प्रदेश

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल

२०७६ चैत ८ शनिबार, हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।  ... बाँकी अंश»

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

२०७६ चैत ८ शनिबार, कास्की। कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा गरी हालसम्म सो सङ्ख्यामा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो। ... बाँकी अंश»

कोरोनाका कारण प्रदेशसभा अधिवेशन अन्त्य

२०७६ चैत ६ बिहिबार, हिउँदे अधिवेशनको अन्तिम बैठकबाट बिहिबार दुईवटा विधेयक पारित भएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो । ... बाँकी अंश»

बुटवल महोत्सव काण्ड प्रदेश सभामा, छानबिनको माग

२०७६ चैत ४ मंगलबार, रुपन्देहीका सांसद समेत रहेका फकरुद्दिन खाँनले नेकपा निकट कलाकार नारायण खनाल लेकालीले बोलेको कुरा व्यक्तिगत नभई सत्ता र शक्तिको आडमा राज्य आतंकको नमूना भएको टिप्पणी गरेका थिए । साथै उनले जनताको करबाट उठेको रकमलाई कम्युनिष्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको भन्दै कम्युनिष्टका कलाकारहरुलाई स्टेजमा नबोलाएका कारण मन्त्री र सीडीओलाई दबाब दिएर मेला बन्द गराउनुले विधिको शासन र कानुनी राज्यको उपहास भएको तर्क गर्दै सांसद खाँनले अडियोमा दुईजना मन्त्रीको नाम पनि जोडिएकाले त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । ... बाँकी अंश»

प्रदेश दुई : साहले पेश गरेको प्रस्ताव ‘मध्य मधेश’ पनि अस्वीकृत

२०७६ चैत ४ मंगलबार, जनकपुर । प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रस्ताव गरिएको विभिन्न नाम मध्ये प्रतिपक्षी दललाईपछि पार्दै असन्तुष्ट सांसदहरुको 'मध्य मधेश'ले ४२ मत ल्याएको छ । 'जानकी’, ‘मिथिला–भोजपुरा’ अस्वीकृतपछि नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले पेश गरेको प्रस्ताव ‘मध्य–मधेश’ पनि अस्वीकृत भएको छ । यसभन्दा अगाडी नेकपा सांसद रामकुमार यादव र कांग्रेस सांसद नरेश कुमार यादवले पेश गरेको प्रदेशको नाम अस्वीकृत भएपछि कांग्रेसकै अर्का सांसद साहले पेश गरेको नाम पनि अस्वीकृत भएको हो । ‘मध्य–मधेश’ जम्मा ४२ मत खसेसँगै अस्वीतृ भएका हुन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत खसेको थियो । तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएका छन । अब सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त प्रस्ताव रहेको मधेश प्रदेशमा मतदान जारी रहेको हो । निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु हुँदै मिथिला भोजपुरा र मध्य मधेश प्रदेशको नाममा मतदान भएको छ । नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस् ... बाँकी अंश»

समाजवादी र राजपालाई दुईतिहाइ पुर्‍याउन सकस

२०७६ चैत ४ मंगलबार, समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन । ... बाँकी अंश»

नेकपा र कांग्रेस असफल, समाजवादी र राजपाले संयुक्त प्रस्ताव ल्याउदै

२०७६ चैत ४ मंगलबार, राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा भने नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेको छ । ... बाँकी अंश»

प्रदेश दुई : कांग्रेसको ‘मिथिला भोजपुरा’ अस्वीकृत

२०७६ चैत ४ मंगलबार, सो प्रस्तावको पक्षमा २८ मत परेको हो । प्रदेशसभामा कांग्रेसका जम्मा १९ सांसद हुन् । यस आधारमा कांग्रेसले ल्याएको उक्त प्रस्तावको पक्षमा कांग्रेस बाहेक थप ९ जनाले मतदान गरेका हुन् । ... बाँकी अंश»

प्रदेश दुई : नेकपाको 'जानकी'को विपक्षमा ७०, पक्षमा ३७ मत

२०७६ चैत ४ मंगलबार, जनकपुर । प्रदेश नम्बर दुईको प्रदेश सभामा मंगलवार भएको मतदानमा १०७ प्रदेशसभा सदस्यमध्ये जानकीको पक्षमा ३७ मत मात्रै खसेको छ । मंगलवार प्रदेश सभामा प्रदेशको नाम र राजधानीबारे मतदान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर दुई मा प्रदेशको नाम जानकी राख्न गरेको प्रस्ताव प्रदेश सभामा असफल भएको छ । ... बाँकी अंश»

