संसद

संसदीय सुनुवाईको झगडा ‘फुल हाउस’मा गयो

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले संसदीय नियमावली निर्माणमा देखिएको विवाद तत्काल समाधान गर्ने सहमति गरेपनि निर्णय सदनबाट मात्रै आउने भएको छ । दलहरुबीच अन्य विषयमा कुरा मिले पनि संसदीय सुनुवाई विशेष समितिको आकार र सुनुवाई प्रक्रियाबारे अझै कुरा मिलेको छैन ।    सभामुख ओनसरी घर्तीले राजनीतिक समझ्दारी जुटाउन दुई दिन कसरत गर्दा मोटामोटी सहमति भएपनि निर्णय सदनबाटै लिनु पर्ने भएको छ । एमाले केही लचिलो भएपनि सुनुवाई समितिको संख्याबारे कुरा मिल् ... बाँकी अंश»

आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रम वैशाख २६ मा

२०७३ बैशाख २१ मंगलबार, काठमाडौँ। सरकारले आगामी आव ०७३-७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदन समक्ष प्रस्तुत गर्ने भएको छ।   व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ। नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अपराह्न ४ बजे सदन समक्ष प्रस्तुत गर्नु हुनेछ।   त्यस्तै अर्थमन्त्री विष्णु ... बाँकी अंश»

व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन सुरु, पाँच मिनेटमा बैठक समाप्त

२०७३ बैशाख २१ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि सुरु भएको छ। संसद्मा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरेकी थिन्। त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारणा गरिएको थियो।   निर्धारित समय बिहान ११ बजे नै प्रारम्भ भएको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरेकी थिन्। त्यसैगरी प ... बाँकी अंश»

नियमावलीमा सहमति जुटेन, संसदीय सुनुवाई समितिको झगडा उस्तै

२०७३ बैशाख १९ आइतबार, काठमाडौँ  । प्रमुख राजनीतिक दलहरुले संसदीय नियमावली निर्माणमा देखिएको विवाद तत्काल समाधान गर्ने र सहमाथि समति जुटाउने प्रतिबद्धता जनाएका छन् । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आइतबार भएको प्रमुख तीन राजनीतिक दलको बैठकमा विवादित विषयमा सहमति जुटाएर अगाडि बढ्ने प्रतिबद्धता आएको हो ।     सो अवसरमा सभामुख घर्तीले आफूले प्रमुख तीन दलका शीर्ष नेतालाई विवादित संसदीय नियमावलीमा सहमति जुटाउन आग्रह गरेको र उहाँहरुले आज साँझसम्म सहमति जुटाउने प् ... बाँकी अंश»

राजनीतिक दलसम्बन्धीको विद्येयकमा छलफल

२०७३ बैशाख १५ बुधबार, काठमाडौँं । व्यवस्थापिका संसद्, राज्यव्यवस्था समिति र निर्वाचन आयोग नेपालबीच राजनीतिक दलसम्बन्धी बनेको विद्येयकमाथि छलफल भएको छ । राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विद्येयक–२०७२ माथि आज निर्वाचन आयोगमा छलफल भएको हो ।    छलफलमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधानको कार्यान्वयनका लागि निर्वाचनसम्बन्धी नयाँ कानुनको आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले उपयुक्त कानुन बनाए ... बाँकी अंश»

सोलु प्रसारण लाइनको काम स्थगित गर्न समितिको निर्देशन

२०७३ बैशाख १० शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले १३२ केभी सोलु करिडोर प्रसारण लाइन निर्माणको काम स्थगित गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त प्रसारण लाइन निर्माणमा सहभागी ठेकेदारलाई ठेक्का दिँदा अपारदर्शी निर्णय भएको र कम बोलकबोल गर्नेलाई नदिई बढी बोलकबोल गर्नेलाई ठेक्का दिइएको भन्दै प्रक्रिया स्थगित गर्न निर्देश गरेको हो । तर सो प्रसारण लाइनका सम्बन्धमा भने समितिले सम्बद्ध पक्षको परामर्शका आधारमा मात्रै आ ... बाँकी अंश»

सेनाको बिस्कुट खरिद प्रकरण : एउटै कम्पनीबाट खरिद गर्नु आपत्तिजनक

२०७३ बैशाख ७ मंगलबार, काठमाडौँ। व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले बर्सेनि बिना प्रतिस्पर्धा एउटै कम्पनीबाट बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको हो । बैठकमा नेपाली काँग्रेसकी सांसद् महालक्ष्मी उपाध्याय ‘डिना’ले मुलुकमा हाइ इनर्जी बिस्कुटका अरु कम्पनी हुँदाहुँदै पनि एउटा मात्र कम्पनीबाट ... बाँकी अंश»

