प्रदेश

कोरोनाबाट एकै प्रदेशमा हजार संक्रमित  

२०७७ जेठ २३ शुक्रबार, दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश–२ मा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या एक हजारको हाराहारी पुग्न लागेको छ । ... बाँकी अंश»

सात जिल्लामा थपिए १०२ जना नयाँ संक्रमित

२०७७ जेठ २२ बिहिबार, यस प्रदेशमा अहिलेसम्म १८ हजार ८९३ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये १० हजार ७६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १६९ जनाको रिपोर्ट आउन बाँकी छ । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि बढोत्तरी गरिएको छ । ... बाँकी अंश»

गण्डकी प्रदेशमा कोरोनाका १६ नयाँ संक्रमित, स्याङजाका पनि थपिए

२०७७ जेठ २२ बिहिबार, गण्डकी प्रदेशमा कोरोना भाइरसका १६ नयाँ संक्रमित थपिएका छन् । ... बाँकी अंश»

सरकारकै कारण कर्णालीमा कोरोना संक्रमित बढ्दै : कांग्रेस

२०७७ जेठ २१ बुधबार, हुम्ला। नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाममा कर्नाली प्रदेश सरकार पूर्ण असफल भएको बताएको छ। कांग्रेसले प्रदेश सरकार कोरोना संक्रमण रोक्नुभन्दा कमाउने खेलमा लागेको आरोप पनि लगाएको छ। कर्नाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बुधबार पत्रकार सम्मेलन गरेर भारतबाट आउने नागरिकहरुको सीमामा परीक्षण विनै गाउँगाउँ पठाएर सरकारले कर्नालीमा कोरोना फैलाउन मद्दत गर्नुका साथै लकडाउन (बन्दाबन्दी) सुरु भएसँगै भारतमा रहेका कर्नालीका नागरिकहरुको तथ्याङक संकलन गर्न र उनीहरुको व्यवस्थापनका लागि तयारी गर्न पटक–पटक आग्रह र अनुरोध गर्दा पनि सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारमा नलागेर प्रदेश सरकारबाटै बेवास्ता गरेको आरोप लगाएका छन्। ... बाँकी अंश»

लकडाउनकै बीचमा कर चुक्ता गर भन्ने अर्थमन्त्रीलाई नेकपाकै कार्यकर्ताले पठाए लगाएकै कपडा

२०७७ जेठ २१ बुधबार, पर्सा। अर्थमन्त्री युवराज खतिवडा कति अदुरदर्शी छन भन्ने कुरा लकडाउन नसकिदै व्यवसायीहरुलाई जेठ २५ भित्रै कर बुझाउन ताकेता गरेबाट देखिएको छ। अर्थमन्त्री खतिवडाले साना ठूला ब्यवसायीले लक डाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभाग मार्फत जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेता गरेपछि यसको सर्वत्र विरोध भएको छ।  ... बाँकी अंश»

संक्रमित भैँसीगोठमा, क्वारेन्टाइन व्यवस्थापनमा चुक्यो कर्णाली

२०७७ जेठ २१ बुधबार, जुम्ला सदरमुकाम खलङ्गामै स्थानीय जनप्रतिनिधिले भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न नमान्दा सिधै घरै जान बाध्य भए । कर्णालीका स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा यतिबेला कोरोना संक्रमण समुदायस्तरमा फैलिने खतरा देखिएको छ । जुम्लामा दुईजना सुरक्षाकर्मी र सुर्खेतको वीरेन्द्रनगरमा एकजना ‘ट्राभल हिस्ट्री’ नै नभएकालाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण समुदायमा फैलिइसकेको पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतका कोभिड–१९ फोकल पर्सन डा केएन पौडेलले कर्णालीमा पनि कोरोना समुदायमा फैलिएको सङ्केत देखापरेको बताउनुहुन्छ । ... बाँकी अंश»

दुई पक्षबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार, १५ जना घाइते

२०७७ जेठ २१ बुधबार, स्थानीयवासी एंव जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि पाँच दिनअघि भएको झगडाले बुधबार उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । ... बाँकी अंश»

क्वारेन्टीनमा बसेकालाई दुर्व्यवहार गर्ने क्याम्पस प्रमुख बस्नेतलाई कार्वाहीको माग

२०७७ जेठ २१ बुधबार, सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकाहरुमाथि दुर्व्यवहार गर्ने मानविकि तथा समाजशास्त्र केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख तेजविक्रम वस्नेतमाथि कार्वाहीको प्रक्रिया अघी बढाएको उपकुलपति नन्दवहादुर सिंहले बताएका छन्।  ... बाँकी अंश»

रुकुम घटनाको दोषीमाथि कारवाहीको माग

२०७७ जेठ २० मंगलबार, जनकपुरधाम। रुकुम पश्चिममा दलित युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश दुईका सांसदद्वय परमेश्वर साह र रामअशिष यादवले जातिय विभेद होइन, सामाजिक नरसंहार हो। न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन्।मंगलबार राष्ट्रिय दलित पत्रकार संघ धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा सांसदद्वयले सो कुरा बताएका हुन्। ... बाँकी अंश»

