स्थानीय

गलकोटका सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा

२०७५ चैत १ शुक्रबार, बागलुङ । बागलुङको एक संस्थाले होली मेलाको अवसरमा सिसिटभी क्यामेरा जडान गर्ने भएको छ । घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले समाजमा शान्ति सुरक्षा कायम गर्न सदरमुकाम बाहिर सार्वजनिक स्थलमा पहिलो पटक संस्थाले सिसिटिभी जडान गर्न लागेको अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । ... बाँकी अंश»

कमिसनको खेलमा ११ योजनाको एउटा उपभोक्ता समिति

२०७५ चैत १ शुक्रबार, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको जन्तेढुंगा गाउँपालिकाले अलग–अलग उपभोक्ता समितिमार्फत काम गर्नु-गराउनुपर्नेमा ११ वटा योजनाका लागि एउटा उपभोक्ता समिति गठन गरेर काम गरेको पाईएको छ । उपभोक्ता समिति गठन निर्देशिका विपरित एउटा उपभोक्ता समितिमार्फत २८ लाख ५० हजारको ११ योजना सञ्चालन गरेर काम सुरु गरेको पाईएको हो । ... बाँकी अंश»

८३ बर्षीया बनिन् नेपाली नागरिक

२०७५ चैत १ शुक्रबार, स्याङ्जा । स्याङ्जाको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले ८३ बर्षीया टिकाकुमारी थापालाई नागरिकता दिलाईदिएका छन् । गल्याङ् नगरपालिका ८ निवासी थापालाई नेपाली नागरिकता दिलाएपछि उनी बल्ल नेपाली नागरिक बनेकी छन् । थापाका श्रीमान नैनासिंह गाहा मगर भारतीय सेनामा कार्यरत रहदा भारतमै बसोवास गर्दै आएकी थिईन् । नेपाल आइरहेपनि उनले नेपाली नागरिकता लिएकी थिइनन् । २०४० सालमा श्रीमानको मृत्यु भएपछि पनि उनी भारतमै बसोवास गर्दै आएकी थिइन् । ४ छोराकी आमा थापालाई जेष्ठ छोराको नातीले सनाखत गरेर नागरिकता पाएको ईलाका प्रशासन प्रमुख शर्माले बताए । ... बाँकी अंश»

धवलागिरि अञ्चलभर यसकारण हुँदैछ दुई दिन विद्युत् सेवा ठप्प 

२०७५ चैत १ शुक्रबार, पर्वत । विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि साविक धवलागिरि अञ्चलमा दुई दिन विद्युत् सेवा ठप्प पारिने भएको छ । ... बाँकी अंश»

बाँदर समाउने नयाँ प्रविधि सफल बन्दै, एकैदिन २१ बाँदर खोरमा

२०७५ चैत १ शुक्रबार, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो । ... बाँकी अंश»

कार्यालय सहयोगीको भरमा गाउँपालिका, कर्मचारी विवाह खान

२०७५ फाल्गुण ३० बिहिबार, खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका कर्मचारी कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर विवाहमा गएको पाईएको छ । वुधबार कार्यालय समयमा कार्यालय सहयोगीको भरमा कार्यालय छोडेर गाउँपालिकाका मनोनित सदस्य अमृत बहादुर विश्वकर्माको छोरीको विवाहमा गएको पाईएको हो । ... बाँकी अंश»

के भन्दै आए फोरमका दुई विद्यार्थी कांग्रेसमा ?

२०७५ फाल्गुण ३० बिहिबार, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका दुई जना विद्यार्थी नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको आस्था र विचारप्रती आफू सहमत भएको भन्दै आफ्नो पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा आएका हुन् । ... बाँकी अंश»

२५ वर्षदेखि सेवारत ‘ओके बाजे’ लाई पाल्पालीद्वारा तेस्रो पटक अभिनन्दन

२०७५ फाल्गुण ३० बिहिबार, पाल्पा । पूर्वी पाल्पाको ग्रामिण वस्तीमा पच्चीस वर्षदेखि सेवारत जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाजे’लाई बिहिबार तानसेनमा अभिनन्दन गरियो । उनलाई आज तानसेनमा एक समारोहका अभिनन्दन गरिएको हो । ओकेबाजेले वि.सं. २०४९ सालदेखि पाल्पामा सामाजिक, शैक्षिक तथा अन्य सुधारात्मक क्षेत्रमा सक्रियताका साथ योगदान पुर्‍याएकोले उनलाई अभिनन्दन गरिएको आयोजकले जनाएको छ । यसअघि दुईपटक अभिनन्दित भएका ओकेबाजेको यो तेस्रोपटको अभिनन्दन हो । आकेबाजेलाई उनकै नामबाट गठित नागरिक अभिनन्दन मूल समारोह समिति पाल्पाले अभिनन्दन गरेको हो । ... बाँकी अंश»

मुलुककै लागि उदाहरणीय जनप्रतिनिधि 

२०७५ फाल्गुण ३० बिहिबार, गलेश्वर । जनताले दिएको मतबाट निर्वाचन जितेपछि आफूलाई सर्वशक्तिमान ठानेर जनमतको बेवास्ता गर्दै आफू अनुकूलका काम गर्ने भनेर जनप्रतिनिधिको आलोचना भइरहेका बेला म्याग्दीका केही जनप्रतिनिधिले आफै अगुवा बनेर उदाहरणीय काम गरेका छन् । ... बाँकी अंश»

