स्थानीय

रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन

२०७५ फाल्गुण १५ बुधबार, काठमाडौं । रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका महानिर्देशक, काठमाडौं महानगरपालिकाले तोकेका तीनजना जनप्रतिनिधि रहनेछन् । ... बाँकी अंश»

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

२०७५ फाल्गुण १५ बुधबार, काठमाडौँ । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । ... बाँकी अंश»

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नम्बर

२०७५ फाल्गुण १५ बुधबार, डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । ... बाँकी अंश»

गाउँपालिकाले प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिन थालेपछि युवा उत्साहित

२०७५ फाल्गुण १५ बुधबार, पाल्पा । कृषि क्षेत्रमा अब्बल मानिदै आएको बगनासकाली गाउँपालिकाले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्दै आएको छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरे सँगै गाउँपालिकाले युवाहरुलाई ऋण दिदै आएको हो । ... बाँकी अंश»

एउटाकै सवा लाख पर्ने चौंरी गाई हिमपातले धमाधम मर्न थालेपछि 

२०७५ फाल्गुण १५ बुधबार, मनाङ । महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् ।  ... बाँकी अंश»

मापसे गरी कुटपिट, दुई जनाले लठ्ठीले हानीहानी मारे दीपकलाई 

२०७५ फाल्गुण १५ बुधबार, रुकुम (पूर्व) । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व०ले जानकारी दिएको छ ।  ... बाँकी अंश»

सार्वजनिक सुनुवाइमा आँधीखोलाको चिन्ता, वडामा बडापत्र नहुँदा सेवाग्राही अलमलमा

२०७५ फाल्गुण १४ मंगलबार, स्याङ्जा । आँधीखोलाबाट करोडौ आम्दानी गर्ने स्थानीयतहले आँधीखोला संरक्षणमा ध्यान नदिएको प्रति चिन्ता व्यक्त गरिएको छ । हरेक नयाँ आर्थिक बर्षमा आँधीखोलाको ढुङ्गा, गिटी र बालुवा निकासीका लागि करोडौ रकममा ढेक्का पट्टा लगाएपनि आँधीखोला संरक्षणमा स्थानीयतह नलागेको आरोप नागरिकले लगाएका छन् । वालिङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सनुवाई कार्याक्रममा नागरिकले आँधीखोलाको स्वरुप विग्रने गरि दुरुपयोग हुन थालेको गुनासो गरेका हुन् । जिल्लाको मध्यभागबाट वग्ने प्राचिन ईतिहास बोकेको आँधीखोला संरक्षण भन्दा दोहनमा मात्रै स्थानीयतह तल्लीन रहेको नागरिकको बुझाई रहेको छ । जिल्लाका ३ नगरपालिका र दुई गाँउपालिकाले आँधीखोलामा निस्कने ढुङ्जा गिटी बालुवाका निकासीका लागि टेण्डर गर्दै आएका छन् । ... बाँकी अंश»

बसपार्क सिलान्यास गर्न आएका मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा

२०७५ फाल्गुण १४ मंगलबार, बागलुङ । नेपाल विद्यार्थी संघ बागलुङका कार्यकर्ताले नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तीयाक राईलाई कालो झण्डा देखाएर विरोध गरेका छन् । ... बाँकी अंश»

अघिल्लो दिन सडकमा विष्फोट, अर्को दिन पहिरो, एक जनाको मृत्यु, दुई घाइते

२०७५ फाल्गुण १४ मंगलबार, दार्चुला । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ... बाँकी अंश»

विकास निर्माणमा ठेकेदारको बेवास्ता

२०७५ फाल्गुण १३ सोमबार, भीमदत्तनगर ।सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । ... बाँकी अंश»

बौलाहा कुकुरको टोकाइबाट दुहुना गाईसहित डेढ दर्जन पशु चौपाया मरे 

२०७५ फाल्गुण १३ सोमबार, भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाहन कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । ... बाँकी अंश»

