प्रदेश

प्राविधिक शिक्षामा जोड दिनुपर्छः मुख्यमन्त्री पौडेल

२०७५ पौष १२ बिहिबार, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । ... बाँकी अंश»

सडक निर्माण कार्य समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन

२०७५ पौष ११ बुधबार, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण हुने छ लेनको सडक समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशको भारत जाने नेपाली कामदारको अभिलेख राख्ने योजना अलपत्र 

२०७५ पौष १० मंगलबार, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सपत ग्रहण गरेकै दिन रोजगारीको सिलसिलामा भारतमा काम गर्न जाने नेपालि कामदारको अभिलेख राख्ने प्रतिवद्धता गरे पनि अहिलेसम्म अलपत्र अवस्था रहेको छ । ... बाँकी अंश»

दुर्गम क्षेत्रको विकासका लागि संघीयता :प्रदेश मन्त्री बस्नेत

२०७५ पौष ९ सोमबार, बाग्लुङ्ग । गण्डकी प्रदेशका भौतिकपूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मुलुकका दुर्गम र विकट क्षेत्रको बिकासको निम्ती संघीयता आएको बताएका छन् । बाग्लुङ्गको बडिगाड गाँउपालिका २ स्थित त्रिभुवन नमुना माबिको ५९ औ बार्षिकोत्सब तथा अभिभावक दिवसको उद्घाटन गर्दै उनले अब दुर्गम र विकट क्षेत्रमा समानान्तर तरिकाले बिकास गरीने बताए । ... बाँकी अंश»

राहत लिएर मुख्यमन्त्री अग्निप्रभावित क्षेत्रमा

२०७५ पौष ९ सोमबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । ... बाँकी अंश»

राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई

२०७५ पौष ८ आइतबार, विराटनगर ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो । ... बाँकी अंश»

प्रदेश ५ को बैठक बस्दै, दुई विधेयक निर्णयार्थ र तीन विधेयक छलफलका लागि पेश हुने

२०७५ पौष ८ आइतबार, बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभाको तेस्रो अधिवेशन अन्तर्गतको दोस्रो बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा केही सांसदहरुले सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्ने कार्यतालिका छ । ... बाँकी अंश»

स्थायी समितिमा सरकारको आलोचना भएको छैन, वामदेवको फरक मत होईनः मन्त्री गुरुङ

२०७५ पौष ७ शनिबार, काठमाडौं। गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन्। ... बाँकी अंश»

कर्णाली प्रदेशमा विकास खर्च बढाउँछौँ : मन्त्री ज्वाला

२०७५ पौष ६ शुक्रबार, वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकास खर्च हुने गरी काम अघि बढेको बताउनुभएको छ । ... बाँकी अंश»

नदीजन्य पदार्थको चोरी निकासी रोक्न संसदीय समितिले दियो प्रदेश ५ सरकारलाई निर्देशन

२०७५ पौष ६ शुक्रबार, बुटवल । प्रदेश ५ को संसदीय समिति अर्थ, उद्योग तथा पर्यटन समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र निकासी रोक्न प्रदेश ५ सरकारलाई निर्देशन दिएको छ । ... बाँकी अंश»

प्रवासीद्वारा असहायलाई सहयोग, परोपकारी कामको चौतर्फी स्वागत

२०७५ पौष ५ बिहिबार, बझाङ्ग । खप्तड छान्ना गााउपालिका १ र २ घर भई रोजगारीको सिलसिलामा बिश्वका बिभिन्न मुलुकमा रहेका प्रवासीहरुले असहाय र सशक्त नागरिकहरु लाई एक लाख बराबरको सहयोग गरेका छन् । ... बाँकी अंश»

अब बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउनुपर्छ : मुख्यमन्त्री

२०७५ पौष ५ बिहिबार, बुटवल । मुख्यमन्त्री पोखरेलले बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउने ढंगले प्रदेश सरकारले तयारी गरिरहेको बताएका छन् । उनले प्राईमलोकेशन भएर पनि बुटवलमा ब्यवसायीक संरचना नभएको भन्दै उहांले बुटवलका घरहरु अव ब्यवसायीक कम्प्लेक्सकारुपमा बन्नु पर्नेमा जोड दिएका थिए । ... बाँकी अंश»

