स्थानीय

साइकल यात्री मारेर गाडी फरार

२०७६ असोज २७ सोमबार, भरतपुर । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

वडासदस्य शिवुको निधन, राजविराज नगरपालिका शोकमा बन्द    

२०७६ असोज २७ सोमबार, राजविराज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु)को निधनप्रति शोक व्यक्त गर्दै सोमबार राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । ... बाँकी अंश»

पाँच बिघा खेतमा लगाइएको धान बाली हात्तीको बथानद्वारा सखाप  

२०७६ असोज २७ सोमबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटा र भमरभोजमा गरी जङ्गली हात्तीको बथानले आइतबार राति पाँच बिघा खेतमा लगाइएको धान बाली सखाप पारेको छ । ... बाँकी अंश»

७५ वर्षीया वृद्धालाई गोरुले सिङ्गले हानेर मार्यो 

२०७६ असोज २७ सोमबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । ... बाँकी अंश»

सुँगुरको मासु खाएर बिरामी भएका थप एक कैदीको मृत्यु

२०७६ असोज २७ सोमबार, पाँचथर । सुँगुरको मासु खाएर अशक्त बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको आइतबार मृत्यु भएको छ । ... बाँकी अंश»

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते राईको मृत्यु

२०७६ असोज २७ सोमबार, पाँचथर । गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम २ का एक ब्यक्तिको सोमबार बिहान मृत्यु भएको छ । ... बाँकी अंश»

घरमै पसेर बालिकामाथि करणी प्रयास गर्ने २२ वर्षे युवा पक्राउ 

२०७६ असोज २७ सोमबार, सिरहा । सिरहाको कल्याणपुर ८ मा सडकमै किशोरीमाथि बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ... बाँकी अंश»

   नेपाली चेलीको दाइजोका कारण भारतमा हत्या

२०७६ असोज २७ सोमबार, विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । ... बाँकी अंश»

अरिङ्गाल खाँदा १० जना बिरामी    

२०७६ असोज २७ सोमबार, अरिङ्गाल खाँदा पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । ... बाँकी अंश»

आलु महोत्सव कात्तिकमा हुँदै

२०७६ असोज २६ आइतबार, काठमाडौं। मेलुङ गाउँपालिकाले आलु महोत्सवको आयोजना गर्ने भएको छ । आधुनिक प्रविधिबाट अर्गानिक आलु उत्पादन गर्दै कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यले सो महोत्सव आयोजना गर्न लागिएको हो ।  ... बाँकी अंश»

 शरणार्थी शिविरमा आगलागी, नौ वटा छाप्रा पूर्ण रुपमा जले  

२०७६ असोज २६ आइतबार, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । ... बाँकी अंश»

जिप र बस ठोक्किँदा एक जनाको मृत्यु

२०७६ असोज २६ आइतबार, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

राजधानीबाट एक्काइस जुवाडे उन्नाइस लाख नगदसहित पक्राउ  

२०७६ असोज २६ आइतबार, काठमाडौँ । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । ... बाँकी अंश»

राजनैतिक इतिहास बोलेको लमजुङ्ग दरबार र लमजुङ्गे नेतृत्व

२०७६ असोज २५ शनिबार, लमजुङ्ग बेशिसहर । गाउँशहर दरबारमा रहेको शिलालेख अनुसार बिसं १५४० को दशकमा राजा कुलमण्डलन शाहका माइला छोरा कालु शाहलाई ल्याएर लमजुङको पहिलो चौबिसे राज्यका राजा स्थापना गरिएको थियो । ... बाँकी अंश»

सिन्धुपाल्चोक दुर्घटनाको मृतकका परिवारलाई इन्द्रावती गाउँपालिकाले २५ हजार दिने

२०७६ असोज २५ शनिबार, काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने जनाएको छ । ... बाँकी अंश»

यसरी प्रहरीद्धारा सम्मानित भइन् चार कक्षामा पढ्ने करुणा 

२०७६ असोज २५ शनिबार, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीद्वारा करुणा श्रीपाली सम्मानित भएकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले ६४ औं प्रहरी दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा सम्मान गरेको हो । ... बाँकी अंश»

सवारी दुर्घटनाका घाइतेहरु जुम्ल्याहा र आमाको उपचार गर्दै चिकित्सक

२०७६ असोज २५ शनिबार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी रोशी गाउँपालिका ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईतेहरुको उपचार भइरहेको छ । ... बाँकी अंश»

कम्युनिष्ट सरकार यो नै अन्तिम हुने – कांग्रेस नेता बिष्ट 

२०७६ असोज २४ शुक्रबार, बेल्डाँडी । नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पूर्व साँसद दिवान सिंह बिष्टले अर्को चुनावमा नेपाली काँग्रेस देशमै पहिलो पार्टीका रुपमा उदाउने दावी गरे । ... बाँकी अंश»

निशान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

२०७६ असोज २४ शुक्रबार, बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । ... बाँकी अंश»

पेट्रोल हाली पसलमा आगजनी

२०७६ असोज २४ शुक्रबार, सर्लाही । सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । ... बाँकी अंश»

नयाँ