स्थानीय

संगठन विस्तार गर्दै पाल्पा कांग्रेस, पार्टीमा योगदान गरेकालाई सम्मान

२०७५ फाल्गुण ३ शुक्रबार, पाल्पा । नेपाली कांग्रेस पाल्पाले जिल्लाभर पार्टी संघठन सुदृढिकरण, संघठन विस्तार, प्रशिक्षण, आम भेला, पुराना नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै, युवाहरुलाई जागरुप अभियान सञ्चालन गरेको छ । अब गाउँ, गाउँ, घर घरमा कांग्रेस, टोल टोल टोलमा कांग्रेसको कार्यालय, चोक चोकमा कांग्रेसका गतिविधि जस्ता अभियान लिएर पाल्पाका १० गाउँपालिकाको ८१ वटै वडामा नेपाली कांग्रेस पाल्पाले गतिविधीलाई सक्रिय बनाएको छ । ... बाँकी अंश»

बास छ, लालपुर्जा छैन !

२०७५ फाल्गुण ३ शुक्रबार, दुल्लु । सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान भने पुग्न सकेको छैन । नारायण नपा–१ कुईकानास्थित रातामाटेमा बसोबास गर्दैआएका दलित वस्तीसँग लालपुर्जा भने छैन । लालपुर्जा नहुँदा यो वस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकहरुको दैनिकी रात अन्धकारमा दिन अरुको मजदुरीमा बित्ने गरेको छ । ... बाँकी अंश»

पुनर्वास सुनकाण्ड : थप ५ किलो ६०० ग्राम सुन बरामद, प्रकरणमा प्रहरी नै संलग्न

२०७५ फाल्गुण ३ शुक्रबार, पुनर्वास । भारतबाट अवैध सुन भित्र्याएर पुनर्वास नगरपालिका २ स्थित दशरथबस्तीमा घरभित्र गाडेको अबस्थामा सुन बरामद गरेको केही घन्टा भित्रै प्रहरीले थप ५ केजी ६०० ग्राम सुन बरामद गरेको छ । भारतबाट अबैधरुपमा नेपाल भित्र्याइएको सुन काण्डमा नेपाल प्रहरीका जवान सुरज तिरुवा संलग्न रहेको रहस्य खुलेको छ । ... बाँकी अंश»

सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट, आगो निभाउन जाँदा वृद्धा जलिन्

२०७५ फाल्गुण ३ शुक्रबार, सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–६ मा सोलारको ब्याट्री पड्किँदा दुई घर जलेर नष्ट भएको छ । बिहीबार भएको आगलागीबाट ७३ वर्षीय पूर्णबहादुर भुजेलका दुई घर जलेर नष्ट भएको हो ।  ... बाँकी अंश»

कञ्चनपुरको क्षेत्र नम्बर १ मा कांग्रेसको चक्काजाम 

२०७५ फाल्गुण ३ शुक्रबार, पुनर्वास । सरकारले निर्धारण गरेको उखुको मूल्य कृषकले पाउनु पर्ने र पुनर्वासको डोकेबजारमा भएको भारतीय सीमा अतिक्रमण रोक्न सरकारले बेवास्था गरेको भन्दै नेपाली काँग्रेसले शुक्रबार बिहान दुई घन्टा चक्काजाम गरेको छ ।  ... बाँकी अंश»

परकम्प हैन नयाँ भूकम्प गयो 

२०७५ फाल्गुण ३ शुक्रबार, काठमाडौँ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर बिहीबार ४.६ रिक्टर स्केलको भूकम्प गएको छ ।  ... बाँकी अंश»

फेरियो सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र

२०७५ फाल्गुण २ बिहिबार, दार्चुला । सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ। प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो। ... बाँकी अंश»

नेकपाका बरिष्ठ नेता नेपाल आश्रममा

२०७५ फाल्गुण २ बिहिबार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित सदगुरु कविर अनाथ वादसल्य आश्रममा अनाथ बालबालिका सहयोग नपाएर समस्यामा परेको थाहा पाएपछि नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आश्रममै पुगेर अवस्थाबारे जानकारी लिएका छन । ... बाँकी अंश»

खाडलमा लुकाईएको १८ केजी सुन, प्रहरी भन्छ - बिस्तृत अनुसन्धान हुँदैछ

२०७५ फाल्गुण २ बिहिबार, पुनर्वास । कञ्चनपुरको भारतीय सीमान्त क्षेत्र पुनर्बास स्थित एक घर भित्र खाडलमा लुकाई राखेको अबस्थामा प्रहरीले बिहीबार १८ किलो सुन बरामद गरेको छ । जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका २ स्थित दशरथबस्तीका शंकर बिकको घर भित्र खाल्डो भित्र लुकाई राखेको १८ किलो सुन प्रहरीले बरामद गरेको हो । ... बाँकी अंश»

८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा

२०७५ फाल्गुण २ बिहिबार, कञ्चनपुर । कञ्चनपुरमा ८९४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वन क्षेत्रलाई अतिक्रमण गरी निकुञ्जबाट विस्थापित, नदी तथा बाढीपीडित, स्थानीय बासिन्दा तथा सुकुम्बासीहरूले कृषि क्षेत्र र बसोबासका लागि प्रयोग गरेका छन् । ... बाँकी अंश»

