संसद

संसद् प्रतिपक्षीको हो : देउवा

२०७६ माघ १४ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।” ... बाँकी अंश»

'एमसीसी छिटो पारित हुनुपर्छ, सविस्तार अर्को बैठकमा'

२०७६ माघ १४ मंगलबार, सबै दलले छानेको व्यवस्था केही मतभिन्नता भए पनि आधारभूत कुरामा एकता गरेर अघि जान सकिने प्रधानमन्त्री ओलीले बताए । विगतमा बाटा फरक भए पनि गन्तव्य एउटै हुँदा एक भएर अघि बढे जस्तै अब पनि त्यही बाटोबाट हिँड्नुपर्ने उनको भनाइ थियो । ... बाँकी अंश»

संसदमा बाबुरामको नयाँ बहस-कार्यकारी प्रमुख ठुलो कि, व्यवस्थापिका प्रमुख ?

२०७६ माघ १४ मंगलबार, भट्टराईले थपे,' अहिले त न्यायपालिका जसले व्यवस्थापिकाले बनाउने कानुनको व्यख्या गर्छ त्यसका प्रमुख पनि व्यवस्थापिकाका प्रमुख भन्दा माथि राखियो । यसरी लोकतन्त्रको गरिमाको अवमूल्य गरिरहेका छौ ।' ... बाँकी अंश»

सभामुख चयन हुनुअघी संसदमा केके भए ?

२०७६ माघ १२ आइतबार, तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गरेकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको उनले बताइन्। सांसद घर्तीले भनिन्, “उहाँमा सांसद र मन्त्रीको समेत अनुभव छ, उहाँ राजनीतिमा इमान्दार र निष्ठावान् नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।” ... बाँकी अंश»

प्रदेश दुईमा राष्ट्रियसभा निर्वाचन

२०७६ माघ ९ बिहिबार, दलित एक सिटका लागि हुने चुनावको लागि नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवानबिच प्रतिस्पर्धा हुनेछ। महिला एक सिटका लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादव मैदानमा रहेका छन। ... बाँकी अंश»

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

२०७६ माघ ९ बिहिबार, ललितपुर। राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो। वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरकेका छन्। ... बाँकी अंश»

४५ जनाको भाग्य फैसला, १८ जना सांसद बन्दै

२०७६ माघ ९ बिहिबार, प्रदेश सभाका ५५० र स्थानीय तहका १५०६ जनाले मतदान गर्नेछन् । प्रदेश सभाको सदस्यहरुको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ ... बाँकी अंश»

जवाफ माग्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता

२०७६ माघ ८ बुधबार, समितिले आगामी बैठकमा गृहमन्त्रीलाई आमन्त्रण गरी आगामी वर्ष कम्तीमा १० वटा बोर्डर पोष्ट थप गर्ने र सीमा सुरक्षा तथा अपराध नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने भनी दिएको सरकारी आश्वासनको सम्बन्धमा जानकारी लिने भएको छ । ... बाँकी अंश»

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता

२०७६ माघ ७ मंगलबार, कास्की। यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ... बाँकी अंश»

‘रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछन् ?’

२०७६ माघ ६ सोमबार, सरकारी लगानीमा खुलेका करोडौँको पूर्वाधारसहित स्थापना भएका दर्जनौँ उद्योग अहिले पनि बन्द अवस्थामा छन् । वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा, भृकृटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा टायल उद्योग, कृषि सामग्री लिमिटेड, बुटवल धागोलगायत उद्योग लामो समयदेखि बन्द रहेका छन् । ती उद्योगको संरचना जीर्ण अवस्थामा छन् । ... बाँकी अंश»

अग्नि भर्सेस पुष्पा 

२०७६ माघ ६ सोमबार, संसद महराले असोज १४ गते राजीनामा दिएपछि सभामुखविहीन रहेको छ ।  ... बाँकी अंश»

