स्थानीय

आफैले चलाएको स्कुटर दुर्घटनामा परी ट्राफिक प्रहरीको गयो ज्यान

२०७५ मङ्सिर १७ सोमबार, काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । ... बाँकी अंश»

किशोरीमाथि करणी गरी फरार भारतीय नागरिक पक्राउ

२०७५ मङ्सिर १७ सोमबार, पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् । ... बाँकी अंश»

दुई स्थानीय तह जहाँ सडक नै पुगेको छैन 

२०७५ मङ्सिर १७ सोमबार, बैतडी । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् । जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । ... बाँकी अंश»

हिमालयन सुगर मिलमा श्रमिक समिति गठन

२०७५ मङ्सिर १६ आइतबार, सिरहा । सिरहाको चन्द्रोदयपुरमा संचालनमा रहेको हिमालयन सुगर मिलमा श्रमिकहरुको साझा संगठनको रुपमा आइतवार नेपाल कारखाना श्रमिक एकाई समिति गठन भएको छ । ... बाँकी अंश»

तुलसीपुर उपमहानगर हर्न निषेधित

२०७५ मङ्सिर १५ शनिबार, दाङ ।तुलसीपुर उपमहानगरपालिकालाई शनिबारदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा गरेको हो । लामो तयारीपश्चात उपमहानगरले ध्वनी प्रदूषणले आमजनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । ... बाँकी अंश»

पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्षलाई बिदाई

२०७५ मङ्सिर १५ शनिबार, धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार समाजसेवी शिक्षा बिद गोपाल प्रसाद अधिकारीलाई शनिबार सम्मानका साथ बिदाई गरिएको छ । ... बाँकी अंश»

विराटनगर महानगरका प्रमुख पराजुलीले बाढे छात्रालाई प्याड

२०७५ मङ्सिर १५ शनिबार, विराटनगर । विराटनगर महानगरपालिकाको सहयोगमा नगर बाल क्लब संजालले विराटनगरमा सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धी सचेतना शिविर सम्पन्न गरेको छ । विराटनगरको वडा नम्बर १८ स्थित जनक आधारभूत विद्यालयमा शनिवार गरिएको सचेतना मूलक शिविरमा अहिले पनि धेरै छात्राहरु महिनावारीको समयमा विद्यालय छाडने गरेको बाल क्लबका अध्यक्ष श्याम गुप्ताले जानकारी दिए। ... बाँकी अंश»

तानसेन सुनसान हुने भएपछि सरोकारवालाहरुको चासो बढ्यो

२०७५ मङ्सिर १५ शनिबार, पाल्पा। होलाङ्गदी–ढुंगाखानी वाइपास मोटरबाटोबाट मात्रै सवारी साधन आवतजावत गर्दा तानसेन सुनसान हुने र स्थानीय व्यवसायीहरु मर्कामा पर्ने भएकाले त्यसको समाधानका लागि स्थानीय सरोकारवालाहरुले चासो देखाएका छन्। ... बाँकी अंश»

अस्पतालमा अलपत्र परेका सुत्केरी र शिशुको उद्धार

२०७५ मङ्सिर १५ शनिबार, सर्लाही। उपचार खर्च तिर्न नसकेर तीन दिनदेखि सर्लाही सदरमुकाम मलङ्गवाको एक क्लिनिकमा अलपत्र सुत्केरी र शिशुको उद्धार गरिएको छ। पत्रकार सुनिल ठाकुरले सामाकि संजाल फेसबुकामा उपचार खरचको बारेमा आफ्ने भित्त रंगायर उपचार खर्च जुटाएर सुत्केरी र उनले जन्माएको छोरीलाई आज बिहान घर फकाईएको हो। ... बाँकी अंश»

गौरादहका मेयर शाहले गुनासो गर्दै भने. ' मेरो हातखुट्टा बाँध्न खोजियो '

