//

प्रदेश

क्रिश्चियन भए कोरोनाले नछुने भ्रामक प्रचार गर्ने पास्चर आचार्य कास्कीमा पक्राउ

२०७६ चैत ११ मंगलबार, कास्की। यशुका अनुयायी क्रिश्चियनहरुलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्राउ गरेको छ।  ... बाँकी अंश»

पोखरामा लक डाउनको प्रभाव

२०७६ चैत ११ मंगलबार, पोखरा। सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ। लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ। सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो। ... बाँकी अंश»

कोभिड–१९ : सुदूरपश्चिमभर सतर्कता

२०७६ चैत ११ मंगलबार, भीमदत्तनगर। कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ। यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन्। ... बाँकी अंश»

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा

२०७६ चैत ११ मंगलबार, गलकोट। बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।  कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन्। गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम  कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिए। ... बाँकी अंश»

‘कोभिड–१९’प्रतिकार्य गर्न ५० लाख दिने कर्णाली मन्त्रिपरिषद्को निर्णय

२०७६ चैत ११ मंगलबार, सुर्खेत। नोबेल कोभिड–१९ प्रतिकार्य गर्न यहाँका १० जिल्ला विपद् व्यवस्थापन कोषमा रु ५० लाख उपलब्ध गराउने कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको २२औँ मन्त्रिपरिषद् बैठकले नोबेल कोभिड–१९ रोकथाम तथा प्रतिकार्य गर्न प्रति जिल्ला विपद् व्यवस्थापन कोषका लागि रु ५० लाख बजेट उपलब्ध गर्ने निर्णय गरेको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए। ... बाँकी अंश»

बाँकेमा मंगलबारदेखि जनता कर्फ्यु , बाहिर निस्किए प्रहरीले बल प्रयोग गर्ने

२०७६ चैत १० सोमबार, नेपालगन्ज । कोरोना महामारीबाट सबैलाई सुरक्षित रहनका लागि बाँकेमा मंगलबारदेखि जनता  कर्फ्यु  लाग्ने भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिंड्डुल रोक्न जनता  कर्फ्यु लगाउने भएको हो । ... बाँकी अंश»

कैलालीमा कर्फ्यु 

२०७६ चैत १० सोमबार, धनगढी। कोरोना भाइरसको जोखिम रोक्न  कैलालीमा कर्फ्यु जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा आज बसेको बैठकले दिउँसो २ बजेदेखि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो। संघीय सरकारको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशका सबै नाका बन्द भइसकेको अवस्थामा कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ। ... बाँकी अंश»

मुख्यमन्त्री राईद्वारा सीमा नाकाको निरीक्षण

२०७६ चैत १० सोमबार, त्यस्तै उनले मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको निरीक्षण तथा आवश्यक जानकारी लिएका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गरेका छन् । ... बाँकी अंश»

कोरोना : कर्णालीका मुख्यमन्त्रीले बन्द गरे भेटघाट

२०७६ चैत १० सोमबार, “यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्री र प्रदेश सरकार नागरिकको साथमा छ”, सल्लाहकार शर्माले भने ।  ... बाँकी अंश»

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यकबाहेकका भेटघाट बन्द

२०७६ चैत १० सोमबार, मुख्यमन्त्री शाहीले स्वास्थ्य निर्देशिकाको अनिवार्यरूपमा दायित्व सम्झेर पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिक आफैँले उच्च सावधानी अपनाउन, अनावश्यक हिँड्डुल, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्बन गर्नसमेत उहाँले सुझाउनुभएको छ । ... बाँकी अंश»

प्रदेश १ का जनताको स्वास्थ्यको जिम्मेवारी सरकारले लिने

२०७६ चैत ९ आइतबार, क्वारेन्टाईनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । मुख्यमन्त्री राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताए । ... बाँकी अंश»

पोखरा १३ दिनका लागि बन्द

२०७६ चैत ९ आइतबार, सार्वजनिक सेवा बन्द भए पनि कार्यालय भने खुल्ला रहेको कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिनुभयो । जिल्लामा अनुगमनको पाटोलाई प्रभावकारी बनाइने बताउँदै उहाँले कार्ययोजनाका साथ बजार एवं सार्वजनिक सरोकारका क्षेत्रमा अनुगमन गरिने जानकारी दिनुभयो । ... बाँकी अंश»

