संसद

वुधबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने

२०७३ श्रावण १७ सोमबार, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया विधिवत रुपमा सुरु भएको छ । सोमबार बसेको संसद बैठकले बहुमतीय प्रक्रियामा प्रधानमन्त्री चयन गर्न निर्वाचन कार्यक्रम प्रकाशन गर्न भनेपछि संसद सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरी प्रधानमन्त्री चयन प्रक्रिया औपचारिक रुपमा सुरु गरेको हो ।    सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गरेको पत्र पढेर सुनाउँदै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर ... बाँकी अंश»

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान

२०७३ श्रावण १७ सोमबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेकी छन् ।    सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले सोमबार व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।    नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रध ... बाँकी अंश»

सरकारको घमण्डले लम्बियो २२ राजदूतको नियुक्ति

२०७३ श्रावण १७ सोमबार, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले समितिको सुनुवाई प्रक्रिया नटुङ्गिएसम्म प्रस्तावित राजदूतको एग्रिमोसम्बन्धी विषयलाई अघि नबढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।    समितिको सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा समितिको बसेको बैठकले समितिबाट प्रस्तावित राजदूतको नाम अनुमोदन नहुँदै मन्त्रिपरिषद्ले प्रस्तावित राजदूतहरुको एग्रिमो अघि बढाउने निर्णय हतारो भएको भन्दै समितिको क ... बाँकी अंश»

सर्वोच्चमा प्रस्तावित ११ जना न्यायाधीशको नाम अनुमोदित

२०७३ श्रावण १६ आइतबार, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका ११ जनाकै नाम अनुमोदन गरेको छ ।    समितिको आइतबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरिएका पुनरावेदन अदालतका मुख्य न्यायाधीश सात र चार वरिष्ठ अधिवक्ताको नाम अनुमोदन गरेको समितिका सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।    सर्वोच्च अदालतका न्यायाधीशमा अनुमोदन हुनेमा पुनरावेदन अदालतका मुख्य न्य ... बाँकी अंश»

न्यायाधीश पदका लागि संसदीय सुनुवाइ सुरु

२०७३ श्रावण १२ बुधबार, काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुको संसदीय सुनुवाइ प्रारम्भ भएको छ ।    व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित न्यायाधीश दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सुनुवाइ भइसकेको छ ।    आजको बैठकमा शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुने कार्यसूची रहेको छ ।    सर्वोच्च अदालतको न्याय ... बाँकी अंश»

बाधा अड्काउ फुकाउने आदेश अनुमोदित

२०७३ श्रावण ११ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन भएको छ ।    ‘नेपालको संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट यही साउन १० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले बैठकमा प्रस्ताव गरेका थिए ।    सभामुख ओनसरी घर्तीले सो आदेशला ... बाँकी अंश»

बाधा अड्काउ फुकाउने आदेशको संसद्मा आलोचना

२०७३ श्रावण ११ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथि बोल्ने अधिकांश सांसद्ले त्यसको आलोचना गरेका छन् ।    नेपालको संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट यही साउन १० गते जारी भएको बाधा अड्काउ फुकाउने आदेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले बैठकमा प्रस्ताव गर्नुभएको थियो ।  & ... बाँकी अंश»

प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणमा जुट्न देउवाको आग्रह

२०७३ श्रावण ९ आइतबार, काठमाडौं। प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र संसदीय अभ्यासलाई आत्मसात् गर्दै राष्ट्र निर्माणको मार्गमा एकजुट भएर अघि बढ्नु अहिलेको समयको माग भएको बताउनुभएको छ ।    प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्को विश्वास छैन भन्ने नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहित अन्य दलखका २४१ जना संसद् सदस्यका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गत शुक्रब ... बाँकी अंश»

‘प्रचण्डको फाटिएको मन धेरै पटक सिउने कोसिस गरेँ’

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अरूणा लामाको गीत सम्झिँदै प्रचण्डाको फाटिएको मन सिउने धेरै कोसिस गरेको भएपनि नसकेको बताएका छन् ।    आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले काम गरेको देखेर नभई कमलो मन भएकोले प्रचण्डको मन फाटिएको भन्दै व्यङ्ग्य पनि गरे ।    उनले प्रचण्डको फाटिएको मन सिउने भनेर दिँसो, साँझ गरेक पल प्रयास गरेपछि बेलुका सि ... बाँकी अंश»

तपाई एक्सन चाल्नुस् कि म चाल्छु भनेकै हो: प्रंधानमन्त्री ओली

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको समर्थन गरेका छन् । आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले प्रचण्डलाई कि तपाई एक्सन चाल्नूस् होइन भने मै चाल्छु भनेर भनेको स्वीकार गरेका हुन् ।    प्रचण्डले ओलीले यस्तो अभिव्यक्ति दिएपछि आफूले सरकार विरूद्ध अविश्वासको प्रस्ताव पेश गरे ... बाँकी अंश»

५१ साललाई सम्झँदै प्रधानमन्त्रीले भने: ‘बुढाबुढीको ओठमा मुस्कान छर्नु त्यतिबेलाको गल्ती थियो !’

