संसद

नयाँ नक्सा जारी गर्नु नेपालको राष्ट्रिय आबश्यकताः डा शशांक कोइराला

२०७७ जेठ ३१ शनिबार, काठमाडौं । नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले नेपालले आफनो बास्तबिक अस्तित्वको परिचय खोजी रहेका भूभाग समेटेर नक्सा जारी गर्नु नेपालको राष्ट्रिय आबश्यकता भएको बताएका छन्। ... बाँकी अंश»

ओली र देउवा सँगै गए मत दिन प्रचण्ड र झलनाथ लागे पछि

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा सत्तारुढ दल र विपक्षी दलबीच गजब तालमेल देखिएको छ।  ... बाँकी अंश»

नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पारित, विपक्षमा परेन मत

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ। ... बाँकी अंश»

सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्छ : यादव

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताए। प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि दफावार छलफलका क्रममा भाग लिँदै अध्यक्ष यादवले  सीमाङ्कन कार्य महाकाली र सुस्ताबाहेक टुङ्गिसकेका अवस्थामा यी दुई विषय अझै पेचिलो रहेकाले दुई देश बीचमा हल गर्ने सवालमा पहल नभएकामा  चिन्ता प्रकट गरे। ... बाँकी अंश»

संविधान संशोधनमा साना दलको समर्थन

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि विभिन्न साना दलले समर्थन जनाएका छन् ।  सभाको आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले संविधान संशोधन गरेर नयाँ नक्शा समावेश गर्ने आजको दिन सबै नेपालीका लागि खुशीको दिन हो भन्नुभयो । “हामीले नक्शालाई संविधान संशोधन गरेर अगाडि बढाएका छौँ तर यत्तिले मात्रै पुग्दैन, अब जमीन नै फिर्ता लिने गरी वार्ता थाल्नुपर्ने हुन्छ, त्यसका लागि पनि सबै नेपाली एक जुट हुनुपर्छ”, उहाँले भन्नुभयो ।  ... बाँकी अंश»

विधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। ... बाँकी अंश»

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छः सभापति देउवा

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय ... बाँकी अंश»

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौं : महतो

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफलमा भाग लिँदै नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र  यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गर्नुभयो । ... बाँकी अंश»

सांसद् गिरीको संशोधन  प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा  समाजवादी पार्टीकी  सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन। ... बाँकी अंश»

संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ।दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिँदै छ। ... बाँकी अंश»

संविधान संशोधन विधेयक बैठकबाट सरिता गिरी बाहिरिईन्

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। संविधान संशोधन विधेयक पारित हुन बसेको बैठक सरिता गिरीले बैठक बहिस्कार गरेकी छिन्। ... बाँकी अंश»

संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै

२०७७ जेठ ३१ शनिबार, काठमाडौं। मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ।  दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिँदै छ। ... बाँकी अंश»

कोरोनाविरुद्ध अझै प्रभावकारी ढंगले काम गर्न ध्यानाकर्षण

२०७७ जेठ २८ बुधबार, सोही दलकी विमला घिमिरेले नेपालको सीमासँग जोडिएका जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको र क्वारेन्टिनबाट आरडिटी मात्र गरेर ठीक नभई घर पठाउँदा घरसमाजबाट तिरस्कार हुनुपरेको अवस्था रहेको अवगत गराउनुभयो । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीलाई र्‍याखर्‍याखती पार्ने गगन थापाका प्रश्नहरु 

२०७७ जेठ २८ बुधबार, काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा जवाफ दिने क्रममा प्रधानमन्‍त्री केपी शर्मा ओली र सांसदहरुको सवाल जवाफ महत्वपूर्ण रह्यो। ... बाँकी अंश»

प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

२०७७ जेठ २८ बुधबार, उक्त खर्च कटौतीसम्बन्धी प्रस्ताव नेपाली कांग्रेसका पुष्पा भुसाल, उमा रेग्मी, सञ्जयकुमार गौतम, लक्ष्मी परियार, सुजाता परियार, डा मीनेन्द्रप्रसाद रिजाल, बहादुरसिंह लामा, डिला सङ्ग्रौला, राजेन्द्रकुमार केसी र देवेन्द्रराज कँडेलले प्रस्तुत गर्नुभएको थियो । सोही दलका मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेनद्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान, रङ्गमती शाही र प्रकाशमान सिंहले विनियोजन विधेयकका विभिन्न शीर्षकमा खर्च कटौतीसम्बन्धी प्रस्ताव राख्नुभएको थियो । ... बाँकी अंश»

संसदमा प्रधानमन्त्रीले के भने ?

२०७७ जेठ २८ बुधबार, पहिलो कोरोना परीक्षण हङकङ पठाइएको र अहिले २१ परीक्षण केन्द्र नेपालमै रहेको बताउँदै प्रधानमन्त्री ओलीले केही कमजोरी देखिएमा त्यसलाई सच्याइने बताए । उनले धेरै जनसंख्याका लागि एकैचोटि ठूलो मात्रामा क्वारेन्टिन व्यवस्थापन गर्नु सरल र सहज नभएको बताउँदै आज रोग नियन्त्रण व्यवस्थापन राम्रोसँग बन्दै गएको स्पष्ट गरे । ... बाँकी अंश»

'राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु'

२०७७ जेठ २८ बुधबार, प्रधानमन्त्री ओलीले भने, “दलीय व्यवस्थामा यस्ता एकता कहिलेकहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ । आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।” ... बाँकी अंश»

हाम्रो भूमिमा विदेशी आर्मी नबसोस्– सांसद दिव्यमणि राजभण्डारी

२०७७ जेठ २८ बुधबार, अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहेका राजभण्डारीले  सीमाका विषयमा  पटक पटक सरकारलाई निर्देशनसमेत दिएको बताए ।  ... बाँकी अंश»

कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपङ्तिमा

२०७७ जेठ २७ मंगलबार, विपद् व्यवस्थापनका लागि खोज तथा उद्धार सामग्री खरिदकार्य अघि बढाइएको तथा मनसुनजन्य विपद् व्यवस्थापनका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा समितिहरु क्रियाशील रहेको मन्त्री थापाको भनाइ छ । उनले सङ्घीयता कार्यान्वयन गर्न र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजनका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । ... बाँकी अंश»

'मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?'

२०७७ जेठ २७ मंगलबार, कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?” उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए । ... बाँकी अंश»

नयाँ