ऊर्जा सङ्कटकाल निवारण प्रतिवेदन पेस गर : जलस्रोत समिति

२०७३ बैशाख ५ आइतबार, काठमाडौँ। सरकारले एकाध महिना भित्रै सम्पन्न गर्ने भनेर प्रतिबद्धता जनाएका सामान्य समस्या समेत हल नगरेको भन्दै व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले आपत्ति जनाएको छ।   समितिले केही जलविद्युत् आयोजनासँग सम्बन्धित समस्या समयतालिका सहित समाधान गर्न दिएको निर्देशनको हालसम्म प्रगति नभएको भन्दै आजको बैठकमा आपत्ति जनाएको हो।  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त ... बाँकी अंश»

गगन थापाको समिति गृहकार्य दिने; कृषि मन्त्रालय अटेरी विद्यार्थी झै गर्दै नगर्ने

२०७२ चैत २९ सोमबार, काठमाडौं। संसदको कृषि तथा जलस्रोत समिति कृषि विकास मन्त्रालयलाई आफैले तय गरेको लक्ष्य अनुरुप पनि प्रगति गर्न नसकेको भन्दै लक्ष्य अनुरुप काम सम्पन्न गर्न विशेष तरारुकताका साथ लाग्न निर्देशन दिएको छ। मन्त्रालयको कार्यप्रगतिको अवस्था सन्तोषजनक नदेखिएपछि लक्ष्य अनुरुप काम सम्पन्न गर्न, प्रत्येक कार्यक्रम र आयोजनाको कार्यन्वयन कार्यतालिका निर्माण गरि, सोको प्रभावकारी अनुगमन गर्न र प्रगति प्रतिवेदन समितिमा पेश गर्न कृषि विकास मन्त्रालयलाई निर् ... बाँकी अंश»

‘नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी’

२०७२ चैत २७ शनिबार, बुटवल । संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी भएको बताएका छन्  । नेम्वाङले संविधानसभामा ९० प्रतिशतभन्दा धेरैको सहमतिमा अनुमोदनबाट बनेको संविधानका विरुद्ध छरिएका अनावश्यक भ्रमहरु चिर्न अब सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा पनि जोड दिए ।    नेकपा (एमाले) रुपन्देही ४ नं क्षेत्रीय कमिटीको आज बुटवलमा भएको अगुवा कार्यकर्ता भेलामा बोल्दै एमाले स्थायी समिति सदस्यसमेत रहेका नेम्वाङले संवि ... बाँकी अंश»

आउटसोर्सिङमार्फत नियुक्त गर्ने कर्मचारीलाई सरकारले तोकेको तलब सुविधा दिन निर्देशन

२०७२ चैत २६ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आउटसोर्सिङ मार्फत कामदार लिँदा सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले श्रमिक तथा कामदारले विभिन्न सरकारी तथा गैरसरकारी निकायमा सरकारले तोकेको भन्दा कम पारिश्रमिक दिएर ठगी गरेको भन्दै अब आइन्दा त्यस्तो नगर्न र सरकारी तलबमान अनुसार नै सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।  ... बाँकी अंश»

गगन थापा नेतृत्वको संसदीय समितिले निर्णय गरेको पाँच बुँदामा के छ ? (पूर्णपाठसहित)

२०७२ चैत १४ आइतबार, काठमाडौं । व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले विभिन्न पाँच बुँदे निर्णय गरेको छ । आइतबार बसेको समिति बैठकले कृषि मन्त्रालयका विभिन्न निकायबाट प्रदान गरिने अनुदानलाई पारदर्शी र प्रभावकारी बनाउन, अनुगमन मूल्याङ्कन प्रभावकारी बनाउन, युवाहरूलाई कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानबारे छलफल भएको छ ।   यस्तै, बैठकमा पश्चिम सेती जलविद्युत आयोजनाको स्थलगत अध्ययन गर्न गठित उपसमितिका संयोजक समितिका सदस्य सांसद् निर्मल प्रकाश सुवेदीले ... बाँकी अंश»

मस्यौदा समितिको बैठक

२०७२ चैत ३ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको बैठकले उपसमितिले बनाएको नियमावली मस्यौदामा छलफल प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिको प्रभावकारिताका सम्बन्धमा चर्चा चलिरहेको अवस्थामा आजको बैठकले व्यवस्थापिका–संसद् नियमावलीको मस्यौदामा दफावार छलफल हुनुपर्ने र विज्ञको राय लिनुपर्नेमा समितिका सदस्यले जोड दिएका थिए ।    समितिका सभापति राधेश्याम अधिकारीले परिमार्जित सो मस्यौदामा भोलिदेखि तीनदिनसम्म लगातार छलफल हुने भएक ... बाँकी अंश»

