//

संसद

संसदमा पत्रकार हकबारे चर्को आवाज, अनधिकृत भिडियो कसरी ?

२०७५ बैशाख ३१ सोमबार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पत्रकारहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समाचार संकलनका लागि रोक लगाइएको प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसदहरुले नेपालमै नेपाली पत्रकारले रिपोर्टिङ किन गर्न नपाउने भन्दै सरकारको भनाइ माग गरेका छन् ।  ... बाँकी अंश»

बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखियो : डा. भट्टराई

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताएका छन्। ... बाँकी अंश»

राष्ट्रियसभामा आव २०७५-७६ पूर्व बजेट छलफल शुरु

२०७५ बैशाख २७ बिहिबार, काठमाडौं। राष्ट्रियसभामा आव २०७५-७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको छ। अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गरेका छन्। ... बाँकी अंश»

गरिबी निवारण गर्दै आर्थिक समृद्धि बजेटको प्राथमिकता

२०७५ बैशाख २६ बुधबार, काठमाडौँ । राष्ट्रिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५-७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानको मौलिक हक र दिगो विकास लक्ष्यलाई ध्यान दिई आगमी बजेट ल्याइने अवगत गराएका छन् । ... बाँकी अंश»

कानून निर्माण पहिलो प्राथमिकता : अध्यक्ष तिमिल्सिना

२०७५ बैशाख २६ बुधबार, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्नुपर्ने एकसयभन्दा बढी कानूनको निर्माणमा प्राथमिकताका साथ संसद् जुटिरहेको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले बुधवार नेपालका लागि जापानका राजदूत मासासी ओगावासँगको शिष्टाचार भेटका क्रममा निर्वाचनपछि नेपाल समृद्धितर्फ उन्मुख भएको र यस अभियानमा मित्रराष्ट्रहरुको सहयोग र साथ प्राप्त हुने विश्वास व्यक्त गरे। ... बाँकी अंश»

राष्ट्रियसभा मातहत चार समिति रहने

२०७५ बैशाख २५ मंगलबार, काठमाडौँ । राष्ट्रियसभामा चार समिति रहने व्यवस्थासहितको राष्ट्रियसभा नियमावली, २०७५ मस्यौदा गरिएको छ । मस्यौदा राष्ट्रियसभाको बैठकमा पेश गरिएको छ । सोमबार बसेको बैठकमा नियमावली मस्यौदा समितिमा सभापति परशुराम मेघी गुरुङले उक्त मस्यौदा पेश गरेका हुन् । नियमावली मस्यौदानुसार राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहने व्यवस्था गरिएको छ । ... बाँकी अंश»

सांसद्लाई छुट्टै १० करोड बजेट दिनु अनुचित, विगतमा सदुपयोग भन्दा दुरुपयोग बढी

२०७५ बैशाख २३ आइतबार, काठमाडौं। संघीय संरचनाअनुसार मुलुकमा संघ, प्रदेश र स्थानीय तहका सरकार गठन भइसकेको अवस्थामा संघीय संसद्का सांसदलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि राज्यले अलग्गै बजेटको व्यवस्था गर्नु नहुने विज्ञहरुले जोड दिएका छन्। ... बाँकी अंश»

पूर्वसांसद भेटवालको निधनप्रति शोकप्रस्ताव पारित

२०७५ बैशाख २३ आइतबार, काठमाडौँ । राष्ट्रियसभाको आइतवारको दोस्रो बैठकले जनप्रिय नेता जागृतप्रसाद भेटवालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २०४८ तथा २०५१ मा नेकपा (एमाले)को तर्फबाट चितवनबाट प्रतिनिधिसभामा निर्वाचित भेटवालको निधनप्रति राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको शोक प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । ... बाँकी अंश»

प्रतिनिधिसभामा चार अध्यादेश प्रस्तुत

२०७५ बैशाख २३ आइतबार, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ । संघीय संसदको आइतवारदेखि शुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे । ... बाँकी अंश»

राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत

२०७५ बैशाख २३ आइतबार, काठमाडौँ । संघीय संसद्को दोस्रो अधिवेशनअन्तर्गत माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाको पहिलो बैठक आइतवार बस्यो ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त बैठकको प्रारम्भमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्यहरुलाई स्वागत गर्दै राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाए । ... बाँकी अंश»

संघीय संसद्को दोस्रो अधिवेशन शुरु हुँदै

२०७५ बैशाख २३ आइतबार, काठमाडौँ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतवारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आइतवार अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाका बैठक छुट्टाछुट्टै बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत हुनेछ । ... बाँकी अंश»

बजेट अधिवेशन हुँदै, के हुन्छ आइतबार ?

२०७५ बैशाख २३ आइतबार, काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन हुन लागेको हो ।  ... बाँकी अंश»

संघीय संसदको दोस्रो अधिवेशन आइतबार, यस्तो छ प्रकृया

२०७५ बैशाख २२ शनिबार, काठमाडौँ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो । ... बाँकी अंश»

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२०७५ बैशाख १९ बुधबार, काठमाडौँ । राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमका बारेमा जानकारी गराइन् । ... बाँकी अंश»

राष्ट्रपतिद्वारा संघीय संसद् बैठक आह्वान

२०७५ बैशाख १६ आइतबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गरेकी छन् । ... बाँकी अंश»

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं। सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन्। आज (शुक्रबार) सभामुखको कार्यालय सिंहदरबारमा सभामुख महरासँग राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गरेका हुन्। ... बाँकी अंश»

संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं। मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

संसद्मा १४.४९ प्रतिशत मात्र युवा

२०७५ बैशाख ८ शनिबार, काठमाडौँ । संसद्मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए । ... बाँकी अंश»

पुष्पा भुसाल बनिन् काँग्रेस संसदीय दलको सचेतक

२०७५ बैशाख ५ बुधबार, काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन् ।  ... बाँकी अंश»

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

२०७४ चैत २३ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिएका छन् । ... बाँकी अंश»

नयाँ