प्रेमको प्रतिक रानीमहलमा 'भ्यालेनटाइन डे' मनाउनेको भिड

२०७५ फाल्गुण २ बिहिबार, पाल्पा । आज प्रणय दिवस, युवा युवती तथा प्रेमी प्रेमिको लागि प्रेम व्यक्त गर्ने दिन । सयौ युवा यवती तथा प्रेमी प्रेमिकाहरुका लागि साचो प्रेम व्यक्त गर्न पाल्पाको रानीमहल दरवारमा पुगेका छन् । रानीमहल दरवार प्रेमको प्रतिकको रुपमा चर्चित बन्दै गएको छ । दैनिक सयौ युवा युवती तथा प्रेमी प्रेमिकाहरु आजकल प्रेमभाव व्यक्त गर्नको लागि पाल्पाको रानीमहल दरवार पुग्ने गरेका छन् । नव जोडी प्रेमी प्रेमिकाको लागि पाल्पाको रानीमहल दरवार आकर्षणको केन्द्र विन्दु बन्दै गएको छ । ... बाँकी अंश»

५ नम्बर वडामा मदिरा निषेध, बाहिरबाट पिएर आए पच्चिस सय जरिवाना

२०७५ फाल्गुण २ बिहिबार, बाजुरा । वडिमालीका नगरपालिका वडा न ५ मनामा पूर्ण मदिरा निषेधित वडा घोषणा गरिएको छ । माघ २९ गते वडा कार्यालयमा बसेको राजनीतिक दल, समाजसेवी, बुद्धिजिवि, युवाक्लव, बालसमुह, महिला समुह लगायतको सर्वपक्षीय बैठकबाट मदिराको कारण सामाजिक शान्ति सुव्यवस्था कायम गर्न वडालाई मदिरा निषेधित गर्ने निर्णय गरेको वडाध्यक्ष बल बहादुर थापाले बताए। ... बाँकी अंश»

मायालु डाँडामा छ्यापछ्याप्ती माया 

२०७५ फाल्गुण २ बिहिबार, गलेश्वर । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ ।  ... बाँकी अंश»

फोहर व्यवस्थापन स्थलका लागि बोलपत्र आह्वान गरिँदै

२०७५ फाल्गुण १ बुधबार, काठमाडौँ ।शहरी विकास मन्त्रालयले यही फागुन अन्तिम सातासम्ममा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । ... बाँकी अंश»

भाषण सके लगत्तै ज्यान गुमाएका गाउँपालिका अध्यक्षको शोकमा पाँचथरका स्थानीय तहमा बिदा

२०७५ फाल्गुण १ बुधबार, पाँचथर। भाषण सके लगत्तै मृत्यु भएका नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित अमरकुमार नेम्बाङको शोकमा बुधबार पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । ... बाँकी अंश»

पत्रकार महासंघ झापाको कार्यालयमा तालाबन्दी

२०७५ फाल्गुण १ बुधबार, झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले विधान विपरीत ५३ जना सदस्यलाई सदस्यता नवीकरण गर्न रोक लगाएकोमा आपत्ति जनाउँदै संगठनहरुले महासंघको झापा शाखाको कार्यालयमा तालाबन्दी गरेका छन् । ... बाँकी अंश»

कञ्चनपुरका सीमा क्षेत्रमा संयुक्त गस्ती

२०७५ माघ २९ मंगलबार, कञ्चनपुर । नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा सीमा क्षेत्रमा गस्ती गरेको छ । ... बाँकी अंश»

अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्र तयारी

२०७५ माघ २९ मंगलबार, वीरगन्ज । नेपालमै पहिलो पटक नै हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन तिव्रहपमा तयारी भईरहेको छ । यही फाल्गुन १९ गते २२ देखि सम्म वीरगन्जको आदर्शनगरमा हुन गईरहेको महायज्ञको तयारीमा महानगरवासीनै तन, मन र धनले लागि परेको हुन । महायज्ञ सफल बनाउन स्थानियले समय दान, अंश दान र साधना दानको माध्यमले लागि परेको आयोजक समितीले जनाएको छ । महायज्ञ अघि वीरगन्जमा कलश यात्रा भव्य रुपमा निकाल्न स्थानिय जनप्रतिनिधि समेत लागि परेका छन । ... बाँकी अंश»

पत्रकार दियालीमाथि सांघातिक आक्रमण

२०७५ माघ २९ मंगलबार, सर्लाही । पत्रकार सोम दियालीमाथि आक्रमण भएको छ । सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत दियालीमाथि मंगलबार बिहान अपरिचित दुई युवकले सांघातिक आक्रमण गरेका हुन् । ... बाँकी अंश»

सवइञ्जिनीयरलाई वडाध्यक्षले कुटेपछि पुनःनिर्माण रोकेर प्राविधिक आन्दोलनमा

२०७५ माघ २९ मंगलबार, सिन्धुली । घ्याङ्लेख गाउँपालिका–५ शान्तेश्वरीका भूकम्पपीडितले इञ्जिनीयरले काम नगर्दा आफूहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् । पुनःनिर्माणमा संलग्न इञ्जिनीयरसहित प्राविधिकले यतिबेला सिन्धुलीसहित १४ भूकम्पप्रभावित जिल्लाका पुनःनिर्माणको काम ठप्प पारेका छन् । ... बाँकी अंश»

नयाँ