प्रदेश

मिचिएको भुमि फिर्ता माग्दै प्रशासन अगाडि एक्लै अनशनमा

२०७६ फाल्गुण १८ आइतबार, नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरु देशसँग सिमाना जोडिएका सबै ठाउँमा तत्काल नेपाली सेना राख्नुपर्ने र सीमा विवादका विषयमा दुई देशका सरकार प्रमुखबिच छलफल गरी निष्कर्षमा पुग्नुपर्ने लगायतका मागहरू राखेर अनसन सुरु गरेको उनले बताए । ... बाँकी अंश»

निर्मलाको हत्यारालाई कारबाही गरेरै छाड्छौं : मन्त्री शाह

२०७६ फाल्गुण १७ शनिबार, काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाहले समग्रमा सुदूरपश्चिम सरकार सफल भएको दाबी गरेका छन् । शान्ति–सूरक्षा, अमनचयन कायम गर्न, सुशासन कायम गर्न र संघीयता कार्यान्वयनको लागि आफूहरुको सरकार सफल भएको उनको भनाई छ । ... बाँकी अंश»

कर्णालीबाट २६ सयले लिए पुनः श्रम स्वीकृति

२०७६ फाल्गुण १७ शनिबार, सुर्खेत। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना भएयता २ हजार ६१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। विसं २०७५ माघमा श्रम तथा रोजगार कार्यालय स्थापना भएको हो। ... बाँकी अंश»

‘यसपालि घुमौँ कर्णाली’

२०७६ फाल्गुण १७ शनिबार, सुर्खेत। नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो। कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीयस्थलहरुको तस्वीरसहितको स्टिकर प्रकाशन गरिएको छ। स्टिकरमा पर्यटकीयस्थलका साथै नेपाल भ्रमण वर्ष, २०२० तथा प्रदेश सरकारको ‘यसपालि घुमौँ कर्णाली’ नारासहितको लोगो पनि समावेश गरिएको छ। ... बाँकी अंश»

वाग्मती प्रदेश कोरोनाबाट बच्न पूर्वतयारीमा

२०७६ फाल्गुण १६ शुक्रबार, हेटौंडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेकाछन् । ... बाँकी अंश»

गिद्धको नयाँ प्रजाति

२०७६ फाल्गुण १६ शुक्रबार, जाजरकोट। प्रकृतिको कुचिकार मानिएको गिद्धको नयाँ प्रजाति जाजरकोटमा फेला परेको छ । समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइ रहेको वारेकोट गाउँपालिका–१ आग्रखोलामा राज नाम गरेको एक जोडी गिद्ध भेटिएको हो । जाजरकोटमा चरा, अन्य लोपोन्मुख जन्तुको संरक्षण तथा खोजीमा क्रियाशील गोविन्दबहादुर सिंहका अनुसार बारेकोट गाउँपालिकाको जङ्गलमा भेटिएको गिद्ध विश्वकै लोपोन्मुख चराका रुपमा रहेको छ । ... बाँकी अंश»

मुख्यमन्त्रीले पत्रकारलाई भने - 'राम्रोलाई राम्रो भन्न सक्नुहुन्न भने चुप लाग्नुस्'

२०७६ फाल्गुण १५ बिहिबार, मुख्यमन्त्री पोखरेलले नेपाली सञ्चारमाध्यमले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न नसकेको बताए । उनले भने, “तपाईंहरुले नराम्रोलाई नराम्रो नै भन्नुस् तर राम्रोलाई राम्रो भन्न सक्नुहुन्न भने चुप लाग्नुस् ।” उनले बितेका सात महिनाको अवधिमा देशको आयात घटेको र निर्यात बढ्दो अवस्थामा देखिएको बताउँदै यो नेपाली अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत रहेको उल्लेख गरे । ... बाँकी अंश»

प्रदेश सरकारको काम छैन :कमल थापा

२०७६ फाल्गुण १४ बुधबार, वुधवार जनकपुरमा निर्वाचन अभिमुखिकरण बैठकमा आएका अध्यक्ष थापा वर्तमान संविधानमा सुधारको आवश्यकता रहेको बोल्दै यस संविधानलाई सर्व स्विकार्य बनाउन सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए। ... बाँकी अंश»

राष्ट्रपतिको कार्यक्रमबाटै प्रधानमन्त्रीलाई दबाब दिन १ लाख पत्र संकलन

२०७६ फाल्गुण १४ बुधबार, मंगलबार विश्व सहित्य सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी पुगेपछि त्यसै खुल्ला मन्चबाट १ लाख पत्र संकलन गर्न थालिएको संयोजक यादव जोशीले बताए । ... बाँकी अंश»

प्रदेश सरकार फेरिन्छ भन्ने प्रचण्डलाई मुख्यमन्त्रीले भने- 'सपना नदेखे हुन्छ'

