संसद

मतदान सम्म पुग्यो नियमावली विवाद, ६ वटा संशोधन दर्ता

२०७३ जेठ ३ सोमबार, काठमाडौं । संसदबाट स्वीकृत नियमावली मस्यौदा प्रतिवेदनमा ६ वटा संशोधन परेको छ । सरकारले सोमबार सम्म संशोधन प्रस्ताव दर्ता गराउन समय दिएकामा ६ वटा संशोधन परेका संसद सचिवालयले जनाएको छ । मुख्यगरी संसदीय सुनुवाई समिति र निर्णयको बुँदामा बढी संशोधन परेको छ । दलहरुबीच संसदीय सुनुवाई विशेष समिति कति सदस्यीय बनाउने र निर्णय कसरी गर्ने भन्नेबारे कुरा मिल्न सकेको छैन । नियमावलीको प्रतिवेदन तयार गर्ने जिम्मा पाएको नियमावली मस्यौदा समितिले संसदमा विवादि ... बाँकी अंश»

सरकारको नीति–कार्यक्रम बहुमतले पारित, नियमावली मस्यौदा प्रतिवेदन स्वीकृत

२०७३ बैशाख ३१ शुक्रबार, काठमाडौं । सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७३–०७४को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार छलफल सकिएसंगै नीति तथा कार्यक्रम पारित भएको हो । सांसदहरुले उठाएको जिज्ञासाको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिएकामा बहुमतले पारित भएको हो । वैशाख २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् । यस्तै, संसदको नियमावली म ... बाँकी अंश»

तोकिएको तिथीमा स्थानीय निकायको निर्वाचन गरौं : प्रधानमन्त्री ओली

२०७३ बैशाख ३१ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रमबारे उठेका जिज्ञासाको जवाफ दिइएका छन् । ओलीले जवाफ दिँदै कतिपय जिज्ञासाहरु स्वभाविक भएको बताए । प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणबारे बढी समय खर्चिएका छन् । उनले २ वर्ष भित्र नीजि घर निर्माण गरी सक्ने बताएका छन् । जसका लागि सरकारले पाँच वर्षीय कार्ययोजना अघि सारेको बताए । प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचन हुनै पर्नेमा जोड दिएका छन् । ओल ... बाँकी अंश»

सांसद भन्छन् : बजेट कार्यान्वयन हुने आधार तयार गर्नुस्

२०७३ बैशाख ३० बिहिबार, काठमाडौँ। जतिसुकै राम्रा कार्यक्रम ल्याइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा मुलुकको आर्थिक समृद्धि र विकासमा कुनै पनि प्रभाव नपर्ने भएकाले व्यावहारिक बजेट ल्याउनुपर्ने आवश्यकता छ।   विसं २०४६ यता अहिलेसम्म सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेट वक्तव्यको वस्तुनिष्ठ मूल्याङ्कन गरेर मात्र भावी दिशा तय गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ।   व्यवस्थापिका–संसद्, अर्थ समितिको आजको बैठकमा सहभागी अधिकांश सांसदह ... बाँकी अंश»

लोकसेवा आयोगको परीक्षा प्रणालीलाई आधुनिक र वैज्ञानिक बनाउन निर्देशन

२०७३ बैशाख ३० बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्यव्यवस्था समितिले लोकसेवा आयोगको परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउन निर्देशन दिएको छ । नेपालको संविधानले आयोगको क्षेत्राधिकार विस्तार गरेको हुँदा त्यसैअनुरुपको भूमिका बहन गर्न तथा परीक्षा प्रणालीलाई पनि थप वैज्ञानिक र प्रविधियुक्त बनाउन समितिको आजको बैठकले निर्देशन दिएको हो । राज्यको प्रतिनिधिका रुपमा रहने गाविस सचिवका धेरै पद रिक्त रहेकाले त्यसको अविलम्ब पदपूर्ति गर्न आयोगका तर्फबाट लिइनुपर्ने ... बाँकी अंश»

केसीले संसद थर्काए, नीति तथा कार्यक्रम झुटको पुलिन्दा

२०७३ बैशाख २९ बुधबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम ‘झुटको पुलिन्दा’ भएको टिप्पणी गरेको छ । व्यवस्थापिका–संसदको वुधबारको बैठकको सुरुमै कांग्रेस सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडित जनतालाई राहत दिनुको साटो हरेक गाविस र गाउँमा ‘हेलिप्याड’ बनाउने कार्यक्रम राखेर लोकप्रिय बन्ने प्रयास गरेको आरोप लगाए । व्यापार घाटा घटाउने तर्फ सरकारले ध्यान नदिएको, आर्थिक वृद्धिदर १४ ... बाँकी अंश»

