//

प्रदेश

चौरसिया हत्या प्रकरणः एसपी पन्तले दर्ता नगरेको जाहेरी सरकारी वकिल कार्यालयले गर्‍यो

२०७७ कार्तिक १३ बिहिबार, पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएकै झडपमा परि जीवन गुमाएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आफन्तहरुले दर्ता गर्न खोजेको किटानी जाहेरी प्रहरीले नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ८औं दिन दर्ता गरेको छ। ... बाँकी अंश»

धान काट्न गएका महिलाले भेटाए तीन सय बढी फालिएका लाइसेन्स

२०७७ कार्तिक १३ बिहिबार, धान काट्न गएका महिलाले भेटाए तीन सय बढी लाइसेन्स ... बाँकी अंश»

हतियार तथा बिष्फोटक पदार्थ सहित मोरङ्गबाट विप्लव समुहका कम्पनी कमिसार पक्राउ

२०७७ कार्तिक १३ बिहिबार, बेलबारी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पूर्वी कमाण्ड अन्तर्गत मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार सहित दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको छ । ... बाँकी अंश»

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

२०७७ कार्तिक १३ बिहिबार, जुम्ला। दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ। सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन्। यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ। जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो। त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो। यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन्। तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन। ... बाँकी अंश»

कोरोना भाइरसः पोखरामा ३६ वर्षीया महिलाको मृत्यु, यस्तो छ तथ्याङ्क 

२०७७ कार्तिक १३ बिहिबार, पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नंं १३ का ३६ वर्षकी महिला रहेकी छिन् । ... बाँकी अंश»

डडेल्धुरामा आईसियू नहुँदा रिफर गर्न वाध्य  

२०७७ कार्तिक १२ बुधबार, डडेल्धुरा। डडेल्धुरा अस्पतालमा आईसियू सेवा नहुँदा कोरोना संक्रमित बिरामी समस्यामा परेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुको केन्द्र रहेको डडेल्धुरा जिल्लामा कोरोनाको जोखिम बढेसँगै गम्भीर समस्या भएका संक्रमित बिरामीको थप उपचारका लागि आईसियू सेवा खड्किएको छ । जिल्लाका अस्पतालमा आइसियू नभए पछि प्रादेशिक अस्पताल धनगढी पठाउनु पर्ने बाध्यता रहेको छ । ... बाँकी अंश»

प्रदेश १ मा ५५६ सङ्क्रमित थप

२०७७ कार्तिक १२ बुधबार, विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा ५५६ जना कोरोना सङ्क्रमित थपिएका छन्। सोही अवधिमा मंगलबार ४३ सङ्क्रमित थपिएका थिए भने हिजै विभिन्न स्थानबाट ७२० जना उपचार भएर घर फर्किएका थिए। ... बाँकी अंश»

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

२०७७ कार्तिक १२ बुधबार, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । ... बाँकी अंश»

पुजारी हत्यामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको बिश्व हिन्दु युवा संघको जिकिर 

२०७७ कार्तिक ११ मंगलबार, काठमाडौं । बिश्व हिन्दु युवा संघले सरकारले नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नम्बर ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारी महगु केवटको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएको छ। संघका प्रवक्ता अनुराग शाहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन। ... बाँकी अंश»

कोरोना संक्रमणबाट पोखराका दुईसहित गण्डकीमा थप चारको मृत्यु

२०७७ कार्तिक ११ मंगलबार, कास्कीको पोखरा महानगरपालिकाका दुई जनासहित गण्डकी प्रदेशका चार जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।  ... बाँकी अंश»

सुस्तामा सन्तको हत्या पछि सनातनी समाज आक्रोशित, बिश्व हिन्दु परिषदले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

२०७७ कार्तिक १० सोमबार, काठमाडौं। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.४ नर्सही, पश्चिम डाडीस्थिति हनुमान मन्दिरका सन्त महगु केवटको हत्याप्रति सनातनी समाज आक्रोशित भएको छ। सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएका साधु–सन्तहरुको श्रृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको उल्लेख गर्दै विश्व हिन्दू परिषद, नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  ... बाँकी अंश»

गण्डकीमा थप २५२ जनामा कोरोना सङ्क्रमण

२०७७ कार्तिक १० सोमबार, गण्डकी। गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।  ... बाँकी अंश»