‘एमसिसी’का पक्ष विपक्षमा तर्क

२०७६ माघ ५ आइतबार, काठमाडौं। राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पारेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क गरेका छन्। सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक हस्तक्षेप बढ्ने तर्क गरे। एमसीसी परित भएमा यसमार्फत अमेरिकी सेना नेपाल भित्रिने र मुस्ताङमा रहेको युरेनियम कब्जा गरेर बस्ने उनले आशङ्का व्यक्त गरे। ... बाँकी अंश»

‘नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा लाग्दैन’

२०७६ माघ ५ आइतबार, बाग्लुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् । ... बाँकी अंश»

संसद अवरुद्ध हुनु नेकपाको अकर्मण्यताको परिणाम

२०७६ माघ ३ शुक्रबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध हनु नेकपाको अकर्मण्यताको परिणाम भएको बताएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठक गत पुष ४ बाट प्रारम्भ गर्न आव्हान गरिएको संसद अधिवेशन लगभग एक महिना वितिसक्दा पनि सभामुखको रिक्त पदको निर्वाचनलाई कारण देखाएर प्रतिनिधि सभा बैठक अवरुद्ध भइरहनु सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको घोर अकर्मण्यताको परिणाम हो भनेको छ । ... बाँकी अंश»

ससद्को गतिरोध चाँडै हट्छ  : अध्यक्ष तिमिल्सिना

२०७६ माघ ३ शुक्रबार, पर्वत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन्। पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक छ भने। उनले सोही विद्यालयबाट प्रारम्भिक शिक्षाको शुरुआत गर्नुभएको थियो। ... बाँकी अंश»

नेपाल आणविक परीक्षणमा जाने कामै छैन – दिव्यमणी राजभण्डारी

२०७६ पौष २९ मंगलबार, यो खतरा नेपालमा मात्र छैन । भोलि कसैले आएर त्यो बिललाई टेकेर न्यूक्लियरमा गइदियो भने भारत र चीनलाई पनि खतरा छ । यो क्षेत्रलाई नै खतरा छ' ... बाँकी अंश»

नयाँ विधेयक ल्याउँदा सरोकारवालासँग परामर्श गर्न माग

२०७६ पौष २८ सोमबार, उक्त संवादमा सम्पादक, कानूनविद्, मानव अधिकारकर्मी, विधायक, राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र नागरिक समाजका अगुवासहित १५० को सुझावलाई ध्यानमा राखी आज जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । उक्त तीन संस्थाले ती सुझावलाई आठ बुँदे मागमा कानून तर्जुमा तथा निर्माणको विद्यमान विधि तथा प्रक्रियालाई पुनरावलोकन गरी त्यसलाई खुला, पारदर्शी, परामर्शयुक्त, सहभागितामुलक बनाउन आवश्यक उपाय अवलम्बन गर्ने रहेको छ । ... बाँकी अंश»

निर्वाचन आचारसंहिता आजदेखि लागू

२०७६ पौष २७ आइतबार, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ। निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न-गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ। ... बाँकी अंश»

‘रेल्वे विधेयक २०७६’ स्वीकृतः रेल्वे बोर्ड गठन हुने

२०७६ पौष २७ आइतबार, सरकारले उचित बजेट व्यवस्थापन गर्दै रेलबाट कनेक्टिभिटीलाई विस्तार गर्ने सोच अघि सारेको जानकारी उहाँले दिए । विसं २०२० को रेल्वे ऐनले अहिलेको अवस्थामा काम गर्न नसक्ने र विसं २०५९ को अध्यादेशले खारेज गरिसकेको सन्दर्भ जोड्दै उहाँले यातायातका क्षेत्रमा विद्युतीय रेलको समेत महसुस गरी विधेयक आएको बताउनुभयो । चाँडोभन्दा चाँडो ऐन ल्याएर स्वशासित अविछिन्न अङ्गका रुपमा रेल्वे बोर्ड गठन हुनेसमेत उहाँले जानकारी दिए । ... बाँकी अंश»

'टिपरले किचेर दिलीपको हत्या गर्दा प्रहरी प्रशासन किन चुप ?'

२०७६ पौष २७ आइतबार, सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे। “बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ, यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ,” उनले भने । ... बाँकी अंश»

नयाँ