संसद

संसदीय सुनुवाई प्रक्रिया अघि बढ्यो

२०७३ असार ९ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।    समितिको आजको बैठकले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त एवम् राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । समितिका सभापति कुलबहादुर गुरुङले रासससँग कुरा गर्दै प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचना मार्फत उजुरी दिन आह्वान गर ... बाँकी अंश»

संसद सचिवालयका सचिव शर्माको जागिर सकियो

२०७३ असार ८ बुधबार, काठमाडौँ, ८ असार । व्यवस्थापिका–संसद् सचिवालयका सचिव मुकुन्द शर्माले उमेर हदका कारण आजबाट अनिवार्य अवकाश पाउनुभएको छ ।   विसं २०३४ पुस ६ गते प्रवेश गर्नुभएका शर्माले ३९ वर्ष छ महिना तीन दिन संसद्मा सेवा गर्नु भयो । व्यवस्थापिका–संसद् सेवामा हाल अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम रहेको छ । उहाँले लामो समयसम्म सचिवालयको प्रवक्ताको जिम्मेवारी पाउनु भएकोे थियो ।    व्यवस्थापिका–संसद् सचिवालयले सचिव शर्माको आज यहाँ आयोजना गरेको बिदा ... बाँकी अंश»

संसद् बैठक सकियो

२०७३ असार ८ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को वुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७३ को विभिन्न सात मन्त्रालयका शीर्षकमाथिको छलफल जारी रह्यो ।    आज सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयका शीर्षमाथि छलफलको कार्यसूची रहेकामा सो शीर्षकमाथि आगामी बैठकमा पनि छलफल जारी रहने भएको हो ।    सभामुख ओनसरी घर्तीले संसद्को अर्को बैठक यही असार ९ गते बिहान ११ बजे बस्ने ... बाँकी अंश»

अर्थमन्त्री पौडेलको प्रस्तावमा अर्थ समितिमै फिर्ता भयो वाफिया

२०७३ असार ७ मंगलबार, काठमाडौं । व्यवस्थापिका संसद्ले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (वाफिया) संशोधनको निर्देशन सहित अर्थ समिति मै फिर्ता गरेको छ । मंगलबार बसेको व्यवस्थापिका संसद्मा बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रस्तावमा विभिन्न दफाहरू परिमार्जन र संशोधन गर्न निर्देशन सहित समितिमा फिर्ता पठाईयोस् भन्ने प्रस्ताव पारित गर्दै संसद्ले फिर्ता गरेको हो ।    प्रस्तावमा मन्त्री पौडेलले बैंक तथा वित्तिय संस्थाहरुको सञ्चालन प्रणालीलाइ सदृढ र व ... बाँकी अंश»

संसदीय सुनुवाई समिति सभापतिको निर्वाचन बुधबार ३ बजे

२०७३ असार ६ सोमबार, काठमाडौं । व्यवस्थापिका संसदको महत्तपूर्ण र शक्तिशाली मानिने संसदीय सुनुवाई विशेष समितिको सभापति चयनका लागि वुधबार निर्वाचन हुने भएको छ । निर्वाचन वुधबार ३ बजे हुने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरको विज्ञप्तीमा उल्लेख छ ।    विज्ञप्तीमा ‘संसद नियमावीको अनुसुची ९ बमोजिमको ढाँचामा अर्को कुनै सदस्यको समर्थन र निर्वाचित भएमा सभापतिको कार्य गर्न राजी छु भन्ने व्यहोराको प्रस्तावित सदस्यहरुको मन्जुरी रहेको निस्सा सहि ... बाँकी अंश»

सांसदले झुक्याउँदा संसदमा हो हल्ला, छलफल प्रभावित

२०७३ असार ५ आइतबार, काठमाडौं । संसद कार्यसन्चालन नियमावलीलाई निर्णयार्थ पेश गर्न खोज्दा संसदमा अन्योल भएपछि स्थगित भएको संसद बैठक संचालन भएको छ । व्यवस्थापिका संसदमा संसदको कार्यसन्चालन नियमावली मस्यौदाबारे परेका प्रस्ताव स्वीकृत गर्ने क्रममा सभामुखले निर्णणर्थ पेश गर्दा प्रमुख विपक्षी कांग्रेसका सांसद आनन्द ढुंगानाले झुक्किएका हुन् । ढुंगाना झुक्किएपछि संसदमा हो हल्ला भएपछि बैठक स्थगित गर्नु परेको थियो ।     ढुंगानाले नियमावली मस्यौदाबारे हालेका दुई स ... बाँकी अंश»

सयभन्दा बढी कानुन कहिले बन्ला

२०७३ जेठ ३२ मंगलबार, काठमाडौँ। नयाँ संविधान र सङ्घीयता कार्यान्वयन जस्ता अत्यन्त महत्वपूर्ण विषयलाई पछिल्लो समय कसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने भन्ने राजनीतिक खेलले ओझेलमा पारिरहेको छ।   नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली एक महिनाभित्र बनाइ सक्ने प्रतिबद्धता जनाएका राजनीतिक दलले सत्ताको अल्झनमा परेर संसदीय सुनुवाइ विशेष समिति १५ कि ७५ सदस्यीय भन्ने रटानमै आठ महिनाको अवधि खेर फालिसकेका छन्। नियमावली सहमतिका आधारमा ... बाँकी अंश»

