संसद

मस्यौदा समितिको बैठक

२०७२ चैत ३ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको बैठकले उपसमितिले बनाएको नियमावली मस्यौदामा छलफल प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिको प्रभावकारिताका सम्बन्धमा चर्चा चलिरहेको अवस्थामा आजको बैठकले व्यवस्थापिका–संसद् नियमावलीको मस्यौदामा दफावार छलफल हुनुपर्ने र विज्ञको राय लिनुपर्नेमा समितिका सदस्यले जोड दिएका थिए ।    समितिका सभापति राधेश्याम अधिकारीले परिमार्जित सो मस्यौदामा भोलिदेखि तीनदिनसम्म लगातार छलफल हुने भएक ... बाँकी अंश»

शोक प्रस्ताव सर्वसम्मतिबाट पारित

२०७२ माघ २८ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्तुत गरेको शोक प्रस्तावलाई संसद्को बिहीबारको बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो । सभापति कोइरालाको २०७२ साल माघ २६ गते बिहान १२ः५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो ।  शोक प्रस्तावमा नेपालको संविधान निर ... बाँकी अंश»

स्व‍.कोइरालाको सम्मानमा व्यवस्थापिका संसद्नमा शोक प्रस्ताव

२०७२ माघ २७ बुधबार, काठमाडौं।व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ ।    लामो समयपछि बस्न लागेको संसद् बैठकमा गत सोमबार राति निधन भएका प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका स्वर्गीय कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुनेछ । कोइरालाले नेतृत्व गरेको सरकारले गत असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी ग ... बाँकी अंश»

८१ विधेयकमध्ये ३० वटा प्रमाणीकरण

२०७२ माघ २१ बिहिबार, काठमाडौँ । संविधानसभाको दोस्रो निर्वाचनपछि व्यवस्थापिका–संसद्मा अहिलेसम्म दर्ता भएका ८१ विधेयकमध्ये ३० विधेयक प्रमाणीकरण भएका छन् । पहिलो अधिवेशनदेखि अहिलेसम्म संसदको बैठकले ३५ विधेयक पारित गरेको थियो । संसद् सचिवालयका अनुसार पहिलो अधिवेशनमा १४, दोस्रोमा २०, तेस्रोमा २४ र चौथोमा १५ विधेयक पेस भएकामा पहिलोमा १४, दोस्रोमा १२ र चौथोमा (बजेटसँग सम्बन्धित) चार विधेयक प्रमाणीकरण भएर कार्यान्वयनमा आइसकेका छन् ।    सदनले पहिलो अधिवेशनमा १४, दोस ... बाँकी अंश»

संविधान संशोधन ‘सकारात्मक घटनाक्रम’ भन्दै भारतले निकाल्यो विज्ञप्ति

२०७२ माघ १० आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसदले शनिबार पारित गरेको नेपालको संविधानको पहिलो संशोधनलाई भारतले ‘सकारात्मक घटनाक्रम’ भनेको छ । संसदले संविधानमा पहिलो जनसङ्ख्या र दोस्रो भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता गराउने व्यवस्थासहित संविधानमा संशोधन गरेको हो । प्रमुख पाँच दलको समर्थनमा संसदले संविधानको पहिलो संशोधन प्रस्तावलाई पारित गरेको हो ।    भारतको वैदेशिक मामिला मन्त्रालयले आज ... बाँकी अंश»

संविधान संशोधनमा अझै सहमति जुटेन

२०७२ माघ ९ शनिबार, काठमाडौं। प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा अझै सहमति हुन नसक्दा संसद् बैठक प्रभावित भएको छ । उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा अझै अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको बताएका र चाँडै बैठक बस्ने तयारी भइरहेको संसद् सचिवालय स्रोतले जनाएको छ ।    संविधान संशोधनका लागि मूल संशोधनसहित २४ वटा संशोधन प्रस्ताव परेका छन् । कु ... बाँकी अंश»

संविधान संशोधन हुने बेला संसदमा के के होला आज ?

