स्थानीय

दशैँका लागि नयाँ नोटको अभाव  

२०७६ असोज १७ शुक्रबार, बेत्रावती । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । ... बाँकी अंश»

ढुंगााले हानेर हत्या गरेको अवस्थामा शव फेला

२०७६ असोज १७ शुक्रबार, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानिय ३५ वर्षिय इन्द्रबहादुर कार्की रहेका छन् । ... बाँकी अंश»

  तेलट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार सीताको घटनास्थलमै मृत्यु

२०७६ असोज १७ शुक्रबार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक शुक्रबार बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । ... बाँकी अंश»

 चाडका बेलामा माग सम्वोधन नभएपछि पेप्सीका कामदार आन्दोलित  

२०७६ असोज १७ शुक्रबार, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले शुक्रबार बिहानदेखि धर्ना दिएका छन् । ... बाँकी अंश»

चाडका बेला हाउजी 

२०७६ असोज १७ शुक्रबार, धनकुटा । दशै तिहार लगायत सबै चाड पर्वको अवसरमा धनकुटा इन्स्टिच्युट अफ हेल्थ साईन्स क्याम्पससहित रमाईलो हाउजी खेलको बिहीबार आयोजना गरेको छ । ... बाँकी अंश»

 युवतीको करणी गरी हत्या  

२०७६ असोज १६ बिहिबार, जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । ... बाँकी अंश»

बिकास बिरोधीहरू असफल बनाउन हात धोएर लागे पनि थाकेनन : मेयर फागो

२०७६ असोज १६ बिहिबार, उर्लाबारी । स्थानीय निकायमा सर्वदलीय संयन्त्रले काम गरेका बेला कार्यकारी अधिकृत भई बाक्लो तर खान पल्केका कर्मचारीहरू यतिबेला प्रशासकीय अधिकृतको रुपमा काम गर्न भन्दा मेयरसँग पङ्गा लिनमा ब्यस्त छन् । त्यसैको एउटा उदाहरण हो मोरङको उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत र मेयर खड्गबहादुर फागो बीचको बिवाद । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले कार्यकारी बनेर काम गर्न खोज्दा मेयर फागो रेग्मीका सर्तमा सहमत भएनन् । ... बाँकी अंश»

एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह 

२०७६ असोज १६ बिहिबार, सुरुङ्ग । विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । ... बाँकी अंश»

गाउँमै स्वास्थ्य संस्था निर्माण भएपछि स्थानीयवासी खुसी

२०७६ असोज १६ बिहिबार, दार्चुला। मालिकार्जुन गाउँपालिका–१ का ७३ वर्षीया थेपडीदेवी बोहरा एक वर्षअघिसम्म सिटामोल लिन पनि भारतीय बजारमा पुग्थिए। घर नजिक स्वास्थ्यचौकी नहुँदा सामान्य ज्वरो आउँदा पनि सिटामोल लिन गाडी चढेर भारतको पिथौरागढ नजिकैको बजार बालुवाकोट पुगेर औषधि लिएर फर्किन्थिए। ... बाँकी अंश»

हराएको साइकल भेट्टाएपछि बुझ्दै साइकल धनी

२०७६ असोज १५ बुधबार, हराएको साइकल दाङको तुलसीपुर बसपार्कमा भेटाएपछि सम्बन्धित साइकल धनीलाई प्रदान गर्दै अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जोरासिङ अधिकारी । ... बाँकी अंश»

चाडपर्वलाई लक्षित गरी सवारी चेकजाँचमा कडाई

२०७६ असोज १५ बुधबार, पाँचथर। आपराधिक क्रियाकलाप लाई न्यूनीकरण गर्ने प्रयास स्वरुप चाडपर्व नजिकिएसँगै पाँचथरमा सवारी चेकजाँचलाई कडाई गरिएको छ। अहिले मेचीराजमार्गको विभिन्न स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको हो। राँके, पौवाभन्ज्याङ, फिदिम, जोरपोखरी, गणेश चोक, भानु चोक, कावेली लगायतका स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका जनक तिम्सिनाले बताए। ... बाँकी अंश»

गाईगोरु मृत्यु प्रकरणमा दुई सय ८७ पृष्ठको प्रतिवेदन छानबिन समितिद्वारा पेश    

२०७६ असोज १४ मंगलबार, राँझा । नेपालगञ्जका गाई–गोरु दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवामा मरेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ... बाँकी अंश»

नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने

२०७६ असोज १४ मंगलबार, असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उहाँले बताउनुभयो । दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । ... बाँकी अंश»

हप्ता हप्तामा कर्मचारी सरुवा र पुन: थमौतीको असन्तृष्टीमा वडाध्यक्षले गरे अधिकृतको कार्यकक्षमा तालावन्दी

२०७६ असोज १४ मंगलबार, पाध्यले सरुवा भएको जानकारी पाएपछि आफु बुद्धभुमि आएको १४ महिना मात्रै भएके भन्दै २ बर्ष बस्न पाउने कानुनी व्यवस्था कसरी उल्घन भयो भनेर ध्यानाकर्षण गराउन पाध्या सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगरे सरुवा पिर्ता लिएर आएका छन् । यता त्यहा कार्यरत प्रमुख प्रशासकिय अधिकृत पाध्यले अनावश्यक किचलो गरेर तालाबन्दि गरेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको बताए । ... बाँकी अंश»

कामपाले शुरु गर्‍यो खसीबोकाको परीक्षण

२०७६ असोज १३ सोमबार, काठमाडौं। काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ। महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को नेतृत्वमा आज पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुणनियन्त्रण विभागलगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले कलङ्कीस्थित खसी बजार पुगेर रङ लगाउन शुरु गरेको हो। ... बाँकी अंश»

कृष्ण पहाडीलाई मातृ शोक

२०७६ असोज १३ सोमबार, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको छ । मिति २०७६ असोज १२ गते राती ९ : ०५ बजे बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो । ... बाँकी अंश»

लगातारको बर्षाले तरकारीको मूल्य बढ्यो

२०७६ असोज १३ सोमबार, झरीका कारण बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको खुद्रा व्यापारी धनबहादुर राईले जानकारी दिए । उनका अनुसार पानीले उत्पादन नभएको भन्दै दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत केही दिनदेखि बजारमा तरकारी नै ल्याएका छैनन् । ... बाँकी अंश»

झरीले सर्लाहीका ग्रामीण सडक हिलाम्मे

२०७६ असोज १३ सोमबार, सर्लाही । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले सर्लाहीको ग्रामीण सडक हिलाम्मे भएका छन् । लामो समयदेखि मर्मत सम्भार हुन नसकेका र निर्माणाधीन अवस्थामा रहेका जिल्लाका भित्री सडक वर्षाको पानीले खराब भएको हो । ... बाँकी अंश»

बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

२०७६ असोज १३ सोमबार, गलेश्वर। असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ। ... बाँकी अंश»

गुल्मीको भगवति मन्दिरमा ९ दिने महायज्ञ

२०७६ असोज १२ आइतबार, गुल्मी । गुल्मीको तम्घासमा रहेको भगवति मन्दिरमा देवी भागवत् महापुराण नवाह महायज्ञ आजदेखि रेसुङ्गा नगरपालिका ८ खानीगाँउ तम्घासमा शुरु भएको छ । ... बाँकी अंश»

नयाँ