सुस्तामा हनुमान मन्दिरका ७५ वर्षीय पुजारी केवटको हत्या 

२०७७ कार्तिक १० सोमबार, नवलपरासी । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ४ नर्सही उचम टाडी गाउँमा रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या गरिएको छ । धारिलो हतियार प्रयोग गरि ७५ बर्षिय पुजारी महगु केवटको हत्या गरिएको पाइएको हो । पुजारी सोही गाउँ बस्दै आएका थिए ।  ... बाँकी अंश»

नेकपाको गुटको लडाईमा यसरी कुटीकुटी मारिएका थिए चौरसिया, एमआरआई रिपोर्टमा यस्तो देखिएको थियो टाउको

२०७७ कार्तिक ९ आइतबार, पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्सा विन्दवासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्या बाँसको लौरोले टाउकोमा गरिएको प्रहारबाट भएको देखिएको छ। चौरसियालाई टाउकोमा आक्रमण गर्दैगर्दाको तस्विर र अस्पतालमा गरिएको उनको एमआरआइबाट उनको टाउकोमा गम्भिर चोट लागेको देखिएको छ। यहि चोट नै उनको मृत्युको कारक बनेको अस्पताल निकट स्रोतले जनाएको छ। टाउकोका हड्डी छिया छिया भएर फुटेको अवस्थामा अस्पतालमा एमआरआई गरिएको थियो। उनको मस्तिष्कमा अत्यधिक रक्तस्राव भएका कारण उनलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। स्थानियहरुले चौरसियालाई अत्यन्त निर्मम तरिकाले घेरेर आक्रमण गरिएको बताएका छन्।  ... बाँकी अंश»

कर्णालीमा केपीको निर्देशन अवज्ञा प्रचण्डले जमाए पकड, ओली बिरुद्ध अविश्वास ल्याउने तयारी

२०७७ कार्तिक ९ आइतबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको विवादलाई लिएर छुट्टा छुट्टै निर्देशन जारी गरेसँगै नेकपाको डबल पाइलटवाला जेट कर्णाली प्रदेशको आकाशमा समस्यामा परेर असन्तुलित हुनेगरि हल्लिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रचण्डको हस्ताक्षर विना ५ गते एउटा निर्देशन दिएपछि त्यसको काउण्टरमा प्रचण्डले ७ गते अर्को निर्देशन दिएसँगै नेकपाको जम्बोजेट कर्णालीको आकाशमा असन्तुलित हुनेगरि हल्लिएको हो ।  ... बाँकी अंश»

राउटे बस्तीमा मुख्यमन्त्री, भोजनपछि गरे यस्तो निर्णय

२०७७ कार्तिक ९ आइतबार, सामूहिक भोजन कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावल र  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि सहभागी थिए । मन्त्री रावलले राउटेले माग्न नपरोस् भन्नेमा आफूहरु सचेत भएको बताए । उनले सामुदायिक वनसंग सहकार्य गरेर राउटे जातिको सीप र  कलालाई संरक्षण गर्न सकिने विचार व्यक्त गरे । ... बाँकी अंश»

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

२०७७ कार्तिक ८ शनिबार, गण्डकी। गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ। अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ... बाँकी अंश»

नेकपाको गुटको लडाईः हत्या भएका चौरसियालाई न्याय दिलाउन पनि भेदभाव, किटानी जाहेरी लिइएन  

२०७७ कार्तिक ८ शनिबार, पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा मृत्यु भएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन भएको छ । नेकपा प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरी र नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले प्रदर्शनको नेतृत्व गर्दै प्रहरी कार्यालय अगाडी नारावाजीमा उत्रेका छन् । उनीहरुले हत्या भएका आफ्ना कार्यकर्तालाई न्याय दिलाउन पनि गुटको शिकार हुनुपरेको बताएका छन् ।   ... बाँकी अंश»

कोभिड–१९ बाट सुदूरपश्चिममा हालसम्म २१ जनाको मृत्यु

२०७७ कार्तिक ८ शनिबार, महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन्। यस्तै बझाङ, अछाम र बाजुरामा दुई-दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए। ... बाँकी अंश»

ओली निकटहरुको आक्रमणमा परि ओली इतरका नेकपा पर्साका कार्यकर्ता चौरसियाको मृत्यु

२०७७ कार्तिक ७ शुक्रबार, पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भीर घाइते रहेका नेकपा विन्दावासनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको उपचारको न्यूरो अस्पताल बिरगञ्जमा मृत्यु भएको हो । ... बाँकी अंश»

नयाँ