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरूद्धको अविश्वासको प्रस्ताव २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारको जस्तै नियती भोग्नु परेको गुनासो गरेका छन् । आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूले पनि राष्ट्रिय हितको पक्षमा उभिएकै आधारमा धमिलो पानीमा माछा मार्न तत्वको प्रभावमा आफूलाई हटाउने प्रयास भएको आरोप पनि लगाएका छन् ।    तात्क ... बाँकी अंश»

अविश्वासको प्रस्ताव मेरालागि सामान्य र स्वभाविक: प्रधानमन्त्री ओली

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव आफ्नालागि सामान्य र स्वभाविक रहेको बताएकाच छन् ।    आइतबार व्यवस्थापिका संसद्मा आफू विरूद्ध परेको अविश्वासको प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्वास र अविश्वासको प्रस्ताव, लोकतान्त्रिक शासनको विशेषता नै रहेको भन्दै यसलाई गम्भीर रूपमा लिनु आवश्यक नरहेको स्पष्ट पारे ।    उनले माओबादी केन्द्र र मधेश केन्द्रीत दललाई संकेत गर्दै  स ... बाँकी अंश»

संसद बैठक केही समयका लागि स्थगित

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । व्यवस्थापिका संसदमा सरकारविरुद्ध परेको अविह्वास प्रस्तावमाथि छलफल भइरहेको छ । यद्यपि, बैठक ४ः४५ बजे सम्मका लागि स्थगित भएको छ ।    बैठकमा आजै प्रधानमन्त्रीले सांसदहरुले छलफलमा उठाएका विषय र अविश्वास प्रस्तावबारे जवाफ दिने कार्यसूची छ । सभामुख ओनसरी घर्तीले छलफल फेरी पनि हुने भन्दै केही समयका लागि बैठक स्थगित गरेकी हुन् ।   ... बाँकी अंश»

अबिश्वासको प्रस्ताव माथि छलफल जारी, छिनोफानो हुदै

२०७३ श्रावण ९ आइतबार, काठमाडौ। केही बेर अघि व्यवस्थापिका संसद बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री बिरुद्ध संसदमा पेश भएको अबिश्वासको प्रस्तावको छिनोफानो हुनेछ । संसदमा उपस्थित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावबारेमा जवाफ दिनेछन्। अविश्वासको प्रस्तावमा छलफल भइरहेको छ । तीन दिन देखी चलेको संसद  आज लामो समय चल्ने बताइएको छ । अबिश्वासको प्रस्ताव माथि बिभिन्न सभासदहरु बोल्नेक्रमा छन् । आजै  प्रधानमन्त्रीले जवाफ दिइ ... बाँकी अंश»

अमरेशले तनाव गराएपछि बैठक छोट्टियो, आइतबार छलफलपछि मतदान हुने

२०७३ श्रावण ८ शनिबार, काठमाडौं । व्यवस्थापिका संसद बैठक आइतबार ११ बजे सम्मका लागि स्थगित भएको छ । सरकारविद्ध माओवादी केन्द्र, कांग्रेससहित १३ दलले गराएको अविश्वास पस्तावबारे छलफल आइतबार पनि हुने भएको छ । आइतबार छलफल सकिएपछि अविश्वास प्रस्तावमा मतदान हुने संसद सचिवालयका प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।    शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले अविश्वास प्रस्ताव टेबुल गरेपछि प्रारम्भ भएको छलफलमा शनिबार सत्तापक्षबाट एमाले नेता एवं सांसद माधवकुमार न ... बाँकी अंश»

