प्रदेश

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

२०७६ माघ ३ शुक्रबार, पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।  ... बाँकी अंश»

भुमिपुत्रहरुको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध

२०७६ माघ १ बुधबार, सप्तरी । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ९ बसबलपुरमा आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री राउतले राज्यकै उत्पीडन र विभेदका कारण थारु समुदाय हरेक क्षेत्रमा पछाडी परेको बताए । ... बाँकी अंश»

गण्डकीलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग

२०७६ माघ १ बुधबार, पोखरा । नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग गरेका छन् । ... बाँकी अंश»

कांग्रेस कास्कीद्वारा उपनिर्वाचनको समीक्षा

२०७६ पौष २९ मंगलबार, भेलामा कांग्रेस केन्द्रीय सदस्य डा मिलेन्द्र रिजालले कास्कीमा निर्वाचनको परीणाम चित्त बुझ्दो नभएपनि उपनिर्वाचनमा कांग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए । क्षेत्र नं २ बाट नेपाली कांग्रेसमा खेमराज पौडेल उम्मेदवार थिए । ... बाँकी अंश»

आउन छाड्यो मुख्यमन्त्रीलाई फोन

२०७६ पौष २९ मंगलबार, स्थानीयको गुनासोलाई सम्बोधन गर्नको लागि भनेर स्थापना गरिएपनि स्थानीयको माग भने सम्बोधन हुन नसकेको स्थानीयले बताएका छन । हेलो सिएम उदघाटनकै दिन डोटी शिखर नगरपालिका वडा नम्बर २ का स्थानीय करनजन शाहीले धनगढी बजारमा ट्राफिक व्यवस्थापनको विषयमा कुरा उठाएको भएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए । आफूहरुले हेलो सिएमको खासै अन्भूति भने गर्न नपाएको उनले जानकारी दिए । ... बाँकी अंश»

सबै स्थानीय तहमा हेलिप्याड

२०७६ पौष २९ मंगलबार, गलेश्वर । गण्डकी प्रदेशले प्रदेश अन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । ... बाँकी अंश»

सातवटै प्रदेशका विद्यार्थीले कोरे नेपालको वास्तविक नक्सा

२०७६ पौष २८ सोमबार, कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफलेले काठमाडौंको बसन्तपुरबाट सुरु भएको अभियान सातवटै प्रदेशका विद्यार्थीले कोरेको नेपालको वास्तविक नक्सा राष्ट्रपतिलाई बुझाउने नेपालको भुमी भारतले फिर्ता नगरे सयुक्त राष्ट्र संघमा पुर्‍याउने बताए । ... बाँकी अंश»

'मुख्यमन्त्रीले रोष्ट्रमबाट दिएको धम्की लोकतन्त्रको विरुद्ध'

२०७६ पौष २८ सोमबार, आजै माथि उल्लेखित प्रस्तावमा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै गर्दा विवेकशीलका प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता माननीय रमेश पौड्यालको मन्तव्यप्रति माननीय मुख्यमन्त्री डोरमणि पौडेलद्वारा दिइएको अभिव्यक्ति गैर संवैधानिक एवं संसदीय अभ्यासको मर्म विपरीत रहेको हाम्रो ठहर छ । ... बाँकी अंश»

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते, विधेयक अझै दर्ता भएन 

२०७६ पौष २८ सोमबार, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते आह्वान गरिए पनि प्रदेशसभा सचिवालयमा विधेयक भने दर्ता हुन सकेको छैन । ... बाँकी अंश»

तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने : अर्थमन्त्री खतिवडा

२०७६ पौष २७ आइतबार, जनकपुर। प्रदेश नम्बर दुई का मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तहका प्रमुख उपप्रमुख रहने प्रदेश समन्वय परिषदको तेस्रो बैठक महोत्तरीको बर्दिवासमा भएको छ। संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले तीनै तहको समवन्य र सहकार्य विना समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बोल्दै त्यसका लागि समन्वय परिषदको बैठक कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे। ... बाँकी अंश»

