//

प्रदेश

कर्णालीलाई उज्यालो बनाइदै

२०७६ माघ ७ मंगलबार, कार्यक्रम कार्यान्वयनको पहिलो चरणमा आर्थिक तथा प्राविधिक कारणले निर्माण कार्य पुरा हुन नसकेका कर्णालीका विभिन्न जिल्लामा रहेका लघु तथा साना जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिनेछ । ति आयोजना सम्पन्न गर्न प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमवाट वजेट व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मीकुमारी वस्नेतले वताइन्। ... बाँकी अंश»

कपिलवस्तु कांग्रेसद्वारा सूचना प्रविधि विधयेक सच्चाउन माग

२०७६ माघ ५ आइतबार, कपिलवस्तु। नेपाली काँग्रेस र भातृ संस्था नेपाल तरुण दल कपिलवस्तुले  संसदमा पारित गर्न ल्याएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेको छ। काँग्रेस कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु  मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउंदै विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हुंदा यसलाई सच्चाएर लैजान सरकारलाई ध्यानकर्षण गराएको छ। ... बाँकी अंश»

अभिव्यक्ती स्वतन्त्राका लागी धनकुटा कांग्रेसले पठायो ज्ञापन पत्र

२०७६ माघ ५ आइतबार, धनकुटा। अभिव्यक्ति स्वतन्त्रा र प्रदेश स्वतन्त्रता खतरामा पर्न लागेको भन्दै नेपाली कांग्रेस धनकुटाले आज जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पठाएको छ। ... बाँकी अंश»

मिडिया विद्येयकको विरोध गर्दै धनुषा कांग्रेस

२०७६ माघ ५ आइतबार, धनुषा। नेपाल सरकारले ल्याउन लागेका मिडिया विद्येयकको विरोध गर्दै नेपाली कांग्रेस धनुषाले सिडियोमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ। आइतबार नेपाली काग्रेस धनुषाका सभापति महेशशंकर गिरीको नेतृत्वमा पूर्व खानेपानी तथा सरसफाईमन्त्रि महेन्द्र यादव, पूर्वमन्त्रि आनन्द ढुङगानालगायतको नेताहरुका विशेष उपस्थितीमा जनकपुर नगरको विभिन्न चोकमा विरोध प्रदर्शन गरेका छन्। ... बाँकी अंश»

काँग्रेस बागलुङद्वारा सूचना प्रविधि विधयेक सच्चाउन माग

२०७६ माघ ५ आइतबार, बागलुङ। नेपाली काँग्रेस बागलुङले संसदमा पारित गर्न ल्याएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेको छ। काँग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हुँदा यसलाई सच्चाएर लैजान सरकारलाई ध्यानकर्षण गराएको छ। ... बाँकी अंश»

प्रदेश नं १ को मन्त्रिमण्डल विस्तार, चार राज्यमन्त्री नियुक्त

२०७६ माघ ५ आइतबार, विराटनगर। प्रदेश नं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी  विस्तार गरिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्ति गरेका हुन्। ... बाँकी अंश»

प्रदेश २ बलीदानी दिवस मनाउँदै, सार्वजनिक बिदा 

२०७६ माघ ५ आइतबार, जनकपुरधाम । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आइतबार (माघ ५ गते मनाइने ) बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाइरहेको छ । ... बाँकी अंश»

छाउपडीको छायाँ जसले सुदूरपश्चिमको शिर निहुरिने गरेको छ 

२०७६ माघ ५ आइतबार, डोटी । छाउपडी गोठ भत्काउने अभियान अन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । ... बाँकी अंश»

सुदुरमा २२ वर्ष यताकै भारी हिमपात

२०७६ माघ ४ शनिबार, बाजुरा। शुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगमा २२ बर्षपछिको भारी हिम्पात भएको छ। एक साता यता निरन्तर हिम्पात हुंदा जनजीवन कठ्याग्रीदै गएको छ। बाजुराको उत्तर पुर्बी क्षेत्र प्रदेश क्षेत्र 'क' बाट प्रदेश क्षेत्र 'ख' मा आउने एक मात्र नाका पोरखे लेकमा एक सात याता भईरहेको निरन्तर हिम्पातकै कारण बाजुराको चार स्थानीय तहका वासिन्दा लगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका  नागरिकलाई आवागमन प्रभावित भएको छ। ... बाँकी अंश»

'मधेश जनविद्रोले उठान गरेको संघीयतामाथि शासक वर्गबाट कुठाराघात'