सत्ताधारीहरु नै भन्छन्, ‘नीति–कार्यक्रमले विगतका सहमति लत्यायो’

२०७३ बैशाख २८ मंगलबार, काठमाडौँ  । एनेकपा माओवादी नेत्री एवं सांसद आशाकुमारी कोइरालाले समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो भए पनि धेरै नै अपूर्ण रहेको टिप्पणी गरेकी छन् । सरकारले आगामी आर्थिक वर्षका लागि यही वैशाख २६ गते व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद कोइरालाले भनिन्, ‘कुन जगमा संविधान निर्माण भयो भन्ने कुरा नीति तथा कार्यक्रममा परेको छैन । हिजो भएका सहमतिलाई लत्याइएको छ ।’ मुलुकमा राजनीतिक परिवर्तन ... बाँकी अंश»

नीति तथा कार्यक्रमबारे संसदमा छलफल चल्यो, मोर्चा र थरुहटको बहिस्कार

२०७३ बैशाख २८ मंगलबार, काठमाडौं । व्यवस्थापिका–संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल आजदेखि प्रारम्भ भएको छ । सभामुख ओनसरी घर्तीले नीति तथा कार्यक्रम प्रस्तुत गरेको धन्यवाद प्रस्ताव पेश गरेसँगै छलफल प्रारम्भ भएको हो । राष्ट्रपतिले सम्बोधनका क्रममा प्रस्तुत गरेको नीति कार्यक्रमबारे छलफलका लागि नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकाल प्रस्तावक र एनेकपा (माओवादी)का प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेको धन्यवादको प्रस्तावमाथिको छलफल प्रार ... बाँकी अंश»

नीति–कार्यक्रममा पर्‍याे ४ संशोधन : कांग्रेसको १६ बुँदे, नेमकिपाको २० बुँदे

२०७३ बैशाख २७ सोमबार, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा संसद सचिवालयमा ४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । आइतबार मात्रै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३ वटा दलका सांसदहरुले संशोधन हालेका हुन् । संशोधन दर्ताको समय विहान ११ देखि वेलुकी ४ बजे सम्म तोकिएको थियो ।    कांग्रेसका सांसदहरुले संयुक्त रुपमा दर्ता गराएको प्रस्तावमा विभिन्न १६ बुँदा छन् । कांग्रेसबाट प्रस्ताव दर्ता गराउनेमा रमेश लेखक लगायत छन् । यस्तै, नेपाल मज्दुर किसान पार्टी नेमकि ... बाँकी अंश»

ओलीको नीति–कार्यक्रममा ‘बिप्रेशन, बिप्रेशन’ : विदेशमा युवाले बगाएकै पसिनाको भर

२०७३ बैशाख २६ आइतबार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । कार्यक्रममा केही नयाँ विषय र एजेण्डाले प्रवेश पाएपनि आगरिकले अपेक्षा गरे अनुसारको कार्यक्रम नआएको टिप्पणी विज्ञहरुले गरिसकेका छन् ।   पुरानै कतिपय कार्यक्रम कार्यान्वयन नभएको सन्दर्भमा थपिएका महत्कांक्षी योजनाहरु फेरि पनि सुरुवात गर्न कठिनाई छ । जुन सुकै राजनीतिक दलको सरकार भएपनि महत्वकांक्षी योजनाहरु अघि सारेकै छन् । यद्यपि, आर्थिक स्रोत जुटाउने उपयुक्त विकल्प   ... बाँकी अंश»

राष्ट्रपति संसद भवनमा, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२०७३ बैशाख २६ आइतबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् । व्यवस्थापिका संसदमा राष्ट्रपतिबाट आर्थिक वर्ष ०७३–०७४ को नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको हो । त्यसअघि, नेपाली सेनाले गारत अर्पण गरेको थियो ।  ... बाँकी अंश»

कार्यान्वयनमुखी बजेट ल्याउन सरकारको ध्यानाकर्षण

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा भूकम्पपीडित जनतालाई राहत दिन प्रभावकारी तथा कार्यान्वयनमुखी नीति तथा कार्यक्रम र उल्लेख्य बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।    व्यवस्थापिका–संसद्को बैठकमा आफ्नो धारणा राख्दै सांसदले भूकम्प गएको एक वर्ष पूरा भइसक्दा समेत सरकारले पीडितलाई राहत दिन नसकेको, खुला आकासमुनी कष्टकर जीवनयापन गर्नुपरेकाले समस्या समाधान गर्न केन्द्रित हुने बजेटको जरुरी रहेको बताए ।    विकास नि ... बाँकी अंश»

राजदूत फिर्ता बोलाइएकोमा आपत्ति

२०७३ बैशाख २५ शनिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए । सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत हो भने ।    सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उनले सरक ... बाँकी अंश»

