प्रदेश

नेपाल प्रेस युनियन धनुषामा राजन सिंह सहित कार्यसमिति सर्वसम्मत

२०७५ पौष २६ बिहिबार, धनुषा। नेपाल प्रेस युनियन धनुषाको नवौँ साधारण सभाबाट आगामी ३ वर्षको लागि राजन सिंहको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरिएको छ । ... बाँकी अंश»

गण्डकी प्रदेश : दुई विधेयक प्रस्तुत

२०७५ पौष २६ बिहिबार, पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । ... बाँकी अंश»

माघे संक्रान्ति र माघी बिदा गण्डकी प्रदेशमा पनि, केन्द्र सरकार दबाबमा  

२०७५ पौष २६ बिहिबार, पोखरा । गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ति र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ... बाँकी अंश»

कर्णाली प्रदेशमा माघीको सार्वजनिक बिदा

२०७५ पौष २६ बिहिबार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् । ... बाँकी अंश»

श्रीमानद्वारा श्रीमतीको हत्या, निष्पक्ष छानबिन गर्न माग 

२०७५ पौष २४ मंगलबार, गुलरिया। बर्दियाको सदरमुकाम गुलरियामा श्रीमानले आफनै श्रीमतीको हत्या गरेका छन्। गुलरिया नगरपालिका वडा नं ५ निवासी २७ वर्षिया शुष्मा कुँवर बोहराको सोमबार राती अन्दाजी ११:३० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ। आफ्नै घरभित्र मृत भेटिएकी २७ वर्षीया शुष्मा कुँवरको हत्यामा संलग्न रहेको भन्दै मृतकका श्रीमान् ३५ वर्षीय मोहन बोहरालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

राजधानी र नाममा सहमति नजुट्दा हिअउँदे अधिवेशन अन्योल

२०७५ पौष २३ सोमबार, पथरी । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशका स्थानीय तहको सीमा विवाद चुलिँदै

२०७५ पौष २२ आइतबार, धनगढ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहको सीमा विवाद चुलिंदै गएको छ । सिमा विवाद मिलाउने जिम्मा पाएको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यलयले भने प्रभावकारी काम गर्न सकिरहेको छैन । ... बाँकी अंश»

सर्वोच्चमा मुद्दा विचाराधीन रहेका दीपक मनाङ्गेको सपथ ग्रहण 

२०७५ पौष २२ आइतबार, पोखरा । स्वतन्त्र सांसद एवं गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेले आइतबार सपथ ग्रहण गर्दैछन् । मनाङ्ग जिल्लाबाट प्रदेशसभामा निर्वाचित मनाङ्गे सपथ लिनका लागि आइतबार बिहानै पोखरा आउने तयारीमा रहेको जनाइएको छ । ... बाँकी अंश»

भैरहवा-परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा परिणत हुँदै

२०७५ पौष २१ शनिबार, बुटवल। भैरहवा–परासी सडकखण्ड औद्योगिक करिडोरको रुपमा विकास हुन थालेको छ। ५ बर्ष अगाडिसम्म २/४ वटा मात्र उद्योग रहेको सो सडकखण्डमा अहिले दर्जनौँ उद्योग स्थापना भएका छन्। तर आवश्यकता अनुसार विद्युत् प्रसारण लाइन नहुँदा भने समस्या भइरहेको छ। हुलाकी सडक मार्गको परिचय पाएको भैरहवा–परासी सडकखण्ड अहिले औद्योगिक करिडोरको रुपमा परिणत हुन थालेको छ। ... बाँकी अंश»

‘प्रदेश राजधानीको टुङ्गो लगाउन समितिलाई काम गर्न दिउँ’

२०७५ पौष २० शुक्रबार, रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यहरुले प्रदेशको राजधानीको विषयमा चाँडो टुङ्गो लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशमा बैकं तथा विक्तीय संस्थाहरुको कर्जा लगानी धैरै कम