कर्णालीमा २९ संक्रमितको पहिचान, पुग्यो २६२

२०७७ जेठ २० मंगलबार, एकजना र मल्लेख गाउँपालिका–४ का ६ पुरुष र दुई महिला गरी थप २९ जना पहिचान भएको हो । अछामको स्वाबको परीक्षण पनि सुर्खेतस्थित प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा हुँदै आएको छ । नयाँ पहिचान भएका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । ... बाँकी अंश»

१३ बर्षपछि सशस्त्र प्रहरीले पायो आफ्नै भवन

२०७७ जेठ १९ सोमबार, बेलबारी। मोरङको बाहुनी बजारस्थित रहेको सशस्त्र प्रहरी बेस क्याम्प बाहुनीले स्थापना भएको १३ बर्ष पछि आफ्नै भवन पाएको छ । ... बाँकी अंश»

कोरोनाको समय जनकपुरका घरधनीलाई भाडाको चिन्ता : पैसा नदिए कोठा खाली गर्न किचकिच

२०७७ जेठ १९ सोमबार, जनकपुरधाम । कोरोना भाइरस कोविड १९ बाट देश त्राहि त्राहि भएको समय जनकपुरधाममा घरभाडा र सटर भाडाको लागि घरधनीहरुले भाडावाललाई दबाब दिन थालेका छन्। विश्व महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण आक्रान्त रहेको समयमा प्रदेश नम्बर दुईको राजधानी जनकपुरका घरधनीहरु भाडाको चिन्ता रहेका छन। ... बाँकी अंश»

स्वास्थ्य मन्त्रालयको निर्देशनलाई लत्याउँदै रुपन्देहीको तिलोत्तमा नगरपालिका, स्वास्थ्य सम्वन्धि हानिकारक सडक सेनिटाईनिङ्ग प्रयोग जारी (भिडियो)

२०७७ जेठ १९ सोमबार, रुपन्देही । देशभरका ७ सय ५३ वटा स्थानिय निकायहरु मध्ये एउटा फरक पहिचान दिने उद्देश्यले अगाडी वढिरहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाल विश्वका २ सय १५ वटा देशहरु फैलिएको कोरोना भाईरस (कोभिड–१९)को प्रभावलाई रोकथाम तथा नियन्त्रण गर्न नगरका प्रवेश द्धारमा अत्याधुनिक (अटोमेटिक) सनिटाईजिङ्ग स्प्रे सञ्चालनमा ल्याएको छ । ... बाँकी अंश»

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा रोक

२०७७ जेठ १९ सोमबार, सुर्खेत। कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ।  प्रदेशसभा सदस्यद्वय अम्मरबहादुर थापा र सुशील थापालाई आइतबारदेखि बैठकमा प्रवेश गर्न रोक लगाएको हो। अम्मरबहादुर  दैलेख क्षेत्र नं १ ९ख० बाट र सुशील  क्षेत्र नं २ ९क० बाट निर्वाचित प्रदेशसभा सदस्य छन्।  ... बाँकी अंश»

पीसीआरमा नेगेटीभ पाइएका व्यक्तिको अकस्मात मृत्यु, कोरोनाको आशंकामा पुन जाँच हुँदै

२०७७ जेठ १९ सोमबार, कास्की। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाका एक व्यक्तिको मृत्यु भएको छ। केही दिन अघि भारतबाट आएका र पीसीआर रिपोर्ट नेगेटीभ भएका व्यक्तिको ज्यान गएपछि चेकजाँच गर्ने चिकित्सक र कर्मचारीमा त्रास पैदा भएको छ । ... बाँकी अंश»

प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना हुने

२०७७ जेठ १९ सोमबार, हेटौँडा। वाग्मती प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कम्पनी स्थापना गर्ने भएको छ। प्रदेश सरकार मातहत वा बाहेक प्रदेशभित्र हुने विकास निर्माणको कार्यलाई व्यवस्थित गर्न विकास कम्पनी स्थापना गर्न लागिएको जनाइएको छ। ... बाँकी अंश»

बाँकेमा गम्भीर सवारी दुर्घटना, १२ को मृत्यु, २१ घाइते

२०७७ जेठ १९ सोमबार, बाँकेमा सवारी गम्भीर सवारी दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । २१ जना घाइते रहेका छन् । ... बाँकी अंश»

कोरानसँग जुद्धै प्रदेश २ : अस्पताललाई ८ करोड बढी रकम निकासा

२०७७ जेठ १८ आइतबार, रौतहट जिल्ला स्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्था तर्फ २५ लाख, औषधि खरिदका लागि ५ लाख, पानीको धारा एवं विद्युत महसुलमा ६ लाख, पीपीइ र सेनीटाइजर आदि खरिदमा ४ लाख, मेसिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाईमा १ लाख ५० हजार र बेड सेट खरिदका लागि ३ लाख गरी जम्मा रु ५६ लाख रुपैया पठाएका छन। ... बाँकी अंश»

प्रदेश नं २ मा सङ्क्रमित पुगे ५५३

२०७७ जेठ १७ शनिबार, जनकपुरधाम। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो। नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन्। ... बाँकी अंश»

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार

२०७७ जेठ १७ शनिबार, कास्की। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३:०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए। ... बाँकी अंश»

नयाँ