स्थानीय

जनताको सेवा गर्न राजनीति गरेका वडाध्यक्ष कुमाल करणी मुद्दामा थुनामा 

२०७५ माघ २९ मंगलबार, दमौली । बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् ।  ... बाँकी अंश»

कांग्रेसको बृहत् वनभोज

२०७५ माघ २९ मंगलबार, झापा । झापाको कमल गाउँपालिका ३ स्थित बाल्मिकी पर्यटन क्षेत्रमा नेपाली कांग्रेस कमल गाउँ समितिको आयोजनामा सोमबार वनभोजसहितको बृहत कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । ... बाँकी अंश»

व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्नु ठीक हैन

२०७५ माघ २९ मंगलबार, खोटाङ । सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताएका छन् ।  ... बाँकी अंश»

बुद्धभुमिमा सार्वजनिक सुनुवाई

२०७५ माघ २८ सोमबार, कपिलवस्तु । बुद्धभुमि नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महांसघको समन्वमा बुद्धभुमि न पा १ टिक्करमानगरपालिकाको चौमासिक सार्वजनीक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाइृमा नागरिकले टोल फि नम्बर सुचारु गर्नु पर्ने कृषि र पशुमा लगानी गर्नु पर्ने , विदालयमा सेनेटरी प्याडको ब्यावस्था हुनु पर्ने ,गुणस्तरीय काम हुनु पर्ने तथा पारदर्शी हुनु पर्ने रोगजारी मुलक उद्योग खोलेर युवाहरुलाई रोगार दिने कार्यक्रम संचालन गर्न माग गरेका थिए । भ्रष्टचार अन्त्य गर्न आफुवाटै शुरु गर्नु प्रर्ने लगाएका सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महांसघका सदस्य मनिश कार्किले नागरिक प्रतिबेदन पेश गरेका थिए । ... बाँकी अंश»

वडाध्यक्षले मनोमानी कार्यालय सारेपछि नगर प्रमुखलाई ज्ञापन पत्र

२०७५ माघ २८ सोमबार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–२ र ३ वडाका स्थानीयहरुले मनोमानी रुपमा दुवै वडाका अध्यक्षहरुले आफु अनुकुल कार्यालय सारेको प्रति असन्तुष्ट जनाउदै शुक्रबार बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहलाई वडा कार्यालय साविकको ब्रहमतोला गाविसमा राख्न माग गर्दै ज्ञापन पत्र बुझाएको स्थानीय जयराज उपाध्यायले बताए । ... बाँकी अंश»

आँधीखोलालाई चिनाउन महोत्सव हुने

२०७५ माघ २८ सोमबार, स्याङ्जा । स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा प्रथम स्याङ्जा आँधीखोला महोत्सव हुने भएको छ । पौराणिक कथनमा आँधीखोलाको महत्वलाई देश बिदेशमा प्रचार गर्ने उद्देश्यले फागुन १७ देखि २६ सम्म महोत्सव गर्न लागिएको हो । ... बाँकी अंश»

हचुवा र पहुँचका भरमा योजना छनोटको आरोप

२०७५ माघ २८ सोमबार, तम्घास ।आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् । उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन नमिलेको, प्रदेशले स–साना योजना छान्ने गरेको, विधिसम्मत रुपमा योजना तलबाट छानेर माथि जानुपर्ने अवस्थामा पहुँचको आधारमा सोझै माथिबाट योजना छान्ने परिपाटी गलत भएको उनीहरुले टिप्पणी गरेका छन् । ... बाँकी अंश»

स्थानीय तहका उजुरी धेरै

२०७५ माघ २८ सोमबार, राँझा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहका उजुरी धेरै परेका छन् । सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेले स्थानीय तहका १२७ उजुरी परेको बताउनुभयो । उहाँका अनुसार अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जले चालू आर्थिक वर्षमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा बाँकेको रहेका छन् । ... बाँकी अंश»

राजश्व छली गर्ने वडाध्यक्ष र सचिवलाई कारवाहीको माग

२०७५ माघ २८ सोमबार, जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र साह र वडा सचिव गौरीशंकर साहको मिलेमतोमा राजश्व छली हुने गरेको खुलासा भएको छ । ... बाँकी अंश»

