स्थानीय

रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा

२०७६ मङ्सिर १० मंगलबार, जनकपुरधाम। मंसिर १५ गते मनाइने विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको भन्दै जानकी मन्दिरका महन्त राम तपेश्वर दासले मंगलबारदेखि औपचारिक रुपमा कार्यक्रमहरु सुरु हुने बताएका छन्। ‘सरसजावट, पण्डाल–टेन्टसहित विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भएको हो।’महन्त  दासले भने, ‘विवाहपञ्चमी सफल पार्न हामी अहोरात्र जुटेका छौँ, मंगलबारदेखि विधिवत् कार्यक्रमहरु सुरु हुँदैछ।’ ... बाँकी अंश»

सीमाक्षेत्रमा नेपाल-भारतका सुरक्षा निकायको संयुक्त गस्ती

२०७६ मङ्सिर १० मंगलबार, महोत्तरी। महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका हुन्। जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतका मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएका छन्। ... बाँकी अंश»

अढाइ किलो चरेससहित १६ र २३ वर्षे युवा पक्राउ

२०७६ मङ्सिर १० मंगलबार, रुकुमपूर्व । लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो, एक घाइते

२०७६ मङ्सिर ९ सोमबार, पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ अधेरीगैरामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । ... बाँकी अंश»

प्रतिकिलो ५० मा निबुवा

२०७६ मङ्सिर ९ सोमबार, डोटी । डोटीको बडीकेदार गाउँपालिका– १ बिपीनगरमा स्थानीय कृषकले बिक्रीका लागि राखेका निबुवा । अचार, चुक अमिलो बनाइने निबुवा यहाँ प्रतिकिलो रु ५० मा बिक्री हुने गर्छ । ... बाँकी अंश»

औषधि जाडोको

२०७६ मङ्सिर ९ सोमबार, राजविराज । जाडो बढेसँगै सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा सिरक बनाइँदै ।ओढ्न न्यानो हुने भएकाले जाडोमा बढी सिरक बिक्री हुने यहाँका पसले बताउँछन् । ... बाँकी अंश»

दमकल जाने बाटो नभएपछि

२०७६ मङ्सिर ९ सोमबार, आगलागी भएको घरसम्म दमकल जाने बाटो नभएका कारण घर जलेर लाखौंको क्षति भएको छ । ... बाँकी अंश»

वडाध्यक्ष आचार्यको गाडीमा बम विष्फोट

२०७६ मङ्सिर ९ सोमबार, चिप्लेढुङ्गा । अज्ञात समूहद्धारा पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा सोमबार बिहान बम विष्फोट गरेको छ । ... बाँकी अंश»

संघीय लोकतान्त्रिक खम्वुबानले कांग्रेसलाई सघाउने

२०७६ मङ्सिर ८ आइतबार, धरान। मंसिर १४ गते हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक खुम्बुवानले नेपाली कांग्रेसका तिलक राईलाई सघाउने भएको छ। खम्वुबानको तर्फबाट धरानमा मेयरमा स्वतन्त्र उम्मेद्वार दिएकी एलिसा राईकै उपस्थितिमा सो दलले कांग्रेसका उम्मेद्वार तिलक राईलाई समर्थन गर्ने निर्णय गरेको हो। ... बाँकी अंश»

अर्काकी श्रीमती भगाउने वडाध्यक्ष माझी पुगे जेल, गयो पद

२०७६ मङ्सिर ८ आइतबार, रामेछाप। अर्काकी श्रीमती भगाउने रामेछापको मन्थली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपालवहादुर माझी अन्तत जेल चलान भएका छन्। माझीलाई २ वर्षका लागि जेल चलान गरिएको छ। उनीसँगै सौता बन्न आएकी महिलालाई समेत २ वर्षको कैद सजायँ सुनाएको छ। ... बाँकी अंश»