कर्मचारी सञ्चयकोष (नवौँ संशोधन) विधेयक समितिबाट पारित

२०७३ जेठ ३२ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, अर्थ समितिले कर्मचारी सञ्चय कोष नवौँ सशोधन विधेयक, २०७१ लाई आज पारित गरेको छ।   उक्त विधेयकका सम्बन्धमा सुझाव सहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिको प्रतिवेदनलाई समितिले सामान्य संशोधनपछि पारित गरेको हो। कोषले आफौँ वा अरु संस्थासँग मिलेर विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज सहित शैक्षिक क्षेत्र, औषधि र ऊर्जा उत्पादन तथा पर्यटन, कृषि विकासमा लगानी गर्न सक्ने प्रावधान प्रतिवेदनमा समेटिएको छ।   पारि ... बाँकी अंश»

रातो किताब नपाएको भन्दै काँग्रेसले गर्‍यो सदन अवरोध

२०७३ जेठ २२ शनिबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगन भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आव २०७३/ ७४ को बजेटसम्बन्धी भाग १ रातो किताब वितरण नगरिएकामा आपत्ति जनाउँदै उक्त पुस्तक वितरण नभएसम्म सदन चल्न नदिने अडान लिइएपछि सभामुख ओनसरी घर्तीले आधा घन्टाका लागि बैठक स्थगन गरेकी हुन्  ।    प्रमुख प्रतिपक्ष दलका सांसदले बैठकमा बजेटमा समावेश आयोजना र कार्यक्रम रातारात फेरबदल भएको आरोप लगाउँदै आआ ... बाँकी अंश»

‘सांसदलाई साँढे तीन करोडको हाकिम बनाइयो’

२०७३ जेठ २० बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बजेट बाँड्ने प्रतिस्पर्धाले मुलुकलाई कहीँकतै नलैजाने भएकाले यथार्थका आधारमा मात्रै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । सांसदलाई रु तीन करोड ५० लाखको हाकिम बनाएको भन्दै उहाँले खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने उल्लेख गर्नुभयो । राजस्व, आय, व्यय तथा आर्थिक अवस्थाको ख्याल नगरी बजेट प्रस्तुत गर ... बाँकी अंश»

मोर्चाद्वारा आज पनि बैठक बहिस्कार

२०७३ जेठ १९ बुधबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ।   बैठकको प्रारम्भ हुनासाथ मोर्चासँग सम्बन्धित दलका सदस्य आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले नेपाली जनता दलका सांसद हरिचरण साहलाई बोल्नका लागि समय प्रदान गरेकिथिन्।   बैठकमा उनले लामो समयदेखि जारी आन्दोलनलाई बेवास्ता गरिएको भनी आपत्ति जनाउँदै आफूहरुले उठाएको मागलाई सम्बोधन नगरिएकाले आजको बैठक बहिस्कार गरेको घोषण ... बाँकी अंश»

सदन खुल्यो : सत्ताधारी र विपक्षीबीच सहमति, कांग्रेसले मागेको छानविन समिति गठन

२०७३ जेठ १८ मंगलबार, काठमाडौं । सत्ताधारी दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहमति जुटपछि संसद बैठक चलेको छ । सत्ताधारीहरु र विपक्षीहरुबीच बजेटका सूचना चुहावट भएको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने सहमति भएपछि सदन चलेको हो ।    सोमबार विपक्षी कांग्रेसले सरकारले बजेट सार्वजनिक गर्नु पूर्व नै पत्रिकामा बजेटका तथ्य र विवरणहरु छापिएको भन्दै संसदको गोपनियता भंग भएकामा आपत्ति जनाएको थियो । सोमबार बजेटमाथिको छलफल प्रारम्भ हुनुपर्नेमा कांग्रेसले समिति ग ... बाँकी अंश»

संसद् बैठक एक बजेसम्मका लागि स्थगित

२०७३ जेठ १८ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरी आजै अपराह्न एक बजेसम्मका लागि स्थगन भएको छ।   सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका बीचमा अवरुद्ध सदन सञ्चालन गर्ने विषयमा छलफल जारी रहेको भन्दै बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक दुई घन्टाका लागि पर सारिएको हो।   नयाँ आवको बजेट सदनमा प्रस्तुत गर्नुपूर्व नै सरकारले बजेट चुहावट गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबारको सदन चार पटकसम्म अवरोध गरेको थियो। ... बाँकी अंश»

काँग्रेसको विरोधका कारण संसद् बैठक बस्न सकेन

२०७३ जेठ १७ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को तेस्रोपटक बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएकाले गम्भीर प्रकृतिको यो घटनाको छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने माग गरे ।     सत्तापक्षसँग मिलेर काम गर्न नेपाली काँग्रेस तयार रहेको तर संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि पुनः हुन नदिन वार्ताको माध्यमबाटै समस्याको निकास खोज्नुपर्ने बताए ।     ब ... बाँकी अंश»