यात्रुलाई ओरालेर बसमा आगजनी, तीन जना पक्राउ

२०७५ फाल्गुण ३० बिहिबार, धनगढी। कैलालीको बडैपुरमा बसमा बिहानै आगजनी गरिएको छ । आगजनीबाट बस जलेर पूर्णरूपमा क्षति भएको छ । ... बाँकी अंश»

बिस्केट जात्रा भब्य बनाउन कार्यदल गठन

२०७५ फाल्गुण ३० बिहिबार, भादगाउँ । भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा व्यवस्थित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न विभिन्न कार्यालयका प्रमुख, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीको भेलाले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ सदस्यीय विशेष कार्यदल गठन गरेको छ । ... बाँकी अंश»

ज्वाइँ मार्ने ससुरालाई दश वर्ष कैद सजाय 

२०७५ फाल्गुण ३० बिहिबार, सप्तरी । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । ... बाँकी अंश»

विप्लवको बन्द आह्वानले शैक्षिक संस्थामाथि प्रहार, कालिकानगरमा शंकास्पद बस्तु फेला

२०७५ फाल्गुण ३० बिहिबार, बुटवल । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिहीबार आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ । ... बाँकी अंश»

आगलागीमा पाँच घर जलेर नष्ट

२०७५ फाल्गुण ३० बिहिबार, सिन्धुली । तीनपाटन गाउँपालिका–७ भञ्ज्याङमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । पाँच घर जलेर नष्ट हुँदा ४३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

शुद्धोधन ४ खुल्ला दिशा मुक्त क्षेत्र

२०७५ फाल्गुण २९ बुधबार, कपिलवस्तु । शुद्धोधन गाँउपालिका वडा नं ४ साविकको विठुवा गाविसलाई एक समारोहका साथ खुल्ला दिशा मुत्त वडा घोषणा गरिएको छ । वडा नं ४ का अध्यक्ष नरेश अहिरले वडामा रहेका ५ सय ९५ घरधुरीमा मध्ये सबै घरधुरीमा शौचालय निर्माण भएकोले अनुगमन गरी वडा तथा गाउंपालिको निर्णय अनुसार वडा खुल्ला दिशा मुत्त वडा घोषण गरे । ... बाँकी अंश»

अब्बल बन्दै महिलाले हाकेको बैंक, शाखामा महिला कर्मचारी

२०७५ फाल्गुण २९ बुधबार, स्याङ्जा । महिला सशक्तिकरणमा स्याङजा जिल्ला अग्रस्थानमा छ । हिजो चुलो चौको र दाउरा घाँस अनि मेलापातमा मात्रै सिमित महिलाहरुले अहिले धेरै संघ संस्था तथा कार्यलयको बागडोर सम्हालेका छन् । देशैभरी बैकिङ संजाल रहेको गरीमा विकास बैंक स्याङ्जाको वयरघारी शाखा पुर्ण रुपमा महिलाहरुद्वारा संचालित बैंक हो । ... बाँकी अंश»

भरतपुर वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, ६ पक्राउ

२०७५ फाल्गुण २९ बुधबार, चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । ... बाँकी अंश»

नेकपाका मेयरको हैकम पछि तुल्सीपुरका वडा अध्यक्षहरुले गरे वैठक बहिष्कार

२०७५ फाल्गुण २८ मंगलबार, दाङ। तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिहरू बीच विवाद देखिएको छ। कांग्रेसबाट निर्वाचित नगरका बहुमत वडा अध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका हुन्। ... बाँकी अंश»

मेयर फोरमको दोस्रो बैठक सम्पन्न, तेस्रो बैठक किर्तिपुरमा हुने

२०७५ फाल्गुण २८ मंगलबार, ललितपुर । काठमाडौं र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाले मंगलबार आयोजना गरेको दोस्रो मेयर्स फोरमको वैठकले उक्त निर्णय गरेको हो । बैठकमा भूकम्प पश्चातको पुनःनिर्माण, ऐतिहासिक बस्तीहरु, मुर्त तथा अमूर्त सम्पदाहरुको संरक्षणका सन्दर्भमा छलफल भएको थियो। फोरमको बैठक प्रत्येक वर्ष आयोजना गरिनेछ । पहिलो बैठक पनौति नगरपालिकामा गरिएको थियो । महर्जनले तेस्रो मेयर फोरमको वैठक किर्तिपुरमा गर्न प्रस्ताव राखे । ... बाँकी अंश»

भान्जासँगको कमिशन चक्करले मामाको पद धरापमा

२०७५ फाल्गुण २८ मंगलबार, काभ्रे । भान्जा सत्यमान लामासँग मिलोमत्तोमा वालुवा तस्करी गरेको आरोपमा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह लामा विरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको छ । सुनकोशी नदीको बालुवा उत्खनन सम्बन्धि बोलपत्रमा उल्लेखित रकमभन्दा कममा वालुवा उत्खनन् गर्न सहमति गर्दै अनियमितता गरेको आरोपमा उनि विरुद्ध आयोगमा उजुरी परेको हो । ... बाँकी अंश»

नयाँ