेठी श्रीमती हुँदाहुदैं कान्छी श्रीमती बिवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

जहाँ दाजुभाइको अंशका रुपमा बाँडिन्छ गाउँ

२०७५ फाल्गुण ५ आइतबार, सिरहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ । ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय ) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् । ... बाँकी अंश»

साठी हजार घुस लिदालिदै सबईन्जिनियर रंगेहात पक्राउ

२०७५ फाल्गुण ५ आइतबार, कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साठी हजार घुस सहित बेलौरी नगरपालिकाका सवईन्जिनियर हृदयराज बजगाईलाई रंगेहात पक्राउ गरेको छ । ... बाँकी अंश»

खलङ्गा रिम्ना सडक: यात्रु, चालक सबै डरमा

२०७५ फाल्गुण ५ आइतबार, जाजरकोट । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो ।भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र हो खलङ्गा रिम्ना सडकखण्ड । ... बाँकी अंश»

लुगा सिलाउन भन्दै हिडेकी साबित्राको शव भेटियो खोलामा

२०७५ फाल्गुण ५ आइतबार, बेलबारी । मोरङको पथरी शनिश्चरेस्थित जंगलमा शुक्रबार मृत भेटिएकी झापा मेचिनगर धुलाबारी घर भै हाल काठमाडौ बस्दै आएकी ५२ बर्षकी साबित्रा खतिवडाको कसले हत्या गरी फाल्यो भन्ने अहिले सम्म खुल्न सकेको छैन । ... बाँकी अंश»

नयाँ