स्थानीय

बहुविवाहका फरार अभियुक्त पक्राउ

२०७५ पौष १२ बिहिबार, गुलरिया । बर्दियामा एक जना बहुविवाह मुद्धाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका मधुवन नगरपालिका ७ निवासी ४० वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । ... बाँकी अंश»

नेविसङ्घका कार्यकर्ताबीच खुकुरी हानाहान

२०७५ पौष १२ बिहिबार, पर्सा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पर्साका कार्यकर्ताबीच बुधबार अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । ... बाँकी अंश»

सांसद भैरब बहादुर सिंह आलोचित

२०७५ पौष ११ बुधबार, बझाङ । पटक पटक बिभिन्न बिबादहरुमा पर्दै आएका बझाङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित सांसद भैरब बहादुर सिंह फेरि अर्को बिबादमा परेका छन् । सांसद सिंह कै गाँउमा रहेको साविकको सैनपसेला गाविस वडा नं ७ र हालको दुर्गाथली गाँउपालिका वडा नं ७ दौलागाँउको तल्देनमा रहेको गोरखनाथ मन्दिर नेपाल सरकारले छनौट गरेका देशका १ सय वटा उत्कृष्ट गन्तव्यको सुचीमा सुचिकृत गराएको भन्दै सामाजिक सञ्जाल तथा बिभिन्न सञ्चार माध्याममा आएपछि उनि फेरि बिबादमा परेका हुन् ... बाँकी अंश»

प्रवासमा रहेका युवाहरुको सहयोगमा न्यानो लुगा बितरण

२०७५ पौष ११ बुधबार, पुनर्वास । वैदेशिक रोजगारीका शिलशिलामा प्रवासमा रहेका स्थानीय ४ युवाहरुको सहयोगमा कञ्चनपुरको पुनर्वासका ३ विद्यालयका २१० जना विद्यार्थी हरुलाई बुधबार स्विटर वितरण गरिएको छ । ... बाँकी अंश»

अलैँचीको बजारीकरण र प्रर्वद्धन गर्न अलैँचीको गुणस्तरीयतामा जोड दिनुपर्ने

२०७५ पौष ११ बुधबार, पाँचथर । पाँचथरको अलैँचीको बजारीकरण र प्रर्वद्धन गर्न अलैँचीको गुणस्तरीयतामा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,जोन कार्यान्वयन इकाई पाँचथरले बुधबार सदरमुकाम फिदिममा आयोजना गरेको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो जोड दिएका हुन् । ... बाँकी अंश»

एक कर्मचारीको भागमा ११ शाखासम्म

२०७५ पौष ११ बुधबार, पशुपतिनगर ।दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् । ... बाँकी अंश»

त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

२०७५ पौष ११ बुधबार, बाजुरा । जिल्लामा मौसम परिवर्तन भएसंगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मंगलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । ... बाँकी अंश»

शुक्रवार कांग्रेस महामन्त्री शशांक कोइराला बेलौरी आउँदै

२०७५ पौष ११ बुधबार, पुनर्वास । नेपाली काँग्रेस क्षेत्र नम्बर १ कञ्चनपुरको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्न नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला शुक्रबार बेलौरी आउने भएका छन् । ... बाँकी अंश»

मनकारी जनप्रतिनिधि जसले आफ्नो जन्मदिन पारेर गरीव विद्यार्थीलाई बाँडे स्वेटर

२०७५ पौष ११ बुधबार, पाल्पा । जिल्लाको निस्दी गाउँपालिका १ का वडा अध्यक्ष पूर्णबहादुर खाँणले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका छन् । ... बाँकी अंश»

'महिला र जनप्रतिनिधिहरुका लागि नेतृत्व र संस्थागत विकास तालिम फलदायी'

२०७५ पौष १० मंगलबार, गुल्मी । गुल्मीमा महिला तथा बालवालिका शाखा मुसिकोट नगरपालिकाको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम मंगलबारदेखि वामीमा शूरु भएको छ । तालिमको उघाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माले तालिमका विषयवस्तु समय सान्दर्भिक भएकोले महिला जनप्रतिनिधिहरुका लागि यो तालिम अनिवार्य रहेको बताइन । ... बाँकी अंश»