आर्थिक विधेयकमाथि छलफल, ‘अविश्वास प्रस्ताव’ कार्यसूचीको १२औं नम्बरमा

२०७३ श्रावण ७ शुक्रबार, काठमाडौं । संसदमा आर्थिक विधेयक २०७३ बारे छलफल भइरहेको छ । प्रारम्भमा प्रस्तावमाथि परेका संशोधन प्रस्ताव प्रस्तावबारे छलफल भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसल प्रेम सुवालले आफ्नो संशोधन प्रस्ताव राखेका छन् ।    यस्तै, सांसद डिल्लि प्रसाद काफ्लेले आफ्नो संशोधन प्रस्ताव राखेका छन् । त्यसअघि, सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले लेखा समतिको प्रतिवेदन प्रस्तु गरेका थिए । सरकारविरुद्ध माओवादी र कांग्रेसले दर्ता गराएको अविश्वा ... बाँकी अंश»

माओवादी र कांग्रेसले विधेयकको विपक्षमा मतदान गर्ने

२०७३ श्रावण ७ शुक्रबार, काठमाडौं । नयाँ सरकार गठनमा लागेका माओवादी केन्द्र र कांग्रेसले सरकारले पेश गरेका बजेट आश्रीत विधेयकका विपक्षमा मतदान गर्ने भएका छन् ।    शीर्ष दलका नेताहरुबीच भएको छलफलमा मतदानको बाटोबाट जाने सहमति भएपछि बस्न लागेको संसद बैठकमा माओवादी र कांग्रेसले विधेयकको विपक्षमा मतदान गर्ने भएका हुन् । सरकारको पक्षमा बहुमत नरहेकाले विधेयक फेल हुने भएको छ ।   कांग्रेस सांसद बाल कृष्ण खाँणले आफुहरु वियेयकको विपक्षमा मतदान गर्ने बताए । बहुमत सदस्य व ... बाँकी अंश»

संसद बैठक बस्दै नबसी स्थगित, शुक्रबार २ बजे बस्ने

२०७३ श्रावण ६ बिहिबार, काठमाडौं । व्यवस्थापिका संसद बैठक बस्दै नबसी स्थगित भएको छ । विहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे सारिएकामा बस्न नसकेपटि सूचना टाँस गरी स्थिगित भएको हो । बैठक शुक्रबार दिउँसो २ बजे बस्ने छ ।    शीर्ष दलहरुबीच संसद बैठमा पहिले आर्थिक विधेयक वा अविश्वास प्रस्ताव कार्यसूचीमा राख्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको हो । सभामुख ओनसरी घर्तीले वुधबार देखि दलका नेताहरुसंग परामर्श जारी राखेपनि नेताहरुले आ–आफ्ना अडान नछ ... बाँकी अंश»

एमाले राजाकै पालाको संसदीय शुत्रमा, ‘लोकन्द्रबहादुरले ‘फेस’ गरेको शुत्र लगाऔं’

२०७३ श्रावण ६ बिहिबार, काठमाडौं । दलहरुबीचको असझ्दारीले सदन अनिश्चित भएको छ । यस्तै, दलीय मतभेदले राजनीतिक ध्रवीकरण थप बढाएको छ । दलहरु निरन्तर छलफलमा जुटे पनि कुनै प्रगति हुन सकेको छैन । सत्ताधारी एमाले यसअघिका परम्परा अनुसार अघि बढ्नु पर्ने पक्षमा छ भने, कांग्रेस माओवादी संसारभरको प्रजातान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्नु पर्ने पक्षमा छन् ।    संसदकै कार्यसूचीमा दलहरुले दुई दिन देखि सहमति जुटाउन सकेका छैनन् । एमालेले बजेटा आश्रीत आर्थिक विधेयक टुंगो नलगाई ... बाँकी अंश»

‘संसदमा भिडन्त हुन्छ भन्नु सबैले हाँस्ने कुरा हो’

२०७३ श्रावण ६ बिहिबार, काठमाडौं । संसदको कार्यसूचीको विषय टुंगिन नसक्दा संसद बैठक अझै सुरु हुन सकेको छैन । व्यवस्थापिका संसद भवनमा शीर्ष दलका नेताहरु छलफलमै छन् ।    वुधबारबाट सुरु भएको दलहरुको परामर्श अझै निचोडमा पुगेको छनैन । सवै दलले सांसदहरुलाई अनिवार्य उपस्थित हुन भनेपछि संसद भवनमा सांसदहरुको भीड जम्मा भएको छ । भित्र शीर्ष दलका नेताहरुले छलफल जारी राखेका छन् ।   दलका नेताहरुले आ–आफ्नो अडान छोडेका छैनन् । प्रधानमन्त्री केपी ओलीले संसदको कार्यसूची पूर्व ... बाँकी अंश»

नयाँ