स्थानीय

लिखुकाका वडा सदस्य माथि १६ बर्षीया युवती करणीको उजुरी

२०७५ चैत १० आइतबार, ओखलढुंडा । ओखलढुंगाको लिखु गाउपालिका वडा नम्बर ३ नर्मदेश्वरका वडा सदस्य ५५ बर्षीय बिष्णु कुमार श्रेष्ठमाथि बलात्कारको उजुरी परेको छ । वडा सदस्य श्रेष्ठले सञ्चालन गरेको ईट्टा भट्टमा काम गर्दै आएकी स्थानीय १६ बर्षीय एक युवतीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको हो । ... बाँकी अंश»

घुस लिन खाता नम्बर दिएपछि डोटीका शिक्षा विकास तथा इकाई प्रमुखलाई नेविसंघले लगायो कालो मोसो 

२०७५ चैत १० आइतबार, डोटी । नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मोसो दलेका छन्। आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रीय सदस्य बिजय ओझाले बताए।  ... बाँकी अंश»

स्थानीय तहले रोक्यो छाउ गोठमा बस्नेको सेवा सुविधा

२०७५ चैत १० आइतबार, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउने भएको छ । पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताए । ... बाँकी अंश»

१३ वर्षीया दुई बालिकाद्धारा झुण्डिएर आत्महत्या

२०७५ चैत १० आइतबार, गौशाला । महोत्तरी जिल्लामा शनिबार दुई बालिकाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् । ... बाँकी अंश»

जुवाको खालबाट आधा दर्जनबढी जुवाडे परे प्रहरीको नियन्त्रणमा 

२०७५ चैत १० आइतबार, साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित सात जुवाडे पक्राउ गरेको छ । ... बाँकी अंश»

किशोरी सामूहिक करणीमा संलग्न पक्राउ

२०७५ चैत १० आइतबार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ कोदारीटोलकी एक किशोरीको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा अर्का एक युवा पक्राउ परेका छन् । ... बाँकी अंश»

भारतको फेरि हस्तक्षेप, मुक्त हलियाको घर बनाउन दिएन 

२०७५ चैत १० आइतबार, कञ्चनपुर । पटक पटक नेपाली भूमिमा हस्तक्षेप गर्दै आएको भारतीय सीमा सुरक्षा बल एसएसबीले फेरी कञ्चनपुरको सीमावर्ती गाउँका तीन मुक्त हलियाको घर निर्माण रोकिदिएको छ । ... बाँकी अंश»

ढिस्कोले पुरिएर एक जनाको मृत्यु 

२०७५ चैत १० आइतबार, रंगेली । मोरङको रंगेली ३ आमतोलामा टुयवेल गाढ्ने क्रममा खनेको खाल्डोको ढिस्कोले पुरीएर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ । ... बाँकी अंश»

आगलागीमा परी दुई बालिकासहित तीनको मृत्यु

२०७५ चैत १० आइतबार, लहान । सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–१४ अमिलटारस्थित दीपक धमलाको गोठमा शनिबार साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो । ... बाँकी अंश»

पति नेकपाको नेता भएको आडमा शिक्षिका बोहोरा ६ महिनादेखि बिद्यालयमा अनुपस्थित

२०७५ चैत ९ शनिबार, अछाम । अछामको मंगलसैन नगरपालिका वडा नम्बर ८ सुतुडामा रहेको कालिका आधारभुत बिद्यालयमा एकजना शिक्षक ६ महिनादेखी अनुपस्थित रहेको भेटिएको छ । ... बाँकी अंश»

आगलागीबाट कपिलवस्तुमा ११ घर र ५ गोठ जलेर नष्ट

२०७५ चैत ८ शुक्रबार, कपिलवस्तु ।जिल्लाको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी भएको छ । आगो बुधई कुर्मीको घरबाट सल्कीएको थियो । आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् भने करिब ५५ लाख बराबरको क्षेती भएको अनुमान प्रहरीले गरेको छ । ... बाँकी अंश»

