स्थानीय

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

२०७५ माघ २१ सोमबार, काठमाडौं । सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको थियो । ... बाँकी अंश»

पहिलाका मेयरले पोखरी मिचे, ललितपुरका मेयर चिरिवाबु संरक्षणमा जुटे  

२०७५ माघ २१ सोमबार, ललितपुर। ललितपुर पुलचोकको कमलपोखरी मिचेर भवन निर्माण गरेको तत्कालिन ललितपुर नगरपालिका (हालको महानगर) यतिबेला आफैं ललितपुरका पोखरी संरक्षण गर्न लागेको छन्। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले महानगर भवनले पोखरी मिचेको विषयमा भने केही बोलेनन्। तर पूर्णचण्डी पोखरी लगनखेलको न्हूःपुखु पुनःनिर्माणका लागि करीब २ करोड बजेट व्यवस्था गरिएको बताए। ... बाँकी अंश»

काखको छोरो गुमाएपछि आक्रोशित अभिभावकले फोडे सिटी अस्पताल

२०७५ माघ २१ सोमबार, झापा । दुई वर्षीय बालकको मृत्यु भएपछि मृतकका अभिभावक र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका छन्। अस्पतालको लापरबाहीले २ वर्षीयका जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको भन्दै बिर्ता सिटी हस्पिटलमा तोडफोड गरेका हुन् । ... बाँकी अंश»

'लोकतन्त्रवादीहरु एक हुनुको विकल्प छैन'

२०७५ माघ २१ सोमबार, धनुषा । वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य एवम नेपाली कांग्रेसका नेता बजरंग प्रसाद साहले आगामी समय चुनौतीपुर्ण भएकोले पत्रकारहरुको भुमिका महत्वपुर्ण भएको बताएका छन । वीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार आयोजना गरेको कार्यक्रममा जनकपुरधाम नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका साहले वर्तमान सरकार लोकतन्त्रलाई समाप्त पार्न तर्फ उन्मुख भएकोले लोकतन्त्रवादीहरु एक हुनुको विकल्प नरहेको बताए । ... बाँकी अंश»

सदरमुकामको विवादले तनाब, रुकुमकोटमा प्रवेश निषेधाज्ञा

२०७५ माघ २१ सोमबार, रुकुम पूर्व । सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि प्रवेश निषेधाज्ञा जारी गरेको हो ।  ... बाँकी अंश»

सरकार विरुद्ध तात्यो स्याङ्जा काँग्रेस,‘जनतालाई ढाटेर शासन गर्न कम्युनिष्ट सफल’

२०७५ माघ २१ सोमबार, स्याङ्जा। देशभर काँग्रेस सरकार विरुद्ध सडक आन्दोलन गरिरहेका बेला स्याङ्जा काँग्रेस पनि तातेको छ। नेपाली का“ग्रेसको आव्हानमा सरकार बिरुद्ध शुरु भएको सडक आन्दोलनका क्रममा स्याङ्जा का“ग्रेसले जिल्ला सदरमुकाममा बृहत र्‍याली प्रदर्शन गरेको छ। सरकार बिरुद्ध कडा नारा लगाउ“दै का“ग्रेस समर्थित कार्यकर्ताले सदरमुकामका प्रमुख भागको परिक्रम गरेका थिए। ... बाँकी अंश»

सोलुखुम्बुमा गगन र बलबहादुरले काँग्रेसमा भित्र्याए डेढसय नेकपा कार्यकर्ता

२०७५ माघ २० आइतबार, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नेकपाका झण्डै डेढ सय कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

गुल्मीमा जीप दुर्घटना : ठाकुर सापकोटा र पुतली ठकुरीको मृत्यु

२०७५ माघ २० आइतबार, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका ८ वामी मैदानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । ८३५७ ग १ च नम्वरको ठाकुर सापकोटाको गाडी मैदान चौपारीबाट करिव १ सय ५० मिटर तल खसेको छ । ... बाँकी अंश»

गाउँबाटै १ सय २७ जनाले लिए नागरिकता

२०७५ माघ २० आइतबार, पाल्पा(माथागढी) । विगतमा नागरिकता बनाउन सदरमुकाम जानुपर्दा आजित भएका स्थानीयहरु गाउँबाटै नागरिकता पाएपछि खुसी भएका छन् । ग्रामीण भेगका जनतालाई गाउँबाटै सेवा प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरिएको एकिकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमबाट नागरिकता र मतदाता नामवली दर्ता गर्न पाएपछि माथागढी गाउँपालिका ५ हात्तिलुङ्गका स्थानीयहरु खुसी भएका हुन् । ... बाँकी अंश»

मालपोतका नासु घुससहित पक्राउ

२०७५ माघ २० आइतबार, महोत्तरी । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् ।  ... बाँकी अंश»

