प्रदेश

 मोटरबोटमा चढेर यसो भने मुख्यमन्त्री राईले

२०७५ श्रावण १२ शनिबार, इटहरी ।  प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् । ... बाँकी अंश»

मेगा र स्मार्ट सिटी सातै प्रदेशमा 

२०७५ श्रावण १२ शनिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ ।  ... बाँकी अंश»

अपराध र दुर्घटनामा प्रदेश नं १ मा ‘ब्याड फ्राइडे’

२०७५ श्रावण १२ शनिबार, विराटनगर । प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । शुक्रबारलाई प्रायः ‘गुड फ्राइडे’ भनी खुशी मनाइरहँदा प्रदेश १ मा भने ‘ब्याड फ्राइडे’ हुने गरेको छ ।  ... बाँकी अंश»

सार्वजनिक लेखा सभापतिमा चौधरी

२०७५ श्रावण १० बिहिबार, बुटवल । प्रदेश नम्बर ५ को सार्वजनिक लेखा समितिको सभापतिमा दाङका प्रदेश सांसद तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन । मंगलवार समितिका लागि भएको मनोनयन दर्तामा सार्वजनिक लेखा समितिको सभापतिका लागि चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन । ... बाँकी अंश»

संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

२०७५ श्रावण ९ बुधबार, बुटवल । प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ ।  ... बाँकी अंश»

डा. केसीले थालेको आन्दोलन पुरा हुँदैन : मुख्यमन्त्री गुरुङ्ग

२०७५ श्रावण ७ सोमबार, नवलपरासी । प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा. गोविन्द केसीले थालेको आन्दोलन पूरा नहुने बताएका छन् । ... बाँकी अंश»

बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

२०७५ श्रावण ७ सोमबार, सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपीडितको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आइतबार यहाँ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा १० सदस्यीय उच्चस्तरीय बाढीपीडित समस्या समाधान समिति गठन गरेको आर्थिक ममिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए । ... बाँकी अंश»

समीक्षा ठकुरी हत्या प्रकरणः दवाव दिन जाग्यो आमा समूह

२०७५ श्रावण ४ शुक्रबार, बुटवल । गत असार २० गते जलेर मृत्यु भएकी समीक्षा ठकुरीको घटना छिटो बाहिर ल्याउन सामाजिक संघ संस्थाहरुले प्रहरीलाई दवाव दिएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरकी ठकुरीको हत्या भएको १५ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै उनीहरुले प्रहरीलाई दवाव दिएका हुन् । ... बाँकी अंश»

गण्डकी प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीको विशेष सम्बोधन, पहिलो गाँसमै ढुङ्गा

२०७५ श्रावण ३ बिहिबार, पोखरा । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि पहिलोपटक गण्डकी प्रदेश पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ । प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् । ... बाँकी अंश»

पोखरामा प्रम ओलीलाई कालो झण्डा, नेविसंघका ३० पक्राउ

२०७५ श्रावण ३ बिहिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन पुगेका ३० जना नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका छन् । डा. गोविन्द केसीको मागमा सरकार उदासीन रहेको भन्दै सरकारको आलोचना गर्दै आएको कांग्रेसको भातृसंगठन नेविसंघले विहीबार पोखरा पुगेका ओलीलाई कालो झण्डा देखाएका हुन् । ... बाँकी अंश»

प्रदेश ५ मा मनोरञ्जन, बिज्ञापन र प्राकृतिक स्रोत शुल्क स्थानीय तहले उठाउने

२०७५ श्रावण २ बुधबार, बुटवल। प्रदेश नं. ५, प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी ऐन, २०७५ ले प्रदेश सरकार र स्थानीय तहको साझा सूचीमा रहेका मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, प्राकृतिक स्रोत शुल्क (ढुङ्गा गिट्टी, बालुवा, माटो र दहत्तर बहत्तरमा लाग्ने शुल्क) सम्बन्धित स्थानीय तहले असुल उठाउने व्यवस्था गरेको छ । ... बाँकी अंश»

संस्थागत भ्रष्टाचारले विकास प्रभावित : मुख्यमन्त्री गुरुङ

२०७५ असार ३२ सोमबार, बेसीशहर, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा उनले भने, “ भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ ।” ... बाँकी अंश»

 पूर्णता पायो प्रदेशसभाले 

२०७५ असार ३२ सोमबार, बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिइन् । ... बाँकी अंश»

संघमा ४५ हजार र प्रदेशमा १६ हजार कर्मचारी संख्या हुने

२०७५ असार ३० शनिबार, काठमाडौं। सरकारले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दी टुङ्ग्याएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ... बाँकी अंश»

प्रदेश २ का मुख्यमन्त्री राउतलाई मातृशोक

२०७५ असार २९ शुक्रबार, महेन्द्रनगर, धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ। आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको ७० वर्षे आमा राधिका देवीको निधन भएको छ। सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ। ... बाँकी अंश»

आरक्षण कम भएको भन्दै विरोध प्रदर्शन

२०७५ असार २८ बिहिबार, महेन्द्रनगर । प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनमा दलित समुदायलाई छुट्टयाइएको आरक्षण कम भएको भन्दै जनकपुरमा विरोध प्रदर्शन गरिएको छ ।  ... बाँकी अंश»

बाढीपिडितले न्याय नपाएको प्रदेश सांसदको गुनासो

२०७५ असार २५ सोमबार, बुटवल । चार वर्षअघि बाढीबाट पिडित बनेकाहरुले अहिलेसम्म राहत नपाएको भन्दै पाँच नम्बर प्रदेश सभामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बाढी पहिरोको मारमा परेका पीडितको अभिभावक बन्न नसक्नु सरकारको कमजोरी भएको भन्दै उनीहरुले प्रदेश सरकारललाई तदारुकताका साथ अघि बढ्न आग्रह गरे । ... बाँकी अंश»

सडकमा कार्यकर्ता छैनन् तर बन्द छ 

२०७५ असार २५ सोमबार, पोखरा । प्रदेशको नाम जातिय पहिचानका आधारामा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले सोमबार गण्डकी प्रदेश बन्द गरेको छ ।  बन्दका कारण सर्वसाधारणलाई कठिनाइ परेको छ । ... बाँकी अंश»

‘गण्डकी’ किन राखेको भन्दै पोखरा बन्द  

२०७५ असार २५ सोमबार, पोखरा । तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।  ... बाँकी अंश»

आदवासी जनजाती महासंघको आह्वानमा सोमबार गण्डकी प्रदेश बन्द

२०७५ असार २४ आइतबार, पोखरा। प्रदेश ४ को संसदले त्यस प्रदेशलाई गण्डकी नामाकरण गरेको विरोधमा नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेश बन्दको आह्वान गरेको छ। ... बाँकी अंश»

नयाँ