प्रदेशको नाम बाग्मती राख्ने निर्णयबिरुद्ध सोमबार हड्ताल घोषणा

२०७६ पौष २७ आइतबार, प्रदेशको नाम बाग्मती राख्ने निर्णयबिरुद्ध सोमबार हड्ताल ... बाँकी अंश»

हेटौँडालाई राजधानी बनाउनुपर्ने पक्षमा १०७ जना

२०७६ पौष २६ शनिबार, हेटौँडा। प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन्। आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए। ... बाँकी अंश»

भ्रष्टाचारको एक पछि अर्को काण्डमा मुछिदै सामाजिक विकास मन्त्रालय

२०७६ पौष २६ शनिबार, धनगढी। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका आर्थिक अनियमितताका घटना धमाधम बाहिर आइरहेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य शिविरदेखि उपकरण खरिदसम्ममा आर्थिक अनियमितता गरेका घटनाहरु रहेका छन्। ... बाँकी अंश»

प्रदेश नं ३ : नाम र राजधानी सर्वसम्मत हुने

२०७६ पौष २६ शनिबार, हेटौंडा। नाम र राजधानीको सम्बन्धमा यहाँ बसेको सर्वदलीय बैठकले प्रदेश नं ३ लाई वाग्मती नामाकरण गर्ने र स्थायी राजधानी हेटौँडालाई कायम गराउने एउटा मात्र प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। साथै सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मत पारित गराउने निर्णय भएको छ। ... बाँकी अंश»

चितवन पुलचोकमा सूचना तथा प्रबिधि बिधेयकको बिरोधमा प्रदर्शन

२०७६ पौष २५ शुक्रबार, चितवन। सूचना तथा प्रबिधि बिधेयक २०७५ को बिरुद्ध सचेत नागरिकहरु सडकमा उत्रन थालेका छन्। यस विधेयकको बिरुद्धमा सर्वत्र आलोचना भइरहेको छ। ... बाँकी अंश»

दुई दिनपछि स्थायी राजधानी पाउँछौं : मुख्यमन्त्री पौडेल

२०७६ पौष २५ शुक्रबार, उनले हेटौँडा औद्योगिक क्षेत्रलगायत प्रदेशका अन्य औद्योगिक क्षेत्र प्रदेश नं ३ मातहत ल्याउन प्रयास भइरहेको भए पनि केन्द्र सरकारमार्फत हस्तान्तरण हुन बाँकी रहेकाले ठोस् कदम चाल्न नसकिरहेको प्रस्ट पारे । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेमात्रै देशले आर्थिक उपलब्धि हासिल गर्नसक्छ भन्ने कुरामा आफू जानकार रहेको बताउँदै देशको अर्थतन्त्रमा निजी क्षेत्रको ६२ प्रतिशत योगदान रहेको उल्लेख गरे । ... बाँकी अंश»

राजधानी हेटौँडा र नाम वाग्मती राख्ने नेकपाको निर्णय

२०७६ पौष २५ शुक्रबार, प्रदेश ३ को नाम ‘वाग्मती’ राजधानी ‘हेटौँडा’ ... बाँकी अंश»

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कर्मचारी अभाव

२०७६ पौष २५ शुक्रबार, कर्मचारी समायोजनमा अधिकृत देखि माथिल्लो तहका कर्मचारीको आकर्षणमा प्रदेश सरकार पर्न नसकेका कारण समस्या देखिएको मन्त्रालयका सुचना अधिकारी जोशीले बताए । ... बाँकी अंश»

बीरगंजमा शहिद दिवस मनाउने मन्त्रिपरिषद्‌को निर्णय

२०७६ पौष २४ बिहिबार, जनकपुरधाम । मधेश आन्दोलनमा बलिदानी दिएका शहिदहरुको सम्झनामा मनाईने शहिद दिवस प्रदेश सरकारले यस वर्ष बीरगंजमा विशेष समारोहको आयोजना गरि मनाइने भएको छ । ... बाँकी अंश»

बिरामीले प्रश्न गर्दा झर्कन थाले चिकित्सक र नर्स

२०७६ पौष २४ बिहिबार, अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ । ... बाँकी अंश»

नयाँ