वैदेशिक अध्ययन सम्बन्धी ऐन बनाउन निर्देशन

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । म्यानपावर सञ्चालन सम्बन्धी वैदेशिक रोजगारी ऐन भए पनि परामर्श केन्द्र सञ्चालन सम्बन्धी ऐन नहुँदा यो क्षेत्रमा विकृति बढेको भन्दै सांसदहरुले आजको बैठकमा ध्यानाकर्षण गराएपछि नयाँ ऐन बनाउन निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी दिए ।    समितिक ... बाँकी अंश»

संसदमा कर प्रस्ताव बाहेक विनियोजन विधेयककामा छलफल हुँदै

२०७३ बैशाख २४ शुक्रबार, काठमाडौँ। व्यवस्थापिका–संसदको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने भएको छ।   आव २०७३-७४ को विनियोजन विधेयक सदनमा पेस गर्नुपूर्व बजेट तयारीका लागि सो विषयमा छलफल हुन लागेको आजको कार्यसूचीमा उल्लेख छ।   अर्थमन्त्री विष्णु पौडेलले हिजोको बैठकमा प्रस्तुत गरेको सो प्रस्तावमा छलफलका लागि दुई दिनको समय छुट्याइएको थियो। रासस  ... बाँकी अंश»

यो सरकार ओली सरकारभन्दा बोली सरकार भयो : काँग्रेस सांसद

२०७३ बैशाख २३ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा वर्तमान सरकारको विकल्प खोज्ने वा नखोज्ने भन्नेमा प्रमुख दलका सांसद्हरु विभाजित देखिएका छन्। नेपाली काँग्रेस र एकीकृत(नेकपा)माओवादीका सांसद्ले विकल्प खोज्नुपर्नेमा जोड दिए भने नेकपा (एमाले) र राप्रपा नेपाललगायत दल कमिकमजोरी सुधारेर सरकारको निरन्तरता दिनुपर्ने पक्षमा देखिए।   काँग्रेसका डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीले काम कम गर्ने र गफ छाँट्ने गरेको टिप्पणी गर्दै विधिको शासन खस्कँ ... बाँकी अंश»

सांसदहरुले ‘सहमति’ बेच्न अझै छाडेनन्

२०७३ बैशाख २२ बुधबार, काठमाडौं ।  व्यवस्थापिका–संसद्को वुधबारको बैठकमा सांसदहरुले भूकम्पपछिको पुनःनिर्माण, मधेसका माग र आगलागी पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले संविधानको कार्यान्वयन, मुुलुकका विद्यमान समस्या समाधानका लागि पनि सबै पक्षको सार्थक पहलको आवश्यकता औँल्याउनुभयो ।    नेकपा९एमाले०का झलनाथ खनालले मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाउने विषयमा सबैले सोच्नु जरुरी रहेको बताउँदै विकास निर्माणका लागि पनि ... बाँकी अंश»

संसदीय सुनुवाईको झगडा ‘फुल हाउस’मा गयो

२०७३ बैशाख २१ मंगलबार, काठमाडौं । प्रमुख राजनीतिक दलहरुले संसदीय नियमावली निर्माणमा देखिएको विवाद तत्काल समाधान गर्ने सहमति गरेपनि निर्णय सदनबाट मात्रै आउने भएको छ । दलहरुबीच अन्य विषयमा कुरा मिले पनि संसदीय सुनुवाई विशेष समितिको आकार र सुनुवाई प्रक्रियाबारे अझै कुरा मिलेको छैन ।    सभामुख ओनसरी घर्तीले राजनीतिक समझ्दारी जुटाउन दुई दिन कसरत गर्दा मोटामोटी सहमति भएपनि निर्णय सदनबाटै लिनु पर्ने भएको छ । एमाले केही लचिलो भएपनि सुनुवाई समितिको संख्याबारे कुरा मिल् ... बाँकी अंश»

आर्थिक वर्ष ०७३-७४ को नीति तथा कार्यक्रम वैशाख २६ मा

२०७३ बैशाख २१ मंगलबार, काठमाडौँ। सरकारले आगामी आव ०७३-७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदन समक्ष प्रस्तुत गर्ने भएको छ।   व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ। नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अपराह्न ४ बजे सदन समक्ष प्रस्तुत गर्नु हुनेछ।   त्यस्तै अर्थमन्त्री विष्णु ... बाँकी अंश»

व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन सुरु, पाँच मिनेटमा बैठक समाप्त

२०७३ बैशाख २१ मंगलबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि सुरु भएको छ। संसद्मा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरेकी थिन्। त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारणा गरिएको थियो।   निर्धारित समय बिहान ११ बजे नै प्रारम्भ भएको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरेकी थिन्। त्यसैगरी प ... बाँकी अंश»

नयाँ