स्थानीय

अन्योलमा स्थानीय ऐन : कुरै उठाउँदैनन् सांसद्, विधेयकमा हस्ताक्षर गर्नै मान्दिनन् सभामुख

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । गत आईतबार ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले राजश्व सचिव शिशिर ढुंगानासँगको टेलिफोन वार्तागरेपछि ललितपुर महानगरपालिकाले आफ्नो पूर्व निर्णयबाट पछि हट्दै पुरानै अवस्थामा २ प्रतिशत कर उठाउन सुरु गर्‍यो । ... बाँकी अंश»

काठमाडौं महानगरपालिकामा आजदेखि घरजग्गा कर उठाउन रोक 

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्रभित्र घरजग्गा कर उठाउन रोक लगाएको छ । बजेट बनाउने समयमा घरबहालको सम्बन्धमा गम्भीर प्राविधिक त्रुटी देखिएपछि महानगरपालिकाले बुधबार नै एउटा परिपत्र जारी गरी तत्कालको लागि कर उठाउन रोक लगाईएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।  ... बाँकी अंश»

स्थानीय जनप्रतिनिधिले पनि सम्पत्तिको विवरण बुझाउनुपर्ने

२०७४ श्रावण ११ बुधबार, काठमाडौँ। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ । भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्रमुख पर्शुराम पोखरेलले जानकारी दिए । ... बाँकी अंश»

काठमाडौं महानगरपालिकाका व्यवसायीहरु ललितपुरतिर 'सिफ्ट' !

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । वानेश्वरमा ५ वर्षदेखि कम्प्युटर रिपेयर सेन्टर सञ्चालन गरिरहेका धादिङका सुदीप खनाललाई गत आईतबार विहानै घरबेटीले कर बढेको खबर सुनाए । यही पारा चलिरहने हो भने अहिले तिर्दै आएको शुल्कमा १० प्रतिशत बढी भाडा तिर्नुपर्छ भनेपछि उनी यो व्यवस्थाको अन्त्य नभए काठमाडौं छाडेर नजिकैको अर्काे ठाउँमा सेन्टर सार्ने तयारीमा रहेको बताए ।  ... बाँकी अंश»

एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

२०७४ श्रावण ११ बुधबार, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । ... बाँकी अंश»

राजश्व सचिवसँगको कुराकानीपछि ललितपुरले बढाएन घरबहाल कर, यस्तो भयो समझदारी

२०७४ श्रावण ९ सोमबार, काठमाडौं । राजश्व सचिव शिशिर ढुंगानासँगको टेलिफोन वार्तापछि ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४ ७५मा घरबहाल कर शीर्षकमा उठाउने भनिएको १२ प्रतिशत कर तत्कालको लागि नउठाउने भएको छ । यस अघि २ प्रतिशत उठाउँदै आएको महानगरले गत असार ३१ गतेको पहिलो नगरकार्यसमितिको बैठकबाट आन्तरिक राजश्व विभागले पनि उठाउँदै आएको १० प्रतिशत समेत समेत समेटेर १२ प्रतिशत कर उठाउने निर्णय गरेको थियो । तर तत्कालको लागि २ प्रतिशत मात्रै कर उठाईने भएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।   ... बाँकी अंश»

काठमाडौंको जिल्ला समन्यव समिति २९ साउनसम्म चयन गर्नैपर्ने

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । काठमाडौंको जिल्ला समन्वय समिति साउन २९ गतेभित्र चयन गरिसक्नुपर्ने भएको छ । मुख्य निर्वाचन अधिकारीको कार्यालय स्थापना भएको २१ दिनभित्र समन्वय समिति गठन गर्नैपर्नै बाध्यता आएको हो । आईतबार कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले अबको ५ दिनभित्र निर्वाचन तालिका सार्वजनिक हुने बताए। ... बाँकी अंश»

ललितपुर महानगरपालिकाभित्र करको दरमा परिवर्तन, के-केमा भए परिवर्तन ? 

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४ ७५ को लागि करदाताको दायरा बढाउने क्रममा केही शीर्षक भित्रपर्ने करको दरमा परिवर्तन गरेको छ । चालू आर्थिक वर्षकोलागि महानगरपालिकाले व्यवसाय कर, सफाई महसुल, विज्ञापन कर, सिफारिस दस्तुर र घर बहाल कर शीर्षकको दरमा केही परिवर्तन गरेको हो ।  ... बाँकी अंश»

महानगरपालिकाको कर वृद्धिप्रति चेम्बरको आपत्ति

२०७४ श्रावण ४ बुधबार, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनाइएको आर्थिक ऐन, २०७४ मा आर्थिक वर्ष २०७४-७५ का निम्ति स्थानीय कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न गरिएको अत्यधिक कर वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

पराजुलीले पनि प्रभाव छोड्न थाले : विराटनगर महानगर क्षेत्रका १४ सडक चिल्ला पारिँदै

२०७४ श्रावण ४ बुधबार, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकै पटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको छ । नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत सडक व्यवस्थित एवं पुनःनिर्माण हुन लागेको हो । ... बाँकी अंश»

ललितपुर महानगरले तत्काल १२ प्रतिशत घरबहाल कर नउठाउने 

२०७४ श्रावण ४ बुधबार, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्रका करदाताहरुसँग तत्काल १२ प्रतिशत बहालकर नउठाउने भएको छ । स्थानीय तहको संविधान प्रदत्त अधिकार भएपनि महानगरबासीलाई महानगर र राजश्व विभागले समेत कर उठाउँदा दोहोरो कर लाग्नसक्ने भएकोले अर्थमन्त्रालयसँग समन्वय गरेर मात्रै कर उठाउने भएको हो ।  ... बाँकी अंश»