शोक प्रस्ताव सर्वसम्मतिबाट पारित

२०७२ माघ २८ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्तुत गरेको शोक प्रस्तावलाई संसद्को बिहीबारको बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो । सभापति कोइरालाको २०७२ साल माघ २६ गते बिहान १२ः५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो ।  शोक प्रस्तावमा नेपालको संविधान निर ... बाँकी अंश»

स्व‍.कोइरालाको सम्मानमा व्यवस्थापिका संसद्नमा शोक प्रस्ताव

२०७२ माघ २७ बुधबार, काठमाडौं।व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ ।    लामो समयपछि बस्न लागेको संसद् बैठकमा गत सोमबार राति निधन भएका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका स्वर्गीय कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । कोइरालाले नेतृत्व गरेको सरकारले गत असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी ग ... बाँकी अंश»

८१ विधेयकमध्ये ३० वटा प्रमाणीकरण

२०७२ माघ २१ बिहिबार, काठमाडौँ । संविधानसभाको दोस्रो निर्वाचनपछि व्यवस्थापिका–संसद्मा अहिलेसम्म दर्ता भएका ८१ विधेयकमध्ये ३० विधेयक प्रमाणीकरण भएका छन् । पहिलो अधिवेशनदेखि अहिलेसम्म संसदको बैठकले ३५ विधेयक पारित गरेको थियो । संसद् सचिवालयका अनुसार पहिलो अधिवेशनमा १४, दोस्रोमा २०, तेस्रोमा २४ र चौथोमा १५ विधेयक पेस भएकामा पहिलोमा १४, दोस्रोमा १२ र चौथोमा (बजेटसँग सम्बन्धित) चार विधेयक प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेका छन् ।    सदनले पहिलो अधिवेशनमा १४, दोस ... बाँकी अंश»

संविधान संशोधन ‘सकारात्मक घटनाक्रम’ भन्दै भारतले निकाल्यो विज्ञप्ति

२०७२ माघ १० आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसदले शनिबार पारित गरेको नेपालको संविधानको पहिलो संशोधनलाई भारतले ‘सकारात्मक घटनाक्रम’ भनेको छ । संसदले संविधानमा पहिलो जनसङ्ख्या र दोस्रो भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता गराउने व्यवस्थासहित संविधानमा संशोधन गरेको हो । प्रमुख पाँच दलको समर्थनमा संसदले संविधानको पहिलो संशोधन प्रस्तावलाई पारित गरेको हो ।    भारतको वैदेशिक मामिला मन्त्रालयले आज ... बाँकी अंश»

संविधान संशोधनमा अझै सहमति जुटेन

२०७२ माघ ९ शनिबार, काठमाडौं। प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा अझै सहमति हुन नसक्दा संसद् बैठक प्रभावित भएको छ । उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा अझै अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको बताएका र चाँडै बैठक बस्ने तयारी भइरहेको संसद् सचिवालय स्रोतले जनाएको छ ।    संविधान संशोधनका लागि मूल संशोधनसहित २४ वटा संशोधन प्रस्ताव परेका छन् । कु ... बाँकी अंश»

संविधान संशोधन हुने बेला संसदमा के के होला आज ?

२०७२ माघ ९ शनिबार, काठमाडौं । संविधान सभाबाट बनेको संविधानको पहिलो संशोधन गर्ने संवन्धी विधेयक पारित गर्ने प्रक्रिया संसदमा आजबाट सुरु हुने भएको छ।    विधेयकमाथि संसदमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले दफावार छलफलमा भाग लिइसकेकाले शनिवारबाट संविधान संशोधन विधेयक पारितको प्रक्रिया सुरु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।    नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ३ बजे बस्ने संसद बैठकमा संशोधन प्रति असहमति राख्ने दलहरुले भने चर्को विर ... बाँकी अंश»

दमनका घटना घटाउने सरकार सहमति चाहँदैन : कर्ण

२०७२ माघ ८ शुक्रबार, काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध राजनीतिक दलले संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।    सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै मधेस केन्द्रित दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।    सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई आफ्नो भनाइ राख्न अनुमति दिनुभएपछि सांसद कर्णले मोरङमा बिहीबार सरकारका तर्फबाट दमन गर ... बाँकी अंश»

नयाँ