स्थानीय

सत्तारुढ नेकपाको मजदुर संघमाथि ट्रेड युनियन कांग्रेसको शानदार जित

२०७६ भदौ ३१ मंगलबार, पर्सा । वीरगन्जको हिमालयन डिष्टिलरी प्रालिको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघले शानदार जित हासिल गरेको छ ।  ... बाँकी अंश»

महाकाली नदीमा हाम फालेर ३० वर्षे युवा बेपत्ता

२०७६ भदौ ३१ मंगलबार, दार्चुला । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छ्न् । ... बाँकी अंश»

बाह्र वर्ष अघि १४ जनाको ज्यान लिएको घटनाका पीडितले अझै न्याय पाएनन्, जाने कहाँ ?

२०७६ भदौ ३१ मंगलबार, कपिलवस्तु । नेपालको इतिहासमै कलङ्कका रुपमा रहेको कपिलवस्तु घटनाको १२ वर्ष बितेको छ । विसं २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेपछि भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । ... बाँकी अंश»

आजित बने पर्यटकहरु मगन्तेदेखि, के सन्देश लिएर जालान् ?

२०७६ भदौ ३१ मंगलबार, चिप्लेढुङ्गा । आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । ... बाँकी अंश»

गरिमा बैंकबाट खानेपानीलाई फिल्टर सहयोग

२०७६ भदौ ३० सोमबार, स्याङ्जा । बैंकहरु कमाउने मात्र होइन सामाजिक सहयोगमा पनि तल्लिन हुन्छन् भन्ने उदाहरण देखिन थालेको छ । यसको उदाहरण देखाउने बैंक हो गरिमा विकास बैंक । स्याङ्जाको वालिङबाट स्थापना भएको गरिमा विकास बैंक लिमिटेडले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई फिल्टर सहयोग गरेर सामाजिक उदाहरण प्रस्तुत गरेको छ । ... बाँकी अंश»

धनकुटाको ७ पालिका र जिल्लामा जागरण अभियान

२०७६ भदौ ३० सोमबार, धनकुटा । राष्टिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम अनुसार धनकुटाका ७ वटा पालिका र जिल्ला सदरमुकाम धनकुटा बजारमा भव्य रुपमा कार्यक्रम गर्ने सोमबार नेपाली कांग्रेस धनकुटाले जनाएको छ । ... बाँकी अंश»

हिमाली जिल्ला मनाङमा अस्पताल निर्माणको योजनाकार थिए टेकबहादुर

२०७६ भदौ ३० सोमबार, मनाङ । हिमालपारीको जिल्ला मनाङमा एक सुविधा सम्पन्न अस्पताल चीन सरकारले बनाईदिने भएपछि मनाङबासी गौरवान्वित बन्न पुगेका छन् । ३५ करोड रुपैयाँको लागतमा चीन सरकारले उक्त अस्पताल बनाईदिन प्रक्रिया अगाडि बढाएपछि मनाङबासीहरु खुशी देखिएका हुन् । ... बाँकी अंश»

जेलभित्रै राजनीतिः विप्लव समूहका राई जेलबाटै नेकपामा छिरेको सूचना आयो  

२०७६ भदौ ३० सोमबार, फिक्कल । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । ... बाँकी अंश»

बस दुर्घटनामा २७ यात्रु घाइते, छ जनाको अवस्था मध्यम    

२०७६ भदौ ३० सोमबार, दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । ... बाँकी अंश»

हृदयघातले ४० वर्षे छोराको मृत्यु भएपछि वियोग सहन नसकेका पिताद्धारा आत्महत्या

२०७६ भदौ ३० सोमबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं। १० हेक्लाङ्गमा छोरो गुमाएको शोकमा एक बृद्ध बुवाले आत्महत्या गरेका छन् । ... बाँकी अंश»

गाउँपालिका अध्यक्ष साउदमाथि गोली प्रहार

२०७६ भदौ ३० सोमबार, अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार गरिएको छ । ... बाँकी अंश»

पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका

२०७६ भदौ ३० सोमबार, जिरी । दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । ... बाँकी अंश»

घरबहालमा बस्नेले हेरौ, यस्तो छ प्राधिकरणको महसुल दर

२०७६ भदौ २९ आइतबार, प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क रु १०० र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क रु १२५ र प्रतियुनिट रु ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १५० प्रतियुनिट रु १२ र त्यसभन्दा माथि सेवा शुल्क रु १७५ र प्रतियुनिट रु १३ का दरले तिर्नुपर्ने व्यवस्था छ । ... बाँकी अंश»

प्रमाण नपुगेपछि गाउँपालिका अध्यक्ष गिरी विरुद्धको बहुविवाह मुद्धा दर्ता नै भएन

२०७६ भदौ २९ आइतबार, प्यूठान। गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कार्वाही नहुने भएको छ ... बाँकी अंश»

मन्त्री यादवकी छोरी छोडेर अर्की ल्याउने सांसद साहको पद धरापमा

२०७६ भदौ २९ आइतबार, सर्वोच्चले गत भदौ ८ गते उच्च अदालत जनकपुरको आदेश अनुसार १ वर्षको सजाय मध्ये ३ महिना २७ दिनसम्म सभासद साह कारागारमा रहिसकेको र बाँकी ८ महिना ३ दिन कारागारका लागि दिनको ३ सय रुपैयाँको दरले ७४ हजार ४ सय र ५ हजार जरिवानासहित जम्मा ७९ हजार ४ सय रुपैयाँ बुझाइसकेको पत्र उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषालाई पठाइसकेका छन । ... बाँकी अंश»

   शैक्षिक सुधारका लागि गाउँपालिकाद्वारा ९७ बुँदे कार्ययोजना 

२०७६ भदौ २९ आइतबार, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । ... बाँकी अंश»

चरेस, गाँजा र कारसहित पाँच जना पक्राउ

२०७६ भदौ २९ आइतबार, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९०० ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ । ... बाँकी अंश»

मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु

२०७६ भदौ २९ आइतबार, कोहलपुर । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । ... बाँकी अंश»

ट्रक र ट्र्याक्टरले हानेर दुई मोटरसाइकल चालकको मृत्यु 

२०७६ भदौ २९ आइतबार, चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । ... बाँकी अंश»

एक हल गोरु र तीन गाईलाई मार्यो चट्याङले 

२०७६ भदौ २९ आइतबार, दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । ... बाँकी अंश»

नयाँ