२०७२ माघ ९ शनिबार, काठमाडौं । संविधान सभाबाट बनेको संविधानको पहिलो संशोधन गर्ने संवन्धी विधेयक पारित गर्ने प्रक्रिया संसदमा आजबाट सुरु हुने भएको छ।    विधेयकमाथि संसदमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले दफावार छलफलमा भाग लिइसकेकाले शनिवारबाट संविधान संशोधन विधेयक पारितको प्रक्रिया सुरु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।    नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ३ बजे बस्ने संसद बैठकमा संशोधन प्रति असहमति राख्ने दलहरुले भने चर्को विर ... बाँकी अंश»

दमनका घटना घटाउने सरकार सहमति चाहँदैन : कर्ण

२०७२ माघ ८ शुक्रबार, काठमाडौँ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध राजनीतिक दलले संसद्को आजको बैठक बहिष्कार गरेका छन् ।    सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गर्ने बित्तिकै मधेस केन्द्रित दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो ।    सभामुख घर्तीले विरोध गरेर उभिरहेका सांसदमध्ये सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई आफ्नो भनाइ राख्न अनुमति दिनुभएपछि सांसद कर्णले मोरङमा बिहीबार सरकारका तर्फबाट दमन गर ... बाँकी अंश»

संविधानको पहिलो संशोधन विधेयकमा छलफल सुरु

२०७२ माघ ७ बिहिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्मा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ मा बिहीबारदेखि दफावार छलफल सुरु भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव संसद्बाट सर्वसम्मतले स्वीकृत भएपछि संशोधनमाथिको बहस प्रारम्भ भएको हो ।  छलफलमा भाग लिँदै सांसदहरुले संविधान जारी भएको छोटो समयमै संशोधन हुनु राम्रो नभएपनि तराई मधेसको अस ... बाँकी अंश»

काँग्रेसले आज संसदमा हङगामा गर्ने

२०७२ माघ ७ बिहिबार, काठमाडौं । कृष्णप्रसाद भट्टराई आमसंचार प्रतिष्ठानको नामबाट सरकारले कृष्णप्रसाद भट्टराईको नाम हटाएको विषयमा नेपाली काँग्रेसले आज संसदमा हङगामा मच्चाउने भएको छ ।     पुर्ववर्ति सरकारको निर्णयलाई अहिलेको सरकारले उल्ट्याएको भन्दै काँग्रेसले संसदमा कुरा उठाउने भएको हो ।    जनताको सर्वोच्च निकाय व्यवस्थापिका संसदले पारित गरेको विषयलाई सरकारले एकलौटी तरिकाले कानुनी राज्यको सिद्धान्त विपरित उल्याएको भन्दै काँग्रेसले संसदमा कुरा उठाउन ... बाँकी अंश»

संसद अन्योलमा

२०७२ माघ ५ मंगलबार, काठमाडौं । संविधान संशोधन प्रक्रिया अघि बढाउने वा नबढाउने भन्ने विषय यकिन नभएपछि तोकिएको समयमा संसद संचालन हुन सकेको छैन । दिउँसो १ बजेका लागि डाकिएको बैठक अझै सुरु भएको छैन । मधेसी मोर्चाको माग सम्बोधन गर्ने सन्दर्भमा संविधान संशोधन अघि बढाउने वा नबढाउने भन्नेबारे शीर्ष तीन दलका नेताहरु आन्तिरक छलफलमा जुटेका छन् ।    आफु संसद भित्रै रहेको जानकारी दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लले बैठक सुरु नभएको र सरकारी पक ... बाँकी अंश»

संविधान संशोधनमा पच्चीस प्रस्ताव दर्ता

२०७२ पौष २३ बिहिबार, काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र एकीकृत नेकपा (माओवादी)का सांसदले समूहगत तथा व्यक्तिगत रुपमा  संविधान संशोधन लागी २५ संशोधन विधेयक दर्ता भएका छन् ।   संसद्मा निर्धारित समयभित्र समूहगत तथा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता भएका छ । विधान संशोधनमा काँग्रेसका नेता विमलेन्द्र निधि, डा मीनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले फरक फरक संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । एमाओवादीका रामनारायण बिंडारीलगायत १० जनाले ... बाँकी अंश»

‘संविधान संशोधनमाथि विचार गरियोस्’

२०७२ पौष २० सोमबार, काठमाडौं । व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकले नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतबाट स्वीकृत गरेको छ । मधेसवादी सांसदको नाराबाजीबीच सभामुख ओनसरी घर्ती मगरले बैठकमा राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।   यसअघि, बैठकमा सांसदहरुबाट उठाइएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले कसैको दबाबमा नभै आवश्यकताका आधारमा संशोधन प्रस्ताव ल्याइएको जान ... बाँकी अंश»