२०७५ पौष २० शुक्रबार, धनगढी। सुदूरपश्चिम प्रदेशमा बैकं तथा विक्तीय संस्थाहरुको कर्जा लगानी जनसंख्याका आधारमा लगानी धैरै कम रहेको तथ्याङ्कमा उल्लेख गरीएको  छ ।  सुदूरपश्चिम प्रदेशको  कुल जनसंख्या झन्डै २७ लाख रहेको छ भने जसमध्य  मानव विकास प्रतिबेदन २०१४ को तथ्याङ्कमा उल्लेख आर्थिक रुपमा सक्रिय जनसंख्या १० लाख ५८ हजार ५ सय उन्नायस छ । ... बाँकी अंश»

सरकारले संघीयता असफल पार्ने खेल रच्यो –मुख्यमन्त्री राउत 

२०७५ पौष २० शुक्रबार, काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल पार्ने खेल रचेको आरोप लगाएका छन् ।  ... बाँकी अंश»

नेविसंघ जाजरकोटको अध्यक्षमा ललित बस्नेत निर्वाचित

२०७५ पौष १८ बुधबार, जाजरकोट। नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ जाजरकोटको अध्यक्षमा ललित वस्नेत निर्वाचित भएका छन्।सदरमुकाम खलंगामा वुधवार सम्पन्न संघको १० औं जिल्ला अधिवेसनबाट वस्नेत निकटतम प्रतिद्धन्दी मुक्तिप्रसाद गौतमलाइ २५ मतको अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। ... बाँकी अंश»

नेविसंघ मुस्ताङको अध्यक्षमा शेरचन, पहिलोपटक जिल्लामै अधिवेशन भइ बन्यो कार्यसमिति

२०७५ पौष १८ बुधबार, जोमसोम । नेपाल विद्यार्थी संघ मुस्ताङ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन बुधवार सम्पन्न भएको छ । अधिवेशनबाट अषिम शेरचनको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।  ... बाँकी अंश»

'मिथिलाको इतिहास त्रेतायुगदेखि छ, मधेशको इतिहास छैन'

२०७५ पौष १७ मंगलबार, लहान। प्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नाम के हुने भन्ने विषयमा बहस शुरु भएको छ । प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तरसम्म पनि प्रदेशको नाम र राजधानीको विषयलाई लिएर तर्क वितर्क गर्न थालिएको छ ।  ... बाँकी अंश»

कांग्रेस नेताहरुले सिन्धुपाल्चोकका विद्यालयमा गरे शैक्षिक सामग्री हस्तान्तरण

२०७५ पौष १६ सोमबार, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको धुस्कुनस्थित दुई विद्यालयलाई हेलम्बु एजुकेसन एन्ड लाइभहुड पार्टनरसिप हेल्पले शैक्षिक सामग्री प्रदान गरेको छ । ... बाँकी अंश»

नेविसंघ धनकुटा बहुमुखी क्याम्पसमा करुणा

२०७५ पौष १५ आइतबार, धनकुटा। नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समितिको आज सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट करुणा कटुवालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। ... बाँकी अंश»

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै

२०७५ पौष १५ आइतबार, दार्चुला। दार्चुलालगायत सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ। हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहिआएको छ। यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ। पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन रहेको छ। ... बाँकी अंश»

मन्त्री चौधरीले भने –सहकारीको माध्यमबाट नै देशलाई सम्बृद्धि 

२०७५ पौष १५ आइतबार, कैलाली । सुदुरपश्चिम प्रदेशका भुमि ब्यवस्था, गरिवि निवारण तथा कृर्षि मन्त्री विनिता चौधरीले सहकारीको माध्यामबाट नै देशलाई सम्बृद्धि बनाउन सकिने बताएका छन् । ... बाँकी अंश»

सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक

२०७५ पौष १२ बिहिबार, तुलसीपुर ।के तपाइँ सवारी चलाउँदा मोबाइल फोनमा कुरा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने कारवाहीमा पर्नुहोला । प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक लगाइएको छ । ... बाँकी अंश»

नयाँ