//

प्रदेश

केपी ओलीबाट सरकार चल्दैन, मुलुक बन्दैनः प्रदिप पौडेल

२०७७ असार २१ आइतबार, पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जे काम गर्दा पनि कमिशन खाने, जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र भ्रष्टाचारमा आफूलाई लिप्त बनाउने राजनीतिक दलको नेतृत्वबाट मुलुक बन्न नसक्ने बताएका छन् । ... बाँकी अंश»

बाँकेको राप्तीसोनारीमा पाटे बाघको छाला र हड्डीसहित नवराज घर्ती मगर पक्राउ

२०७७ असार २० शनिबार, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ बाट पाटे बाघको छाला र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ... बाँकी अंश»

कांग्रेसले लकडाउनका बेलाको यातायात खर्च नलिने

२०७७ असार २० शनिबार, नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।  ... बाँकी अंश»

करणीपछि फरार अधिकृत पेप्सीकोलाबाट पक्राउ, प्रहरीलाई झुकाइ छोरासँगै भागेका थिए अस्पतालबाट

२०७७ असार २० शनिबार, पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा यादव रक्तचाप, मधुमेहसमेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात थप उपचार गराउनुपर्ने भएकाले छोरा रवीन्द्रको जिम्मा जमानीमा छाडिएकोमा त्यसपछि दुबै जना फरार हुँदै आएको प्रहरीले जनाएको छ । ... बाँकी अंश»

प्रदेश २ मा तीन हजार बढी संक्रमित, होम क्वारेन्टाइन बस्ने बढे

२०७७ असार २० शनिबार, असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ... बाँकी अंश»

झापामा २८ सहित प्रदेशमा ३८ थपिए संक्रमित

२०७७ असार २० शनिबार, झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई रहेका छन् । ... बाँकी अंश»

प्रादेशिक प्राश्र्वचित्र सार्वजनिक

२०७७ असार २० शनिबार, कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ... बाँकी अंश»

कर्णालीका ८० प्रतिशत संक्रमित निको भए

२०७७ असार २० शनिबार, दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका आठ र एक डुङ्गेश्वर गाउँपालिका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । १०५ जना स्थानीय संक्रमित यससँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका हुन् । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको समर्थनमा बुटवलमा प्रदर्शन, नेकपाकै नेतालाई भारतीय दलालको संज्ञा

२०७७ असार १९ शुक्रबार, जुलुसमा उपस्थित नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन नेकपा एमाले, प्रधानमन्त्री ओली पक्षधरले प्रधानमन्त्रीको राजीनामा माग्ने नेकपाकै नेताप्रति इंगित गर्दै भारतीय दलालको संज्ञा दिए । समर्थकहरुले प्रधानमन्त्री ओलीलाई हटाउन खोजे परिस्थिती नराम्रो हुने चेतावनी दिएका थिए । ... बाँकी अंश»

सशस्त्र प्रहरीले बाँकेले बरामद गर्‍यो लाखौंको अवैध सामाग्री

२०७७ असार १९ शुक्रबार, नेपालगन्ज। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य  सामाग्री बरामद गरेको छ। ... बाँकी अंश»

ओलीको समर्थनमा नारा, बाँकी नेताहरुलाई दलालको आरोप 

२०७७ असार १९ शुक्रबार, प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पोखरामा प्रदर्शन भएको छ । कडा झरीको प्रवाह नगरी पोखराको चिप्लेढुंगामा यस्तो प्रदर्शन भएको हो ।  ... बाँकी अंश»

कोभिड–१९ ले रन्थनिँदै सुदूरपश्चिम

२०७७ असार १९ शुक्रबार, बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । ... बाँकी अंश»

पोखरामा ४०० घरधनीले दिए घरभाडा छुट

२०७७ असार १८ बिहिबार, कास्की । कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् ।  ... बाँकी अंश»

सुर्खेतमा संक्रमण बढेपछि शुक्रबारदेखि लकडाउनमा पुनः कडाइ

२०७७ असार १८ बिहिबार, कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो । जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिमलाई मध्यनजर गरी कडाइ गर्ने नीति लिएको हो । सुर्खेतमा हाल कोरोना संक्रमितको सङ्ख्या ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशको संक्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ । ... बाँकी अंश»

सुदूरपश्चिम व्यथाः कोरोना संक्रमित बढे, बढेन परीक्षणको दायरा 

२०७७ असार १८ बिहिबार, सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ ।  ... बाँकी अंश»

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

२०७७ असार १७ बुधबार, आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो । ... बाँकी अंश»

कोरोना संक्रमित थपिँदै गएपछि क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

२०७७ असार १७ बुधबार, सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ ।  ... बाँकी अंश»

कोरोनाले चिन्ता बढाउँदै, नौ वर्षमुनिका बालबालिकामा संक्रमण बढ्दो

२०७७ असार १७ बुधबार, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । ... बाँकी अंश»

कपिलवस्तुबाट पाल्पा र अर्घाखाचीं तर्फ लागे करोडौं सलह

२०७७ असार १४ आइतबार, नेपाल प्रवेश गरेका सलह पाल्पा जिल्ला र अर्घाखार्ची जिल्ला तर्फ लागेका छन् । विहान भारतको सिर्दाथनगरको नौगढमा रहेको सलह दिउसो कपिलवस्तु पुगेका थिए । सलह आएपछि किसानहरु चिन्तीत बन्न लागेका छन् । ... बाँकी अंश»

राती ढुङ्गा खसेको देखेपछि परिवारका सबै भागे, पहिराले घरगोठ बगायो

२०७७ असार १४ आइतबार, रातिको समयमा सोनारीका छोरा बाहिर निस्केका बेला ढुङ्गा खसेको देखेपछि परिवारका सबै सदस्यलाई उठाएर भाग्न सफल भएका थिए । मानवीय क्षति नभए पनि घरगोठ र खेती गर्दै आएको जग्गा पूर्णरुपमा पहिराले बगाएर नष्ट गरेको स्थानीय मणिराम अर्यालले जानकारी दिनुभयो । गोठमा रहेका एउटा भैँसी, एउटा दुहँुनो गाई, चार वटा बाख्रा, दुई वटा ब्याउने सँुगुर, एउटा बोकालगायत सबै गाईबस्तु मरेका छन् भने घरमा रहेको केही नगदसहित खाद्यान्न र एक तोला सुन पुरिएको छ । ... बाँकी अंश»

नयाँ