स्थानीय

खानेपानीको चरम अभावपछि दार्चुलामा दमकलबाट पानी वितरण

२०७५ चैत २२ शुक्रबार, दार्चुला।  दार्चुला सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी कम हुन थालेपछि सदरमुकाम क्षेत्र खानेपानीको चरम अभाव भएको हो । ... बाँकी अंश»

नगरपालिकामा सुचीकृत मेलमिलापकर्तालाई सपथ

२०७५ चैत २१ बिहिबार, पाल्पा । रामपुर नगरपालिकामा सुचीकृत मेलमिलापकर्ताको सपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ... बाँकी अंश»

आफ्नै खर्चमा मोटर बाटो

२०७५ चैत २१ बिहिबार, हेटौंडा। मनहरी गाउँपालिकाका एक वडा अध्यक्षले निर्वाचनको क्रममा जनता संग गरेको बाचा पूरा गर्न आफ्नै खर्चमा मोटर बाटो निर्माण गराएका छन्। वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनालले कृष्णमन्दिरदेखि भोर्ले टाँडी जोड्ने दुई किलोमिटर तथा वडा कै वर्ताझुल्यानदेखि तरुनीधारासम्मको एक किलोमिटर बाटो आफ्नै खर्चमा निर्माण गर्नुभएको स्थानीय सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए।  ... बाँकी अंश»

झापाका ३० बाढीपीडितलाई घर

२०७५ चैत २१ बिहिबार, बनियानी। झापाको झापा गाउँपालिका–७ जनमघुटुका ३० बाढीपीडितले घर पाएका छन् । गाउँपालिका, सहारा नेपाल र युएन ह्याबिट्याटको सहयोगमा यहाँका विपन्न ३० बाढीपीडितले सुरक्षित घर पाएका हुन् ।  ... बाँकी अंश»

११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन

२०७५ चैत २० बुधबार, दमौली । तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि समिति गठन गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो । समितिमा भरतपुर महानगरपालिका–१ र देवघाट गाउँपालिका–४ का अध्यक्षसमेत सदस्य रहेका छन् । ... बाँकी अंश»

पाठशाला बनाउन महायज्ञ गर्दै मुस्लिम समुदाय

२०७५ चैत २० बुधबार, स्याङ्जा । मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थित छात्राबास र मदर्शा (पाठशाला)बनाउन जिल्ला सदरमुकामा पहिलो पटक जल्सा (महायज्ञ) आयोजना गरिने भएको छ । ... बाँकी अंश»

ओभरट्याकको सुरमा बसले ठक्कर दिएको थाहा पाएनन् चालकले, महिलाको मृत्यु

२०७५ चैत २० बुधबार, पाल्पा । पाल्पाको रामपुर नगरपालिका १० च्याङ्लिङ मरेडाँडामा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । स्याङ्जाको गल्याङबाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको ग १ ख ७६३६ नम्बरको बसको ठक्करबाट रम्भा १ च्याङलिङकी ६६ वर्षिय हुमकुमारी सारुको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिए । सोही बसमा सवार सारुलाई बसबाट ओर्लेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

 तटबन्धको ठेक्का लिई काम नगर्नेलाई कार्वाही गर्न माग, तीन सय बिघा वन बग्यो    

२०७५ चैत २० बुधबार, टीकापुर । हाइग्रिभा–सिद्धी शाही प्रकाश जेभी सामाखुशी काठमाडौँले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । ... बाँकी अंश»

अपंगता परिचय पत्र वितरण : सिंहदरवारको अधिकार गाँउमा आएको महसूस

२०७५ चैत १८ सोमबार, स्याङ्जा । संघीय संरचना निमार्ण सगै तिन तहको निर्वाचन पछि फरक क्षमता भएका व्याक्तिलाई दिईने परिचयपत्र वितरण कार्य रोकिएको थियो । जिल्लाबाटै वितरण गर्ने वा स्थानीयतहलाई वितरणका लागि दिने भन्ने विषयको टुङ्गो नलागेका कारण लामो समय सम्म अपाङ्ग परिचयपत्र रोकिएको हो । स्थानीयतहलाई अपंगता परिचयपत्र वितरणको जिम्मेवारी आए सगै वालिङ नगरपालिकाले परिचयपत्र वितरण कार्य शुरु गरेको छ । परिचयपत्रको लामो पर्खाइमा बसेका फरक क्षमता भएका व्याक्तिले वालिङ नगरपालिका बाट परिचयपत्र पाउन थालेका छन् । पहिलो पटक वालिङ नगरपालिका भित्रका १२ जना अपंगता भएका ब्यक्तिहरुलाई नगर प्रमुख दिलिपप्रताप खाँणले परिचय पत्र वितरण गरे सँगै यस कार्यको शुरुवात भएको थियो । ... बाँकी अंश»