कोरोना भाइरस सङ्क्रमणः गड्डाचौकी बाहेकका सबै सीमा नाकामा आवतजावत बन्द

२०७६ चैत ८ शनिबार, कञ्चनपुर। कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि कञ्चनपुरका भारतसँग जोडिएका गड्डाचौकीबाहेकका सीमानाका बन्द गरिएका छन्। आवतजावतका लागि प्रयोग हुँदै आएका जिल्लाका ब्रम्हदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी र पुर्नावासलगायत क्षेत्रका सीमा नाका बन्द गरिएका हुन्। ... बाँकी अंश»

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार मास्क वितरण 

२०७६ चैत ८ शनिबार, बर्दिया(गुलरिया)। कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गुलरिया उद्योग वाणिज्य संघ बर्दियाले कपडाको माक्स वितरण गरेको छ। ... बाँकी अंश»

गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको चाप बढ्यो

२०७६ चैत ८ शनिबार, कञ्चनपुर। कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि आज बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ। भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ। भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ। ... बाँकी अंश»

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल

२०७६ चैत ८ शनिबार, हेटौँडा। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।  ... बाँकी अंश»

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

२०७६ चैत ८ शनिबार, कास्की। कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा गरी हालसम्म सो सङ्ख्यामा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो। ... बाँकी अंश»

कोरोनाका कारण प्रदेशसभा अधिवेशन अन्त्य

२०७६ चैत ६ बिहिबार, हिउँदे अधिवेशनको अन्तिम बैठकबाट बिहिबार दुईवटा विधेयक पारित भएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो । ... बाँकी अंश»

बुटवल महोत्सव काण्ड प्रदेश सभामा, छानबिनको माग

२०७६ चैत ४ मंगलबार, रुपन्देहीका सांसद समेत रहेका फकरुद्दिन खाँनले नेकपा निकट कलाकार नारायण खनाल लेकालीले बोलेको कुरा व्यक्तिगत नभई सत्ता र शक्तिको आडमा राज्य आतंकको नमूना भएको टिप्पणी गरेका थिए । साथै उनले जनताको करबाट उठेको रकमलाई कम्युनिष्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको भन्दै कम्युनिष्टका कलाकारहरुलाई स्टेजमा नबोलाएका कारण मन्त्री र सीडीओलाई दबाब दिएर मेला बन्द गराउनुले विधिको शासन र कानुनी राज्यको उपहास भएको तर्क गर्दै सांसद खाँनले अडियोमा दुईजना मन्त्रीको नाम पनि जोडिएकाले त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । ... बाँकी अंश»

प्रदेश दुई : साहले पेश गरेको प्रस्ताव ‘मध्य मधेश’ पनि अस्वीकृत

२०७६ चैत ४ मंगलबार, जनकपुर । प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रस्ताव गरिएको विभिन्न नाम मध्ये प्रतिपक्षी दललाईपछि पार्दै असन्तुष्ट सांसदहरुको 'मध्य मधेश'ले ४२ मत ल्याएको छ । 'जानकी’, ‘मिथिला–भोजपुरा’ अस्वीकृतपछि नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले पेश गरेको प्रस्ताव ‘मध्य–मधेश’ पनि अस्वीकृत भएको छ । यसभन्दा अगाडी नेकपा सांसद रामकुमार यादव र कांग्रेस सांसद नरेश कुमार यादवले पेश गरेको प्रदेशको नाम अस्वीकृत भएपछि कांग्रेसकै अर्का सांसद साहले पेश गरेको नाम पनि अस्वीकृत भएको हो । ‘मध्य–मधेश’ जम्मा ४२ मत खसेसँगै अस्वीतृ भएका हुन् । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ मत खसेको थियो । तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएका छन । अब सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को संयुक्त प्रस्ताव रहेको मधेश प्रदेशमा मतदान जारी रहेको हो । निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान शुरु हुँदै मिथिला भोजपुरा र मध्य मधेश प्रदेशको नाममा मतदान भएको छ । नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस् ... बाँकी अंश»

नयाँ