अर्थमन्त्रीले बजेटमा उठेका जिज्ञासाको २० गते जवाफ दिने

२०७३ जेठ १५ शनिबार, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिकास संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे उठेका जिज्ञासाको जवाफ २० गते बस्ने संसद बैठकमा दिने भएका छन् । अर्थमन्त्रीले १९ गतेको समय मागेकामा सभामुख ओनसरी घर्तीले २० गतेको समय उपलब्ध गराएकी हुन् ।    सांसदहरुले आफ्ना संशोधन प्रस्ताव बैठक बस्नु १ घण्टा अघि संसदको कार्यव्यवस्था शाखामा बुझाउन सक्ने छन् । संसदको अर्को बैठक १७ गते सोमबार ११ बजे डाकिएको छ ।  अर्थमन्त्री पौडेलल ... बाँकी अंश»

मनिषाको मृत्यु र उद्योगपति केडिया अपहरणबारे जानकारी गराउन माग

२०७३ जेठ १४ शुक्रबार, काठमाडौँ, १४ जेठ । व्यवस्थापिका संसद् आजको बैठकमा सांसद् विक्रम खनालले नवलपरासी बर्दाघाट निवासी मनिषा घर्तीमगरको हत्या शङ्कास्पद मृत्यु र बाराका उद्योगपति सुरेशकुमार केडियाको अपहरणबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरे ।    सभामुख ओनसरी घर्तीसँग समय लिई अर्का सांसद् दिलशोभा पुनले नवलपरासी बर्दाघाटका मनिषा घर्तीमगरको शङ्कास्पद मृत्युका बारेमा उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिन गर्न र दोषिमाथि कारबाही गर्न माग गरे ।    सांस ... बाँकी अंश»

संसदमा सर्वोच्च अदालत पहिलो सशोधनसहित ३ विधेयक पेश, शनिबार ४ बजेपछि बजेट भाषण

२०७३ जेठ १४ शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद बैठकमा शुक्रबार ३ वटा विधेयक पेश भएका छन् । बैठकमा श्रम तथा रोजगार मन्त्री दिपक बोहराले सामाजिक सुरक्षा विधेयक पेश गरे । मन्त्री बोहराले ‘सामाजिक सुरक्षा विधेयक, २०७२’ प्रस्तुत गर्दै लामो समयको अथक प्रयासपछि विधेयक आएको जानकारी दिए ।   यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नीप्रसाद खरेलले सर्वोच्च अदालत पहिलो संशोधन विधेयक र न्यासेवा विधेयक पेश गरे ।    समामुख ओनसरी घर्तीले कानुनमन्त्री खरेलले पे ... बाँकी अंश»

हुलाकी राजमार्ग निर्माणसम्बन्धी सम्झौतामा त्रुटि : सभापति साह

२०७३ जेठ १४ शुक्रबार, काठमाडौँ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले तराईको हुलाकी राजमार्ग निर्माणसम्बन्धी नेपाल र भारत सरकारबीचको सम्झौतामा त्रुटि रहेको बताएका छन्।   समितिको कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौतामा उल्लेख भएको ९० प्रतिशत जग्गा अधिग्रहण भएपछि मात्रै निर्माण अगाडि बढाउने, परामर्शदाताको छनोट भारतले गर्नेजस्ता प्रावधानले राजमार्ग निर्माणमा थप ढिलाइ हुने टिप्पणी गरे।   उनले भने–“सम्झौतामा एक लेनको ... बाँकी अंश»

राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा पारित

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ। सरकारले नेपाली सेनाको जिम्मेवारी र भूमिकालाई बदलिँदो परिप्रेक्ष्यमा अझ सक्षम र व्यवसायी बनाउन कार्यरत जनशक्तिको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ।   सरकारले व्यवस्थापिका–संसद्मा आज पेस गरेको आर्थिक वर्ष २०७२÷७३ को आर्थिक सर्वेक्षणमा रक्षा मन्त्रालयको जिम्मेवारी र कार्य वृद्धि भएको हुँदा थप दरबन्दी पदपूर्ति गर्ने, मन्त्रालय र सेनाबीचको कार्यसम्पादनमा सरलता, पारदर्शीता र छिटो छरितोपन ल्याएर कार्यप्रणालीमा सुधार ... बाँकी अंश»

बलात्कार तथा दुव्र्यवहार गर्नेलाई कारबाही गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण

२०७३ जेठ १३ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।   उनीहरुले पछिल्लो दिनमा महिला हिंसा बढेको, बलात्कार तथा दुव्र्यवहार गर्नेलाई कारबाही नगरेको, शैक्षिक क्षेत्रमा माफियाकरण र व्यापारीकरण बढेको, शिक्षा क्षेत्रमा विकृति भित्र्याउन सरकारी कर्मचारी नै लागेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे।   हावाहुरीका कारण मुलुकका विभिन्न क्षेत्रमा जन ... बाँकी अंश»

नयाँ