२०७५ मङ्सिर १५ शनिबार, झापा। गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाहले बहुमतको आडमा उपप्रमुख सहित कार्यपालिका सदस्यहरुले अधिकार कटौती गरेर काम गर्न नदिएकोले नगरको काममा समस्या उत्पन्न भएको बताएका छन्। ... बाँकी अंश»

पर्यटकीय स्थल राम्चे ढुङ्गामा भ्यु टावर निर्माण गरिने

२०७५ मङ्सिर १४ शुक्रबार, गुल्मी। गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले पर्यटन क्षेत्रको विकास गर्न सके युवा स्वरोजगारसॅगै गलकोट नगरपालिकाको समृद्वि हुने बताएका छन् । राम्चे ढुङगा पर्यटन विकास केन्द्र मल्मले आयोजना गरेको वनभोज तथा अन्तरकृयात्मक गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ... बाँकी अंश»

गाउँपालिकाले मृतक र घाइतेलाई सहयोग गर्ने

२०७५ मङ्सिर १४ शुक्रबार, डोटी । केआइसिँह गाउँपालिकामा सोमबार भएको ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेलाई राहतस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

बहुमतको आडमा कानुन मिच्दा कार्यपालीकामा बिबाद

२०७५ मङ्सिर १३ बिहिबार, झापा। झापाको गौरादह नगरपालीकामा बहुमत अल्पमतको बिबाद छताछुल्ल भएको छ। नौ वटा वडा रहेको नगरपालीकामा प्रमुख सहित तिन वटा वडामा कांग्रेसले जितेको थियो भने ६ वटा वडा र उप प्रमुख सहित बहुमत तत्कालीन एमालेको पक्षमा रहेको छ। ... बाँकी अंश»

स्थानीय तहमा सहकारी नियमावली नहुँदा अन्योल 

२०७५ मङ्सिर १३ बिहिबार, धनगढी। जिल्लास्थित सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएको लामो समयसम्म पनि प्रदेश र स्थानीय तहको सहकारी नियमावली निर्माण हुन नसक्दा सहकारी सञ्चालकहरु अन्योलमा परेका छन्। ‘हामीले के गर्ने के नगर्ने तथा केही समस्या परे कहाँ सम्पर्क गर्ने भन्ने थाहै छैन,’ धनगढीस्थित श्री केदार सहारी संस्थाका एक कर्मचारीले भने,‘सहकारीको अनुगमन नहुनु र नियमावली नहुँदा हामी झनै अन्योलमा छौँ।’ ... बाँकी अंश»

धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा रेलिङ्ग सहितको सिढि निर्माण हुँदै

२०७५ मङ्सिर १३ बिहिबार, गुल्मी। गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गापोखरी देखि रेसुङ्गा यज्ञशालासम्म जाने बाटोमा रेलिङ्ग सहितको सिढि निर्माण कार्य शुभारम्भ भएको छ । ... बाँकी अंश»

फिदिम नगरपालिकाले वडामा पुगेर उपभोक्ता समितीहरुलाई धमाधम तालिम दिँदै

२०७५ मङ्सिर १३ बिहिबार, पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११ का उपभोक्ता समितीहरुलाई योजना सम्झौता,र फरफराक सम्वन्धी एक दिने तालिम तथा अन्र्तक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । ... बाँकी अंश»

खोला थुनेर ताल बनाइने

२०७५ मङ्सिर १३ बिहिबार, दमौली । तनहुँको घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको छ । गाउँपालिका–३ मा रहेको गोफाखोला थुनेर ताल बनाउने तयारी गरिएको हो । ... बाँकी अंश»

एउटै जिल्लामा २६ जनामाथि करणी 

२०७५ मङ्सिर १३ बिहिबार, भक्तपुर । जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । ... बाँकी अंश»

वडाध्यक्ष बुढालाई लग्यो जण्डिसले 

२०७५ मङ्सिर १३ बिहिबार, घोराही । घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उनको बिहीबार बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ... बाँकी अंश»

बढेको बढ्यै पीडित पुरुष

२०७५ मङ्सिर १३ बिहिबार, रोल्पा । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । ... बाँकी अंश»

नयाँ