स्थानीय

सांसद मोहन आचार्यले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री गरे हस्तान्तरण

२०७६ चैत १४ शुक्रबार, रसुवा। प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले जिल्ला विपद व्यवस्थापन समिति रसुवालाई कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन्। बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचार गर्न सांसद आचार्यले शुक्रबार जिल्ला बिपद व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन्। ... बाँकी अंश»

कोरोना नलाग्ने हल्ला फैलिएपछि घर अघि खाडल खन्दै मुगुका स्थानीय

२०७६ चैत १४ शुक्रबार, केहि दिन यता मुगु जिल्ला खत्याड,सोरु गाँउपालिका र छायाँनाथ रारा नगरपालिकाहरुका गाँउ गाँउमा यस्तो हल्लाको पछि लागेर कोरोनाबाट बच्न भन्दै स्थानीयहरु आफनो आगनको बायाँ पट्टी खनेर कोईला निकाली निधारमा लगाउने गर्दै आएका छन । ... बाँकी अंश»

रुपन्देहीको तिलोत्तमा नगरमा एक करोडको कोरोना रोकथाम कोष स्थापना

२०७६ चैत १४ शुक्रबार, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई ध्यानमा राख्दै एक करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । वढ्दो महामारी कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसअघि ८० लाख रुपैयाँ वरावरको कोष स्थापना गरिसकेको उक्त नगरपालिकाले अहिले सो प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा थप २० लाख रुपैयाँ थपेर एक करोड पुर्‍याएको हो । ... बाँकी अंश»

दश देशबाट आएका १८२ नेपाली होम क्वारेन्टाइनमा, अन्यको खोजी जारी

२०७६ चैत १४ शुक्रबार, कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ । फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । ... बाँकी अंश»

कोरोना संक्रमित किशोरीसंग आएका दुईको पहिचान, क्वारेन्टाइन लगिएन, गाउँ त्रसित

२०७६ चैत १४ शुक्रबार, गत चैत ४ गते कतार एअरलाइन्सबाट कोरोना संक्रमित किशोरीसँगै आएका १ सय ८६ जना मध्ये २ जना सिराहाका भएको खुलेपनि अहिलेसम्म उनीहरुलाई क्वारेन्टाइन पठाइएको छैन।  ... बाँकी अंश»

कोरोना सन्त्रासमा सजग हुदै स्याङ्जा, हावा खुस्काउदै प्रहरी

२०७६ चैत १४ शुक्रबार, भारतको नाका सुनौलीबाट नजिक रहेको स्याङ्जा मानवीय रुपले यो रोगको संक्रमणबाट बच्न र बचाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विभिन्न सचेतना सगै अत्यन्तै कठोर संवेदनशिलता अपनाएको छ । अहिले सम्म स्याङ्जामा २०० जना भन्दा बढीलाई होम क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । ... बाँकी अंश»

वडावासीलाई मनकारी वडाध्यक्षले बाडे दाल, चामाल र नुन

२०७६ चैत १३ बिहिबार, खाद्यान्न सामग्रीमा दैनिक उपभोग्य सामग्री चामाल, दाल, नुन, साबुन,तेल, खाजा लगाएतको सामान बितरण गरिएको छ । लकडाउनका कारण सबै भन्दा बढी मारमा दैनिक ज्यालाञ्दुरी गरेर दैनिकी चलाउने र विपन्न वर्गमा परेको र अत्यावश्यक दैनिक उपभोग्य सामग्रि समेत नपाएर नागरिक भोकै बस्नु पर्ने अवस्था सिर्जना नआयोस भनेर लामाले वडाबासीलाइ खाद्यान्न सामग्री वितरण गरेको बताए। ... बाँकी अंश»

कोरोना आशंकित १६ मध्ये ८ जनाको रिपोर्ट नेगेटिभ

२०७६ चैत १३ बिहिबार, रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्विनी प्रादेशिक अस्पतालमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भएको आशंकामा उपचारका लागि आएका आशंकित १६ जना मध्ये अहिले सम्म ८ जनाको परिक्षण (नेगेटिभ) आएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।  ... बाँकी अंश»

पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयर चौधरीले फेरी गरे सुन्नै नसक्ने गाली

२०७६ चैत १३ बिहिबार, संचारकर्मी- सर सुन्नु न मेयर चौधरी- तेरा बाउलाई फोन गरेको छस भाते मेयर चौधरी-भन जा..मु.. ... बाँकी अंश»

असुरक्षित वन्दै गाउँघर ‘लकडाउन’को छैन प्रभाव 

२०७६ चैत १३ बिहिबार, बुटवल । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न सरकारले गत मंगलवार देखि नेपाललाई लकडाउन गरेको छ । लकडाउनका कारण देशभरका वजार क्षेत्रहरु मङ्गलबार देखि बजार सुनसान वनेका छन् । गत सोमबार देखि भने लामो तथा छोटो दुरीका यातायातका साधनहरू चल्न सकेका छैनन् ।  ... बाँकी अंश»