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

२०७५ माघ २० आइतबार, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

दशगजामा भारतले डोजर चलायो, ओली सरकार हेरेको हेर्‍यै

२०७५ माघ १९ शनिबार, पुनर्वास। कञ्चनपुरको पुनर्वासको दशगजा नजिकै अन्तराष्ट्रिय मान्यता बिपरित भारतीय पक्षले पुन नाला बनाउन शुरु गरेको छ। भारतीय वनबिभागले खनेको नालाको स्थानीय नेपाली पक्षको बिरोध पछि स्थगन गरिएपनि नौ दिनपछि शनिबार दिउँसो देखि पुनः भारतय पक्षले सहमति बिनै खन्न सुरु गरेको छ।  ... बाँकी अंश»

हलिया बस्तीमा चरम खानेपानी समस्या

२०७५ माघ १९ शनिबार, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकको साहस बस्तीमा बसोवास गरिरहेका हलिया परिवारले खानेपानीको चरम समस्या झेलिरहेका छन्।  ... बाँकी अंश»

झापामा बालमहोत्सवको रौनक 

२०७५ माघ १९ शनिबार, झापा। दमकमा जारी प्रदेशस्तरिय बालमहोत्सवमा अवलोकनकर्ताहरुको आर्कषण बढ्दै गएको छ। महोत्सव अवलोकनका लागि विभिन्न क्षेत्रबाट सर्वसाधारणहरु आउने क्रम बढ्दै गएको छ। बालबालिकालाई लक्षित गरी शुरु गरिएको बृहत बालमहोत्सव ... बाँकी अंश»

सहमति तोड्दै दशगजामा नाली बनाउने भारतको पुनः तयारी

२०७५ माघ १९ शनिबार, पुनर्वास। कञ्चनपुरको पुनर्वासस्थित नेपाल भारत सीमाको दशगजामा भारतीय पक्षले एकपक्षीय रूपमा निर्माण गरिरहेको नाली र डिलको काम रोक्न यसअघि गरेको सहमति बिपरित पुनः काम अघि बढाउने तयारी सुरु गरेको छ।  ... बाँकी अंश»

दमकमा लोकतान्त्रिक व्यवसायीहरु संगठित

२०७५ माघ १८ शुक्रबार, दमक। नेपाली कांग्रेस निकट दमकका उद्योगी, व्यवसायीहरु संगठित भएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा शुक्रबार वनभोजसहितको उद्योगी, व्यवसायीहरुको वृहत भेलाले ववरजंग थापा ( किरण ) को संयोजकत्वमा लोकतान्त्रिक उद्योग वाणिज्य संघ दमक गठन गरेका हुन् । ... बाँकी अंश»

पुल निर्माणसँगै स्थानीय खुसी

२०७५ माघ १८ शुक्रबार, डडेल्धुरा । डडेल्धुरा नवदुर्गा गाउँपालिकाको धनगाडमा पक्की मोटरेवल पुल निर्माण हुँदा स्थानीय वासीन्दा खुसी भएका छन् । जिल्ला सदरमुकामसँग गाउँपालिकालाई जोड्ने धनगाड रुपाली गाडमा पक्की मोटरेवल पुल निर्माण हुँदा खोलामा आवत जावतका लागि सहज भएको भन्दै नवदुर्गा गाउँपालिकाका स्थानीय वासीन्दा खुसी भएका हुन् । ... बाँकी अंश»

अवैध अमेरिकी डलरसहित काठमाडौंबाट इजरायली नागरिक पक्राउ

२०७५ माघ १८ शुक्रबार, काठमाडौँ । प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई बिहीबार पक्राउ गरेको छ ।  ... बाँकी अंश»

पहिरोमा पुरिएर ओडारमा हराएका दुई जना मृत फेला

२०७५ माघ १८ शुक्रबार, धादिङ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् ।  ... बाँकी अंश»

स्थानीय तहको आम्दानी एक प्रतिशत मात्र, सधैं केन्द्रसँग भर पर्नु पर्ने

२०७५ माघ १७ बिहिबार, काठमाडौं । संविधानले स्थानीय तहलाई सरकारकै हैसियत दिएको छ । तर सरकारको हैसियत पाएका स्थानीय तहले आफ्नो आम्दानी जुटाउनै सक्दैनन् । सधै केन्द्रिय सरकारको भर पर्नु पर्छ । अधिकांश गाउँपालिका तथा नगरपालिकाहरूले आन्तरिक आम्दानी एक प्रतिशत कटाउन सकेका छैनन् । आन्तरिक आम्दानी गर्न नसक्दा स्थानीय सरकारले संघीय सरकारको मुख ताक्नु परेको छ । ... बाँकी अंश»

नयाँ