२०७६ माघ ४ शनिबार, जनकपुर। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नाम मात्रको संघीयताले परतन्त्रको अन्त नहुने बताएका छन्। समाजवादी पार्टीले शुक्रबारबाट शुरु गरेको तीन महिने संगठन विस्तार तथा सुदृढिकरण अभियानको जनकपुरबाट शुरु गर्दै अध्यक्ष यादवले मधेश जनविद्रोले उठान गरेको संघीयताको मर्ममाथि कुठाराघात गर्दै शासक वर्गले आफनो वर्चस्व कायम राख्ने गरि ल्याएको संघीयताले शोषित पीडित वर्गको उत्थान सम्भव नरहेका बताए। ... बाँकी अंश»

सुदूरपश्चिम प्रदेशमा ६ महिनामा १० प्रतिशत बजेट खर्च

२०७६ माघ ४ शनिबार, धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनाको अवधिमा १० प्रतिशत मात्रै बजेट खर्च गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी पुस मसान्तसम्ममा जम्मा १०.१८ प्रतिशत खर्च गरेको जनाएको छ। ... बाँकी अंश»

रामानन्द जयन्तीमा पाँच दिने कार्यक्रम

२०७६ माघ ४ शनिबार, जनकपुरधाम। हिन्दू धर्मका महान् गुरु अनन्त विभूसित रामानन्द आचार्य भगवानको जयन्ति यस पटक पाँच दिवसीय कार्यक्रमको आयोजना गरेर भव्य रुपमा जनकपुरधाममा मनाईएको छ । ... बाँकी अंश»

माघीपछि थारु समुदायमा अगुवा छान्नेको चटारो

२०७६ माघ ३ शुक्रबार, धनगढी । थारु समुदायका नागरिकहरुले माघी पर्वलाई नयाँ वर्षको रुपमा लिने गर्दछन् । यो समयमा उनीहरु आफ्नो गाउँको लागि अगुवा (भलमन्सा) समेत चुन्ने गर्दछन् । एक बर्षका लागि नेतृत्व लिने गरि भलमन्सा छान्ने प्रचलन रहेको छ । माघी पर्व सुरु भएसगै अहिले थारु समुदायमा भलमन्सा छान्ने चटारो छ । ... बाँकी अंश»

मुख्यमन्त्रीको फोटोमा 'जु्त्ता चप्पल मार' कार्यक्रम, प्रहरीद्वारा ४ जना पक्राउ

२०७६ माघ ३ शुक्रबार, जनकपुरधाम। बक्यौता रकम नदिएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरुले प्रदेश नम्बर दुईका मुख्यमन्त्री सहितका अन्य मन्त्रीलाई फोटोमा 'जु्त्ता चप्पल मार' कार्यक्रम गरेको छ। ... बाँकी अंश»

चौथो पटक हिमपातका कारण डोटीमा घट्दै तापक्रम

२०७६ माघ ३ शुक्रबार, डोटी। बुधबारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा चौथो पटक हिमपात शुरु भएको छ। पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात शुरु भएको छ। हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ। ... बाँकी अंश»

एकै दिन ५५ छोरीको बीमा

२०७६ माघ ३ शुक्रबार, लहान। प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ। ... बाँकी अंश»

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

२०७६ माघ ३ शुक्रबार, पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार भएको दुर्घटनामा निधन हुनुभएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।  ... बाँकी अंश»

भुमिपुत्रहरुको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध

२०७६ माघ १ बुधबार, सप्तरी । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ९ बसबलपुरमा आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री राउतले राज्यकै उत्पीडन र विभेदका कारण थारु समुदाय हरेक क्षेत्रमा पछाडी परेको बताए । ... बाँकी अंश»

गण्डकीलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग

२०७६ माघ १ बुधबार, पोखरा । नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग गरेका छन् । ... बाँकी अंश»

कांग्रेस कास्कीद्वारा उपनिर्वाचनको समीक्षा

२०७६ पौष २९ मंगलबार, भेलामा कांग्रेस केन्द्रीय सदस्य डा मिलेन्द्र रिजालले कास्कीमा निर्वाचनको परीणाम चित्त बुझ्दो नभएपनि उपनिर्वाचनमा कांग्रेसको पक्षमा ६ प्रतिशत मत बढेको बताए । क्षेत्र नं २ बाट नेपाली कांग्रेसमा खेमराज पौडेल उम्मेदवार थिए । ... बाँकी अंश»

नयाँ