दोहोरो वृद्धभत्ता लिनेमा नेकपाका नेताका बाबुआमा

२०७५ माघ २८ सोमबार, उर्लाबारी। ज्येष्ठ नागरिकलाई सरकारले सम्मान स्वरुप प्रदान गरेको वृद्ध भत्तामा समेत नेकपाका स्थानीय नेताहरूले लोभ गरेको भेटिएको छ ।  ... बाँकी अंश»

शिक्षिका नागमतीले पाइन न्याय 

२०७५ माघ २७ आइतबार, पुनर्वास। डेढ वर्ष देखि तलबभत्ता नपाएकी कञ्चनपुरकि एक शिक्षिकालाई पारिश्रमिक दिन जिल्ला अदालतले फैसला सुनाएको छ। पुनर्वास नगरपालिका २ स्थित अरनिको आधारभुत विद्यालयमा राहत कोटामा अध्यापन गर्दै आएकी शिक्षिका नागमती रानाले डेढ वर्ष देखि ... बाँकी अंश»

काष्ठमण्डपका स्तम्भ कार्यस्थलमा

२०७५ माघ २७ आइतबार, काठमाडौं। विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ। हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त स्तम्भलाई विधिविधानपूर्वक पूजा गरेपछि सेना, स्थानीयलगायत सहयोगमा डोरीले बाँधेर कार्यस्थ ... बाँकी अंश»

जीपी कोइराला फाउण्डेसन वीरगञ्जमा पनि, ३ कोइरालाले ४ गते उद्घाटन गर्दै 

२०७५ माघ २७ आइतबार, काठमाडौं। जीपी कोइराला फाउण्डेसनले पर्सा बीरगञ्जमा आफ्नो शाखा खोलेको छ । आईतबार मोहम्मद शहाबुद्धीनको अध्यक्षतामा ... बाँकी अंश»

पानीले इँटा नष्ट

२०७५ माघ २७ आइतबार, धादिङ। लगातार तीनदिनको वर्षाका कारण यहाँका उद्योगमा पकाउन राखेका करोडौँका इँटा नष्ट भएका छन्। पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा काम नै नलाग्ने गरी बिग्रएपछि उद्योग सञ्चालक समस्यामा परेको इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज गजुरेलले बताए। ... बाँकी अंश»

सेनाद्वारा पुस्तकालय हस्तान्तरण

२०७५ माघ २७ आइतबार, भीमदत्तनगर। नागरिक–सैनिक सम्बन्ध सुदृढीकरणका लागि नेपाली सेनाले आज सरस्वती पूजाको दिन विद्यालयलाई पुस्तकालय बनाएर हस्तान्तरण गरेको छ। सेनाको भगतपुर ब्यारेकस्थित सिंहशार्दुल गुल्मले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा रहेको शान्ति माध्यमिक विद्यालयमा पुस्तकालय हस्तान्तरण गरेको हो। ... बाँकी अंश»

'भवन निर्माण मापदण्ड' सम्पदा स्थललाई धरासायी बनाउने खेल 

२०७५ माघ २७ आइतबार, काठमाडौ‌। काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्ड २०७५ सम्पदा संरक्षणमा प्रतिकूल हुनेगरी आएकोमा सम्पदाप्रेमीहरुले आपत्ति जनाएका छन। पुरातत्व बिभागले ल्याएको प्राचीन स्मारक संरक्षण ऐनलाई नजरअन्दाज गरी काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्डले प्राचिन स्मारक, सम्पदा स्थल र पु ... बाँकी अंश»

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

२०७५ माघ २७ आइतबार, बैतडी। चट्याङले जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। बुधबार हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध गराएको थियो। ... बाँकी अंश»

व्याट्री पड्किँदा दुवै आँखा बन्द

२०७५ माघ २७ आइतबार, हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । ... बाँकी अंश»

चितवन नवलपुर प्रसारक मञ्च गठन

२०७५ माघ २७ आइतबार, भरतपुर । चितवन र नवलपुरमा रहेका रेडियो र टेलिभिजन सञ्चालकहरुको भेलाले चितवन नवलपुर प्रसारक मञ्च गठन गरेको छ । मञ्चको अध्यक्षमा रेडियो भरतपुरका अध्यक्ष नविनराज पौडेल चयन भएका हुन् ।  ... बाँकी अंश»

चट्ययाङले घर जलेर खरानी 

२०७५ माघ २७ आइतबार, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्याङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको हो ।  ... बाँकी अंश»

नयाँ