प्रदेश

फागुन २७ मा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने

२०७४ फाल्गुण २२ मंगलबार, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फागुन २७ गते विश्वासको मत लिनेभएका छन् । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार फागुन २७ गते दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् । ... बाँकी अंश»

प्रदेशका कानूनमन्त्रीले भने - रेशम चौधरीलाई सार्न सकिन्छ

२०७४ फाल्गुण २१ सोमबार, धनगढी । प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताएका छन् । ... बाँकी अंश»

राजधानीबारे मुख नै खोलेनन् मुख्यमन्त्री पोखरेलले

२०७४ फाल्गुण २१ सोमबार, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले बुटवललाई अस्थायीबाट स्थायी राजधानी बनाउने सम्बन्धमा भने केही बोलेनन् । अस्थायी राजधानी बुटवल उपमहानगरका जनप्रतिनिधिले मुख्यमन्त्रीले राजधानीबारे बोल्ने अपेक्षा गरेको भए पनि उनी मौन रहे ।बुटवलबाट राजधानी सार्न चलखेल र लबिङ भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा र आशंकाहरु प्रकट भइरहेका छन् । ... बाँकी अंश»

के गर्दैछ प्रदेश ५ सरकार ?

२०७४ फाल्गुण २१ सोमबार, बुटवल। पाँच नम्बर प्रदेश सरकारले ऐन कानुन निर्माण शुरु गरेको छ। सरकार सञ्चालनका लागि आवश्यक कानुनहरूको मस्यौदा बनाइरहेको सरकारले संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ। प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक फागुन २७ गते बस्दैछ। यसअघि फागुन १३ गते तोकिएको संसद बैठक सरकारले काम दिन नसकेपपछि स्थगित गरेको थियो। ... बाँकी अंश»

वर्तमान शिक्षा नीतिले विकास सम्भव छैन : मुख्यमन्त्री राउत

२०७४ फाल्गुण २० आइतबार, धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गरेका छन् । ... बाँकी अंश»

प्रदेश ५ मा राजधानी सार्न चलखेल, समस्या र असुबिधा देखाउँदै मुख्यमन्त्री पोखरेल

२०७४ फाल्गुण २० आइतबार, बुटवल । प्रदेश ५ को राजधानी सार्न चलखेल शुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बुटवलबाट अन्यत्र राजधानी सार्न असुविधा र भौतिक पूर्वाधारको अभाव देखाउन थालिएको छ । ... बाँकी अंश»

भ्रष्टचार मुक्त र सुशासन कायम गर्ने प्रदेश सरकारको निर्णय अग्नी परिक्षा : मन्त्री केसी

२०७४ फाल्गुण १९ शनिबार, बुटवल । आन्तिरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले भ्रष्टचार मुक्त र सुशासन कायम गर्ने प्रदेस सरकारको निर्णय अग्नी परिक्षा भएको बताएका छन । ... बाँकी अंश»

कर्मचारी अभावले सेवा प्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

२०७४ फाल्गुण १९ शनिबार, नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले शनिवार विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गरे। ... बाँकी अंश»

प्रदेश ३ मा दोस्रो पटक मन्त्रिपरिषद विस्तार

२०७४ फाल्गुण १६ बुधबार, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले बुधबार मन्त्रीपरिषद विस्तार गरेका छन् । दोस्रो पटक ३ जना नेकपा एमाले र १ जना माओवादी केन्द्रबाट मन्त्री थपिएका हुन् । ... बाँकी अंश»

प्रदेश २ मा बुधवार दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

२०७४ फाल्गुण १६ बुधबार, महेन्द्रनगर, धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधवार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । संघीय समाजवादी फोरम र राजपाले पाँच–पाँच जना मन्त्रीको नाम टुंगो लगाएपछि बुधवार मन्त्रिमण्डल विस्तार हुन लागेको हो । दुवै पार्टीले दुई–दुई जना मन्त्री र तीन–तीन जना राज्यमन्त्रीको नाम टुंगो लगाएका छन् । ... बाँकी अंश»

दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

२०७४ फाल्गुण १६ बुधबार, महेन्द्रनगर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् । ... बाँकी अंश»

प्रदेश नम्वर ७लाई नमुना प्रदेशका रुपमा स्थापित गर्न कस्सिए मुख्यमन्त्री भट्ट

२०७४ फाल्गुण १५ मंगलबार, बेलौरी, कञ्चनपुर। प्रदेश नम्बर सातलाई नमुना प्रदेशका रुपमा स्थापित गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कस्सिएका छन्। ... बाँकी अंश»

विश्वासको मत : कर्णालीका मुख्यमन्त्रीलाई दुईतिहाई बढीको समर्थन

२०७४ फाल्गुण १५ मंगलबार, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा दुई तिहाइ बहुमत जुटाएका छन् । ... बाँकी अंश»

जलविद्युतमा प्रदेश ७ धनी

२०७४ फाल्गुण १५ मंगलबार, काठमाडौँ । मुलुकको कूल जलविद्युत् क्षमतामध्ये २८ हजार ८२३ मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा रहेका छन् । ... बाँकी अंश»

प्रदेशसभा सदस्यलाई अभिमुखीकरण

२०७४ फाल्गुण १५ मंगलबार, धनगढी । प्रदेश नं ७ का प्रदेशसभा सदस्यलाई प्रदेशसभा सञ्चालनसम्बन्धी अभिमुखीकरण दिन थालिएको छ । ... बाँकी अंश»

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

२०७४ फाल्गुण १४ सोमबार, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री नियुक्त भएपछि मंगलबार हुने प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा उनले विश्वासको मत लिन लाग्नुभएको संसद् सचिवालयले जनाएको छ । ... बाँकी अंश»

प्रदेश १ को राजधानी र नामकरण छिट्टै गरिन्छ : मुख्यमन्त्री राई

२०७४ फाल्गुण १४ सोमबार, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन् । मुख्यमन्त्रीमा निर्वाचित भएपछि सोमवार पहिलोपल्ट प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

प्रदेश सभाको कार्यविधि नियमावली २०७४ पारित

२०७४ फाल्गुण १४ सोमबार, हेटौँडा । प्रदेश नं ३ को सभाको सोमवार बसेको बैठकले प्रदेशसभाको कार्यविधि नियमावलीको प्रस्ताव, २०७४ लाई ध्वनि मतद्वारा पारित गरिएको छ । सो बैठकमा कार्यविधि नियमावली, २०७४ का संयोजक राजेन्द्र पाण्डेले दलगत स्वार्थभन्दा माथि उठेर उक्त प्रस्तावलाई सर्वसम्मतिबाट पारित गर्न आह्वान गरेका थिए । ... बाँकी अंश»

मन्त्री बन्न नपाएपछि संसदीय दलको मुख्य सचेतक

२०७४ फाल्गुण १४ सोमबार, सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छिन् । ... बाँकी अंश»

काममा आयो जचुकाली, हुने भए प्रदेश २ का मन्त्रालयहरु 

२०७४ फाल्गुण १३ आइतबार, महेन्द्रनगर । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । ... बाँकी अंश»

नयाँ