शङ्करप्लाजा आगलागीबाट एक करोडको क्षति

२०७५ फाल्गुण १३ सोमबार, बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ ।  ... बाँकी अंश»

झापाको गौरादहमा जनचेतनामुलक सडक नाटक 'रजश्वला' मंचन

२०७५ फाल्गुण १२ आइतबार, झापा । साघुरो स्टेज, सिमित नाट्य सामाग्री, साधारण साजसज्जा त्यसै बिचमा नाटक सुरु हुन्छ । नाटकमा काल्पनिक विद्यालय सरस्वती विद्यामन्दिरमा कक्षा ९ मा अध्ययनरत छात्रा विद्यालयमै रजश्वला भएर आफ्नो शरीर शिथिल भइ एक्लै बसिरहेकि हुन्छिन , उनी एक्लै बसिरहेको अवस्थामा विद्यालयका केही उछृंखल केटाहरुले दिपालाई जिस्क्याइरहेका हुन्छ्न । त्यतिकैमा दिपाका साथीहरु नाटकका पात्र सृष्टि र दृष्टि आइपुग्छ्न । सुरुमा त दिपाले आफ्ना साथिहरुलाइ समेत आफुलाइ रजश्वला भएको भन्न लजाउछिन, तर साथिहरुके निक्कै अनुनय बिनय गरेपश्चात् दिपाले आफुलाइ नछुने " रजश्वला " भएको बताउछिन र आफुलाइ धेरै पीडा भएको र शरीर एकदमै शिथिल भएर हिड्न समेत गारो भएको बताउछिन । ... बाँकी अंश»

अश्वमेध महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शाला निर्माण

२०७५ फाल्गुण १२ आइतबार, वीरगन्ज । वीरगन्जमा हुन लागेको अवश्यमेध गायत्री महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शालाको निर्माण कार्य आजदेखि शुरु भएको छ । आर्दशनगर रगंशालामा आयोजन गरिएको महायज्ञको लागि २५१ कुण्डीय यज्ञ शाला निर्माणको पुजन आईतबार भव्य रुपमा भएको छ । ... बाँकी अंश»

मौरी घारमै मर्न थाले

२०७५ फाल्गुण १२ आइतबार, हुम्ला । हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् । ... बाँकी अंश»

हिउँका कारण उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

२०७५ फाल्गुण १२ आइतबार, ठिनी । सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महीनादेखि यातायात सेवा प्रभावित बनेको छ । ... बाँकी अंश»

कौरा संरक्षणमा जुट्दै कावासोतीका मगर महिलाहरु

२०७५ फाल्गुण १२ आइतबार, कावासोती । कावासोती–२ का प्रगतिटोलका महिलाहरु मगर समुदायमा लोकप्रिय मौलिक नांच कौरा संरक्षण अभियानमा जुटेका छन् । २०५० सालमा स्थापना भएको प्रगति आमा समुहमा आवद्व २४ जना महिलाहरुले कौरा संरक्षणका लागि मासिक पांच सय संकलन गरि वर्षेनी कौरा संरक्षणमा खर्चिने गरेको समुहकी अध्यक्ष भुमा थापा मगरले बताइन् । ... बाँकी अंश»

४० हजार घर पुनःनिर्माण

२०७५ फाल्गुण १२ आइतबार, बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् । ... बाँकी अंश»

सरकारले घर भत्काउन थालेपछि घरधनीले दिए सबै घर भत्काएर देखाउन चेतावनी   

२०७५ फाल्गुण १२ आइतबार, पाल्पा । नियम विपरित तला थपेको भन्दै तानसेन नगरपालिकाले वडा २ महेन्द्रवोधी विद्यालयको गेट अगाडिको थमकला अर्यालको तेस्रो तलाको केही भाग नगरपालिकाले भत्काएको छ । ... बाँकी अंश»

खानेपानी मन्त्री विनाले बाँडेका टंकी पानी बिनाका, कार्यकर्ता नै रुष्ट

२०७५ फाल्गुण १२ आइतबार, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् । ... बाँकी अंश»

नयाँ