स्थानीय

चार जनाको हत्या 

२०७५ माघ १० बिहिबार, गुल्मी । गुल्मीमा आर्थिक वर्ष २०७५–०७६ को साउन देखि पौष मसान्तसम्म चार जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  ... बाँकी अंश»

खुला दिसामुक्त घोषणा 

२०७५ माघ १० बिहिबार, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई जिल्लाको १४ औँ खुला दिसामुक्त स्थानीय तह घोषणा गरिएको छ ।  ... बाँकी अंश»

मनकारी गाउँपालिका अध्यक्ष, विद्यालयको महायज्ञमा दिए १० महिनाको तलब

२०७५ माघ १० बिहिबार, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो १० महिनाको तलब बिद्यालयको शैक्षिक विकासका लागि आयोजित महायज्ञमा दान सहयोग गरेका छन् ।  ... बाँकी अंश»

जनता कुट्ने दुई प्रहरी निलम्बित 

२०७५ माघ १० बिहिबार, गलकोट । सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।  ... बाँकी अंश»

कञ्चनपुरको डोकेबजारमा भारत डोजर चलाउदै, नेपाली सुरक्षाकर्मी रमिते

२०७५ माघ ९ बुधबार, पुनर्वास । कञ्चनपुरको डोकेबजारमा भारतले डोजर चलाएसँगै स्थानीय आक्रोशित बनेका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका ११ स्थित नेपाल भारत सीमा क्षेत्रमा छिमेकी नेपाली प्रशासनसँग सहमति बिनै भारतीय वन बिभागले नाला खनेर डिल बनाउन थालेको हो । ... बाँकी अंश»

वडाध्यक्षसँग अनुदानको बीउ बिक्री विवरण माग्दा पत्रकार माथि आक्रमण

२०७५ माघ ९ बुधबार, बिराटनगर । अनुदानको मकैको बीउ किसानलाई बितरण गरेको विवरण माग्दा मोरङको उर्लाबारीमा पत्रकार माथि नै आक्रमण भएको छ । पत्रकार तेजन खड्काको उर्लाबारी –९ स्थित घरमा राति ९ बजेर ४५ मिनेट जाँदा कमल फ्याकले आक्रमण गरेका हुन् । फ्याक वडा नं. ९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा हुन् । आक्रमणबाट पत्रकार खड्का र उनकी आमा ६० वर्षीय मालती खड्का घाइते भएका छन् । ... बाँकी अंश»

मार्न हतियार प्रयोग गर्ने दुई युवाहरु धरौटी बुझाउन नसक्दा जेल चलान

२०७५ माघ ९ बुधबार, ताप्लेजुङ । धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो ।  ... बाँकी अंश»

 इन्काउन्टरमा चौधरीको गयो ज्यान 

२०७५ माघ ९ बुधबार, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा बुधबार प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

भूकम्प गयो, मापन ४.५ रेक्टर स्केल 

२०७५ माघ ९ बुधबार, काठमाडौं । भोजपुरमा केन्द्रबिन्दू भएर भूकम्प गएको छ । मंगलबार राति १०ः३० बजेको समयमा भोजपुरको बैकुन्ठेमा केन्द्रबिन्दू भएर भूकम्प गएको हो । ... बाँकी अंश»

३६१ महिलाको सीमानाकाबाट उद्धार

२०७५ माघ ९ बुधबार, कृष्णनगर । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ ।  ... बाँकी अंश»

हरियाली पार्क अतिक्रमण गरी टुरिस्ट बसपार्क ?

२०७५ माघ ९ बुधबार, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं १६ अन्तर्गत विष्णुमती नदीको बालाजुदेखि शोभा भगवती मार्गको छेउँमा रहेको करिब १२ रोपनी जग्गामा हरियाली पार्क बनाउनका लागि तारबार तथा वृक्षरोपण कार्य सम्पन्न भइसकेको अवस्थामा उक्त परियोजनाको बेवास्ता गर्दै टुरिस्ट बसपार्क बनाउने चलखेल भएको खुलेको छ ।  ... बाँकी अंश»

पहिलो पटक हुम्लामा हिउँमा चिप्लेटी

२०७५ माघ ९ बुधबार, हुम्ला । हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । ... बाँकी अंश»

जीपी फाउण्डेशनका संयोजकलाई पितृ शोक

२०७५ माघ ८ मंगलबार, धनकुटा । जीपी कोइराला फाउण्डेशन धनकुटका संयोजक नेपाली कांग्रेसका प्रशिक्षक गणेश प्रसाद चापागाईका पिता तथा समाजसेवी स्वर्गीय पदमलाल चापागाईको मंगलबार अन्त्यष्ठि गरिएको छ । ... बाँकी अंश»

तीन कार्यालय एउटै भवनमा, कुर्सी एक हाकिम तीन

२०७५ माघ ८ मंगलबार, इलाम । साविक जिल्ला खानेपानी तथा सरसफाई कार्यालयमा सोमवार पुग्दा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुल कुमार लाल दास परिषरमा घाम ताप्दै थिए । उत्तीनै बेला भेटिएका प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालयका प्रमुख सुमन कुमार मिश्र आफ्नो नेमप्लेट सहितको चियर छाडेर अर्को कूर्सीमा बसिरहेका थिए । सदरमुकाकम इलाम नगरपालिका ७ स्थित धोविधारामा रहेको यो कार्यालयमा सेवाग्राही भन्दा कर्मचारीको नै ओहोरदोहोर बाक्लो थियो । ... बाँकी अंश»

धनुषामा सार्वजनिक रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा पक्राउ

२०७५ माघ ८ मंगलबार, जनकपुरधाम । प्रदेश नम्बर दुईको धनुषा जिल्ला विदेह नगरपालिका वडा नम्बर ९ स्थित बैदहीमा मंगलबार काचो काठ पक्राउ गरेको छ । ... बाँकी अंश»

गजराजले दियो दुःख, धपाउन साइरन गाडीसहित गस्ती

२०७५ माघ ८ मंगलबार, भद्रपुर । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ ।  ... बाँकी अंश»

उर्लाबारीका वडाध्यक्षले बेचेको बिउको छानबिन हुने, कारबाहीको तयारी

२०७५ माघ ८ मंगलबार, उर्लाबारी । उर्लाबारीका कृषकले अनुदान वापतको ३ सय २० रुपैँया मुल्य बराबरको मकैको बिउ लिन १ सय रुपैँया वडा कार्यालयलाई बुझाएपछि नगरपालीकाले छानबिन गर्ने भएको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको गृहजिल्लाका सामुदायिक विद्यालयहरुमा चरम बेथिति 

२०७५ माघ ८ मंगलबार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालयमा प्रधानाध्यापक बिष्णुकान्त झालाई दलीय आधारमा पदमुक्त गरेर नगरपालिकाले आफ्ना कार्यकर्ता नियुक्त गरेको भन्दै नेपाली कांग्रेसले बिरोध गरेको छ । ... बाँकी अंश»

हिमपातले बाजुरा मर्कामा 

२०७५ माघ ८ मंगलबार, बाजुरा । बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।  ... बाँकी अंश»

भारी हिमपातले विद्यार्थीको ‘ट्युसन’ बन्द 

२०७५ माघ ८ मंगलबार, हुम्ला । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ ।  ... बाँकी अंश»

नयाँ