चौथो नदी शिखर सम्मेलन कालीगण्डकी नदीमा गर्ने घोषणा सहित तेस्रो नदी सम्मेलन सम्पन्न

२०७५ चैत १८ सोमबार, पाल्पा । अबको चौथो नदी शिखर सम्मेलन कालीगण्डकी नदीमा गर्नेसहित बिभिन्न १५ बुंदे घोषणा पत्र जारी गर्दै कर्णालीमा भएको चार दिने तेस्रो नदी शिखर सम्मेलन सकिएको छ । ... बाँकी अंश»

हावाहुरीको विपद्मा शव कसले लैजाने ? कलैया अस्पतालमा १७ शव

२०७५ चैत १८ सोमबार, बारा । हावाहुरीले निम्त्याएको विपद्पछि बारा र पर्सा विक्षिप्त बनेको छ । मृतक २७ जनामध्ये कलैया अस्पतालमा १७ जनाको शव राखिएको छ । अन्य शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। ... बाँकी अंश»

गुल्मी कांग्रेसको प्रथम जिल्ला सम्मेलनको सन्देश 

२०७५ चैत १८ सोमबार, गुल्मी । नेपाली काँग्रेस गुल्मीको दुई दिने प्रथम जिल्ला सम्मेलन तम्घासमा सकिएको छ । सम्मेलनले काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश दिएको छ । ... बाँकी अंश»

गोली प्रहारबाट पारसको मृत्यु, तीन जना नियन्त्रणमा 

२०७५ चैत १८ सोमबार, तौलिहवा । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । ... बाँकी अंश»

हुरीका कारण चार जनाको मृत्यु, दर्जनौँ घाइते

२०७५ चैत १७ आइतबार, वीरगञ्ज। एक्कासि आज साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा चार जनाको मृत्यु भएको छ। पर्साको ग्रामीण इलाका हरबडियामा एकजनाको मृत्यु भएको छ भने बाराका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ... बाँकी अंश»

सुब्बाहरुले घरमा राख्दै आएको ऐतिहासिक दुई निशान संग्राहलयमा राखिने

२०७५ चैत १७ आइतबार, पाँचथर । प्रत्येक दशैंको नवमीका दिन प्रदर्शन गरेपछि सुब्बाहरुले पालै पालो राख्ने गरिएका श्रीकम्पु र श्रीजङगी निशानलाई अब संग्राहलयमा राखिने भएको छ । याङवरक गाउँपालिका वडा नं. ४ स्थित थर्पुमा चैत्र १५ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको सुब्बाहरुको सम्मेलनले सो निर्णय गरेको हो । ... बाँकी अंश»

फुटबल मैदानको बजेट दुरुपयोग गरेको आरोप

२०७५ चैत १७ आइतबार, धरान । धरान उपमहानगरपालिका वडा नं. ४, पत्रङ्गबारी सामुदायिक वन कार्यालयको माताहत रहेको लामेचौरी फुटबल खेल मैदानको बजेट दुरुपयोग भएको भन्दै स्थानीय खेलाडी तथा जनताहरुले खेलकुद विकास समिति, धरानमा उजुरी गरेका छन् । २०६५ सालमा वन कार्यालयले पर्याप्त बजेट अभावका कारण मापदण्ड बमोजिम फुटबल मैदान निर्माण नगरी सामान्य कटिङ्ग र फिलिङ्ग मात्र गरी अधुरो एवम् अस्थायी खेल मैदान बनाएका थिए । ... बाँकी अंश»

ग्यास सिलिन्डर पड्किएर गाउँपालिकामा आगजनी, सरकारी टोली हेलिकप्टरमा जान खोज्दै

२०७५ चैत १७ आइतबार, सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । ... बाँकी अंश»

यसरी मोटरसाइकल ठोक्किए आपसमा जहाँ तीनको भयो मृत्यु

२०७५ चैत १७ आइतबार, राजापुर । बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । ... बाँकी अंश»

एक नेपाली र तीन भारतीय यौनवर्धक औषधिसहित पक्राउ

२०७५ चैत १७ आइतबार, सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

विप्लवका कास्की प्रमुख पक्राउ

२०७५ चैत १७ आइतबार, कास्की । नेत्रविक्रम चन्द (विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

नयाँ