भवन निर्माणमा काठमाडौंको पहिचान झल्काउनुहोस् : प्रधानमन्त्री

२०७४ श्रावण ४ बुधबार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको मौलिक पहिचान झल्किने गरी संरचनाहरु निर्माण हुनेगरी नीति ल्याउन निर्देशन दिएका छन् । ... बाँकी अंश»

विराटनगर महानगरपालिकाले नगरक्षेत्रका १४ वटा सडकको स्तर उन्नती गर्ने

२०७४ श्रावण ४ बुधबार, विराटनगर ।विराटनगर महानगरपालिकाले विराटनगरक्षेत्रको विकासका लागी एकैपटक १४ वटा सडकको स्तरउन्नतीका लागी काम शुरु गरेको छ । नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत उक्त सडक व्यवस्थिन एंव पुन निर्माण हुन लागेको हो । ... बाँकी अंश»

केन्द्र-स्थानीय सरकारबीचको द्वन्द्व  : १२ प्रतिशतको बहाल कर अब २२ प्रतिशत तिर्नुपर्ने

२०७४ श्रावण ४ बुधबार, काठमाडौं । केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा विभिन्न शीर्षकमा जनताबाट उठाईने दोहोरो करको प्रत्यक्ष मारमा भने उपभोक्ताहरु पर्न थालेका छन् । अहिले दुबै निकायबाट आ आफ्नो तरिकारले बहालकर उठाउँदा १२ प्रतिशत कर तिर्दै आएका करदाताहरु अब २२ प्रतिशत कर तिर्न बाध्य भएका छन् ।  ... बाँकी अंश»

रत्नपार्कको बाटोमुनि यस्तो लूट, गुमिरहेको आधा करोड उठाउन सक्लान् जनप्रतिनिधिले ?

२०७४ श्रावण ४ बुधबार, काठमाडौं ।शौचालय सञ्चालन गरेबापत वार्षिक जम्मा १५ सय रूपैयाँ मात्रै लिर्इदै आएको महानगरपालिका भित्रको एउटा शौचालयलाई टेण्टर प्रक्रियामा लैजाँदा १३ लाख पाँच हजार नौ सय ९६ रूपैयाँ वार्षिक तिर्ने गरी टेण्डर पर्‍यो । त्यस्तै, डेढलाखको हाराहारीमा उठाइँदै आएको रत्नपार्कको शहरी सेवा केन्द्रको शौचालयको टेण्डर खोल्दा ४८ लाखको टेण्डर पर्‍यो ।  ... बाँकी अंश»

न्यूनतम आधार नै नभएका ठाउँमा जनप्रतिनिधिका ठूलै कुरा, स्मार्ट सिटी कसरी बनाउने छलफल गर्दै नगरप्रमुखहरु

२०७४ श्रावण ४ बुधबार, धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । ... बाँकी अंश»

काठमाडौंमा झण्डै १२ प्रतिशतले घट्यो मूल्यबृद्धि, पहाडको बजार सबैभन्दा महंगो 

२०७४ श्रावण ४ बुधबार, काठमाडौं । तपाईँलाई लाग्छ काठमाडौंमा महंगी एकदमै न्यून भएको छ भन्नेमा ? लाग्दैन भने पनि अब विश्वास गर्नै पर्छ । किनभने केन्द्रीय बैंकले यो वर्षको पहिलो ११ महिनाको विश्लेषणको आधारमा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।  ... बाँकी अंश»

काठमाडौं महानगर क्षेत्र भित्र ४ गुणासम्म घट्यो घरजग्गा कर  

२०७४ श्रावण ३ मंगलबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापक रुपमा घरजग्गा करको दर घटाएको छ । महानगरपालिकाले २०७३ साल अघिसम्मको व्यवस्थामा स्थानीय स्वायत्त शासन नियमावलीको सातौं संशोधनले गरेको केही असमान नीतिलाई संशोधन गर्दै घरजग्गा करको दरमा समानता समेत ल्याएको छ ।  ... बाँकी अंश»

महानगरको आर्थिक ऐनले यसरी रोक्दैछ काठमाडौंमा राजश्व चुहावट

२०७४ श्रावण २ सोमबार, काठमाडौं । नयाँ जनप्रतिनिधिहरु आएपछि काठमाडौं महानगरपालिकाको राजश्व प्रशासनमा देखिएका सानातिना समस्याहरु समेत सुल्झाउन सक्नेगरी आर्थिक ऐनमा केही व्यवस्थाहरुलाई परिवर्तन गरिएको छ । महानगरपालिकाको गत ३१ असारमा पारित आर्थिक ऐनमा केही यस्ता व्यवस्थाहरु गरिएको छ जसले महानगरपालिकाको राजश्व संकलनमा देखिएका केही समस्याहरुलाई समेत सम्बोधन गर्ने विश्वास गरिएको छ ।  ... बाँकी अंश»

काठमाडौं महानगरपालिकाले चुनावबाट छान्यो न्यायिक समिति सदस्य, ललितपुरमा सर्वसम्मत

२०७४ श्रावण २ सोमबार, काठमाडौं । श्रावण १ गते राष्ट्रिय सभा गृहमा सम्पन्न काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ववी परियार र सरोज ढकाल निर्वाचित भएका छन् । नगर सभा सदस्य १ सय ६२ जना मतदाता रहेको निर्वाचनबाट वडा नं। १६ वडा दलित सदस्य, ववी परियारले ९८ र वडा नं ३१ का वडा सदस्य सरोज ढकालले ९५ मत प्राप्त गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । उनीहरु दुबै जना गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।  ... बाँकी अंश»

नयाँ