संसदमा काननुमन्त्रीले जवाफ दिने

२०७२ पौष २० सोमबार, काठमाडौं । व्यवस्थापिका संसद बैठक जारी छ । बैठकमा काननुमन्त्री अग्नी खरेलले संविधान संशोधन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ पदने कार्यक्रम छ । यसअघि, आइतबार बसेको बैठकमा मधेशी मोर्चाका सांसदको नाराबाजीबीच विभिन्न विधेयकमाथि हुनुका साथै नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयक, २०७१ र निपेक्ष तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने छुट्टा छट्टै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।  ... बाँकी अंश»

लेखा समितिमा सांसदकै प्रश्न : समान हैसियत भएलाई किन बढी सुविधा ?

२०७२ पौष १९ आइतबार, काठमाडौँ । समान हैसियत भएका एक सांसदले राज्यबाट सवारी तथा सुरक्षाकर्मीको सुविधा पाउने र अन्य सांसदहरुले भने कुनै सुविधा नपाएको भन्दै केही सांसदको आपत्ति रहेको छ । नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह राज्यको कुन हैसियतमा रहेका व्यक्ति हुन् र उनले कुन आधारमा सुविधा पाएको हो भन्दै सोही पार्टीका सांसदहरुले आपत्ति जनाउनुभएको हो ।    व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको आजको बैठकमा काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वप्रधानमन् ... बाँकी अंश»

मोर्चाको नाराबाजीबीच विधेयकमा छलफल

२०७२ पौष १९ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा मधेशी मोर्चाका सांसदको नाराबाजीबीच विभिन्न विधेयकमाथि छलफल भएको छ । बैठकले नेपाल राष्ट्र बैँक (दोस्रो संशोधन) विधेयक, २०७१ र निपेक्ष तथा कर्जा सुरक्षण कोष विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने छुट्टाछट्टै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  बैठक सुरु हुनेबित्तिकै मधेसी मोर्चामा आबद्ध दलका सांसदले सभामुख ओनसरी घर्तीको आसनअगाडि वेल घेराउ गर्दै नाराबाजीका सुरु गरेका थिए। नाराबाजीका ... बाँकी अंश»

संविधान संशोधन विधेयकमाथिको छलफल जारी

२०७२ पौष १४ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसद्मा नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो । सो विधेयकमाथि आज भएको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद डा प्रकासशरण महतले कुनै जात, क्षेत्र, भूगोल र जनतालाई विभेद गर्ने पक्षमा आफ्नो दल नरहेको बताउनुभयो ।    उहाँले जनताको भावनालाई समेट्ने र संविधानमा सबैको अपनत्व होस् भनेर संशोधन विधेयक अघि बढाइएकाले बिना अवरोध यसलाई टुङ्ग्याउनका लागि सहय ... बाँकी अंश»

संसद्ः तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस्

२०७२ पौष १४ मंगलबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप लगाउँदै सांसदको भूमिकाबारे बृहत् छलफलको खाँचो औँल्याएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले ३१ मन्त्रालय, छ उपप्रधानमन्त्रीसहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको महसुस गर्न पाएका छैनन् भन्नुभयो ।    उहाँले भन्नुभयो – “महँगीको मारमा जनता छट्पटाइरहेका भए पनि सरकार ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक स्थगित

२०७२ पौष १४ मंगलबार, काठमाडौ । व्यवस्थापिका संसद बैठक पर्सी बिहिवार सम्मको लागि  स्थगित भएको छ ।   मधेसी मोर्चाको नारावाजीबीच संविधान  संसोधन विधयेक माथि छलफल भइरहेको थियो । छलफलले बिहिवारवाट निरन्तरता पाउनेछ ।   ... बाँकी अंश»

नाराबाजीबीच सदनमा विभिन्न प्रस्ताव प्रस्तुत

२०७२ पौष १३ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा मधेसी मोर्चाका सांसदको नाराबाजीबीच सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत भए ।  बैठक सुरु हुनेबित्तिकै मोर्चा आबद्ध विभिन्न राजनीतिक दलका सांसदले सभामुखको आसन अगाडिको वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए । अपराह्न १ बजेका लागि बैठक बोलाइएको भए पनि आधा घण्टा ढिलो बैठक सुरु भएको थियो ।  बैठकको सुरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘एसियाली पूर्वाधार लगानी बैंकको ... बाँकी अंश»

नयाँ