ऋषिङको मध्यविन्दुमा ३० शय्याको क्वारेन्टाइन

२०७६ चैत १३ बिहिबार, तनहुँ। तनहुँको दक्षिण भेगमा पर्ने ऋषिङ गाउँपालिका–८ गोठार्दीस्थित शिव माध्यमिक विद्यालयमा ३० शय्या क्षमताको क्वारेन्टाइन स्थापना गरिएको छ । सबैलाई सहज हुने गरी  गाउँपालिकाको मध्यविन्दु क्षेत्रमा पर्ने उक्त क्षेत्रमा करेन्टाइन स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।  ... बाँकी अंश»

सिन्धुपाल्चोकमा अवज्ञा गर्ने १५० नियन्त्रणमा

२०७६ चैत १३ बिहिबार, मेलम्ची। सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले  कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा  गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। ... बाँकी अंश»

लकडाउनपछि अलपत्र १० पर्यटकको उद्धार

२०७६ चैत १३ बिहिबार, सगरमाथा क्षेत्र भ्रमणमा आएका १० जना पर्यटकको उद्धार गरिएको छ । केही समयअघि खुम्बु भ्रमणमा आएका ती पर्यटकको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा उद्धार गरेर काठमान्डौँ पठाइएको छ ।  ... बाँकी अंश»

लम्कीचुहा नगरपालिकाका विभिन्न वडामा ५ सय ८० बढी शैयाको क्वारेन्टाइनको व्यवस्था

२०७६ चैत १२ बुधबार, बौनिया। कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा क्वारेन्टाइन राखिएको छ। कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यानमा राखी संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो। भारत लगायत विभिन्न मुलुकबाट नेपालमा भित्रिने नागरिकको संख्या बढ्न थालेपछि स्वास्थ्य सुरक्षा सतर्कतामा विशेष जोड दिन थालिएको छ। मंगलबार र बुधबार गरि नगरपालिका अन्तर्गतका विभिन्न स्थानमा ५ सय ८० बढी बेडको क्वारेन्टाइन राखिएको छ। ... बाँकी अंश»

लकडाउन अटेर गरेर हुँइकिएका नेकपा खजुरा १ का अध्यक्ष सुमन मल्ल दुर्घटनामा

२०७६ चैत १२ बुधबार, काठमाडौं। कैलालीको अत्तरीयामा मंगलवार राती दुर्घटनामा परि बाँके खजुरा गाउँपालिका वडा नं १को वडा अध्यक्ष सुमन मल्ल घाइते हुँदा खुट्टा भाँचिएको छ। भाँचिएको उनको खुट्टाको बुधवार नेपालगञ्ज मेडिकल कलेजमा शल्यक्रिया भइसकेको छ। ... बाँकी अंश»

बाँकेको डुडुवा र नरैनापुरका दुई युवा पनि कतारबाट ४ गतेकै उडानमा आएको आशंका

२०७६ चैत १२ बुधबार, नेपालगञ्ज। फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा रहेका बाँकेका चार जनाको खोजी सुरु गरिएको समाचार सार्वजनिक भएसंगै नरैनापुर र डुडुवा गाउँपालिकाका दुई जना पनि केही दिन अघि मात्रै कतारबाट आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। ... बाँकी अंश»

कोरोना संक्रमित किशोरीसँग यात्रा गरेका बाँकेका ४ जनाको खोजी सुरु

२०७६ चैत १२ बुधबार, नेपालगन्ज। कोरोनाको संक्रमण भएकी १९ वर्षीया किशोरी चढेको जहाजबाट बाँकेका चार जनालेसँगै यात्रा गरेको खुलेको छ। गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सोहि जहाजमा रहेका अन्यको पनि खोजी शुरु भएको हो। ... बाँकी अंश»

लकडाउनको आदेश उल्लङ्घन गर्ने मोटरसाइकल नियन्त्रण

२०७६ चैत १२ बुधबार, दमौली। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ८० सवारी साधनलाई विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएको छ। ... बाँकी अंश»

सडकपुर बौनियामा स्थानीय सरकारद्वारा कोरोना ‘हेल्प डेस्क’ स्थापना

२०७६ चैत १२ बुधबार, कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थानीय सरकारले कोरोना भाइरस (कोभिड–१९) को जाँचका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।  ... बाँकी अंश»

रुकुममा कोरानाको लक्षण देखिएका एक बिरामी अस्पतालमा

२०७६ चैत १२ बुधबार, रुकुम पश्चिममा कोराना भाइरस (कोभिड–१९) को लक्षण देखिएका एक बिरामी अस्पतालमा भर्ना भएका छन् । उनी ३ दिनअघि भारतको केरलाबाट जिल्लामा आईपुगेका थिए ।  ... बाँकी अंश»

नयाँ