कम्युनिष्टले जनताका अधिकार खोस्यो, कांग्रेसको विकल्प छैन – वीरबहादुर बलायर

२०७६ मङ्सिर ८ आइतबार, डोटी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले काङ्ग्रेसको बिकल्प नभएको बताएका छन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा हुन गइरहेको उप निर्वाचनका क्रममा घर दैलो कार्यक्रममा उक्त वडाको भारकोटमा बोल्दै उनले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु, घाइते ४० मध्ये १७ को अवस्था गम्भीर

२०७६ मङ्सिर ८ आइतबार, धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । ... बाँकी अंश»

ज्यान मार्ने मुद्धाका फरार चार जना साढे ८ वर्षपछि पक्राउ 

२०७६ मङ्सिर ८ आइतबार, रुकुमपूर्व । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । ... बाँकी अंश»

सामुहिक करणी गरी फरार मुख्य आरोपी पक्राउ

२०७६ मङ्सिर ७ शनिबार, तौलिहवा। चार बर्ष पहिला एक युवतीमाथि सामुहिक बलत्कार गरि फरार बनेको अभियुक्त पक्राउ परेको छ। जिल्लाको साविक पकडी गाविस (हाल मायादेवी गाउँपालिका) वडा नं १ मा एक युवतीमाथि ५ जना युवाले सामुहिक बलत्कार गरेका थिए। ... बाँकी अंश»

मुस्लिम समुदाय प्राथना पछि कांग्रेस उमेदवार राईसँग

२०७६ मङ्सिर ७ शनिबार, धरान। धरानमा चुनावी प्रचार प्रसारमा रौनक थपिएको छ। गत चुनाव भन्दा यो पटक कांग्रेसका लागि सुनौलो अवसर समेत आएको चर्चा धरानमा चुलिदो छ। शुक्रवार पुर्वगृहमन्त्री कृष्ण सिटौला, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहित कांग्रेसका नेताहरूले धरानमा चुनाव प्रचार कार्यक्रम भव्य गरेका छन्।  ... बाँकी अंश»

पलिखेकालागि बिश्वप्रकाश बन्धकी बस्ने

२०७६ मङ्सिर ६ शुक्रबार, धरान। रिक्त रहेको धरान उप–महानगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवर्ण मोहन पालीखेलाई बिजयी गराउन वडाबासीहरुलाई नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आग्रह गरेका छन्। उनले पलीखे इमान्दार, सरल र स्वच्छ छविका स्थानीय नेता भएको र कांगेसका जुझारु नेता भएकाले भोट दिनुस  भन्दै विजयी गराउन अपिल गरेका छन्। ... बाँकी अंश»

धरानमा पुर्व माओवादीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नेको लहर

२०७६ मङ्सिर ६ शुक्रबार, धरान । धरानमा पुर्व माओवादीका जिल्ला सदस्य प्रेम बहादुर लकान्द्रीसहित पुर्व माओवादीका १ सय भन्दा बढि स्थानीय कार्यकर्ताहरु बुधवार नेपाली कांग्रेश पार्टी प्रबेश गरेको भोलि पल्टनै धरान–१७ बाट करिब ५० भन्दा बढि पुर्व माओवादीका स्थानीय कार्यकर्ता सहित १ सय स्थानीय बिहिबार कांग्रेसमा प्रवेश गरेका छन । ... बाँकी अंश»

 बिना वडा कार्यालय सचिवको स्थानीय तह  

२०७६ मङ्सिर ६ शुक्रबार, म्याग्दी । म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । ... बाँकी अंश»

वडा कार्यालय निर्णय भएकै स्थानमा बनाउन माग

२०७६ मङ्सिर ६ शुक्रबार, कैलाली । धनगढी उपमहानगरपालिका–७ का स्थानीयवासीले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापनाको माग गरेका छन् । ... बाँकी अंश»

आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद, भएको थियो यस्तो

२०७६ मङ्सिर ६ शुक्रबार, ओखलढुङ्गा । जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ । ... बाँकी अंश»

नयाँ