'जानकी'मा नेकपाद्वार ह्वीप जारी, समाजवादी र राजपासँग स्पष्ट बहुमत

२०७६ चैत ४ मंगलबार, प्रदेश सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था रहेको छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुईतिहाइ पुर्‍याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन । ... बाँकी अंश»

प्रदेश दुईको नाम र राजधानी तय हुदै, मतदान सकियो

२०७६ चैत ४ मंगलबार, बैठकले प्रदेशको नाम सम्बन्धी प्रस्तावमध्ये ‘जानकी’लाई पहिलो प्रस्तावका रुपमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट सांसद रामकुमार यादवले जानकी नाम प्रस्ताव गरेको थियो । ... बाँकी अंश»

चार वटै प्रस्ताव अस्वीकृत भएपछि प्रदेश नं २ को नामकरणमा अन्योल

२०७६ चैत ४ मंगलबार, प्रदेश २ को नामकरणको लागि दर्ता भएको जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश गरी चार वटै प्रस्ताव अस्वीकृत भएको हो । ... बाँकी अंश»

प्रदेश–२ को राजधानी र नाम तोक्न  मतदान 

२०७६ चैत ४ मंगलबार, प्रदेश–२ को स्थायी राजधानी र नाम तोक्नका लागि मंगलबार प्रदेशसभा बैठकमा मतदान हुँदैछ । ... बाँकी अंश»

समाचार प्रभाव : मृतक तथा पिडितका परिवारलाई ३ लाख दिने घोषणा

२०७६ चैत ३ सोमबार, समाचार प्रकाशनको भोलीपल्ट सोमवार विहान प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत र आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव घटनास्थल रमदैयामा पुगेका छन । उनीहरुले पिडीत परिवारहरुलाई सान्तवना दिदैं ३-३ लाख रुपैयाको दरले राहत दिने घोषणा गरेका छन । ... बाँकी अंश»

प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचित भए शंकर गिरी

२०७६ चैत २ आइतबार, नेपालगन्ज। प्रदेश ५ को रिक्त प्रदेश सभा सदस्य पदमा शंकर गिरी निर्वाचित भएका छन्। निर्वाचन आयोगको आइतबार बसेको बैठकले गिरीलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको हो। विपक्षी दल कांग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि प्रदेश सभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त थियो। ... बाँकी अंश»

कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी

२०७६ चैत २ आइतबार, धनुषा। कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्प्तालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिनुभयो । ... बाँकी अंश»

कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

२०७६ चैत २ आइतबार, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिनुभएको छ । ... बाँकी अंश»

कांग्रेसको अवरोधका कारण शुक्रबार तेस्रो दिन पनि प्रदेशसभा बैठक स्थगन

२०७६ फाल्गुण ३० शुक्रबार, कांग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए । ... बाँकी अंश»

बैतडीका पाँच नाका बन्द, पाँचमा हेल्थ डेस्क

२०७६ फाल्गुण ३० शुक्रबार, बैतडी। कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन्। पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन्। डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए। बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ। ... बाँकी अंश»

प्रदेश ५ को सभामा कांग्रेसले गर्यो शंकर गिरीको नाम सिफारिस

२०७६ फाल्गुण २९ बिहिबार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेश सभामा रिक्त समानुपातिक तर्फको प्रदेश सदस्यका लागि शंकर गिरीको नाम सिफारिस गरेको छ। कांग्रेस केन्द्रिय कार्यालयले रिक्त प्रदेश सांंसदमा दाङका गिरीको नाम निर्वाचन कार्यालयमा पठाएको निर्वाचन आयोगले जानकारी दिएको छ। प्रदेश नम्बर ५ का समानुपातिक सांसद बलदेव शर्मा पोखरेलको केही समय अघी निधन भएपछि रिक्त रहेको पदमा कांग्रेसले गिरीको नाम सिफारिस गरेको हो। गिरी कांग्रेसको तर्फबाट प्रदेश ५ मा समानुपातिकतर्फ खस आर्यको सूचिमा दुई नम्बरमा परेका थिए। गिरी दाङका एक प्रभावशाली नेताको रुपमा परिचित छन्। ... बाँकी अंश»

नयाँ