६० वर्षे ससुराको हत्या, २१ वर्षीया बुहारी प्रहरी नियन्त्रणमा

२०७५ पौष १० मंगलबार, बैतडी । अपरिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

बाढीले बगाएर भारत पुगेको गैडा घाइते अवस्थामा सुस्ताको भुमिमा

२०७५ पौष ९ सोमबार, नवलपरासी पश्चिम । गत वर्षको नारायणी नदिमा आएको बाढीले बगाएर भारत पुर्याएको एउटा गैडा गम्भीर अवस्थामा घाइते भएर सोमबार सुस्ता भुमिमा पुगेको छ । गैडाको टाउकोबाट रगत बगिरहेको छ । भारतमा नै गोली हानेर घाइते बनाइएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । भारत विहारको भेडिहारी जंगलमा पटकपटक उक्त गैडा देखिदै आएको थियो । सोमबार बिहान निर्माण हुदै आएको सुस्ता तटबन्ध नजिक रहेको स्थानिय बासीको उखुबारीमा देखिएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले जानकारी दिएका छन् । ... बाँकी अंश»

धनकुटा प्रेस युनियनको जिम्मा हिमालाई 

२०७५ पौष ९ सोमबार,  धनकुटा । नेपाल प्रेस युनियन धनकुटाको नयाँ नेतृत्व हिमा चेम्चोङ्गको भागमा गएको छ । जिल्लाको नवौं जिल्ला अधिवेशनले नेतृत्व हिमालाई सुम्पेको हो ।  ... बाँकी अंश»

गोरुको समाचार लेख्नखोज्दा प्रहरीद्धारा तीन पत्रकारमाथि दुब्र्यबहार, भिडियो–तस्वीर डिलिट 

२०७५ पौष ९ सोमबार, दाङ । नेपाल प्रेस युनियन दाङका सहसचिव शिवराज खनालसहित कार्यसमिति सदस्य प्रीया स्मृति गजमेर र पत्रकार शिवु खनालमाथी प्रहरीले अभद्र व्यवहार गरेको घटना प्रति नेपाल प्रेस युनियन दाङले आपत्ति जनाएको छ । ... बाँकी अंश»

तनावग्रस्त वीरगञ्जको घण्टाघर 

२०७५ पौष ९ सोमबार, वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध सोमबार बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर तनावग्रस्त भएको छ । ... बाँकी अंश»

कार्यकर्ता पक्राउ गरेपछि अछाम कांग्रेसले ल्यायो कडा विरोधको कार्यक्रम

२०७५ पौष ९ सोमबार, अछाम। नेपाली कांग्रेस अछामको आकस्मिक बैठकले जिल्लाका दश वटै स्थानिय तहमा चरणबद्द शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

सामुदायिक वनमा बन्द गरिएको घाँस खुल्ला

२०७५ पौष ९ सोमबार, बाजुरा । वडिमालीका नगरपालिका वडा नं ८ र ९ अन्तरगत पर्ने थापाथली सामुदायिक वनमा बन्द गरिएको घाँस खुल्ला गरिएको छ । ... बाँकी अंश»

ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जल्यो, तीन करोडको क्षति

२०७५ पौष ९ सोमबार,  गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति भएको छ ।  ... बाँकी अंश»

बन्द त्रिचन्द्र क्याम्पसमा आगो ताप्ने क्रममा सल्कियो आगो 

२०७५ पौष ९ सोमबार, काठमाडौँ । काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । ... बाँकी अंश»

३ सय मिटर बाटो निर्माण

२०७५ पौष ८ आइतबार, बाजुरा । बडिमालिका नगरपालिका–२ घागरमा ३ सय मिटर लोमो पक्की गोरेटो बाटो निर्माण गरिएको छ । भेरालमाण्डौ सामुदायिक बन उपभोक्ता समितीको ५ लाख र जनश्रमदान २ लाख गरि ७ लाखामा ३ सय मिटर लामो बक्की गोरेटो बाटो निर्माण कार्य आज सम्पन्न गरेको छ । ... बाँकी अंश»

नयाँ