प्रदेश बस सेवा संचालनका लागि २० करोड बजेट बिनियोजन, नीति कार्यान्वयनमा समस्या

२०७५ पौष ४ बुधबार, धनगढी । चालु आर्थिक वर्ष भित्रै प्रदेश वस संचालन गर्ने लक्ष्य लिएको सुदूरपश्चिम प्रदेश सरकारले अझ सम्म पनि सुरुवात गर्न गरेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पहिलो पूर्ण बजेट मार्फत ल्याएको प्रदेश बस सञ्चालन नीति कार्यान्वयनमा आउन समस्या देखिएको छ । ... बाँकी अंश»

मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार मल्लको पक्षमा अन्तरिम आदेश

२०७५ पौष ३ मंगलबार, काठमाडौं । सर्वाेच्च अदालतले मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा महेन्द्र मल्ललाई पुनर्वहाली गर्न आदेश दिएको छ । ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशका मन्त्रीको माला मोह

२०७५ पौष ३ मंगलबार, धनगढी । तत्कालीन स्थानीय तहमा झण्डै २ दशक लामो जनप्रतिनिधि विहिनताको अवस्थामा परिमार्जित स्थानीय तहले जनप्रतिनिधि पाएको पनि डेढ बर्ष भईसक्यो। ७ वटै प्रदेशमा प्रदेश सरकार सञ्चालन भएको पनि १० महिना वितिसकेको छ। यो अवधीमा प्रदेश र स्थानीय सरकारले केहि पनि गर्न नसकेको भन्दै सुदूरपश्चिमका जनतामा निराशा छ। विकास र समृद्धीका सपना देखाउँदै सक्तामा पुगेका नेताहरुले आफ्नै सेवा सुविधा बढाउन थालेको भन्दै प्रदेशवासीमा निराशा बढेको छ। तर तीनै सुदूरपश्चिमका जनता तीनै नेताहरुलाई भने मालाको भारी बोकाएर सम्मान गरिरहेका छन्। ... बाँकी अंश»

चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ : अध्यक्ष दाहाल

२०७५ पौष १ आइतबार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

इन्जिनियरको प्रदेश १ मा नेकपालाई पछि पार्दै कांग्रेस निकट विजयी

२०७५ मङ्सिर २९ शनिबार, विराटनगर। नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं १ कार्यसमितिमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक समुहले बर्चश्ब कायम गर्न सफल भएको छ । ... बाँकी अंश»

इञ्जिनियर्स एशोसिएशनको सुदूरपश्चिममा पनि लोकतान्त्रिक समूहलाई बहुमत, नेकपालाई झड्का

२०७५ मङ्सिर २९ शनिबार, काठमाडौं । नेपाल इञ्जिनियर्स एशोसिएशनको सुदूरपश्चिममा पनि लोकतान्त्रिक समूहले बहुमत ल्याएको छ । शुक्रबार भएको निर्वाचनको परिणामअनुसार लोकतान्त्रिकले स्पष्ट बहुमतसहित नेतृत्व सम्हालेको हो । ... बाँकी अंश»

प्रदेश ५ को हिउँदे अधिवेशन शुरु, भए महत्वपूर्ण निर्णय

२०७५ मङ्सिर २६ बुधबार, बुटवल । प्रदेश–५ को प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश ५ राजधानी बुटवलमा बुधबारदेखि शुरु भएको छ । दोस्रो अधिवेशन सकिएको करीब चार महीनापछि हिउँदे अधिवेशन शुरु भएको हो । ... बाँकी अंश»

जनकपुरमा सीताको ‘इन्गेजमेन्ट’

२०७५ मङ्सिर २५ मंगलबार, धनुषा । जनकपुरमा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको सोमबार चौथो दिन तिलकोत्सव अर्थात् इन्गेजमेन्ट सम्पन्न भएको छ । ... बाँकी अंश»

नयाँ