संसद

४५ जनाको भाग्य फैसला, १८ जना सांसद बन्दै

२०७६ माघ ९ बिहिबार, प्रदेश सभाका ५५० र स्थानीय तहका १५०६ जनाले मतदान गर्नेछन् । प्रदेश सभाको सदस्यहरुको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ ... बाँकी अंश»

जवाफ माग्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता

२०७६ माघ ८ बुधबार, समितिले आगामी बैठकमा गृहमन्त्रीलाई आमन्त्रण गरी आगामी वर्ष कम्तीमा १० वटा बोर्डर पोष्ट थप गर्ने र सीमा सुरक्षा तथा अपराध नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने भनी दिएको सरकारी आश्वासनको सम्बन्धमा जानकारी लिने भएको छ । ... बाँकी अंश»

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता

२०७६ माघ ७ मंगलबार, कास्की। यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ... बाँकी अंश»

‘रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछन् ?’

२०७६ माघ ६ सोमबार, सरकारी लगानीमा खुलेका करोडौँको पूर्वाधारसहित स्थापना भएका दर्जनौँ उद्योग अहिले पनि बन्द अवस्थामा छन् । वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा, भृकृटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा टायल उद्योग, कृषि सामग्री लिमिटेड, बुटवल धागोलगायत उद्योग लामो समयदेखि बन्द रहेका छन् । ती उद्योगको संरचना जीर्ण अवस्थामा छन् । ... बाँकी अंश»

अग्नि भर्सेस पुष्पा 

२०७६ माघ ६ सोमबार, संसद महराले असोज १४ गते राजीनामा दिएपछि सभामुखविहीन रहेको छ ।  ... बाँकी अंश»

‘एमसिसी’का पक्ष विपक्षमा तर्क

२०७६ माघ ५ आइतबार, काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पारेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क गरेका छन्। सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे। एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले आशङ्का व्यक्त गरे। ... बाँकी अंश»

‘नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा लाग्दैन’

२०७६ माघ ५ आइतबार, बाग्लुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । ... बाँकी अंश»

संसद अवरुद्ध हुनु नेकपाको अकर्मण्यताको परिणाम

२०७६ माघ ३ शुक्रबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध हनु नेकपाको अकर्मण्यताको परिणाम भएको बताएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठक गत पुष ४ बाट प्रारम्भ गर्न आव्हान गरिएको संसद अधिवेशन लगभग एक महिना वितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम हो भनेको छ । ... बाँकी अंश»

ससद्को गतिरोध चाँडै हट्छ  : अध्यक्ष तिमिल्सिना

२०७६ माघ ३ शुक्रबार, पर्वत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन्। पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भने। उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो। ... बाँकी अंश»

नेपाल आणविक परीक्षणमा जाने कामै छैन – दिव्यमणी राजभण्डारी

२०७६ पौष २९ मंगलबार, यो खतरा नेपालमा मात्र छैन । भोलि कसैले आएर त्यो बिललाई टेकेर न्यूक्लियरमा गइदियो भने भारत र चीनलाई पनि खतरा छ । यो क्षेत्रलाई नै खतरा छ' ... बाँकी अंश»

नयाँ विधेयक ल्याउँदा सरोकारवालासँग परामर्श गर्न माग

२०७६ पौष २८ सोमबार, उक्त संवादमा सम्पादक, कानूनविद्, मानव अधिकारकर्मी, विधायक, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र नागरिक समाजका अगुवासहित १५० को सुझावलाई ध्यानमा राखी आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । उक्त तीन संस्थाले ती सुझावलाई आठ बुँदे मागमा कानून तर्जुमा तथा निर्माणको विद्यमान विधि तथा प्रक्रियालाई पुनरावलोकन गरी त्यसलाई खुला, पारदर्शी, परामर्शयुक्त, सहभागितामुलक बनाउन आवश्यक उपाय अवलम्बन गर्ने रहेको छ । ... बाँकी अंश»

निर्वाचन आचारसंहिता आजदेखि लागू

२०७६ पौष २७ आइतबार, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न-गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ। ... बाँकी अंश»

‘रेल्वे विधेयक २०७६’ स्वीकृतः रेल्वे बोर्ड गठन हुने

२०७६ पौष २७ आइतबार, सरकारले उचित बजेट व्यवस्थापन गर्दै रेलबाट कनेक्टिभिटीलाई विस्तार गर्ने सोच अघि सारेको जानकारी उहाँले दिए । विसं २०२० को रेल्वे ऐनले अहिलेको अवस्थामा काम गर्न नसक्ने र विसं २०५९ को अध्यादेशले खारेज गरिसकेको सन्दर्भ जोड्दै उहाँले यातायातका क्षेत्रमा विद्युतीय रेलको समेत महसुस गरी विधेयक आएको बताउनुभयो । चाँडोभन्दा चाँडो ऐन ल्याएर स्वशासित अविछिन्न अङ्गका रुपमा रेल्वे बोर्ड गठन हुनेसमेत उहाँले जानकारी दिए । ... बाँकी अंश»

'टिपरले किचेर दिलीपको हत्या गर्दा प्रहरी प्रशासन किन चुप ?'

२०७६ पौष २७ आइतबार, सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे। “बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ, यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ,” उनले भने । ... बाँकी अंश»

नेकपा भित्रको विवादले प्रतिनिधिसभा बैठक प्रभावित, माघ ६ मा बस्ने

२०७६ पौष २७ आइतबार, सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिई दुवै पदको नयाँ निर्वाचनको प्रक्रियाका लागि मार्गप्रशस्त गर्न नेकपा नेतृत्वले आग्रह गरिसकेको छ । ... बाँकी अंश»

बस्ला संसद बैठक ? नेकपाका सांसद बिना उपसभामुख तुम्बाहाङ्फेले चलाउलिन् संसद ? 

२०७६ पौष २७ आइतबार, सभामुख र उपसभामुख पद एकै पार्टीले लिन नपाउने संवैधानिक प्रावधान छ । यसैले पनि दुवै पद नेकपाले लिन सक्दैन । त्यो पदमा त्रिपक्षीय भिडन्त रहिरहेको छ ।  ... बाँकी अंश»

राष्ट्रियसभा निर्वाचनका लागि ४५ उम्मेदवार

२०७६ पौष २० आइतबार, गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक-एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक-एक पदका लागि क्रमश: दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ । ... बाँकी अंश»

राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता, बिहान १० देखि दिउँसो ३ बजेसम्म

२०७६ पौष २० आइतबार, काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । ... बाँकी अंश»

दलगत कचिङ्गल : ‘संसद् बन्धक’

२०७६ पौष १९ शनिबार, काठमाडौं। प्रतिनिधिसभाको सभामुख चयनमा  भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रुपमा विश्लेषण हुन थालेको छ । नेकपाकै कारण सभामुख छनोट प्रक्रिया  लम्बिँदा त्यस पार्टीमा अझै निर्णय पद्धति र प्रणाली नबसेका देखिएको हो । नयाँ सभामुख निर्वाचनका लागि आह्वान गरिएका प्रतिनिधिसभाको बैठक पटक–पटक सूचना टाँस गरी स्थागित हुँदै आएको छ । यो अनिर्णीत अवस्थाप्रति दलका नेता नै दिक्क भएका छन् । ... बाँकी अंश»

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

२०७६ पौष १८ शुक्रबार, मनोनयनको औपचारिक पत्र, दलित, अल्पसङ्ख्यक वा अपाङ्गता भएका समूहबाट निर्वाचित हुने पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ । ... बाँकी अंश»

नयाँ