रामचन्द्रले भने –सरकारले विकासमा पक्षपात गर्‍यो

२०७५ चैत ७ बिहिबार, दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन् । ... बाँकी अंश»

कर्णाली करिडोरमा यातायात 

२०७५ चैत ७ बिहिबार, बाजुरा । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ । जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ... बाँकी अंश»

झापामा बिहिबार होली, सार्वजनिक विदा उल्टाउन नसक्दा अन्योल कायमै

२०७५ चैत ६ बुधबार, झापा । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागुपूर्णिम अर्थात होली पर्वको सार्वजनिक विदा चैत ६ गतेका लागि उल्लेख भए पनि चैत ७ गते सार्वजनिक बिदा दिइने निर्णय गरेको छ । केही वर्षदेखि झापालाई तराईबाट अलग्याएर पहाडसँगै सार्वजनिक बिदा दिन थालेपछि होली पर्वको विदा विवादमा रहदै आएको थियो । जसका कारण झापा पहाडकी तराई ? झापामा होली आज कि भोलि ? जस्ता समाचारहरु सञ्चारमाध्यममा व्यापक हुन थालेको थियो । यस्तो परिस्थितिलाई सम्बोधन गर्दै सरकारले तराईको जिल्ला सरह झापामा चैत ७ गते बिहीबार सार्वजनिक विदा दिइएको हो । ... बाँकी अंश»

मध्यपहाडी लोकमार्गको कन्तविजोग, तीन महीनापछि बल्ल खुल्यो 

२०७५ चैत ६ बुधबार, रुकुम । भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिवाङ सडकखण्ड पुनः सञ्चालन भएको छ । ... बाँकी अंश»

५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा

२०७५ चैत ६ बुधबार, जाजरकोट । एकाउन्न वर्षपछि उच्च सरकारी टोली भौगोलिकरूपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ । ... बाँकी अंश»

सदस्यता वितरण तल्लो तहदेखि सिफारिसका आधारमा पारदर्शी बनाउन कांग्रेस कोषाध्यक्षहरूको सम्मेलन

२०७५ चैत ६ बुधबार, पोखरा । नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ । ... बाँकी अंश»

खाद्य अधिकार सम्बन्धी अभिमुखीकरण 

२०७५ चैत ६ बुधबार, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा खाद्य अधिकार सम्बन्धी अभिमुखिकरण तालिम शुरु भएको छ । फियान नेपालको सहयोगमा खाद्य अधिकार संजाल कञ्चनपुरको आयोजनामा मंगलबारदेखि दुई दिने अभिमुखिकरण तालिम शुरु भएको हो । ... बाँकी अंश»

निर्मलाकाण्डमा तत्कालिन एसपी बिष्ट प्रहरीको नियन्त्रणमा

२०७५ चैत ६ बुधबार, कञ्चनपुर । १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका कञ्चनपुरका पुर्व प्रहरी प्रमुख (एसपी) दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् । ... बाँकी अंश»

१२ दिने स्वीटर बुन्ने तालिम : समापनमा महिलाले बुनेको स्वीटर अतिथिहरुलाई

२०७५ चैत ५ मंगलबार, पाल्पा । रामपुर नगरपालिकाकाको आर्थिक सहयोगमा चलेको १२ दिने स्वीटर बुन्ने तालिम समापनका अबसरमा महिलाहरुले आफुले बुनेका स्वीटर अतिथिहरुलाई मायाँको चिनो स्वरुप दिएका छन् । रामपुर नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सिकाउने उद्देश्यले रामपुर ५ कान्जीहाउसको रेशम हलमा सबै वडाका महिलाहरुलाई समेटेर १२ दिने तालिम सञ्चालन गरेको थियो । नगर स्तरीय महिला लक्षित कार्यक्रम समितिको व्यवस्थापनमा चलेको तालिममा सहभागी ५२ महिलाले तयार पारेको स्वीटर प्रमुख अतिथि सहित कार्यक्रमका पाहुनाहरुलाई मायाँको चिनो हस्तान्तरण गरेर सामुहिक फोटो खिचाएका छन् । ... बाँकी अंश»

नयाँ