२०७६ फाल्गुण १४ बुधबार, यसै साता नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले प्रदेश नम्बर दुईका सरकार फेर्ने दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने , ‘ केही नेताहरु मन्चै पिछे बोली फेर्छन्, अहिले संघीयतालाई धराप पार्ने गरि सरकार परिवर्तनको सपना देखि रहनु भएको छ । त्यस्तो सपना नदेखे हुन्छ ।’ ... बाँकी अंश»

वाग्मती सरकारले एशियाकै पुरानो सुरुङमार्गको पुनःनिर्माण गर्ने

२०७६ फाल्गुण १२ सोमबार, “हाम्रा राजा क्या अक्कलधारी ल्याए मोटर चुरेलाई भ्वाङ पारी” विसं १९७३ मा पाँचौँ राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बाराको अमलेखगञ्जबाट मकवानपुरको हेटौँडा छिचोल्न सुरुङ खनिएपछि मकवानपुरका स्थानीयवासीले यस्तो गीत बनाएका थिए । उक्त गीत बुढापाका हिजोआज समेत गुन्गुनाउँछन् । ... बाँकी अंश»

फागुन १५ गते चितवन बन्द

२०७६ फाल्गुण १२ सोमबार, सोमबार फागुन १२ देखि १५ गतेसम्मका दैनिक कार्यक्रम सार्वजनिक गरेको कांग्रेसले १५ गते चितवन बन्द नै आब्हान गरेको छ । ... बाँकी अंश»

मिथिलाञ्चलको महाकुम्भमा प्रचण्डले भने- प्रदेश सरकार परिवर्तन हुन्छ

२०७६ फाल्गुण ११ आइतबार, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर दुइमा प्रदेश सरकार परिवर्तन हुने भन्दै यसका लागि राष्ट्रिय जनता पार्टी ( राजपा) नेपालसंग आन्तरिक कार्यहरु भईरहेकोले गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश सरकार फेरिने बताए । ... बाँकी अंश»

वाग्मती प्रदेशमा कर्मचारी भर्ना प्रक्रिया शुरु गरिने

२०७६ फाल्गुण १० शनिबार, हेटौँडा। वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जनाएको छ। आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चालू आवको असार मसान्तसम्ममा प्रदेश र स्थानीय तहका लागि आवश्यक पर्ने कर्मचारीमध्ये केही सङ्ख्यामा मात्रै भए पनि कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी दिए।  ... बाँकी अंश»

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

२०७६ फाल्गुण १० शनिबार, वीरेन्द्रनगर। कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन्। बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन्। सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी  छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय  भएमा  धेरै जानकारी पाइने बताए। ... बाँकी अंश»

छोरीको बीमा गराउनेलाई  तीन महिना निःशुल्क इन्टरनेट सेवा

२०७६ फाल्गुण १० शनिबार, लहान। प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य  सिरहामा शुरु गरिएको छ ।  ... बाँकी अंश»

प्रदेश दुईलाई मदिरा मुक्त बनाइने

२०७६ फाल्गुण ९ शुक्रबार, मुख्यमन्त्री राउतले प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताए । ... बाँकी अंश»

डोरी टाँगेर बसेका बालकलाई बसले किच्यो, रुख लडाएर प्रदर्शन

२०७६ फाल्गुण ९ शुक्रबार, दोलखा । महाशिवरात्रीको अवसरमा सडकमा डोरी टागेर बसेका बालकलाई बसले ठक्क दिदा मृत्यु भएको छ । गौरिशंकर यातायतको बा ४ ख ९८०९ नम्बरको बसले दोलखाको कालिन्चोक गाँउपालिका वडा नम्बर ९ का लालबहादुर थामीका ९ बर्षिय छोरालाई किचेर मारेको हो । ... बाँकी अंश»

मुख्यमन्त्रीद्वारा निवासमा प्रेस युनियनको टोलीलाई स्वागत

२०७६ फाल्गुण ८ बिहिबार, नेपाल प्रेस युनियनको आगामी चैत २१ र २२ मा नेपालगञ्जमा गर्न लागिएको नवौं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी सहित र निमन्त्रण गर्न पुगेको प्रेस युनियनको टोलीलाई बुटवल स्थित मुख्यमन्त्री निवासमा स्वागत गर्दै उनले अझैपनि पुरानो संरचना अनुसार आञ्चलिक मनोबिज्ञान कायम रहेको उल्लेख गरे । प्रदेश पाँच साविक लुम्बिनी, राप्ती र भेरी अञ्चलका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । ... बाँकी अंश»

वर्तमान सरकार सबै नेपालीको हुन सकेन : पूर्वमन्त्री बडू

२०७६ फाल्गुण ७ बुधबार, अछाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्। प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ।” ... बाँकी अंश»

नयाँ